कीवर्डहरू -

अपडेट

आइसिटी अवार्ड २०२१ मा उत्कृष्ट ५ को घोषणा, सर्वोत्कृष्ट छनौटको लागि पब्लिक भोटिङ शुरु हुँदै 

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्डको २०२१’ केही विधामा उत्कृष्ट ५ को घोषणा गरिएको छ । छैटौं संस्करणको एफवान सफ्ट आइसिटी अवार्ड २०२१ को छनौट प्रक्रिया अन्तर्गत विभिन्न ११ विधामध्ये ३ महत्वपूर्ण विधामा जुरी समितिको छनौट प्रक्रिया मार्फत उत्कृष्ट ५ को घोषणा गरिएको हो ।

ह्वावे स्टार्टअप आइसिटी अवार्ड , प्रडक्ट आइसिटी अवार्ड , राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२१ विधामा गत शनिवार आयोजना भएको प्रिजेन्टेशन एण्ड स्पिड डेटिङ सेसन मार्फत उत्कृष्ट ५ को छनौट गरिएको हो । छनौटमा परेका उत्कृष्ट ५ ले नोभेम्बर १ देखि शुरू हुने पब्लिक भोटिङ (ई–सेवा र एसएमएस)मा सहभागि हुनु पर्नेछ । यसैगरी यसअघि छनौट भएका ३ विधामा उत्कृष्ट १० सबैका लागि पब्लिक च्वाइस आइसिटी अवार्ड विधा पनि खुल्ला गरिएको छ । जुरीको छनौट , पब्लिक भोटिङ र फिल्ड भिजट समेत सम्पन्न गरी आयोजकले ग्राण्ड फिनाले कार्यक्रममा सर्वोत्कृष्ट घोषणा गर्नेछ ।

छनौट भएको उत्कृष्ट ५ स्टार्टअप कम्पनीहरू डुलुवा एक्सपेडिसन्स प्रा.लि , हाउस अफ बुक्स प्रा.लि , खेती भेन्चर प्रा.लि , निर्वाण साथी टेक्नोभेसन प्रा.लि र पु ¥ याउ सर्भिसेस प्रा.लि रहेका छन् । स्टार्टअप आइसिटी अवार्ड २०२१ विधामा ५० बढी आइसिटी स्टार्टअप कम्पनीहरूको नोमिनेशन प्राप्त भएको थियो । विभिन्न ३ चरणको छनौट पश्चात् उत्कृष्ट ५ छनौट गरिएको आयोजकले जनाएको छ ।

प्रडक्ट आइसिटी अवार्ड २०२१ को लागि उत्कृष्ट ५ मा छनौट भएका प्रडक्टहरुमा बगभी , आइएमएस डिस्ट्रिब्युसन म्यानेजमेन्ट सिस्टम , मिखा , प्लान्टस्याट र सायक रहेका छन् । यस विधामा ४० बढी आइसिटी प्रडक्टहरूको नोमिनेशन प्राप्त भएको र ३ चरणको छनौट पश्चात् उत्कृष्ट ५ को घोषणा गरिएको आयोजकले जानकारी दिएको छ ।

राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२१ को लागि छनौट भएका उत्कृष्ट ५ इन्नोभेसनहरुमा आक्स माट्ररव , आइओटी ब्यास्ड इकोनोमिकल एयर प्युरिफायर फर द ग्लोबल साउथ , मुसोर , ओपन प्लास्टपेपर र रेन्ट अ बाइक रहेका छन । यस वर्ष राइजिङ स्टार इन्नोभेसन विधामा ६० बढीको नोमिनेशन प्राप्त भएको थियो ।

यी ३ विधा बाहेक अवार्डमा पायोनियर आइसिटी अवार्ड , नेपाली डायस्पोरा आइसिटी अवार्ड , आन्टरप्रेनर आइसिटी अवार्ड , वुमन आइकन आइसिटी अवार्ड गरी ४ विधा व्यक्तिको लागि समावेश गरिएको छ । यसैगरी डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर) , डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर) , डिजिटल गभर्नेन्स आइसिटी अवार्ड (पब्लिक सेक्टर) र डिजिटल सर्भिसेस आइसिटी अवार्ड (प्राइभेट सेक्टर) सरकारी र नीजि क्षेत्रका संस्थाहरूलाई लक्षित गरिएको छ । यी सबै विधाहरूमा नोमिनेशन पश्चात् छनौट जारी रहेको छ ।

एफवान सफ्ट आइसिटी अवार्ड २०२१ इन एशोसिएशन विथ जिनस , पावर्ड वाई ह्वावे २०२१ का लागि विभिन्न ११ विधामा ४०० बढीको नोमिनेशन प्राप्त भएको आयोजकले जनाएको छ । अन्य ८ विधामा विभिन्न चरणको छनौट प्रक्रिया जारी रहेको आयोजक लिभिङ विथ आइसिटीले जनाएको छ । सर्वोत्कृष्ट छनौटका लागि १२ जना जुरी र १३ जना विशिष्ट सल्लाहकार समिति गठन गरिएको आयोजक समितिका संयोजक राजन लम्सालले जानकारी दिए । आइसिटी अवार्ड नेपालको डिजिटल इकोसिस्टमको विकासमा एक महत्वपूर्ण प्रयास भएको हुँदा यसमा यस क्षेत्रका सबै व्यक्ति , संस्था र नवप्रर्तकहरूको आआफ्नो पक्षबाट सहयोग , सहकार्य र सहभागिता रहेको लम्सालले बताए ।

सन् २०१६ देखि शुरु भएको आइसिटी अवार्डमा प्रविधि क्षेत्रमा कृयाशील व्यक्ति , संस्था , इन्नोभेसन र स्टार्टअपहरूको प्रवद्र्धन लागि एक महत्वपूर्ण प्लाटफर्मको रूपमा विकास भएको सहभागी बताउँछन् । आइसिटी अवार्डको छनौट प्रक्रिया अन्तर्गत नै स्टार्टअप एण्ड आइडिया फेस्ट , प्रिजेन्टेशन एण्ड स्पिड डेटिङ सेसन , फिल्ड भिजिट , पब्लिक भोटिङ लगायतका प्रक्रियाहरू आयोजना गर्ने गरिन्छ । छनौट प्रक्रिया पारदर्शी र निष्पक्ष हुनु नै आइसिटी अवार्डको महत्वपूर्ण उपलब्धि रहेको सल्लाहकार प्राडा. सुवर्ण शाक्य बताउँछन् । आइसिटी अवार्डले इन्नोभेसन , स्टार्टअप र आइडियालाई उद्यमशीलतासँग जोडेर अघि बढाइरहेको कारणले यस क्षेत्रमा सकारात्मक प्रभाव पारेको नाष्टका उपकुलपति डा. सुनिल बाबु श्रेष्ठले बताए ।

यस वर्ष आइसिटी अवार्ड विजेताहरूले विशिष्ट सम्मानसँगै राष्ट्रिय वाणिज्य बैंकबाट १५ लाखसम्म विनाधितो सहुलियत ऋण सुविधा , स्टार्टअप र आइडियामा लगानीको अवसर , ह्वावे , एनसेल , नेपाल टेलिकम , इसेवा , डिसहोम लगायतका संस्थाहरूबाट महत्वपूर्ण सहयोग रहनेछ । आइसिटी अवार्ड २०२१ मा एफवानसफ्ट शीर्ष प्रायोजक रहेको छ भने जिनस इन एशोसिएशन विथ , ह्वावे पावर्ड वाई स्पोन्सर रहेका छन ।

यसैगरी राष्ट्रिय वाणिज्य बैंक बैंकिङ पार्टनर , एनसेल क्याटेगोरी स्पोन्सर रहेको छ । अवार्ड कार्यक्रममा एनटिए , नाष्ट , एनआइटिसी , प्रेसिडेन्सियल बिजनेशन स्कुल , ई–सेवा , इमिनेन्स वेइज , अपग्राड , डिस होम , एनएमबी बैंक , हाम्रो पात्रो , टेक्नोरियो लगायतका संस्थाहरूको सहयोग तथा सहकार्य रहेको छ ।

आइसिटी अवार्ड २०२१ को ग्राण्ड फिनाले कार्यक्रम डिसेम्बर १७ अर्थात् पुस २ गते द सोल्टी काठमाडौंमा आयोजना हुनेछ ।

अपडेट

त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालको परीक्षणको रिपोर्ट अब देखि अनलाइनमार्फत उपलब्ध

काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालले प्रयोगशाला परीक्षणको रिपोर्ट अब द…

कुमारी बैंक र रोडीयो क्याफेबीच व्यवसायिक साझेदारीको सम्झौता

कुमारी बैंक लिमिटेड र खुसुबूँस्थित रोडीयो क्याफे एण्ड बार प्राइभेट लिमिटेडबीच व्यव…

यातायात व्यवस्था विभागलले गर्याे सवारीचालक अनुमति पत्र खुल्ला, दैनिक करिब पाँच हजार आवेदन मात्र संकलन गरिने

यातायात व्यवस्था विभागले आज अर्थात मंगलबारदेखि नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्…

होण्डा फेस्टिभ बोनान्जाको पहिलो विजेता घोषणा

नेपालीहरुको महान चाड दशैं, तिहार र छठलाई लक्षित गर्दै होण्डाले ल्याएको ‘होण्डाको फ…

लस्करको कर्पोरेट लन्च अफर, खाना मगाउदा २५ प्रतिसतसम्म छुट

अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले ‘कोर्पोरेट लन्च अफर’ ल्याएको छ । उक्त अफर …

नेपाली दर्शकलाई मनोरञ्जन प्रदान गर्न सोनी लिभ र टेलिनेटबीच साझेदारी

सोनी पिक्चर्स नेटवक्र्स ईण्डियाको ओटीटी प्लाटफर्म सोनि लिभले नेपाली दर्शकलाई लक्षित गर्…

दशैं–तिहारको अवसरमा निमा एकेडेमी ल्यायो एप डाउनलोड र रजिस्टर गर्दा ८०% सम्म छुट को अवसर

नेपालको शिक्षा क्षेत्रमा धेरै समस्याहरु विद्धमान छन् । नेपालको शिक्षा अझै पनि परम्परा…

दराज अब ४७ सहरमा उपलब्ध, आगामी महिनाहरूमा देशभरि सेवाको विस्तारलाई तीव्रता दिने

प्रसिद्ध अनलाइन बजार दराजले आफ्नो सेवा देशव्यापी बनाएको छ ।  आगामी महिनाहरूमा देश…

नेपाल पेमेन्ट सोलुसन्स् र बैंक अफ काठमाडौँ बिच डिजिटल इकोसिस्टम बिस्तारको लागि सहकार्य

नेपाल पेमेन्ट सोलुसन्स्ले आफ्नोे डिजिटल इकोसिस्टम विस्तार गर्दै बैंक अफ काठमाडौँसँग …

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुलाई काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा १५ प्रतिशत छुट

बैंक अफ काठमाण्डू लिमिटेड र काठमाण्डौं गेस्ट हाउस बिच बैंकको डेबिट कार्ड, क्रेडिट …

मुक्तिनाथ उत्कृष्ट बचत खाता सञ्चालनमा

मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’ योजना सञ्चालनमा ल्याएको छ । यो…

ग्लोबल आइएमई बैंकले ल्यायो ‘ग्लोबल आइएमई हाइब्रिड बचत खाता’

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई बचत खातामा उच्च ब्याजदर प्रदान गर्ने …

ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन खुलाउने तयारी गरिदै

कात्तिक दोस्रो सातादेखि स्मार्ट लाइसेन्सको नयाँ आवेदन खुला हुने भएको छ । करिब छ मह…

गुगल क्रोममा गम्भीर सुरक्षा कमजोरी, प्रयोगकर्तालाई सुरक्षित पार्न क्रोमले सार्वजनिक गर्याे अपडेट

गुगल क्रोममा गम्भीर सुरक्षा कमजोरी भेटिएको छ । त्यसैको कारणले गर्दा कम्पनीले तत्काल …

डिशहोमको ४० एमबीपीएसको फाइबरनेट जोड्दा आईपीटिभी निःशुल्क हेर्न पाइने

डिशहोमको ४० एमबीपीएस इन्टरनेट जोड्दा आईपीटिभी निःशुल्क पाइने भएको छ । डिशहोमले य…