अपडेट
राष्ट्रिय परिचयपत्र अभियान तीव्र
राष्ट्रिय परिचयपत्र बनाउने अभियानलाई तीव्र पारिएको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले देशव्यापी रूपमा राष्ट्रिय परिचयपत्र बनाउने अभियानलाई तीव्रता दिएको हाे ।
विभागका महानिर्देशक तीर्थराज भट्टराईले देशभरका जिल्ला प्रशासन कार्यालय तथा विभिन्न १७ वटा इलाका कार्यालयमार्फत परिचयपत्र बनाउन पाइने सुविधा उपलब्ध गराएर अभियानलाई तीव्र पारिएको जानकारी दिए ।
पछिल्लो समय नेपालले अन्तर्राष्ट्रिय स्तरको विद्युतीय राहदानी जारी गरेसँगै राष्ट्रिय परिचयपत्रको आवश्यकता बढेको छ । विद्युतीय राहदानी निर्माणका लागि राष्ट्रिय परिचयपत्रको नम्बरलाई मान्यता दिइने प्रतिबद्धता सरकारले गरेको थियो ।
उनले व्यक्तिगत विवरणको सुरक्षाका दृष्टिकोणले पनि राष्ट्रिय परिचयपत्रको महत्व रहेको बताउँदै भने, ‘विद्युतीय राहदानीमा अनिवार्य परिचयपत्र नम्बर चाहिने भएसँगै यतिबेला आवश्यकताका आधारमा राष्ट्रिय परिचयपत्र वितरण थालिएको हो ।’
विभागका अनुसार प्रत्येक जिल्लामा जनसङ्ख्याको चापका आधारमा एकदेखि चारवटासम्म परिचयपत्र डेस्क स्थापना गर्ने व्यवस्था गरिएको छ । राहदानी विभाग परिसरमा राष्ट्रिय परिचयपत्र वितरण कार्य जारी राखिएको छ । यसबाहेक औपचारिक सेवाअन्तर्गत जिल्ला प्रशासन कार्यालयमा गएर दर्ता गर्न सकिनेछ ।
त्यस्तै ललितपुरमा पनि एउटा डेस्कमार्फत वितरण थालिएको छ । बाहिरका जिल्लाका नागरिकका लागि अर्को एक छुट्टै डेस्क स्थापना गर्ने योजना रहेको विभागले जनाएको छ । भक्तपुर र काठमाडौँमा थप डेस्क स्थापना गरिने भएको छ ।
विभागका महानिर्देशक भट्टराईले हालसम्म ४७ लाख जनाको वैयक्तिक विवरण सङ्कलन गरिएको जानकारी दिए । तीमध्ये ४२ लाख जनाको विवरण सत्यापन गरिएको छ ।
यस वर्ष एक करोड नागरिकको व्यक्तिगत विवरण सत्यापन गरिने लक्ष्य विभागले लिएको छ । साथै ३० लाख नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिनेछ ।
सूचना प्रविधिमा आधारित राष्ट्रिय परिचयपत्रमा नागरिकताको विवरणका साथै हरेक व्यक्तिको अनुहार, १० वटा औँलाको औँठा छाप, दुवै आँखाको रेटिना तथा विद्युतीय हस्ताक्षर अद्यावधिक गरिनेछ । १० अङ्कको सुरक्षा कोड नम्बर परिचय पत्रमा उल्लेख हुनेछ ।
परराष्ट्र मन्त्रालयले विद्युतीय राहदानी वितरणलाई सहज बनाउन राष्ट्रिय परिचयपत्र सकेसम्म छिटो हरेक नागरिकको हातमा पु-याउन अनुरोध गरेको छ ।
राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले देशव्यापी अभियानलाई तीव्रता दिएर परिचयपत्र वितरण गर्नुपर्ने सुझाव दिए । गाेरखापत्र
अपडेट
एफवान सफ्ट आइसिटी अवार्डको ग्राण्ड फिनाले पुस २ गते हुँदै, अनलाइनबाटै यसरी लिनुहोस् टिकट
अनलाइनबाटै एफवान सफ्ट आइसिटी आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रमको टिकट खरिद ग…
वेबसाइट र्याङ्किङ हेर्ने अमेजनको एलेक्सा डटकम बन्द हुँदै
अमेजनले वेबसाइटको र्याङ्किङ हेर्न मिल्ने साइट एलेक्सा डटकम बन्द गर्ने भएको छ । २५ व…
पश्चिम नेपालमा इन्टरनेट विस्तार गर्न भायानेट र चाइना कम्युनिकेसनबीच साझेदारी
भायनेट कम्युनिकेसन्स प्रालिले पश्चिम नेपालमा आफ्नो इन्टरनेट सेवा विस्तार गर्न चाइना क…
राष्ट्रिय वाणिज्य बैंक र ईसेवामनी ट्रान्सफरबीच सम्झौता
राष्ट्रिय वाणिज्य बैंक र ईसेवामनी ट्रान्सफर बीच रेमिट्यान्स भुक्तानी गर्ने सम्बन्धमा सम्…
पठाओको जीवन रक्षा कार्यक्रम, तीन सय जना क्याप्टेनलाई स्वास्थ्य प्रशिक्षण
स्वास्थ्य सचेतनालाई ध्यानमा राख्दै राइड शेयरिङ कम्पनी पठाओ नेपालले ‘पठाओ जीवन रक्षा’…
डिशहोम फाइबरनेटको अफरः वार्षिक १३ हजार रूपैयाँमा ४० एमबीपीएसको इन्टरनेट र टिभी
डिशहोम फाईबरनेटले डायनामिक कम्बो प्याक…
भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट ई-पासपोर्ट वितरण शुरू
अब भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट विद्युतीय राहदानी (ई पासपोर्ट ) प्राप्त गर्न सकि…
अब जिमेलबाटै अडियो र भिडियो कल गर्न सकिने
अब जिमेल प्रयोग गरेरै अडियो र भिडियो कल गर्न सकिने भएको छ । दुवै आईओएस र एन्ड्रोइ…
नेपालमा भिभोको चार वर्ष पुरा, विविध कार्यक्रमसहित वार्षिकोत्सव मनाउँदै
भिभोले नेपालमा आफ्नो चौथो वार्षिकोत्सव भव्य कार्यक्रमहरुको आयोजना गरी मनाउने भएको छ…
डुकुछापमा डिशहोमको नयाँ स्याटेलाइट टेलिपोर्ट स्थापना
डिटिएच सेवा दिदै आएको डिशहोमले ललितपुरको डुकुछापमा स्याटेलाइट टेलिपोर्ट स्थापना …
एनसेल र राकुटेन भाइबरबीच साझेदारी, ग्राहकलाई विशेष डाटा प्याकेज, स्टीकर्स र अन्य सुविधा
एनसेल आजियाटा लिमिटेड र राकुटेन भाइबरबीच एनसेलका ग्राहकहरुलाई विशेष डाटा प्याके…
स्याटेलाइटबाट लिपुलेक, लिम्पियाधुरा र कालापानीकाे जनगणना गर्ने तयारी
केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्ने क्र…
नेपाल पेमेन्ट सोलुसन र ग्रीन डेभलपमेन्ट बैंक बीच सम्झौता
नेपाल पेमेन्ट सोलुसन्स्ले आफ्नो डिजिटल इकोसिस्टम विस्तार गर्दै ग्रीन डेभेलपमेन्ट बैंकस…
नेपाल पेमेन्ट सोलुसन्स र मन्जुश्री फाइनान्स बीच सम्झौता
नेपाल पेमेन्ट सोलुसन्सले आफ्नो डिजिटल इकोसिस्टम विस्तार गर्दै मन्जुश्री फाइनान्स लिमिट…
ईन्नो डे २०२१ आयोजना गर्दै ओप्पो
चीनको शेङचनमा २०२१, डिसेम्बर १४–१५ का दिन ओपोले आफ्नो वार्षिक ओपो ईन्नो डेको आयोज…