अपडेट
महिला उद्यमीलाई सशक्त बनाउँदै खल्ती
युएनसीडीएफ र युएनइएससीएपीसँग सहकार्य गरी खल्तीले महिलाद्वारा संचालित घरेलु, साना तथा मध्यम उद्यमीहरुलाई विभिन्न प्रशिक्षण मार्फत सशक्त र डिजिटाइज गर्दै आइरहेको छ। यस कार्यक्रमले महिला उद्यमीहरुलाई आर्थिक रूपमा अझ बढी स्वतन्त्र बनाउने उद्देश्य लिएको छ।
‘महिलाले नेतृत्व गरेको व्यवसायहरुलाई सशक्त र डिजिटाइज गर्न सानो योगदान पुर्याउन पाउनु हाम्रो (खल्ती) लागि ठूलो सम्मानको कुरा हो। हामीलाई विश्वास छ कि हाम्रो प्रशिक्षणले वहाँहरुको व्यवसायलाई प्रभावकारी रूपमा वृद्धि गर्न थप मद्दत मिलेको छ,’ खल्ती डिजिटल वालेटका परियोजना संयोजक प्रभात कुमार झाले भने ।
झाले अगाडि भने ‘हामीले सेवा र उत्पादनहरूको निःशुल्क डिजिटल मार्केटिंग प्रदान गर्न र बिक्री बढाउनका लागि हाइपरलोकल मार्केट अर्थात् खल्ती बजारमा पनि साना तथा मध्यम उद्यमीहरुलाई ल्याएका छौं ।’
‘खल्ती, युएनसीडीएफ र युएनईएससीएपी सँग काम गर्ने अवसर पाउँदा व्यक्तिगत र व्यावसायिक दुवै रूपमा म र हाम्रो सदस्यहरुलाई धेरै नै खुशी लागेको छ । हामी, सबाह नेपाल र सबाह नेपाल द्वारा संचालित ‘द भिलेज क्याफे’ यस अभियानमा भाग लिन पाएकोमा कृतज्ञ छौं। वास्तवमै यस प्रशिक्षणले साना तथा मध्यम उद्यमीहरुलाई आफ्नो दिगो विकास सम्बन्धि व्यवहारिक ज्ञान दिएको छ,’ कार्यक्रममा सहभागी महिला स्निग्धता श्रेष्ठले बताइन् ।
यस कार्यक्रमलाई थप प्रोत्साहित गर्नका लागि खल्तीले विभिन्न बैंकहरुसँग सहकार्य गरी धेरै महिलाहरुलाई निःशुल्क बैंक खाता बनाउन सहयोग गर्दै आइरहेको छ ।
यस कार्यक्रमले महिला व्यवसायीहरुलाई हरेक व्यापारिक कारोबार सजिलै डिजिटल माध्यम बाट गर्न प्रशिक्षण तथा तालिम प्रदान गरेको छ ।
त्यसैगरि महिलाको नेतृत्वमा संचालन भईरहेको व्यवसायका लागि पनि खल्तीले प्रत्येक टप–अपमा ४ प्रतिशत क्यासब्याक प्रदान गरेको छ ।
यसबाहेक, खल्तीले महिला उद्यमीहरुको व्यवसाय प्रवर्द्धन गर्न र झन्झटरहित भुक्तानीको लागि ५०० एसएमएस र निःशुल्क खल्ती क्यूआरहरू पनि उपलब्ध गराईरहेको छ।
खल्ती डिजिटल वालेटले अहिले पनि साना व्यवसायहरुलाई कसरी डिजिटाइज गर्ने विषयमा प्रशिक्षण संचालन गरिरहेको छ। इच्छुक व्यवसायीहरुले सामाजिक सञ्जाल मार्फत र सम्पर्क नम्बरमा बुझी उक्त कार्यक्रममा सहभागि हुन सक्नेछन्।
अपडेट
गरिमा विकास बैंकका ग्राहकले आफ्नो बैंक खाता अब कनेक्ट आईपीएसमा सेल्फ भेरिफाई गर्न सक्ने
गरिमा विकास बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाइ…
‘अनर अफ किङ्ग्स’ मोबाइल गेममा ‘अनुपयुक्त’ सामग्री राखेपछि टेन्सेन्टलाई मुद्दा
चिनियाँ कार्यकर्ताले टेन्सेन्टलाई ‘अनर अफ किङ्ग्स’ नामक मोबाइल गेममा ‘अनुपयुक्त’ साम…
यसरी अन्य ग्यास सिलिन्डरलाई अक्सिजन सिलिन्डर बनाउँदै छ राष्ट्रिय आविष्कार केन्द्र
राष्ट्रिय आविष्कार केन्द्रले विभिन्न ग्यासको लागि प्रयोग भइरहेका सिलिन्डरलाई अक्सिजन भर्…
इन्टरनेट पनि अत्यावश्यक सेवामा, यी २५ सेवामा हड्ताल गर्न नपाइने
सरकारले इन्टरनेट सेवालाई पनि अत्यावश्यक सेवामा समावेश गरेको छ । सरकारले यही जेठ …
एनआईसी एशिया बैंकका ग्राहकले आफ्नो बैंक खाता अब कनेक्ट आईपीएसमा सेल्फ भेरिफाई गर्न सक्ने
एनआईसी एशिया बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनला…
उज्वल थापा जसले सुरु गरेका थिए ‘आन्टरपेनर फर नेपाल’
विवेकशिल पार्टी निर्माण गरेपछि उज्वल थापा युवाहरुबीच लोकप्रिय बने । जब उनले मुलुकको राजनीतिको आमूल परिवर्तन गर्नुप…
सूचना प्रविधि उद्यमी उज्वल थापाको निधन
कोरोना संक्रमणबाट गम्भीर बिरामी परेका विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थाप…
जेनेस र युकेएड सीपको सहकार्यमा आईओईमा शुरू भयो अमेजन वेब सर्भिसेज एकेडेमी
अमेजन वेब सर्भिसेज एकेडेमीको सुरुवात त्रिभुवन विश्व विद्यालयको इन्जिनियरिङ प्रतिष्ठा…
अनलाइनबाटै निःशुल्क पाइथन प्रोग्रामिङ सिकाउँदै फेस्ट, यसरी हुनुहोस् सहभागी
कोरोना महामारिका कारण जारी निषेधाज्ञाको समय सदुपयोग गर्ने उद्देश्वका साथ फ्युचर एज…
राष्ट्रिय आविष्कार केन्द्र र टेलिमेडिसन सेन्टरलाई डिशहोमको निःशुल्क इन्टरनेट
राष्ट्रिय आविष्कार केन्द्रमा डिशहोमले निःशुल्क इन्टनेट जडान गरी दिएको छ । डिशहोमले आ…
के तपाईले कोभिड १९ विरूद्धको खोप लगाउनु भएको छैन् ? अनलाइनबाटै यसरी भर्नुहोस् फारम
कोरोना भाइरसको खोप नलगाएका व्यक्तिहरूले अब अनलाइनबाटै फारम भर्न सक्ने भएका छन् । स्…
चन्द्रमामा परिवर्तन हुने खालको रोबोट बल पठाउँदै जापान
जापानले चन्द्रमामा परिवर्तन हुने खालको रोबोट बल पठाउने भएको छ । जापानको एरोस्पेस …
बिद्यालयमा ब्रोडव्यान्ड इन्टरनेटः स्थानीय तहलाई १५ दिनभित्र सम्पर्क गर्न प्राधिकरणको अनुरोध
सरकारले मुलुकभरका आधारभूत बिद्यालयहरुमा ब्रोडव्यान्ड इन्टरनेट पुर्याउने योजनालाई अगाडि बढाएको छ ।
…
मेरो डाक्टरबाट स्वास्थ्य सम्बन्धि अनलाइन भिडियो परामर्श लिन सकिने, यसरी लिनुहोस् सेवा
कोभिड–१९ महामारीको समयमा स्वास्थ्य परीक्षणका लागि अस्पताल वा चिकित्सकको सम्पर्कमा आउन…