अपडेट
११ औं संस्करणको डिजिटल संवादमा \'विद्यालय शिक्षामा वैकल्पिक सिकाइ\'बारे अन्तरक्रिया हुदै
हरेक शनिवार आयोजना हुदै आएको डिजिटल संवादमा सूचना प्रविधिलाई विभिन्न क्षेत्रसँग जोडेर अन्तरक्रिया हुदै आएको छ । ११ औं संस्करणको डिजिटल संवाद कार्यक्रममा सामुदायिक विद्यालयहरुका विद्यार्थीहरुलाई वैकल्पिक सिकाई कसरी अघि बढाउन सकिन्छ भन्ने सन्दर्भमा छलफल हुनेछ ।
शनिवार १ बजेदेखि अनलाइन अन्तर्गत जुममा आयोजना हुने कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ , सरोकारवाला , स्थानिय निकायका प्रतिनिधि तथा शिक्षकहरुको सहभागिता रहनेछ । विद्यालय स्तरको शिक्षामा वैकल्पिक सिकाइ र प्रविधि विषयमा आयोजना हुने कार्यक्रममा शिक्षा विभागका महानिर्देशक डा.तुलसी प्रसाद थपलिया स्रोत व्यत्तिको रुपमा हुनुहुन्छ ।
यसैगरी कार्यक्रममा सिकाइ समुहका प्रवन्ध निर्देशक सुदर्शन घिमिरे , ओएलइ नेपालका कार्यकारी निर्देशक रवि कर्माचार्य स्रोत व्यत्तिको रुपमा सहभागी हुनुहुनेछ । स्थानिय निकायको प्रतिनिधित्व गर्दै कार्यक्रममा बेलवारी नगरपालिकाका शिक्षा शाखा प्रमुख भुपेन्द « प्रसाद कोइरालाको उपस्थिती रहनेछ भने विद्यालयबाट कन्चन गाँउपालिकामा रहेको गजेडी विद्यालयका प्राधानाध्यापक रेश्मा भुषाल वाग्ले स्रोत व्यत्तिको रुपमा रहनुहुनेछ ।
राष्ट्रिय शिक्षक संगठनको प्रतिनिधित्व गर्दै अध्यक्ष लक्ष्मण शर्मा कार्यक्रमको अर्का स्रोत व्यत्तिको रुपमा सहभागी हुनुहुनेछ । यस वाहेक पनि देशभरका शिक्षकहरु , स्थानिय निकायका प्रतिनिधि , सूचना प्रविधि तथा शिक्षालाई प्रविधिमैत्री बनाउन काम गरिरहेका दर्जनौ कम्पनिका प्रतिनिधिहरुको कार्यक्रममा सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।
सहभागी हुन यो लिंक ( http://tiny.cc/s6efpz ) मार्फत इच्छुकले रजिस्ट्रेसन गर्न सक्नेछन । रजिस्ट्रेसन पश्चात आयोजकले कार्यक्रमको विस्तृत जानकारी र मिटिङ आइडी तथा पासवर्ड उपलब्ध गराउनेछन ।
अबको शिक्षा कस्तो रहनेछ ? सरकारले विद्यार्थीलाई तत्काल वैकल्पिक प्रणालीबाट सिकाइ सुरु गरेको योजना अन्तर्गत कसरी काम भइरहेको छ ? स्थानिय निकाय , शिक्षक तथा प्राध्यापकहरु यसको लागि कतिको तयारी छन भन्ने विषयमा डिजिटल संवादको कार्यक्रममा छलफल हुनेछ । कार्यक्रममा इच्छुक जो कोहिले सहभागिता जनाउन सक्नेछन ।
सहभागी हुन यो लिंक ( http://tiny.cc/s6efpz ) मार्फत इच्छुकले रजिस्ट्रेसन गर्न सक्नेछन । रजिस्ट्रेसन पश्चात आयोजकले कार्यक्रमको विस्तृत जानकारी र मिटिङ आइडी तथा पासवर्ड उपलब्ध गराउनेछन । सहभागीलाई हरेक कार्यक्रमको बिस्तृत रिपोर्ट पनि इमेलमा उपलब्ध गराउने गरेको कार्यक्रमका संयोजक पूर्वमन्त्री गणेश शाहले बताउनुभयो। कोरोनासंगै प्रविधिलाइ जोडेर गर्न सकिने प्रयासहरुलाइ अघि बढाउदै छलफल र सचेतना मार्फत सरोकारवालालाई ध्यानाकर्षण गराउने कार्यक्रमको उदेश्य रहेको शाहले बताए ।
नेपालमा कोरोना संक्रमण देखिएसंगै गत चैतदेखि सुरु भएको लकडाउन(बन्दाबन्दी)को कारण विद्यालय गएर अध्ययन गर्ने अधिकांश सामुदायिक विद्यालयको पठनपाठन ठप्प छ र झण्डै ८० लाख विद्यार्थीहरु औपचारिक शिक्षाबाट बन्चित अवस्थामा छन । यहि अवस्थालाई मध्यनजर गर्दै शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले असार १ गतेदेखि लागु हुनेगरी “वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजिकरण निर्देशिका २०७७” जारी गरेको छ ।
डिजिटल संवादको यस संस्करणका उद्देश्यहरु यस प्रकार रहेका छन् :
-
नेपालमा सामुदायिक विद्यालयका विद्यार्थीहरू माझ सिकाईको वैकल्पिक तरिकाहरू र उपयुक्त प्रविधिहरूको प्रयोगको समझ विस्तार गर्ने । (Broaden the understanding of alternative modes of learning and the use of appropriate technologies among community school students in Nepal.)
-
बैकल्पिक सिकाइ अनुशरण गर्न सामुदायिक विद्यालयहरुको तत्परता स्थितिको आंकलन र मुल्यांकन गर्न । (Assess and evaluate the readiness status of the community schools in adapting to the alternative modes of learning. )
-
स्थानीय, प्रादेशिक र संघीय स्तरमा प्रभावकारी रुपमा वैकल्पिक सिकाइ प्रणालीलाई लागु गर्ने बाताबरण बनाउन कार्य निर्देशिका तयार गर्ने । (Draw action items to implement an effective alternative learning environment at the local, provincial, and federal level.)
गत संस्करणको कार्यक्रम हेर्नुहोस :
अपडेट
गूगल विरुद्ध ५ अर्ब डलरको क्षतिपूर्ति मुद्धा, इन्कग्निटो मोडमा समेत प्रयोगकर्तालाई ट्रयाकिङ गरेको आरोप
विश्वको लोकप्रिय सर्च इन्जिन गूगल विरुद्ध ५ अर्ब अमेरिकी डलर क्षतिपुर्ति दाबीसहित मुद्…
इन्जिनियरले लाइसेन्स लिन नेपाल इन्जिनियरिङ परिषदको परीक्षा पास गर्नुपर्ने
इन्जिनियरहरुले लाइसेन्स लिन नेपाल इन्जिनियरिङ परिषदले लिने परीक्षामा पास हुनु पर्न…
कलर ओएस सेभेन एण्ड्रोइड १० को आधिकारिक भर्सन ओपो फोनमा उपलब्ध
वैश्विक रुपमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले एण्ड्रोइड १० मा आधारित आफ्नो अधिकारिक सञ्…
अनलाइनबाट एन आइसी एशिया बैंकको खाता खोल्न थप सहज, यस्तो छ तरिका
एन आइसी एशिया बैंकले घरमै बसी अनलाईन खाता खोल्न चाहने ग्राहकहरूको सेवा तथा सुवि…
स्टे कनेक्टेड अफर अन्तर्गत टेलिकमले दिएको डेटा सेवाको अवधि थप
नेपाल टेलिकमले स्टे कनेक्टेड अफर अन्तर्गतको डेटा सेवाको अवधि थप गरेको छ । टेलिकमल…
कर बुझाउने समय असार ७ सम्म थप
आन्तरिक राजस्व विभागले कर बुझाउने समय असार ७ गतेसम्म थप गरेको छ । यसअघि विभागले …
किन जरुरी भयो साइबर डिफेन्स, कस्तो छ सरकारको तयारी ?
केही दिनअघि भारतीय ह्याकारहरूले दर्जनौं नेपाली सरकारी तथा निजि क्षेत्रका वेबसाइटहरू ह्याक गर्दै चुनौती दिए । केही नेपाली ह्याकरहरूले पनि भारतीय वेबसाइट…
डिजिटल पेमेन्ट इन्डष्ट्रिमा फोनपेले पायो पहिलो \'पिसिआइ सुरक्षा मापदण्ड\'
फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली अपरेट…
नेपालमै विकास भयो युभि डिसइन्फेक्सन बिन, प्रयोग भएका सामग्रीलाई किटाणु रहित बनाउन सकिने
राष्ट्रिय आविस्कार केन्द्रले युभि डिसइन्फेक्सन बिनको विकास गरेको छ । आविस्कार केन्द्रले…
टेलिभिजनको पहुँचमा भएका विद्यार्थीहरुको लागि सिकाइ सहजिकरण गर्न यस्तो छ निर्दैशिका
शिक्षा मन्त्रालयले हालै विद्यार्थीको पठन पाठन सुरु गर्न वैकल्पिक सिकाइ सहजीकरण गर्ने …
रेडियोमा पहुँच भएका विद्यार्थीहरुको लागि सिकाइ सहजिकरण गर्न यस्तो छ निर्दैशिका
शिक्षा मन्त्रालयले हालै विद्यार्थीको पठन पाठन सुरु गर्न वैकल्पिक सिकाइ सहजीकरण गर्ने …
वैकल्पिक प्रणालीबाट विद्यार्थीको पठन पाठन सुरु गर्न शिक्षा मन्त्रालयद्वारा निर्दैशिका जारी
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण …
आइटी विभागले वेबसाइट तथा एपको लागि सार्वजनिक गर्यो सुरक्षा गाइडलाइन्स
सूचना प्रविधि विभागले वेबसाइट तथा वेब एप्लिकेशन विकास गर्दा अपनाउनुपर्ने सुरक्षा गाइडलाइन्स (निर्देशिका) आज सार्वजनिक गरेको छ । विभागले वेबसाइट तथा फेसब…
ट्विटरको वेब एपमा ट्विट सेड्युल गर्ने सुविधा
ट्विटरले वेब एपमा ट्विट सेड्युल गर्ने फिचर रोलआउट गरेको छ । ट्विटरले शुक्रबारदेखि व…