कीवर्डहरू -

अपडेट

‘राम्रो इन्टरनेटका लागि हातेमालो’ नाराका साथ नेपालमा पनि सुरक्षित इन्टरनेट दिवस मनाइँदै

‘राम्रो इन्टरनेटका लागि हातेमालो’ नाराका साथ २०७८ माघ २३ गते ‘सुरक्षित इन्टरनेट दिवस – २०२२’ नेपालमा पनि मनाईँदैछ ।

साइबर सुरक्षासम्बन्धमा चेतना अभिवृद्धि गर्न बालबालिका तथा युवावर्गको लागि काम गर्ने संस्थाहरूबीच सामूहिक शक्ति विकास गर्ने उद्देश्यकासाथ प्रत्येक वर्ष सुरक्षित इन्टरनेट दिवस विश्वका एक सय सत्तरीभन्दा बढी देशमा आयोजना गरिन्छ ।

बालबालिका तथा युवा वर्गका लागि सुरक्षित इन्टरनेटको लागि कार्यरत संस्था चाइल्डसेफनेटद्वारा सन् २०१९ देखिँ नेपालमा सुरक्षित इन्टरनेट दिवसको समन्वय र प्रवर्धन गर्दै आएको छ ।

यस दिवसले प्रविधिको सकारात्मक प्रयोगसम्बन्धी जानकारी दिन तथा अनलाइन सुरक्षाका लागि सरकारी निकायहरु, विद्यालयहरु, अभिभावकहरु, सामाजिक संस्थाहरुका साथै बालबालिका तथा युवाहरुले निर्वाह गर्नु पर्ने भूमिकाबारे जानकारी प्रदान गर्ने अवसर उपलब्ध गराउँदछ ।

सुरक्षित इन्टरनेट दिवसको औचित्यबारे चाइल्डसेफनेटका संस्थापक अध्यक्ष अनिल रघुवंशी भन्छन्, “यस डिजिटल युगमा इन्टरनेटले हामीलाई ज्ञान, सूचना, सञ्चार र मनोरञ्जनको अभूतपूर्व अवसर प्रदान गरेको छ । तर सूचना प्रविधिको सही र सुरक्षित प्रयोग नहुँदा बालबालिका तथा युवाहरु अनलाइन यौन दुव्र्यवहार र शोषण, साइबर बुलिङ्ग, साइबर ग्रूमिङ्ग, छलकपट (फिसिङ्ग) तथा सेक्स्टोर्सन (यौनजन्य फिरौटी) मा पर्ने जोखिम हुन्छ ।” रघुवंशीका अनुसार बालबालिका तथा युवालाई इन्टरनेटको नकारात्मक प्रभावबाट बचाउन सरकारी तथा निजी क्षेत्रले बेलैमा सजगता तथा सक्रियता अपनाउनु नितान्त आवश्यक छ र सुरक्षित इन्टरनेट दिवसले यसबारे जनचेतना जगाउन र जिम्मेवार निकायहरु समक्ष अनलाइन सुरक्षाका लागि पैरवी गर्ने अवसर दिएको छ ।

कोभिड–१९ विश्व महामारी पछि संसारभरि नै अनलाइन बालयौन दुर्व्वहार तथा बालयौन शोषणका घटना बढेका छन् । अमेरिकाको नेशनल सेन्टर फर एक्सप्ल्वाइटेड एण्ड मिसिङ्ग चिल्ड्रेन सेन्टरले सन् २०१९ मा ६३,२६६ वटा नेपाली बालबालिकाका यौन दुर्व्वहारका चित्रहरुकोे साइबरटिप्लाइन रिपोर्ट प्राप्त गरेको थियो ।

कोभिड–१९ पछि, सन् २०२० मा त्यो संख्या झण्डै तीन गुणा बढेर १७८,३७१ पुगेको थियो । कोभिड–१९ पछि चाइल्डसेफनेटले गरेको एक अध्ययन अनुसार पाँचजनामा एकजना किशोरी वा युवती र दशजनामा एक जना किशोर वा युवकले अनलाइन यौन दुर्व्वहार वा यौन शोषण भोगेको थिए ।

बाल तथा युवा क्लबहरु, सामाजिक संस्थाहरु तथा विद्यालयहरुले गत पुस महिना देखिँ देशका विभिन्न जिल्लामा सुरक्षित सूचना प्रविधिसम्बन्धी चेतनामूलक कार्यक्रम गरिरहेका छन् ।

यसै क्रममा चाइल्डसेफनेटले डोटी, सुर्खेत, कास्की, सिन्धुपाल्चोक, काठमाडौँ, नवलपरासी लगायत जिल्लाका विद्यालयहरुमा अनलाइन सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रम संचालन गरेको थियो ।

वेदः सिर्जनशील संस्था, लवग्रीन नेपाल, होमनेट नेपाल, अम्ब्रेला नेपाल, प्लान इन्टरनेशनल नेपाल, बाल विकास समाज, वल्र्डभिजन इन्टरनेशनल नेपाल लगायतका संस्थाहरुका साथै किशोरीहरुको रुपान्तरण समूह, काठमाडौँ जिल्ला बाल क्लब संजाल तथा स्थानीय निकायहरु तथा विद्यालयहरुसंग सहकार्य गर्दै चाइल्डसेफनेटले अनलाइन सुरक्षासम्बन्धी रेडियो कार्यक्रम, निवन्ध प्रतियोगिता, बाल तथा युवाहरुबीच अन्तरक्रिया, हाजिरीजवाफ, भिडियो प्रदर्शन जस्ता कार्यक्रम यही माघ र फागुनमा गर्दैछ ।

साथै, सिवीन नेपाल, भ्वाइस अफ चिल्ड्रेन, वाइशर तथा अन्य बाल संरक्षणको लागि कार्यरत संस्थाहरुले आआफ्ना कार्यक्षेत्रमा अनलाइन सुरक्षाबारे चेतनामूलक कार्यक्रम संचालन गर्दैछन् ।


अपडेट

एनआईसी एशियाको ‘सर्वश्रेष्ठ बचत खाता’, ५ वर्षसम्म मोबाइल बैंकिङदेखि डिम्याट खाता निःशुल्क

एनआईसी एशिया बैंकले २०७८ कार्तिक १ देखि ल्याएको ‘सर्वश्रेष्ठ बचत खाता’ योजनामा ग्रा…

सरस्वती पूजाको अवसरमा आईटी कोर्षमा ४० प्रतिशत छुट दिदै ब्रोडवे इन्फोसिस

ब्रोडेवे इन्फोसिसले सरस्वती पूजाको अवसरमा आफ्ना आईटी कोर्षमा ४० प्रतिशत छुट दिने भए…

के तपाईको क्लासिक टेकको इन्टरनेटमा रिचार्ज सकियो ? अब सात दिनसम्म यसरी लिनुहोस् सापटी सुविधा

क्लासिक टेकका ग्राहकहरूले अब सातदिन सम्म सापटी सेवा पाउने भएका छन् । क्लासिक टेकको…

नमस्ते पेबाट टेलिकमको हरेक रिचार्जमा १० प्रतिशत क्यासब्याक, हरेक हप्ता एक जनालाई स्मार्टवाच

डिजिटल वालेट नमस्ते पेबाट नेपाल टेलिकमको रिचार्ज गर्दा १० प्रतिशत क्यासब्याक पाइने …

विद्यार्थीको सिकाइमा प्रयोग हुने स्याटेलाइटको नमुना ‘सस्तो क्युब’ आउँदै, कति पर्छ मूल्य ?

विद्यार्थीको सिकाइमा प्रयोग हुने स्याटेलाईटको नमुना ‘सस्तो क्युब’ आउने भएको छ । राष्…

आज टेलिकमको भीओएलटीई कल निःशुल्क

नेपाल टेलिकमले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा शनिबार अर्थात आज निःशुल्क भीओएलटी…

काठमाडौंको प्रवर्द्धन गर्ने इन्नोभेटिभ आईडिया माग, उत्कृष्ट १० आईडियालाई ५ लाख बीउपुँजी 

काठमाडौं महानगरपालिकाले युवा उद्मयमीहरूबाट काठमाडौंको प्रवर्द्धनका लागि इन्नोभेटिभ…

लक्ष्मी बैंकको क्राउडसोर्सिङ प्रतियोगिता, विजेतालाई बैंकको ब्राण्ड फिल्म बनाउन २० लाख

लक्ष्मी विकास बैंकले आउँदो २० औं वार्षिकोत्सवमा बैंकको ब्राण्ड फिल्म निर्माणका लागि न…

मुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई होटेल ड्यानडलियनमा विशेष छुट

मुक्तिनाथ विकास बैंकले पोखरामा रहेको होटेल ड्रयानडलियनसँग व्यावसायिक सम्झौतामा हस्…

हल्ट प्राइज एसएमसीको पहिलो सेसन सम्पन्न

हल्ट प्राइज सरस्वती बहुमुखी कलेज (एसएससी) ले आफ्नो पहिलो इन्फर्मेसन सेसन सफलतापूर्वक…

शनिबार टेलिकमको भीओएलटीई कल निःशुल्क 

नेपाल टेलिकमले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा शनिबार दिनभर निःशुल्क भीओएलटीई क…

सीजी नेटको नयाँ अफर, अब १५ दिन निःशुल्क ट्राई गरेपछि मात्रै इन्टरनेट खरिद गर्न सकिने 

इन्टरनेट सेवा प्रदायक कम्पनी सीजी नेटले ‘१५ डेज फ्री ट्रायल’ नामक नयाँ अफर ल्याएको …

अनलाइन नेटवर्किङ व्यवसायमा नलाग्नुस्, कोही लागेको भए सूचना दिनुस्ः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले अनलाइन नेटवर्किङ व्यवसायमा नलाग्न आग्रह गरेका छन् । बिहिबार…

दराजको ‘सेलिब्रेट लभ’ अभियान, निःशुल्क सिपिङसँगै ६० प्रतिशतसम्म छुट

दराजले २०२२ को पहिलो अभियान ‘सेलिब्रेट लभ’ घोषणा गरेको छ । यो अभियान २१ माघ (फ…

जोरपाटीमा डिशहोम फाइबरनेटको सह-वितरण सोरुम

इन्टरनेट सेवा प्रदायक कम्पनी डिशहोम फाईबरनेटले काठमाण्डौंको जोरपाटीमा पनि सह-वितर…