कीवर्डहरू -

अपडेट

मेगा बैंकले शुरू गर्‍यो ऋण अटोमेसन प्रणाली

मेगा बैंक लिमिटेडले एसबी सोलुसन प्रालिसँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणाली सञ्चालनमा ल्याएको छ ।

यसले अनलाइन ऋण आवेदन, इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्नेछ ।

मेगा बैंक लिमिटेडका प्रमुख व्यवसाय अधिकारी अमित श्रेष्ठ र एसबी सोलुसनका अध्यक्ष विपुल ढकालले आ-आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यसले प्रणाली भित्र जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकहरूसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पुर्‍याउने बताइएको छ ।

यसले बैंकलाई द्रुत गतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्दछ । प्रणालीले जमानत र गैर जमानत बेस लोन पनि प्रोसेस गर्ने गर्दछ ।

ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्ड अन्तर्गत रहेको रेटिंगको दृष्टिकोणमा निर्माण गरिएको छ । यो स्वायत्त सिस्टम, प्रणालीले संचालित ग्राहकको उद्देश्य मूल्याकनका साथसाथै विषयगत प्यारामिटरहरूको मानकीकरणको रुपमा पनि रहेको छ ।

बैंकले एसबी सोलुसनले निर्माण गरेको अनलाइन ऋण योग्यता सेवा पनि सुचारु गर्दैछ । जसले ग्राहकहरूलाई अनलाइन ऋण योग्यता जाँच गर्न र बैंकले प्रस्ताव गरेको अनलाइन पोर्टल मार्फत कुनै पनि ऋण प्रडक्टको लागि आवेदन दिन सहयोग पुर्‍याउँने छ ।

अपडेट

रेस्पोन्सिबल व्यवसाय २०२१ मा  ह्वावे सामेल 

ह्वावे रेस्पोन्सिबल व्यवसाय २०२१ मा सामेल भएको छ । रेस्पोन्सिबल व्यवसाय २०२१, रोयटर्स…

डिशहोममा गाभियो प्रभु टिभी

डिश मिडिया नेटवर्कमा प्रभु टिभी र इन्टरनेट गाभिएको छ । करिब १ महिना अगाडि डिशहोम…

विश्वका प्रमुख न्युजपेपरका वेबसाइट डाउन

संसारका प्रमुख मिडियाका वेबसाइटहरु डाउन भएका छन् । गार्जिएबन, फाइनान्सियल टाइम्स, इनडेपेन्डेटन्ट, न्युयोर्क टाइम्स जस्ता अनलाइन डाउन भएको बीबीसीले जनाएको छ ।…

एप्पलले आईओएस १५ आएपछि पनि आईओएस १४ का लागि सेक्युरिटी अपडेट दिने

एप्पलले आईओएस १५ आईसकेपछि पनि आईओएस १४ का लागि सेक्युरिटी अपडेट दिने बताएको छ ।…

आईफोन प्राविधिकले महिलाको अश्लील फोटो अनलाइनमा हालेपछि एप्पलले तिर्यो लाखौँ रुपैयाँ

आईफोन प्राविधिकले महिलाको अश्लील फोटो अनलाइनमा हालेको पुष्टि भएपछि एप्पलले लाखौँ रुपैयाँ तिरेको छ ।
आइ…

एप्पलले सार्वजनिक गर्‍यो आईओएस १५, फेस टाइम, मेसेज र नोटिफिकेसन स्मार्ट बनाउने

आईओएस १५ ले फेस टाइम, मेसेज र नोटिफिकेसनलाई अझै स्मार्ट बनाउने भएको छ । कम्पनीले…

कुन कुन ठाउँमा उपलब्ध छ सिजी इन्टरनेट ? 

चौधरी ग्रुप अन्तर्गतको सिजी नेटको इन्टरनेट सेवा काठमाडौं उपत्यकाका ६ ठाउँमा उपलब्ध …

फोनपे अफर एप डाउनलोड गर्दा आइफोन १२ जित्ने मौका, यसरी हुनुहोस् सहभागी

फोनपेले ‘अफरमा आइफोनको अफर’ नयाँ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत फोन…

सामाजिक सञ्‍जालमा २५ लाखको लट्री परेको भन्दै ठगी गर्ने एक जना पक्राउ

सामाजिक सञ्जाल वाट्सएप, इमो मार्फत लट्री परेको भनी पीडितहरुबाट २ लाख १० रुपैयाँ र…

इ-कमर्सको पक्षमा सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले निषेधाज्ञाको अवधिमा फुड डेलिभरी तथा इकमर्स सञ्चालन गर्न पाऊँ भनेर …

कुमारी स्मार्टबाट भुक्तानी गर्दा टेले उपचारमा १० प्रतिशत छुट

कुमारी बैंक लिमिटेड तथा टेले उपचार डटकमका बीचमा आफ्ना ग्राहकहरुलाई सुविधा प्रदान…

किन लोकप्रिय भइरहेको छ क्लबहाउस ?

आजभोलि नेपालसहित विभिन्न देशमा क्लबहाउस नामक मोबाइल एप लोकप्रिय छ । क्लबहाउस एन्ड्र…

फोन नम्बरको आधारमा मान्छेलाई ब्लक गर्न मिल्ने फिचर ल्याउँदै टिन्डर

टिन्डरले फोन नम्बरको आधारमा मान्छेहरुलाई ब्लक गर्न मिल्ने फिचर ल्याउने भएको छ । यो फ…

प्याब्सन र एनप्याब्सनका शिक्षक तथा कर्मचारीलाई मेरो डक्टरको निःशुल्क स्वास्थ्य परामर्श

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्टिय निजी तथा आवासीय वि…

सिटिजन लाइफ इन्स्योरेन्समा अब अनलाइनबाटै बिमा दावी गर्न सकिने

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत ‘अनलाइन ब…