कीवर्डहरू -

अपडेट

अब डिजिटल प्रविधिबाटै लेखा परीक्षण

महालेखा परीक्षकको कार्यालयले सूचना प्रविधिको माध्यमबाट लेखापरीक्षण गर्ने प्रणाली कार्यान्वयनमा ल्याएको छ । लेखापरीक्षणका लागि नेपाल लेखापरीक्षण व्यवस्थापन प्रणाली (नाम्स) को प्रयोग गरिने महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

महालेखापरीक्षक टंकमणि शर्मा दङ्गालले लेखा प्रणालीलाई चुस्त दुरुस्त राख्नुका साथै सूचना प्रविधिको प्रयोग गरेर प्रणालीलाई व्यवस्थित बनाउन महत्वपूर्ण फड्को मार्न लागेको बताए ।

उनले सबै सहकारी कार्यालयलाई अल्छी नगरी समयमै आयव्यय अद्यावधिक गर्न आग्रह गरे । मुख्यसचिव शंकरदास वैरागीले मन्त्रालयका सचिव तथा निकायका लेखा अधिकारीलाई उक्त प्रणालीमा उच्च महत्वका साथ अगाडि बढाउन निर्देशन दिए ।

उनले बेरुजुको परिमाण बढाउँदै गएकोमा चिन्ता व्यक्त गर्दै यस वर्ष शुन्य बेरुजुको वर्ष मनाइरहेकाले सबैले अपनत्व लिनुुपर्ने बताए ।

उक्त सफ्टवेयरको प्रयोगसँग अब सबै सरकारी कार्यालयको लेखापरीक्षण कागजरहित, डिजिटल प्रविधिबाट हुनेछ ।

लेखापरीक्षण योजना, लेखापरीक्षण प्रतिवेदन, सम्परीक्षणलगायतका सबै कार्य उक्त सफ्टवेयरको प्रयोगले हुनेछ । महालेखा परीक्षकको कार्यालयले उक्त सफ्टवेयर प्रयोगसम्बन्धी निर्देशिका–२०७८ जारी गरेको छ ।

साथै, ‘नाम्स’ व्यवस्थापनका लागि लेखापरीक्षण र सूचना प्रविधिका विज्ञ सम्मिलित समितिसमेत गठन गरिएको छ । गोरखापत्र

अपडेट

विश्वमा पहिलो थ्रीडीद्वारा प्रिन्ट गरिएको प्रोस्थेटिक आँखा एक विरामीलाई

विश्वमा पहिलो चोटि एक विरामीले थ्रीडीद्वारा प्रिन्ट गरिएको प्रोस्थेटिक आँखा लगाएका छन् । स्टीभ भर्ज नामक विरामीले फ्राउ…

पुस्तक प्रेमीको लागि ‘इन्फी किताब कार्निभल’, ८० प्रतिशत सम्म छुट

विश्वमा सबैभन्दा धेरै समय पढ्ने मानिसहरूको रुपमा चिनिने छिमेकी राष्ट्र भारतका जनता…

नेपाली काँग्रेस १४औँ महाधिवेशनः प्रविधिको प्रयोगलाई उच्च प्राथमिकतामा राखिने

‘उत्साह, एकता र रूपान्तरण; सफल बनाऔँ १४औँ महाधिवेशन’ को नाराका साथ नेपाली काँग्र…

सामाजिक सञ्जालमा ट्रोल गर्नेको पहिचान खुलाउन कानून ल्याउने तयारीमा अष्ट्रेलिया

अष्ट्रेलियाले सामाजिक सञ्जालमा ट्रोल गर्नेको पहिचान खुलाउन कानून ल्याउने तयारी गरेक…

आइसिटी अवार्डका उत्कृष्ट ५ प्रतिस्पर्धीको ‘स्टोरी शेयरिङ सेसन’ बुधबार, यसरी हुनुहोस् सहभागी

बुधबार आइसिटी अवार्ड २०२१ का उत्कृष्ट ५ स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसनहरू…

अन्तरिक्ष सम्बन्धि नेपालको पहिलो ‘स्पेस टेक इनोभेसन’ प्रदर्शनी हुँदै

अन्तरिक्ष गतिविधि र नेपाली युवाहरुले गरेको सफलताको बारेमा जानकारी दिने उद्धेश्यले…

सिभिल मलमा सपिङ्ग गर्दा सुजन लामिछानेले जिते टिभिएस अपाचे आरटिआर बाइक

सिभिल मलले दशै तिहारमा सपिङ गर्ने उपभोक्तालाई लक्षित गरेर घोषणा गरेको कार्यक्रम अन्…

अर्को हप्ताबाट स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइ शुरू हुने, तीन सिफ्टमा छाप्ने योजना

करिब छ महिनासम्म स्थगित भएको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ सुरु हुन…

नबिल स्कुल अफ सोसल आन्ट्रप्रेनरसीप कार्यक्रम शुरु

नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशिलता कार्यक्रम ‘नब…

माछापुच्छ्रे बैंकको सहयोगमा नारायणहिटी दरबार संग्रहालयमा मोबाइल लकरको व्यवस्था

माछापुच्छ्रे बैंकले नारायणहिटी दरबार संग्रहालयलाई मोबाइल लकर प्रदान गरेको छ । संग्…

सार्वजनिक सवारीसाधनमा जीपीएस डिभाइस जडान गर्दै सरकार, पहिलो चरणमा सय सवारीलाई निःशुल्क

सरकारले सार्वजनिक सवारीसाधनमा जीपीएस डिभाइस जडान गर्ने भएको छ । यातायात व्यवस्था …

डिजिटल रूपान्तरण र प्रतिभा विकासमा सहकार्य गर्न थाइल्याण्डका प्रधानमन्त्रीको ह्वावेसँग भेटवार्ता

थाइल्याण्डका प्रधानमन्त्री जनरल प्रयुत चान–ओ–चाले ह्वावे टेकनोलोजिजका सिईओ रेन झेङ्फे…

अब अनलाइनबाटै लेखा परीक्षण

महालेखा  परीक्षकको  कार्यालयले  यो  वर्षदेखि  विद्युतीय प्रणाली (अनलाइन) बाटै लेखा…