अपडेट
नेपालमा बढ्दै विद्युतीय फोहोर, एक वर्षमै उत्सर्जन हुन्छ २४ लाख किलो फोहोर
मोबाइल, ल्यापटपलगायत विद्युतीय उपकरणको बढ्दो प्रयोगसँगै विद्युतीय फोहोर (ई–वेस्ट)को पनि थुप्रो लाग्न थालेको छ । प्रयोगविहीन भएपछि फोहोरका रूपमा रहने यस्ता उपकरणबाट स्वास्थ्य जोखिम पनि उत्तिकै हुने भएकाले विश्वभर नै यो चिन्ताको विषय बनेको छ ।
खासगरी यस्ता उपकरणको पुनः प्रयोगको नीतिको अभावमा नेपालजस्ता अल्पविकसित मुलुक थप सङ्कटमा पर्नसक्ने एक अध्ययनले जनाएको छ ।
अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्गठन (आईटीयु)को हालै प्रकाशित ‘ई–वेस्ट एन्ड सर्कुलर इकोनोमी’ नामक प्रतिवेदनले नेपालमा सन् २०१९ मा मात्रै २४ लाख किलोग्राम (२४ किलो टन) अर्थात् प्रतिव्यक्ति नौ सय किलोग्रामभन्दा बढी विद्युतीय फोहोर उत्सर्जन भएको छ ।
नेपालमा विद्युतीय फोहोरको उत्सर्जन बढ्दै गए पनि यसलाई नियन्त्रणका लागि आवश्यक कानुन तथा नीतिको अभाव रहेको प्रतिवेदनमा उल्लेख छ । यद्यपि दक्षिण एसियाली मुलुकको तुलनामा प्रतिव्यक्ति विद्युतीय फोहोर उत्पादनमा भने नेपालको स्थान तलै छ ।
नेपालभन्दा तल रहेको अफगानिस्तानमा प्रतिव्यक्ति छ सय ग्राम मात्रै विद्युतीय फोहोर उत्सर्जन भइरहेको छ भने श्रीलङ्कामा सबैभन्दा धेरै छ किलो चार सय ग्राम उत्सर्जन भइरहेको छ ।
नेपालकै तथ्याङ्क हेर्ने हो भने चालू आर्थिक वर्ष २०७७÷७८ को दुई महिनासम्म सबैभन्दा धेरै आयात हुने वस्तुको सूचीमा मोबाइल सबैभन्दा अगाडि छ ।
साउन र भदौमा मात्रै गरेर नेपालले करिब आठ अर्ब रुपियाँका नौ लाख ९५ हजार थान मोबाइल आयात गरेको छ । त्यस्तै दुई महिनामा मात्रै ९३ करोड रुपियाँका १७ हजार ल्यापटप आयात भएको भन्सार विभागको तथ्यांक छ ।
प्रतिवेदनअनुसार विश्वव्यापी विद्युतीय फोहोरको अवस्था झन् सङ्कटोन्मुख छ । सन् २०१९ मा मात्रै विश्वभर पाँच करोड ३६ लाख मेट्रिक टन यस्तो फोहोर उत्सर्जन भएको छ ।
जुन चार वर्षअघि सन् २०१६ मा चार करोड ८२ लाख मेट्रिक टन थियो । सन् २०३० सम्म यस्तो फोहोरको परिमाण सात करोड ४० लाख मेट्रिक टन पुग्ने अनुमान पनि गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।
अपडेट
गूगल मीटमा अब ब्रेकआउट रुम फिचर
गूगल मीटमा ब्रेकआउट रुम फिचर उपलब्ध भएको छ । यो फिचरले शैक्षिक तथा अरु विधाहरुला…
युट्युबलाई शपिङ थलो बनाउदै गूगल
गूगलले यूट्युबलाई चाँडैनै शपिङ गर्ने थलो बनाउने सोचिरहेको छ । ब्लुमबर्गको अनुसार यूट्युबले केही दिन अघि देखि नै क्…
अमेरिकी चुनावमा समयपुर्व विजेताको घोषणा गरेमा त्यस्तो ट्विटलाई ट्विटरले लेबल गर्ने
अमेरिकी चुनावको एक महिना जति मात्रै बाँकी हुदा ट्वीटरले केही अस्थायी परिवर्तनहरु …
प्रभु डिजिटल अब पब्लिक कम्पनी, आईपीओ जारी गर्ने बाटो खुल्यो
प्रभु डिजिटल पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । टेलिभिजन तथा इन्टरनेट सेवा प्रदान ग…
छांगरु र स्याउखानीमा टेलिकमको टावर जडान हुँदै
दार्चुला जिल्लाकै सबैभन्दा दुर्गम क्षेत्र मानिएका अपिहिमाल गाउँपालिकाको स्याउखानी र …
गूगल असिस्टेन्टमा चाँडैनै गेष्ट मोड सपोर्ट फिचर आउदै
गूगल असिस्टेन्टमा चाँडैनै गेष्ट मोड सपोर्ट फिचर आउने भएको छ । प्रयोगकर्ताहरुले कहिल…
बिट डिफेन्डर एन्टिभाइरस खरिदमा ५१ प्रतिशतसम्म छुट
बिट डिफेन्डरको टोटल सेक्युरिटी खरिद ५१ प्रतिशतसम्म छुट पाइने भएको छ । बिट डिफेन्डर…
किताब यात्राको ‘वाउ दशैं अफर’ सार्वजनिक, किताब खरिदमा आकर्षक पुरस्कार जित्ने मौका
यस पटकको दशैं बहार, ज्ञानसंगै अनेक उपहार’ भन्ने नाराका साथ किताब यात्रा प्रालिद्वा…
अब कपन र जोरपाटीमा पनि डिशहोम फाइबर नेटको सेवा
डिसहोम फाइबर नेटको सेवा कपन र जोरपाटीमा पनि उपलब्ध भएको छ । डिशहोमले यअघि फाइब…
मंगलबार सार्वजनिक हुँदै आइफोन १२
एप्पलले आइफोन १२ अक्टोबर १३ अर्थात आगामी मंगलबार सार्वजनिक गर्ने भएको छ । यस ईभेन्ट…
शनिबारदेखि आइसिटी अवार्ड २०२० को प्रिजेन्टेसन तथा स्पीड डेटिङ सेसन सुरु हुँदैं
शनिबार बिहान १० बजेदेखि आइसिटी अवार्ड २०२० को प्रिजेन्टेसन तथा स्पीड डेटिङ सेसन स…
ओप्पोको दशैं तिहार अफर, ओप्पोका उत्पादन खरिदमा आकर्षक पुरस्कार जित्ने मौका
स्मार्टफोन ब्राण्ड ओपोले समस्त नेपालीको महान चाड बडा दशैँ तथा तिहारको शुभ अवसरमा ‘…
वालेटबाट राजस्व भुक्तानी गर्दा आगामी पुस मसान्तसम्म कुनै शूल्क नलाग्ने
नेपाल राष्ट्र बैंकले डिजिटल वालेटबाट सरकारी राजस्व भुक्तानी गर्दा ग्राहकहरुलाई लाग्न…
वन्यजन्तुको चोरी शिकार रोक्न ड्रोनबाट गस्ती
डोल्पाको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जले चोरी शिकार रोक्न ड्रोन क्यामेराबाट गस्ती गर्न…
महिना दिनसम्म जाजरकोटको टेलिफोन सेवा बन्द: फोन गर्न चार घण्टा हिँड्नुपर्ने बाध्यता
स्थानीय तहका प्रमुखदेखि मन्त्रीसम्मले टेलिफोन सेवा सुधार गर्न निरन्तर आग्रह गरिरहेका …