कीवर्डहरू -

अपडेट

एनआईसी एशिया बैंकको चेक जम्मा गर्न अब अनलाईनबाटै भौचर भर्न सकिने

एनआईसी एशिया बैंकले नेपालमै पहिलो पटक ग्राहकले घर वा अफिसबाट आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी यस बैंकको चेक आफ्नो वा आफुले चाहेको खातामा जम्मा गर्न अनलाईनबाटै भौचर भर्न मिल्ने प्रणालीको शुभारम्भ गरेको छ ।

ग्राहकले आफ्नो मोबाइल वा कम्प्युटरमार्फत https://www.iserve.nicasiabank.com/ लिंकमा गई चेक जम्मा गर्न डिजिटल माध्यमबाट भौचर भर्न सक्ने छन् ।

उक्त लिंक भित्र सेवाग्राहीहरूका लागि भौतिक फारमकै ढाँचाको डिजिटल भौचर राखिएको छ । उक्त भौचरमा आफुलाई पायक पर्ने शाखा छनौट गरी आवश्यक विवरणहरु भरिसकेपछि बैंकबाट सेवाग्राहीलाई एसएमएस मार्फत डिपोजिट कोड पठाईनेछ र त्यसपछि उक्त डिपोजिट कोडसहित सेवाग्राही सिधै बैंकको शाखामा उपस्थित भई बिना कुनै भौचर सोझै काउण्टरमार्फत आफुले चेक जम्मा गर्न चाहेको खातामा चेक जम्मा गर्न सकिनेछ ।

यसरी चेक जम्मा गर्दा सेवाग्राहीले काउण्टरमा बसेको बैंकको कर्मचारीलाई आफ्नो डिपोजिट कोड भनेपछि चेक बुझ्ने र यसपछि बैंकका कर्मचारीद्वारा चेक जम्मा भएको भौचर सम्बन्धित सेवाग्राहीलाई प्रदान गरिनेछ ।

बैंकले ल्याएको अनलाईनबाटै भौचर भर्न सकिने सुविधाले लाइन नबसी सेवा लिन सकिने हुनाले काउण्टरमा पुगेर लामो समय लाइनमा बस्नुपर्ने परम्पराको अन्त्य हुने बैंकले विश्वास लिएको छ ।

चेक जम्मा गर्ने भौचर अनलाईन भर्ने यस सेवाको अलावा बैंकले नगद रकम जम्मा गर्ने भौचर समेत अनलाईन प्रणालीबाट भर्ने प्रणाली ल्याइसकेको छ भने सेवाग्राही आफै बैंकको शाखा पुगेर डिजिटल माध्यमबाट बचत खाता खोल्न मिल्ने डिजिटल अकाउन्ट ओपनिङ प्रणालीको समेत शुरुवात गरिसकेको छ ।

साथै मोबाइल बैंकिङ्ग सेवा नवीकरण, अनब्लक, ब्लक, तथा पिन रिसेट गर्ने एवं मौदात विवरण, चेक अनुरोध, ईकमर्श दर्ता, ब्यालेन्स सर्टिफिकेट अनुरोध, ब्द्यद्यक् सुविधा र स्टेटमेन्ट अनुरोध आईसर्भ मार्फतगर्न सकिने छ । उक्त सेवाहरू आईसर्भ मार्फत लिँदा शतप्रतिशतसम्म शुल्क छुटको व्यवस्था गरिएको छ ।

अपडेट

बैंक अफ काठमाडाैं र खल्तीबीच सहकार्य, बैंक खाताबाट भुक्तानी गर्न सकिने 

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकलाई खल्ती डिजिटल वालेटमा सजिलै पैसा लोड ग…

धरान उपमहानगरपालिकाका जनताले अब कनेक्ट आईपीएस मार्फत कर भुक्तानी गर्न सक्ने 

धरान उपमहानगरपालिकाका जनताले तिर्नुपर्ने आफ्नो सबै कर भुक्तानी कनेक्ट आइपीएस मार्फत…

गूगल ड्राइभको ट्रयास फोल्डरमा भएका फाइल अब ३० दिन पछि आफै डिलिट हुने

गूगल ड्राइभले ३० दिन पछि ट्रयास फोल्डरमा रहेको फाइलहरु आफै डिलिट गरिदिने फिचर ल्य…

गूगल मिटमा अब पछाडिको ब्याकग्राउन्ड ब्लर गर्न सकिने

गूगल मिटमा पछाडिको ब्याकग्राउन्ड धमिलो (ब्लर) बनाउन मिल्ने फिचर उपलब्ध भएको छ । हरे…

इन्फोडेभलपर्स र डेटम सिस्टम्स बीच सहकार्य, ट्रस्टएमल सिस्टम सहकारी संस्थालाई पनि उपलब्ध हुने  

डेटम सिस्टम्स प्राइभेट लिमिटेडले विकास गरेको ग्राहकलाई सम्पत्ति शुद्धिकरण तथा आतंकका…

नास्टले बनायो पीपीई परीक्षण गर्न सकिने डिभाइस

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले पीपीई परीक्षण गर्न सकिने डिभाइ…

ओप्पो एफ १७ प्रो नेपालमा चाँडै सार्वजनिक हुने

चिनियाँ स्मार्टफोन ब्राण्ड ओप्पोले आफ्नो नयाँ फ्ल्यागशिप मोडल अन्तर्गत ओपो एफ १७ प्रो स्म…

गूगल प्ले स्टोरमा पुनः उपलब्ध भयो पेटिएम

भुक्तानी र वित्तिय सेवा प्रदान गर्ने पेटिएम एप अब फेरि गूगल प्ले स्टोरमा उपलब्ध भएको…

फोरजी विस्तारको गति निकै ‘सुस्त’

विश्व दूरसञ्चार बजारमा अहिले चल्तीको दूरसञ्चार प्रविधिका रूपमा रहेको फोरजी नेपालमा…

निजी विद्यालय विद्यार्थी अलमल्याउँदै, शुल्क असुल्दै

निजीले विद्यालयमा सामान्य अवस्थामा दैनिक ६ घण्टा पढाउँछन्। अनलाइन माध्यमबाट भने दैन…

विज्ञान प्रविधिमा विकास एजेन्सीको भूमिका बारे डिजिटल संवाद हुदै

डिजिटल संवादको १८ औं श्रृंखलामा विज्ञान प्रविधि र इन्नोभेसन मार्फत प्रमाण आधारित नि…

बैतडीमा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन शुरु

जिल्ला प्रशासन कार्यालय बैतडीले राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण …

एनआईसी एशिया बैंकको सुपर चमत्कारिक कर्जाहरूको आवेदन खल्ती मार्फत दिन सकिने

एनआईसी एशिया बैंकले समयअनुरुप ग्राहकमैत्री सेवा तथा सुविधाहरू ल्याउने क्रममा ग्राह…

क्यान महासंघ पर्साले आयोजना गरेको दुई दिने लर्निङ म्यानेजमेन्ट सिस्टम सम्बधि वेबिनार सम्पन्न

क्यान महासंघ पर्सा शाखाको आयोजनामा दुई दिने लर्निङ म्यानेजमेन्ट सिस्टम (एलएमएस) सम्ब…

टिकटकको जस्तै फिचर भएको युट्युब सर्टस      

सामाजिक सञ्जाल माध्यमा टिकटक एक अत्यन्तै चर्चित सामाजिक सञ्जाल हो । धेरै देशहरुमा य…