अपडेट
एप्याकको गरिबी निवारणका लागि ग्रामीण क्षेत्रको डिजिटल कनेक्टिभिटी बढाउन आह्वान
एप्याकको गरिवी निवारणका लागि ग्रामीण क्षेत्रको डिजिटल कनेक्टिभिटी बढाउन विज्ञहरुले आह्वान गरेका छन् ।महामारीको समयमा डिजिटल डिभाईड रोक्न र आर्थिक रिकभरीलाई ड्राइभ गर्नको लागि क्रस सेक्टरको सहकार्य आवश्यक रहेको सरोकारवालाहरुले बताएका हुन् ।
बिहीबार फाइनान्सियल टाइम्स र ह्वावेले आयोजना गरेको ‘स्ट्राटिजी फर अड्रेसिंग द एशिया प्यासिफिक डिजिटल डिभाईड – इन्क्रिजिंग कनेक्टिभिटि टु ड्राइभ इकोनोमिक रिकभरी’ विषयको वेबिनारमा विज्ञहरूले ग्रामीण क्षेत्रमा डिजिटल कनेक्टिभिटी बढाउन जोड दिएका हुन् ।
‘यसको सुरुवात डिजिटल सेवाको निष्पक्ष पहुँचबाट हुन्छ विशेष गरी कनेक्ट नभएकोलाई कनेक्ट गर्दै,’ ह्वावे एसिया प्रशान्तका प्रमुख डिजिटल अधिकारी माइकल म्याकडोनाल्डले भने, ‘यस क्षेत्रमा डिजिटल डिभाईडका लागि आइसिटी कनेक्टिविटी, टेलेन्ट जीवन शक्ति र ग्रीन टेक्नोलोजी तीन प्रमुख स्तम्भहरू आवश्यक छ ।’
शांघाई जिओ टोंग विश्वविद्यालयको अन्ताई कलेज अफ इकोनोमिक्स एन्ड मैनेजमेन्टका प्रोफेसर यिन हाइटाओले आइसिटी सोलुसनको प्रयोग मार्फत आर्थिक विकास र गरिबी निवारण गर्न सहयोग पुग्ने बताए ।
कोर्नल विश्वविद्यालयको समुइल सीं जोनसन कलेजका प्रोफेसर यिन र क्रिस मार्कसद्वारा सह–लेखन गरिएको ‘डिजिटल समावेशीकरण र गरीबी उन्मूलनः ह्वावेको अप्रोच’ नामको प्रतिवेदन सार्वजनिक भएको थियो ।
रिपोर्ट अनुसार रुरलस्टार कार्यक्रमको उद्देश्य आइसिटी लागतलाई इनोभेसन मार्फत कम गर्नु रहेको छ । जसले स्थानीय क्यारियरहरूले दुर्गम र ग्रामीण क्षेत्रमा व्यावसायिक रूपमा व्यवहारिक डिजिटल कनेक्शन सेवाहरू प्रदान गर्न सक्नेछन् ।
अविकसित क्षेत्रहरूमा पुग्न र डिजिटल कभरेज सुधार गर्न ह्वावेले २०१७ देखि थाइल्याण्ड र इन्डोनेसिया लगायत विश्वभरका स्थानीय अपरेटरहरूसँगै रुरलस्टार कार्यक्रम आरम्भ गरेको छ ।
यो सोलुसनले पारम्परिक टावरहरूलाई साधारण पोलहरूले प्रतिस्थापित गर्दछ र डिजेल जेनरेटरको शक्तिबाट सौर्य ऊर्जामा परिवर्तन गर्न सक्षम पार्दछ ।
२०२० को अन्त सम्ममा, रुरलस्टार कार्यक्रम ६० भन्दा बढी देशहरूमा लागू भइसकेको थियो, ५० मिलियन मानिस यस पहलबाट लाभान्वित भएका थिए ।
‘रुरलस्टारले मानिसहरु र अविकसित क्षेत्रहरुको संगठनहरुलाई अनलाइनमा उपलब्ध असंख्य स्रोतहरु र अवसरको ट्याप गर्न अनुमति दिन्छ जसले उनीहरुलाई यी क्षेत्रहरुको विकासमा योगदान पुर्याउन सशक्त पार्दछ,’ यिनले भने ।
आइसिटी प्रतिभा अभाव एक प्रमुख क्षेत्र हो जसले डिजिटल डिभाईड प्रकट गर्दछ । कार्यक्रममा सिंगापुर युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड डिजाइनको ली कुआन यू सेन्टर फर इनोभेटिभ शहरहरूको निर्देशक पून किंग वांगले दीर्घकालीन रणनीति र बिभिन्न पुस्ताका मानिसहरुको उन्नतिलाई टेवा पुर्याउने र डिजिटलमा रुपान्तरणमा श्रमिकको भलाइ सुनिश्चित गर्नका लागि आग्रह गरेका थिए ।
एसिया फाउन्डेशनका निर्देशक सोफिया शाकिलले महिला बेरोजगारीमा महामारीको नकरात्मक प्रभाव र सीप निर्माणमा लगानी गर्नुपर्ने बताएकी थिइन् ।
२०१७ मा ह्वावे, बंगलादेश सरकार (आइसिटी डिभिजन) र रोबी एजियाटाले संयुक्त रूपमा बंगलादेशको ग्रामीण भागमा महिलामा डिजिटल सीप दिनको लागि डिजिटल ट्रेनिंग बस परियोजना शुरू गरेको थियो ।
६० हजार भन्दा बढी महिलाले अहिलेसम्म प्रशिक्षण प्राप्त गरिसकेका छन र २०२३ सम्ममा एक लाख ६० हजारले यसबाट फाइदा लिन सक्नेछन् ।
माइकल म्याकडोनाल्डका अनुसार एप्याकमा रहेको श्रम घाटा कम गर्न आगामी पाँच बर्षमा चारलाख बढी डिजिटलहिसाबले स्किल्ड बनाउन आशा गरिएको छ ।
अपडेट
कोरोना महामारीसँग लड्न आविष्कार केन्द्रले निःशुल्क वितरण गर्यो ९० हजार बढी सामग्री
राष्ट्रिय आविष्कार केन्द्रले कोरोना महामारीसँग लड्न ९० हजार बढी सामग्रीहरु निःशुल्क व…
आजदेखि प्रेस पास र अनलाइन मिडिया दर्ता तथा नवीकरण अनलाइनबाटै, यस्तो छ तरिका
अब नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र, अध्यक्ष तथा प्रकाशकहरुको परिचयपत्र, प्रेस प्रतिनिधि…
समृद्धि फाइनान्सले शुरू गर्यो कर्पोरेट पे प्रणाली
समृद्धि फाइनान्स कम्पनी लिमिटेडले कर्पोरेट पे प्रणाली शुरू गरेको छ । समृद्धि फाइनान्…
अमेरिकी कम्पनी एक्जेम्प्लरसँग सगुनको रणनीतिक साझेदारी
सोसियल इ–कमर्स कम्पनी सगुनले अमेरिकी कम्पनी एक्जेम्प्लर एलएलसीसँग हालै रणनीतिक साझे…
एनएमबि बैंकका ग्राहकलाई बिगमार्टमा २५ प्रतिशतसम्म छुट
एनएमबि बैंकका ग्राहकहरुले अब बिगमार्टमा सामान खरिद गर्दा २५ प्रतिशत सम्मको छुट पाउ…
कोरोनाको खोप लगाउन अनलाइन दर्ता नम्बर चाहिने, यसरी पाउनुहोस् नम्बर
अब काठमाडौंमा कोरोना भाइरस विरूद्धको खोप लगाउन अनिवार्य अनलाइन दर्ता नम्बर चाहिने…
गैर प्राविधिकलाई एआई सिकाउँदै फ्युजमसिन, कसरी हुने सहभागी ?
आगामी साउन १८ गतेदेखि गैर प्राविधिकलाई लक्षित गरी ‘एआईटुगो वर्कशप’ शुरू हुँदैछ ।…
यी ठाउँमा उपलब्ध छ सीजी नेट
चौधरी ग्रुप अन्तर्गतको सीजी नेटको इन्टरनेट सेवा काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा उ…
पठाओ ट्याक्सीमा यात्रु र चालकको बीचमा प्लास्टिकको पर्दा अनिवार्य
कोरोना कहरको समयलाई मद्यनजर गर्दै पठाओ ट्याक्सीमा क्याप्टेन (चालक) र यात्रुको बीचमा …
नेपालको आफ्नै स्याटेलाइट राख्न प्रारम्भिक तयारी
अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट राख्ने सरकारको योजनाले केही वर्षदेखि चर्चा पाउँ…
नेपाल क्रिकेट संघले आयोजना गर्ने सम्पुर्ण खेलहरु डिशहोमको एक्सन स्पोर्टसले प्रशारण गर्ने
नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडिया नेटवर्क लिमिटेड विच घरेलु क्रिकेट प्रतियोगि…
अब सवारीसाधनको ब्लुबुक बोकेर हिड्नु नपर्ने, क्युआर कोड स्क्यान गरेरै हुनेछ चेकिङ
सवारीसाधनको ब्लुबुक अब बोकेर हिड्नु नपर्ने भएको छ । शुक्रबारदेखि बागमति प्रदेशको भ…
जूमको भिडियो कलमा नयाँ सुविधा, अब प्लगइनहरु प्रयोग गर्न मिल्ने
जूमले भिडियो कलमा तेस्रो पक्षीय एपहरु थपेको छ । अब प्रयोगकर्ताहरुले जूम प्रयोग गरि…
नागरिक एपबाट यसरी तिर्नुहोस् सवारीसाधनको कर
बागमति प्रदेशभित्र दर्ता भएका सवारीसाधनको कर अब नागरिक एपबाट समेत तिर्न सकिने भएक…
अब कर तिर्न कार्यालय धाउनु पर्दैन, यसरी तिर्नुस् अनलाइनबाट सवारीसाधनको कर
बागमति प्रदेशभित्र दर्ता भएका सवारीसा धनको कर तिर्ने तथा नवीकरण गर्ने काम अनलाइनबा…