कीवर्डहरू -

अपडेट

विद्यार्थी प्रतिभा पहिचान प्रतियोगिताका विजेता घोषणा, विज्ञान दिवसको दिन पुरस्कार दिइने

विद्यालयस्तरीय स्टान-युनेस्को विज्ञान विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम २०२१ सम्पन्न भएको छ । विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम २०२१ विज्ञान शिक्षक समाज नेपाल (स्टान) र युनेस्कोका लागि नेपाल राष्ट्रिय आयोगको सचिवालयको सहकार्यमा आयोजना गरिएको थियो ।

परोपकार माद्यामिक विद्यालय काठमाडौंको आइसिटी कक्षमा आयोजित अन्तिम प्रतिस्पर्धामा सातै प्रदेशबाट छनौट भइ आएका १४ जना प्रतिस्पर्धी विद्यार्थीहरुले  वैकल्पिक माध्यमबाट आ-आफ्नो विज्ञान प्रतिभा युक्त परियोजना प्रस्तुत गरेका थिए ।

विद्यार्थीले निर्माण गरेका परियोजनाको  मुल्यांकन  नेपाल बविज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वरिष्ठ वैज्ञानिक तथा प्रवक्ता डा. सुरेश कुमार ढुंगेलको उपस्थितमा पाँच सदस्यीय विज्ञ मुल्यांकन समितिबाट भएको थियो ।

युनेस्को नेपाल सचिवालयका सहायक महासचिव डा. बाबुराम अधिकारी प्रमुख अतिथि, नास्ट प्राज्ञ तथा युनेस्को विज्ञान समिती संयोजक प्रा. डा. रमेश मास्के, त्रि.वि. प्रा. डा. रामेश्वर अधिकारी तथा सचिवालय सचिव युवराज पौडेल विशेष अतिथिहरू रहेको कार्यक्रममा देशैभरिबाट करिब १०० भन्दा बढी विज्ञान शिक्षक र विद्यार्थीहरु सहभागी थिए भने प्रत्यक्ष रुपमा १५ जना स्टानका पदाधिकारी तथा विज्ञ आईसिटी कक्षमा सहभागी थिए ।

स्टानका अध्यक्ष खिल कुमार प्रधानको सभापतित्वमा कार्यक्रम शुरू गरिएको थियो | विशेष रुपमा कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुमा भएको विज्ञान प्रतिभा प्रस्फुटन गरि राष्ट्रिय अन्तराष्ट्रियकरण गर्न आयोजित कार्यक्रममा पहिलो चरणमा सातै प्रदेशमा छुट्टा छुट्टै प्रतिस्पर्धा गराई प्रत्येक प्रदेशबाट २/२ जनाका दरले केन्द्रिय प्रतिस्पर्धाका लागि १४ जना विद्यार्थी छनौट गरिएको थियो ।

अन्तिम प्रतिस्पर्धाबाट भगवती माबी बर्दियाका प्रान्जल ज्ञवाली प्रथम, होराइजन माबी, कपिलबस्तुका अनुसन्धान पोखरेल दोस्रो, आदर्श माबी बिराटनगरका श्रेता पोखरेल तेस्रो र पद्मकन्या माबी काठमाडौंका स्वीकृति बास्तोला चौंथो भएका थिए ।

उत्कृष्ठ भएका विद्यार्थीहरुलाई आगामी असोज १ गते राष्ट्रिय विज्ञान दिवसको दिन प्रमाण पत्र र सम्मानका साथ नगद पुरस्कार क्रमश: १० हजार रूपैयाँ, ८ हजार रूपैयाँ, ६ हजार रूपैयाँ र ४ हजार रूपैयाँ प्रदान गरिने छ ।

अपडेट

२२ करोडका हाई स्पिड डिजिटल प्रिन्टर प्रयोगविहिन, छपाई भने विदेशमा 

ठूलो रकम खर्च गरेर नयाँ प्रविधि किन्ने तर प्रयोगविहिन अवस्थामा थन्क्याएका धेरै उदाहरण छ । त्यस्तै, एक उदाहरण बनेको छ …

ग्यापुको रक्षा बन्धन अफर, विश्वभर उपहार पठाउन सकिने 

रक्षा बन्धनको अवसरमा विश्वभर रहेका दिदीबहिनी तथा दाजुभाईहरूको लागि ग्यापुले विशेष…

सनराइज बैंकको नारी विशेष योजना, निःशुल्क डिम्याट, मेरो सेयर र मोबाइल बैंकिङ सुविधा

सनराइज बैंकले भदौ महिनामा नारी विशेष योजना सार्वजनिक गरेको छ । यस योजना अन्तरगत…

ओप्पोले सार्वजनिक गर्‍यो नवप्रवर्तनात्मक ईमेजिंग प्रविधि

ओपोले २०२१ ओपो फ्यूचर ईमेजिंग टेक्नोलोजी लञ्च ईभेन्ट आयोजना गरेको छ । अनलाइन ईभेन्…

आइसिटी अवार्डको कुन विधामा कसले दिने आवेदन ? 

छैठौं संस्करणको आइसिटी अवार्डको नोमिनेसन खुल्ला भइसकेको छ । लिभिङ विथ आइसिटीको आ…

बैंक अफ काठमाण्डूले सञ्चालनमा ल्यायो कन्ट्याक्टलेस कार्ड

बैंक अफ काठमाण्डूले कन्ट्याक्टलेस भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । बैंकले प्रवि…

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बेरूजु १ अर्ब ३८ करोड १८ लाख

महालेखा परीक्षकको कार्यालयले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बेरूजु रकम १ अर्ब …

सेवाग्राहीको बढी चाप रहने कार्यालयले प्रदान गर्ने सेवा आइटीमा आधारित बनाउन निर्देशन

महालेखा परीक्षकको कार्यालयले सेवाग्राहीको बढी चाप रहने कार्यालयले प्रदान गर्ने सेवा…

सबै नागरिकलाई छिटो राष्ट्रिय परिचयपत्र वितरण गर्न निर्देशन

महालेखा परीक्षकको कार्यालयले राष्ट्रिय परिचयपत्र छिटोभन्दा छिटो वितरण गर्नुपर्ने बताए…

महिलाभन्दा मोबाइल र इन्टरनेट बैंकिङ प्रयोगकर्तामा पुरूष धेरै

नेपालमा महिलाभन्दा पुरूषले सबैभन्दा बढी मोबाइल बैंकिङ प्रयोग गर्ने गरेको एक तथ्यां…

गाउँपालिकामा सबैभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता

गाउँपालिकामा सबैभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता रहेको एक तथ्यांकले देखाएको छ …

मुलुकभर मोबाइल बैकिङ प्रयोगकर्ता ३२ प्रतिशत

मुलुकभर मोबाइल बैकिङ प्रयोगकर्ता  ३२ प्रतिशत पुगेका छन् । नेपाल राष्ट्र बैंकको नेपा…

मान्छे जस्तै देखिने एआई रोबोट निर्माण गर्दै टेस्ला

टेस्लाले मान्छे जस्तै देखिने एआईबाट सञ्चालित रोबोटको निर्माणमा काम गरिरहेको छ । यस…

मेरो शेयरको पासवर्ड बिर्सिएमा अब आफैले रिसेट गर्न सकिने, यस्तो छ सजिलो तरिका

मेरो शेयरको पासवर्ड बिर्सिएमा अब आफैले रिसेट गर्न सकिने भएको छ । सीडीएससी एण्ड क्ल…

कोर बैंकिङ सिस्टम स्तरोन्नति गर्दै ग्लोबल आईएमई बैंक, सेवा अवरूद्ध हुन सक्ने 

ग्लोबल आईएमई बैंकले कोर बैंकिङ सिस्टमलाई स्तरोन्नति गरी फिनाकल भर्सन १०.२.२५ सञ्चाल…