अपडेट
एनसेलको स्टुडेन्ट प्लान मार्फत अब डायनामिक ईआरपी एप चलाउन सकिने
मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले उपलब्ध गराएको स्टुडेन्ट प्लान अन्तरगतको जुम, माइक्रोसफ्ट टिम्स, गूगल मिट चलाउन सकिने डेटाबाट अब डायनामिक एकेडेमी ईआरपी एप पनि चलाउन सकिने भएको छ ।
एनसेलले लकडाउनको समयमा अनलाइन कक्षा तथा सिकाइका लागि विद्यार्थी, शिक्षक/ शिक्षिका र विद्यालयहरूलाई सुलभ दरमा मोबाइल सेवाको पहुँच सुनिश्चित गर्ने उदेश्यले उपलब्ध गराएको विशेष मासिक प्याकबाट डायनामिक एकेडेमी ईआरपी एप चलाउन सकिने भएको हो ।
यस विषेश योजना अन्तर्गत विद्यार्थीले मासिक २५० (करबाहेक) रुपैयाँमा अनलाइन कक्षाका लागि आवश्यक पर्ने जुम, गूगल मिट र माइक्रोसफ्ट टिम्स र डायनामिक ईआरपी एप प्रयोगका लागि २० जिबी डेटा, १ जिबी थ्रिजी/फोरजी डेटा, २ जिबी फोरजी डेटा, सीयूजी नम्बरमा कल गर्न हरेक दिन १२० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० अन नेट एसएमएस सेवा पाउँछन् । यसैगरी मासिक रु ३५० (करबाहेक) को योजना पनि उपलब्ध छ ।
एनसेलसँगको सहकार्यमा स्टुडेन्ट प्लान अन्तरगत जुम, मिट र टिम्म प्रयोगको लागि पाइने डेटा प्याक मार्फत सस्तोदरमा डायनामिक ईआरपी एप पनि चलाउन सकिने डायनामिक टेक्नोसफ्टका प्रमुख कार्यकारी अधिकृत दिपक शाहले बताए ।
डायनामिक एकाडेमिक ईआरपीमा अनलाईन एडमिसन तथा ईन्ट्रान्स्, होमवर्क व्यवस्थापन, रियलटाईम ईभेन्ट तथा नोटिफिकेशन, अनलाईन रिजल्ट तथा हाजिरी लगायतका विभिन्न १५ उपयोगी विशेषताहरु समावेश गरिएको छ ।
डायनामिक ईआरपी मोबाइल एप प्ले स्टोर तथा एप स्टोरबाट डाउनलोड गर्न सकिने छ । एपबाट शिक्षक तथा अभिभावकले विद्यार्थिको प्रगतिको बारेमा निगरानी गर्न सक्ने छन् ।
यसमा शूल्क, एचआर, पेरोल, बजेट व्यवस्थापन, जिपिएस सुविधा, फाइनान्सियल तथा ट्रान्सपोर्ट व्यवस्थापन लगायतका विविध सुविधा रहेका छन् । एनसेलले प्रदान गर्ने स्टुडेन्ट प्लानको बारेमा थप जानकारी लिन
यहाँ क्लिक
गर्नुहोस् ।
अपडेट
मिसकल गरेकै भरमा अब विद्युत महशुल भुक्तानी गर्न सकिने
नेपालमै पहिलो पटक सनराइज बैकले आफ्ना ग्राहकहरुलाई लक्षित गरी मिस्ड कल सेवा मार्फत …
‘सामाजिक उद्यमशीलता कोष’ स्थापना
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गर…
एनएमबी बैंक र टेन्सेन्ट होल्डिंग्सबीच विच्याटबाट भुक्तानी सम्बन्धी सम्झौता
एनएमबी बैंकले चिनियाँ कम्पनी टेन्सेन्ट होल्डिंग्स लिमिटेडसँग सम्झौता गरेको छ । यो स…
सानिमा बैंकका ग्राहकले क्युआर कोड मार्फत भुक्तानी गर्दा सस्तोडिलमा २५ प्रतिशतसम्म छूट
सानिमा बैंकले वडा दशैंको अवसरमा सानिमा ग्राहकहरुका लागि विभिन्न छुटका योजनाहरु …
भूकम्प प्रभावित ११ जिल्लाका स्थानीय निकायहरुले अब इन्टरनेटको शूल्क तिर्नुपर्ने
भूकम्प प्रभावित ११ जिल्लाहरुमा प्रदान गरिएको निःशूल्क इन्टरनेट सेवाको अवधि सकिएको छ…
नेपालको सबैभन्दा ठूलो अनलाइन सपिङ मेला सुरु, उपभोक्ताले ८० प्रतिशतसम्म छुट पाउने
नेपालको अग्रणी स्थानीय ई(कमर्स सस्तोडिल डटकमले दशैंको अवसर पारेर ’बिग डिल एट सस्तो…
विज्ञान तथा प्रविधिको क्षेत्रमा अनुसन्धान गर्न प्रदेश १ मा ‘मनमोहन अनुसन्धान केन्द्र’ स्थापना हुने
विज्ञान तथा प्रविधिको क्षेत्रमा अनुसन्धान गर्न प्रदेश नम्बर १ मा ‘मनमोहन अनुसन्धान केन्…
एन्ड्रोइड फोन प्रयोगकर्ताहरुलाई माइक्रोसफ्टको चेतावनी, कुनै पनि एप डाउनलोड गर्दा ध्यान दिनुहोस्
एन्ड्रोइड फोन प्रयोगकर्ताहरुको लागि माइक्रोसफ्टले चेतावनी जारी गरेको छ । माइक्रोसफ्टल…
ट्राफिक प्रहरीको सुरक्षा योजना: एपबाटै चालकको निगरानी
नजिकिँदै गरेको वडादशैं, तिहार तथा छठ जस्ता चाडपर्वलाई लक्षित गरेर महानगरीय ट्राफि…
एनआईसी एशिया बैंकको कार्डमार्फत ईकमर्शमा अनलाइन भुक्तानी गर्दा २५ प्रतिशत क्यासब्याक
एनआईसी एशिया बैंकले वडादशैं, शुभ दिपावली, नेपाल संवत् एवं छठपर्वलाई लक्षित गर्दै …
प्रदेश २ मा छोरीको घरमा निःशूल्क इन्टरनेट जडानको तयारी
प्रदेश- २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत बीमा गराएका २७ हजार छोरी…
२२ अक्टोबरमा सार्वजनिक हुँदै हुवावे मेट फोर्टी
हुवावेले अक्टोबर २२ मा मेट ४० फोन सार्वजनिक गर्ने भएको छ । भर्चुअल इभेन्ट मार्फत मे…
हुवावेले जारी गर्यो ‘बैंकिङ इन्डस्ट्रि राइजेज टु न्यु नर्मल’ शिर्षकको ह्वाइट पेपर
हुवावे कनेक्ट २०२० मा अन्तर्राष्ट्रिय डाटा कर्पोरेशन (आइडिसी), मार्केट इन्टेलिजेन्स, प…
‘आइएमई पे’ ल्यायो दशैंको किनमेलमा तीस प्रतिशत क्यासब्याक अफर
आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रर्विद्र्घत ‘आइएमई पे’…
फुडमाण्डु र डक्टर्स अन कल नेपाल बीच सहकार्य
आफ्नो क्षेत्रमा सबैभन्दा पहिलो, फूड अन डिमान्ड सेवा उपलब्ध गराईरहेको दस वर्ष पुरानो …