कीवर्डहरू -

अपडेट

कहाँ कहाँ प्रयोग गर्न सकिन्छ टेलिकमको भीओएलटिई सेवा ? 

नेपाल टेलिकमले आजदेखि फोरजीमा आधारित भ्वाइस ओभर एलटिई (भीओएलटिई) सेवाको परीक्षण सुरूवात गरेको छ ।

विश्व दूरसञ्चार तथा सूचना समाजको अवसरमा टेलिकमले फोरजीमा आधारित भ्वाइस ओभर एलटिई (भीओएलटिई) सेवाको परीक्षण सुरूवात गरेको हो ।

नेपाल टेलिकमले ग्राहकको माग अनुसार चौथो पुस्ताको फोरजीमा एलटिई प्रविधि अन्तर्गत भीओएलटीई (भ्वाइस ओभर एलटीई) सेवा सञ्चालनमा ल्याएको छ । प्रिपेड र पोस्टपेड फोरजी मोबाइलमा भीओएलटिई सेवा प्रयोग गर्न सकिने छ ।

भीओएलटिई सेवाबाट फोरजी मोबाइलमा हाई डेफिनेसन भ्वाइस क्वालिटिमा कुराकानी गर्न सकिने छ ।  भीओएलटिई सेवा देशभरका टेलिकमको फोरजी कभरेज भएका क्षेत्रमा उपलब्ध रहेको छ ।

भीओएलटिईबाट कल गर्दा यसले कुनै डेटा उपयोग गर्दैन् । सामान्य कलहरु गर्दा लाग्ने शुल्क नै लाग्ने गर्दछ ।टेलिकमको भीओएलटिई सेवा हाल सामसङका ३१ वटा, साओमीका ५ वटा र नोकिया ३ वटा मोडेलमा प्रयोग गर्न सकिने छ । अन्य मोबाइलमा पनि भीओएलटिई सेवा इनेबल गराउन टेलिकमको सप्लायरसँग काम गरिरहेको जनाएको छ ।

नेपाल टेलिकमका सेवाग्राहीले *४४४# डायल गरी प्राप्त निर्देशनको आधारमा सिममा भीओएलटिई एक्टिभेट गर्न सक्छन् । तर यो सेवा प्रयोग गर्न भीओएलटिई सपोर्ट गर्ने फोरजी मोबाइल हुन जरूरी छ ।

यो सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गई भीओएलटिई कल फर एनटिसी सिम समेत इनेबल गर्नुपर्दछ र लगत्तै मोबाइल सेटको माथिल्लो लहरमा भीओएलटिईको संकेत देखापर्दछ ।

भीओएलटिईको संकेत देखापरेपछि *१११# डायल गरेर नेपाल टेलिकमको नेटवर्कमा २८ दिनसम्म प्रयोग गर्न सकिने १०० मिनेटभीओएलटिई भ्वाइस सुविधा एकपटकका लागि निःशुल्क उपलब्ध हुनेछ ।

यदी तपाईसँग टेलिकमको भीओएलटिई सेवा सम्बन्धि कुनै जिज्ञासा वा कुन मोबाइलमा यो चल्छ भन्ने थाहा छैन् भने यहाँ क्लिक गरी जानकारी लिन सकिने छ ।

अपडेट

प्राधिकरणले सोमबार विश्व दूरसञ्चार तथा सूचना समाज दिवसमा विशेष कार्यक्रम गर्ने 

नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले सोमबार विश्व दूरसंचार तथा सूचना समाज दिवस (डब्ल्यूटीआईएसडी) को अवसरमा विशेष …

गूगल प्ले स्टोरमा नागरिक एप ५ लाख डाउनलोड

नागरिक एप गूगल प्ले स्टोरमा ५ लाख डाउनलोड भएको छ । गत माघ २ गते बेटा भर्सनको रूप…

कोलोनियल पाइपलाइन सुचारू गर्न अमेरिकाले ह्याकरलाई बुझायो ६ करोड बढी फिरौती रकम

अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइन कोलोनियल पाइपलाइनमा साइबर हमला गर्ने ह्याक…

एनएमबि बैंकका ग्राहकले अब अनलाइनबाटै केवाईसी अपडेट गर्न सक्ने

एनएमबि बैंकले नेपालको डिजीटल बैंकिङ्गको वर्तमान अवस्थामा अनलाइन केवाईसी अघि सारे…

फेसबुक सामग्री समीक्षकः प्रत्येक दिन डरलाग्दो अनुभव 

फेसबुकमा काम गर्ने एक जना सामग्री समीक्षक (फेसबुक मोडेरेटर)ले संसदीय समितिमा पहि…

चीनियाँ यान मंगल ग्रहमा सफलतापूर्वक अवतरण, अमेरिका पछि यान अवतरण गराउने दोस्रो देश 

मंगल ग्रहमा चीनियाँ यान सफलतापूर्वक अवतरण गरेको छ । बेइजिङको समय अनुसार २४० किल…

साथीमार्टले बिर्तामोडमा पनि नि:शुल्क होम डेलिभरी गर्ने

अनलाइन टु अफ्लाइन (ओ टु ओ) इकमर्सको उद्देश्यले स्थापित, ७० वटा आउटलेट रहेको नेपालक…

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाटै अब रेमिट्यान्स पठाउन सकिने

एन आई सी एशिया बैंकले एनआईसी एशिया मोबैंक एप मार्फत आन्तरिक रेमिट्यान्स सहजै देशभ…

ट्वीटरले ल्यायो एन्ड्रोइडमा पनि डिएम सर्चको फिचर

ट्वीटरले एन्ड्रोइडमा पनि डिएम सर्चको फिचर ल्याएको छ । यो फिचर दुई वर्ष देखि आईओएस र…

नेपालमा पनि सुरु भयो ‘सेल्फी विथ डटर’ अभियान

नेपालमा पनि सेल्फी विथ डटर अभियान सुरु भएको छ । लैगिंक समानताका लागि भारतका सु…

सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँट, अनलाइनबाटै यसरी हेर्नुहोस् नतिजा

सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाट भएको छ । आज सीईडीबी हाइड्रोपावरको शेयर निष्क…

नेपाल टेलिकम र एनसेलका सिम प्रयोगकर्ताले एसएमएसबाटै यसरी लिनुहोस् शेयर बजारको जानकारी

नेपाल टेलिकमको सिम प्रयोग गर्नेले अब एसएमएसबाटै शेयर बजार सम्बन्धि जानकारी लिन सक्…

‘आइटी उद्योगका प्रतिनिधिहरुको विकासका लागि सोच’ विषयक वेबिनार आयोजना हुँदै

टेक वेबिनारले ‘आइटी उद्योगका प्रतिनिधिहरुको विकासका लागि सोच’ भन्ने विषयमा वेबिन…

जालानको निधन आईसीटी उद्योगको लागि ठूलो क्षति- आईस्पान


वर्ल्डलिंक कम्युनिकेसनका सह–संस्थापक तथा निर्देशक विजय कुमार जालानको निधनले इन्टरनेट सेवा उद्योग तथा समग्र दे…

ह्वाटसएपको नयाँ प्राइभेसी नीति नमानेमा एप विस्तारै चल्न बन्द हुने 

ह्वाटसएपको नयाँ प्राइभेसी नीति नमानेमा एप विस्तारै चल्न बन्द हुनेछ । फेसबुकसँग आफ्न…