कीवर्डहरू -

अपडेट

अब सार्वजनिक सवारीमा जीपीएस प्रणाली, चालू आर्थिक वर्षभित्रै जडान गरिने

सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाई दुर्घटना न्यूनीकरण गर्न ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) प्रणाली चालू आर्थिक वर्षभित्रै जडान गरिने भएको छ । त्यसका लागि बोलपत्रको मूल्याङ्कन सकेर यातायात व्यवस्था विभाग सम्झौता गर्ने तयारीमा छ ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले चालू आर्थिक वर्षमा देशभरका सार्वजनिक सवारी साधनमा जीपीएस जोड्ने लक्ष्यसहित काम भइरहेको बताए । उनले बोलपत्र मूल्याङ्कन भई सम्झौता बाँकी रहेको बताए ।

उनका अनुसार एक वर्षमा सबै सार्वजनिक यातायातमा जीपीएस जडानको काम नेपाली कम्पनीले गर्ने भएको छ । छ महिना सफ्टवेयरको काम गर्ने र छ महिनामा हार्डवेयरको काम गर्ने हमालको भनाइ छ ।

जीपीएस जडान खासगरी सवारी साधनको गति, अवस्था र स्थानको जानकारी लिन गरिने हो । सवारी साधनको निगरानी गर्न जीपीएस प्रणाली जोड्न लागिएको हो । जीपीएस जडान गरिएपछि दुर्घटना न्यूनीकरण हुने दाबी उनको छ ।

तीव्र गतिका कारण दुर्घटना हुँदै आएकोमा गति तीव्र भएको खण्डमा तुरुन्त चालकलाई म्यासेज जाने उनले जानकारी दिए । त्यसरी चालकको निगरानी हुने र उसको व्यवहार परिवर्तन हुनुका साथै अटेर गरे कारबाहीसम्म गरिने जनाइएको छ ।

त्यस्तै गाडी कहाँ छ भन्ने कुराको जानकारी प्राप्त हुने र यात्रुले पनि प्रयोग गर्न मिल्ने गरी जीपीएस लागू गरिने जनाइएको छ । यात्रुले आफू जाने स्थान र रुट अनुसार टिकट बुक गर्नसक्ने तथा गाडीको अवस्था वा गाडी कहाँ छ भनेर हेर्न सक्ने छन् ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

अपडेट

टिकटकले डोनाल्ड ट्रम्पको प्रशासन विरुद्धमा मुद्दा हाल्ने

टिकटकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको विरुद्धमा मुद्दा हाल्ने भएको छ ।…

अनलाइन प्रिन्टिङ ईकमर्श ‘प्रिन्टसेवा’ सञ्चालनमा, छपाई सम्बन्धि सबै काम अब अनलाइनबाटै

अब छपाई सम्बन्धि सबै काम अनलाइन मार्फत गर्न सकिने भएको छ । छपाई सम्बन्धि सबै काम अन…

फोनमा पानी पस्दा के गर्ने ?

कहिले काही दुर्घटनावस फोनमा पानी पस्न सक्छ वा हाम्रै हातबाट पनि फोन पानीमा खस्न सक्…

\'खल्ती\' बाट पिइएकाे शुल्क तिर्न सकिने 

इन्जिनियरिंगकाे इन्ट्रान्स तयारी गर्ने विद्यार्थीले पिइए एसाेसिएसनकाे शुल्क 'खल्ती' डिजिटल वालेटबाट तिर्…

महिलालाई प्रविधिमैत्री बनाउने उदेश्यका साथ सनराइज बैंकले ल्यायो ‘नारी बचत खाता’ योजना 

महिलाहरुलाई प्रविधिमैत्री बनाउने उदेश्यका साथ सनराइज बैंकले नारी बचत खाताको सुरु…

जापानमा ईन्टरनेट कनेक्शन गर्न सकिने स्मार्ट मास्कको उत्पादन सुरु, मास्कले म्यासेज संप्रेषण तथा भाषा अनुवादमा सघाउ पुर्याउने

कोरोना भाईरसको संक्रमण बढ्दै जाँदा विश्वभरका मानिसहरुका लागि मास्क अनिवार्य भएको छ । कोरोना संक्रमणको सुरुवातमा मास्कको अभाव भएपनि पछिल्लो समय कम्पनीहरुल…

नेपालका आईएसपीमध्ये आईपीभी सिक्स प्रयोगमा क्लासिक टेक अगाडी

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले अत्याधुनिक प्रविधिलाई आफ्नो सेवामा …

सबै ग्राहकलाई एकवर्षमा नयाँ प्रविधि आईपीभी सिक्समा लैजाँदै वर्ल्डलिङ्क

यस वर्षको अन्त्यसम्ममा वर्ल्डलिङ्कले आफ्ना सबै ग्राहकहरुलाई आईपीभी सिक्समा लैजाने भएको …

डिशहोम फाइबर नेटको प्रोमोसनल अफर, वार्षिक १० हजारमा २५ एमबीपीएसको इन्टरनेट

डिशहोमले आफ्नो इन्टरनेट सेवा फाइबर नेटको प्रोमोसनल अफर सार्वजनिक गरेको छ । कम्पनील…

विद्युतीय माध्यमबाट कारोबार गर्न स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको आग्रह

धितोपत्र व्यवसायीहरुको संस्था स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले शेयर लगानीकर्तालाई क…

डिजिटल संवादको १७ औं श्रृंखलामा महिला र डिजिटलाइजेसनको बारेमा छलफल हुदै 

डिजिटल संवादको १७ औं श्रृंखलामा ' महिला र डिजिटलाइजेसन' विषयमा भर्चुअ राउण्ड टेवल डिस्कसन हुदैछ । वुमन इन आइटी (डब्लुआइटी) को…

नेपाली ईकमर्श कम्पनी ग्यापुले भियतनाममा पनि सेवा विस्तार गर्दै 

लकडाउनको विषम परिस्थितिमा स्थापना भएको नेपाली ईकमर्श कम्पनी ग्यापुले भियतनाममा पनि…

अनलाइनबाटै हुवावे क्लाउड समिट आयोजना हुदै, आकर्षक पुरस्कार समेत जित्न सकिने

हुवावे इन्टरनेसनलले हुवावे क्लाउड समिट २०२० आयोजना गर्ने भएको छ । हुवावेले भर्चुअ…

अनलाइनबाटै निःशूल्क पाइथन प्रोग्रामिङ सिकाउँदै ब्रोडवे, यसरी हुनुहोस् सहभागी   

ब्रोडवे इन्फोसिसले निशूल्क पाइथन प्रोग्रामिङ सिकाउने भएको छ । आइटी सम्बन्धि तालिम प्र…

अब लगानीकर्ताले अनलाइनबाटै युजर आईडी र पासवर्ड पाउने

ब्रोकर कार्यालय नगई अनलाइन युजर आईडी र पासवर्ड अनलाइनबाटै पाइने भएको छ । लगानीकर्…