अपडेट
ई-पासपोर्ट बारे थाहा पाउनै पर्ने १२ कुरा
गत मंसिर १ गतेदेखि राहदानी विभागले ई-पासपोर्ट अर्थात विद्युतीय राहदानी दिन शुरू गरेको थियो । राहदानी विभागबाट शुरू भएको ई-पासपोर्ट वितरण अहिले ३० भन्दा बढी जिल्लाबाट वितरण गर्न थालिएको छ ।
कतार स्थित नेपाली दुताबासबाट समेत ई-पासपोर्ट वितरण गर्न थालिएको छ । ई-पासपोर्ट वितरण शुरू भएसँगै एमआरपी पासपोर्ट वितरण बन्द भइसकेको छ ।
ई-पासपोर्टका लागि सेवाग्राहीले अनलाइनबाटै आवेदन दिन सक्छन् । ई-पासपोर्टसँग सम्बन्धित विभिन्न जिज्ञासाहरू बेला बेला मानिसहरूले सोधिरहेका हुन्छन् । त्यसकारण राहदानी विभागले ई-पासपोर्ट बारे तयार पारेको बारम्बार सोधिने प्रश्नहरू र त्यसको उत्तर आज हामी यहाँ प्रस्तुत गर्दैछौं ।
विद्युतीय राहदानी के हो ?
हालको राहदानीमा भएका कुराहरुको अतिरिक्त विद्युतीय राहदानी (ई-पासपोर्ट) मा विद्युतीय चिप र एन्टेना समेत जडान गरिएको हुन्छ । चिपमा औठाछाप, तस्विर लगायतका व्यक्तिगत विवरणहरु हुन्छन् ।
यी विवरणहरु राखेर चिप लक गरीसकेपछि कसैले थपघट वा फेरबदल गर्न सक्दैन । यो हालसम्म संसारमा विभिन्न मुलुकहरुमा जारी भएको अत्याधुनिक राहदानी मध्येमा पर्दछ ।
ICAO PKD मार्फत सुचनाहरु रुजु हुने हुँदा विभिन्न मुलुकका अध्यागमन कार्यालयहरुमा निकै सहज र छिटो हुन्छ । विद्युतीय गेटहरु भएका ठाउँमा स्वत: खुल्ने व्यवस्था समेत गरिएको हुन्छ ।
हाल कुनकुन जिल्लामा विद्युतीय राहदानीको लागि लाइभ इनरोलमेन्ट गर्न सकिन्छ ?
झापा, मोरङ्ग, सुनसरी, उदयपुर, सप्तरी, धनुषा, सर्लाही, पर्सा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, रसुवा, धादिङ्ग, मकवानपुर, चितवन, तनहुँ, लमजुङ्ग, गोर्खा, कास्की, परासी, रुपन्देही, बुटवल, कपिलबस्तु, गुल्मी, सुर्खेत, कैलाली, कञ्चनपुर,काभ्रे, रामेछाप, सिराहा, ईलाका प्रशासन कार्यालय गौशाला, ईलाका प्रशासन कार्यालय हरिवन । अन्य जिल्लाहरूमा पनि दैनिक रुपमा स्टेशनहरु स्थापना हुँदै छन् ।
विभागमा विद्युतीय राहदानी बनाउन कति समय लाग्छ ?
सामान्य अवस्थामा लाइभ इनरोलमेन्ट गरेको मितिले दुई कार्य दिन लाग्छ तर अनलाइनबाट समय बुक गरेकै हुनु पर्दछ ।
हाल विभागमा अत्यधिक चाप हुनाले र कोभिडको कारणले समेत पछाडिको बुकिङलाई अगाडि ल्याउन सकिने छैन । त्यसैले विदेश जाने समयलाई पूर्व आकलन गरेर यथासमयमा नै इनरोलमेन्टका लागि समय बुक गर्नु होला ।
नागरिकता, राष्ट्रिय परिचयपत्र, पुरानो राहदानीसँग विवरण रुजु नभएमा, थप अनुसन्धान गर्नु पर्ने भएमा, ICAO को मापदण्डअनुसार तस्विर आदि नभएर प्रणालीले स्वीकार नगरेमा राहदानी बनाउन थप समय लाग्ने हुन्छ । त्यसैले राहदानी हातमा नपरेसम्म टिकट बुक गर्ने वा भ्रमण तय गर्ने कार्य नगर्नु होला ।
संकलन गर्न तयारी भएको एसएमएस आए पछि आफूले लाइभ इन्रोलमेन्ट गर्न बुकिङ्ग जुन समयमा गरेको हो सोही समयमा मात्र लिन आउनु होला ।
विद्युतीय र मेशिन रिडेबल राहदानीको दस्तुर के कति छ ?
विद्युतीय र मेशिन रिडेबल राहदानीहरुको दस्तुर एउटै छ । तर ६६ पृष्ठको साधारण राहदानीको दस्तुर भने फरक छ । विभागमा पहिले १ दिने २ दिने र ३ दिने सेवा भएकोमा हाल संशोधित राहदानी नियमावली अनुसार दुई कार्य दिन भित्र जारी हुने गरी एउटै द्रुत सेवा कायम गरिएको छ ।
दुई दिनमा लाग्ने गरेको साबिककै १२ हजार दस्तुर तोकिएको छ । जिल्ला प्रशासन कार्यालयहरुमा निवेदन दिंदा ३४ पृष्ठको राहदानीको लागि साविककै पाँच हजार र ६६ पृष्ठको लागि दश हजार राजस्व लाग्छ ।
विभागमा ६६ पृष्ठको राहदानीको लागि निवेदन दिंदा बीस हजार राजस्व लाग्छ । विदेशस्थित कुटनीतिक नियोगहरुमा छुट्टै दस्तुर तोकिएको छ । हराएको, च्यातिएको र १० बर्ष भन्दा कम उमेरका बच्चाको हकमा फरक फरक दस्तुर लाग्छ ।
जिल्लाहरूमा लाइभ इनरोलमेन्ट गरेपछि विद्युतीय राहदानी पाउन कति समय लाग्छ ?
काठमाडौं उपत्यकाका तीनवटै जिल्लाहरूमा करिब १ हप्ता भित्र नै राहदानी उपलब्ध हुने छ । काठमाडौं बाहिर महेन्द्र राजमार्ग र आसपासका जिल्ला र हवाई सुविधा भएका जिल्लामा करिब १५ दिन भित्र राहदानी उपलब्ध हुनेछ । जिल्ला प्रशासन कार्यालयहरुमा राहदानी प्राप्त भइसकेपछि लिन आउनको लागि मोबाइलमा एसएमएस आउने छ ।
के राष्ट्रियपरिचयपत्र वा नम्बर आवश्यक पर्छ ?
१६ बर्ष माथिका र नेपालमा निवेदन दिनेहरुको लागि राष्ट्रियपरिचयपत्र आवश्यक पर्छ । विदेशबाट निवेदन दिने र १६ बर्ष भन्दा कम उमेरका आवेदकहरुको हकमा अनिवार्य छैन ।
भौतिक कार्ड आउन समय लागे पनि नम्बर तुरुन्त पाउन सकिन्छ र सो नम्बर मात्र भए राहदानी बनाउन सकिन्छ । भौतिक कार्ड नै भएमा अझ सजिलो हुन्छ ।
रिजेक्सन वा निवेदन स्वीकृत नभएको मेसेज आएमा के गर्ने ?
विभागको हकमा मुख्य प्रतिक्षा हलमा रहेको रिजेक्सन काउन्टरमा सम्पर्क गर्नु होला । रिजेक्सनको कारण थाहा भएमा तोके अनुसारको कार्य गरेर पुनः लाइभ इनरोलमेन्ट गर्नु पर्ने हुनसक्छ ।
सुरक्षाको कारणले एक पटक पेश भइसकेको फर्म पुनः संशोधन सक्दैन । अतः फर्ममा विबरण भर्दा होशियारीसाथ भर्नु होला ।
दूर्त सेवाको लागि राष्ट्रिय परिचयपत्रको अलावा आधिकारिकता बुझेको पत्र आवश्यक पर्छ कि पर्दैन ?
केही सेवाग्राहीहरुको राष्ट्रिय परिचयपत्रको विवरण नभिडेको कारण राहदानी बन्न नसकेको हुनाले जिल्लाबाट नागरिकता वा नाबालक परिचयपत्रको आधिकारिकता खुलेको पत्र साथै लिएर आउन उपयक्त हुन्छ ।
राष्ट्रिय परिचयपत्र पेश गरे पनि विवरण नभिडेमा विभागले आधिकारिकता खुलेको पत्र माग गर्न सक्नेछ । नाबालक परिचयपत्रको हकमा यो अनिवार्य गरिएको छ ।
म्याद भएको मेशिन रिडेबल राहदानी भएकाहरुको हकमा के हुन्छ ?
हालको मेशिन रिडेबल राहदानीको म्याद भएसम्म विद्युतीय राहदानी बनाउनु पर्दैन । त्यसैले काम गर्छ ।
म्याद सकिएका मेशिन रिडेबल राहदानी नवीकरण गर्नु पर्छ कि पर्दैन ?
राहदानी नवीकरण भन्दा पनि नयाँ नै बनाउने हो । बनाएर घरमा राख्नको लागि राहदानी बनाउनु पर्दैन । जहिले आवश्यक पऱ्यो त्यही बेला बनाउन सकिन्छ ।
यो चालकअनुमति पत्र जस्तै नवीकरण गर्न पर्दैन र कुनै थप दस्तुर पनि लाग्दैन । ICAO ले यो मितिदेखि मेशिन रिडेबल राहदानी चल्दैन भनेर हालसम्म भनेको छैन ।
विद्युतीय राहदानी लिन समय नपाएमा मेशिन रिडेबल राहदानी लिन सकिन्छ कि ?
नेपालबाट निवेदन दिनेहरूको हकमा मेशिन रिडेबल राहदानी लिन सकिदैन ।
राहदानीको लागि आवेदन कसरी दिने ?
यसको लागि अनिवार्यरुपमा अनलाइनबाट मिति र समय बुक गर्नु पर्दछ । छिटो बुकिग गर्नेको पालो पहिले आउँछ ।तल उल्लेखित लिंक खोलेपछि आवेदनको प्रकार र राहदानीको प्रकार छान्नु पर्छ ।
पुरानो मेशिन रिडेबल राहदानी हुनेहरुले नबीकरण (Renewal) र पहिलो पटक राहदानी बनाउने वा हस्तलिखित हुनेहरुले नयाँ (New) भन्ने Option छानेर फाराम भर्नु होला ।
नेपालमा फाराम बुझाउनेहरुको हकमा ठाउँ छनौट गर्दा राहदानी विभाग (DOP) वा जिल्ला वा तोकिएका इलाका प्रशासन छान्न सकिने र जिल्ला वा इलाका प्रशासन कार्यालयमा निवेदन दिंदा आफूले नागरिकता लिएको वा बसाइसराइ गरेको जिल्लामा मात्र निवेदन दिन सकिने छ ।
विद्युतीय राहदानीको लागि फारम भर्न यो लिंक https://emrtds.nepalpassport.gov.np खोल्नुहोला ।
अपडेट
क्रिप्टोकरेन्सीको कारोबार नगर्न राष्ट्र बैंकको पुनः आह्वान, साक्षरता सामग्री प्रकाशन
नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार नगर्न पुनः आह्वान गरेको छ । मंगलबार क्…
६९५ स्थानीय तहमा पुग्यो ब्रोडब्याण्ड इन्टरनेट
मुलुकभर ब्रोडव्यान्ड इन्टरनेट पुर्याउने परियोजना अन्तर्गत नेपाल दूरसञ्चार प्राधिकरणले…
अनलाइन बाल सुरक्षा सम्बन्धि भिडियो प्रतियोगिता आयोजना हुँदै, कसरी हुने सहभागी ?
अनलाइन बाल सुरक्षा सम्बन्धि भिडियो प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल दूरसञ्चा…
कार्टुन जनावरको प्रयोग गरेर ग्यालेक्सी वाच फोरले प्रयोगकर्ताको निद्रा ट्रयाक गर्ने
कार्टुन जनावरको प्रयोग गरेर ग्यालेक्सी वाच फोरले प्रयोगकर्ताको निद्रा ट्रयाक गर्ने भएक…
आफ्नै शपिङ व्यवसायलाई प्राथमिकता दिएको भन्दै गूगललाई ३ खर्ब ४० अर्ब जरिवाना
गूगललाई यूरोपेली युनियनले ३ खर्ब ४० अर्ब रूपैयाँ जरिवाना तिर्न आदेश दिएको छ। आफ्न…
एक महिनाभित्र विदेशस्थित सबै नियोगबाट ई-पासपोर्ट जारी गर्ने तयारी
राहदानी विभागले एक महिनाभित्र विदेशस्थित सबै नियोगबाट विद्युतीय राहदानी (ई-पासपो…
धनगढीमा डिशहोम फाइबरनेट सह वितरक शोरुम
धनगढीको चटकपुरमा डिशहोम फाईबरनेट सह वितरकको शोरुम उद्घाटन भएको छ । डिशहोम फाईब…
विन्डोज ११ का नयाँ फिचर लिक, के के हुन् ती फिचर ?
विन्डोज ११ मा सार्वजनिक हुने फिचरहरु लिक भएका छन् । विन्डोज ११ मा अब धेरै नयाँ फि…
बालाजुमा पनि डिशहोम फाइबरनेटको सह-वितरण शोरूम
नेपालभर ईन्टरनेटरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाईबरनेटले काठमाण्डौं बालाजुको…
विगत ३९ वर्षमा निन्टेन्डोले विक्री गर्यो ६ खर्ब ३५ अर्ब बढी गेम
निन्टेन्डोले विगत ३९ वर्षमा ६ खर्ब ३५ अर्ब बढी गेमहरु विक्री गर्न सफल भएको छ । एनईएस…
इसेवामा नबिल बैंक र एभरेष्ट बैंकको खाता लिंक गर्दा १०० रूपैयाँ बोनस
मोबाइल वालेट इसेवामा आफ्नो अकाउन्ट लिंक गर्दा १०० रूपैयाँ बोनस पाइने भएको छ । नब…
रिसाइकल गरिएको माछा मार्ने जालोबाट ग्यालेक्सी डिभाइस निर्माण गर्दै सामसङ
सामसङका आगामी ग्यालेक्सी डिभाइसहरु रिसाइकल गरिएको माछा मार्ने जालोबाट निर्माण गरि…
नेपाली राजदूतावास कतारबाट ई-पासपोर्ट जारी गर्न शुरू
आज परीक्षणको रुपमा नेपाली राजदूतावास, दोहा कतारबाट लाइभ इनरोलमेन्ट गरी राहदानी …
निफ्राको लगानीमा पाँचखालमा स्मार्ट सिटी बनाइने
पाँचखाल नगरपालिकामा विकास गरिने ‘स्मार्ट सिटी’को अध्ययन अमेरिकन कम्पनीले गर्ने भएक…
टेलिकमको सोधपुछ तथा ग्राहक सेवामा प्राविधिक समस्या
नेपाल टेलिकमको सोधपुछ तथा ग्राहक सेवामा प्राविधिक समस्या देखिएको छ । टेलिकमको सो…