कीवर्डहरू -

अपडेट

पठाओ ट्याक्सीको दोस्रो एनिभर्सरी, आज सित्तैमा ट्याक्सी बुक गर्न सकिने 

पठाओ कार लाईट (ट्याक्सी)को दोश्रो एनिभर्सरीका दिन आज अर्थात सोमबार पठाओ नेपालले सित्तैमा ट्याक्सी बुकिङ गर्न मिल्ने अफर ल्याएको छ ।

दिउँसो २ बजे देखि दुई बजेर २ मिनेट सम्म लागू हुने अफरमा सो अवधी भित्र पठाओको मोबाइल एप मार्फत कार लाईट (ट्याक्सी) बुकिङ गर्ने सबै सेवाग्राहीले नि:शुल्क ट्याक्सी चड्न पाउने पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए ।

पछिल्लो समय काठमाडौमा प्रविधिको सदुपयोग गर्दै पठाओ ट्याक्सीको प्रयोगकर्ता बढेसँगै पठाओमा आवद्ध हुने ट्याक्सीको सङ्ख्या पनि बढेको छ ।

८ हजार कार लाइट (ट्याक्सी) आवद्ध भएको पठाओ नेपालमा हाल दैनिक २ हजार ५ सयले सक्रिय रुपमा सेवा प्रदान  गरिरहेको बस्न्यात बताउँछन् ।

क्याप्टेनने मास्क अनिवार्य लगाउने र ट्याक्सीमा स्यानिटाइजको समेत व्यवस्था हुने भएकाले सुरक्षीत हुने बस्न्यात बताउँछन् । पठाओ एपमा नै भाडा देखिने भएकोले बार्गेनिङ समेत गर्न नपर्ने भएकोले पठाओ ट्याक्सी सहज छ ।

कोरोना कहरको समयमा उपभोक्ताको स्वास्थ्य सुरक्षाको सावधानीलाई मद्यनजर गर्दै पठाओ ट्याक्सीमा क्याप्टेन (चालक) र यात्रुको बिचमा प्लास्टिक सिल्ड (पर्दा) समेत राखिएको छ ।

गेट देखि गेट सम्म सेवा भएकोले लोकप्रिय भैरहेको पठाओ ट्याक्सी झरीको समयमा गन्तव्य सम्म पुग्न अझ उत्तम बिकल्प भएको छ । झरीमा रुझ्दै चोकमा ट्याक्सी खोज्न जान नपर्ने भएकाले मनसुनको समयमा पठाओ ट्याक्सीको लोकप्रियता अझ बढेको बस्न्यात बताउँछन् ।

नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार लाइट (ट्याक्सी) सेवा सुरु गरेको हो। सन् २०२० सेप्टेम्बरमा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा सुरु गरेको थियो।

हालै ग्रोसरी सामान डेलिभरी गर्दै पठाओ नेपालले 'पठाओ बजार' पनि सुरु गरेको छ। सामान अर्डर गरेको ४५ मिनेटमै होम डेलिभरी दिने गरि जेठ ३० गते देखी सुरु गरिएको पठाओ बजार परिक्षणका क्रममा रहेको छ।

अपडेट

पूर्वपश्चिम राजमार्गका एक सय ३८ स्थानमा सिसीटिभी क्यामेरा जडान

सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले पूर्वपश्चिम राजमार्गको चिसापा…

प्रभु बैंकले सञ्चालनमा ल्यायो मेसिनबाटै खातामा रकम जम्मा गर्न सकिने सुविधा

प्रभु बैंक लिमिटेडले मेशिनबाटै खातामा रकम जम्मा गर्न सकिने सेवा सञ्चालनमा ल्याएको …

एसईईको नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरिका

राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित …

मेरो डिजिटल नेपाल, मेरो परिकल्पना प्रतियोगिताको तेस्रो राउण्डको छनोट प्रक्रिया शुरू

मेरो डिजिटल नेपाल, मेरो परिकल्पना प्रतियोगिताको तेस्रो राउण्डको छनोट प्रक्रिया शुरू…

निमा एकेडेमी र विस्टिम बीच सहकार्य

निमा एकेडेमी र विस्टिम (वुमन इन साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ, आर्ट्स एण्ड म्याथम्या…

गूगलको नयाँ नेस्ट क्याम र ढोकाको घण्टी ब्याट्रीबाट पनि चल्ने

गूगलको नयाँ नेस्ट क्याम र ढोकाको घण्टी ब्याट्रीबाट पनि चल्न सक्ने भएको छ । गूगलले ने…

बाल यौन दुर्व्यवहार रोक्न आईफोनमा नयाँ फिचर आउँदै

एप्पलले बाल उत्पीडन रोक्न आईफोनमा नयाँ फिचर ल्याउने भएको छ । एप्पलले मेसेज, फोटोज …

कार्यस्थलमा लैगिंक असमानता भएको एप्पलकी वरिष्ठ कर्मचारीको आरोप

एप्पलकी वरिष्ठ कर्मचारी आस्ले जिजोभीकले कार्यस्थलमा लैगिंक असमानता भएको आरोप लगाएकी…

टेलिकमको सीयुजी सेवामा आवद्ध सदस्यले के के पाउँछन् सुविधा ?

नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप (सीयूजी) सेवामा आबद्ध हुने ग्राहकहरुको संख्यामा…

काठमाडौं मेडिकल कलेजले शुरू गर्‍यो रोबोटिक सर्जरी सेवा, अब रोबोटको सहायताबाट अप्रेसन

काठमाडौं मेडिकल कलेजले नेपालमै पहिलोपटक रोबोटिक सर्जरी सेवा शुरू गरेको छ । अस्प…

फर्च्युन ग्लोबलको ३३८ औं स्थानमा साओमी

साओमी सन् २०२१ को फर्च्युन र्याङ्किङमा ३३८ औँ स्थानमा उक्लिएको छ । लगातार तेस्रो वर्ष …

‘स्मार्ट’ बन्न नसकेको ‘स्मार्ट लाइसेन्स’ !

पुराना प्रविधि हटाएर नयाँ प्रविधिको प्रयोग किन गरिन्छ भनी सोधे समय र खर्चको बचतका …

रोल्पाका डाँडामा फोन गर्न रुख चढ्नुपर्ने

निर्वाचनताका सबैका नारा थिए ‘भरपर्दो टेलिफोन सेवा’। घण्टौँ उकालो चढेर डाँडाबाट फ…

काठमाडौंमा एटीएम मेसिन फोडिरहेको अवस्थामा एक युवक पक्राउ

काठमाडौं महानगरपालिका-६ बौद्ध टुसालस्थित एनआईसी एसिया बैंङकको एटिएम मेशिन फुटाउ…

मिल्की वे ग्यालेक्सीमा पाईयो ताराको टुक्रा, २० लाख माइल प्रति घण्टाको गतिमा उड्दै

हाम्रो ग्यालेक्सीमा एउटा ताराको टुक्रा २० लाख माइल प्रति घण्टाको गतिमा बाहिर उडिरहे…