अपडेट
आगामी २३ वर्षमा शतप्रतिशत जनसंख्यामा इन्टरनेट पुर्याउने सरकारको लक्ष्य
सरकारले आगामी २३ वर्षमा शतप्रतिशत जनसंख्यामा इन्टरनेट पुर्याउने लक्ष्य राखेको छ । राष्ट्रिय योजना आयोगले तयार गरेको दीर्घकालीन अवधारणापत्रमा वि.सं. २१०० (सन् २०४३) सम्ममा शतप्रतिशत जनसंख्यामा विद्युत र इन्टरनेटको पहुँच पुर्याउने लक्ष्य राखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बसेको राष्ट्रिय योजना आयोगको पूर्ण वैठकले यस्तो अवधारणापत्र पारित गरेको हो ।
राष्ट्रिय योजना आयोगले तयार पारेको दिर्घकालिन योजनामा बि.सं. २१०० सम्ममा प्रतिव्यक्ति आय १२ हजार १०० अमेरिकी डलर पुर्याउने र मध्यम आय भएको मुकुलमा उक्लिने लक्ष्य राखिएको छ ।
हाल नेपालको प्रतिव्यक्ति आय १ हजार ६७ अमेरिकी डलर रहेको छ ।त्यस्तै सरकारले वार्षिक आर्थिक वृद्धिदर १०.५ प्रतिशत कायम गर्ने लक्ष्य समेत तोकिएको छ ।
उक्त अवधारणा पत्रका अनुसार बि.सं. २०७९ सालमा नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुनेछ । भने बि.सं. २०७९ सालमा प्रतिव्यक्ति आय भने १४ सय डलर पुर्याउने सरकारको लक्ष्य छ ।
बि.सं. २१०० सम्ममा निरपेक्ष गरिबीको रेखामुनी रहेको जनसंख्या शुन्यमा झार्ने र बहुआयामिक गरिबी दरलाई ३ प्रतिशतमा झार्ने लक्ष्य तोकिएको छ ।
हाल निरपेक्ष गरिबीको रेखामुनी रहेको जनसंख्या करिब १७ प्रतिशत रहेको अनुमान छ भने बहुआयामिक गरिबीका हिसाबले करिब एक चौंथाई मानिस अझै पनि गरिबीमा रहेको अनुमान रहेको छ ।
त्यसैगरी ९९ प्रतिशत जनसंख्याको घरबाट ३० मिनेटसम्मको दूरीमा यातायात पहुँच पुर्याउने, जलविद्युत र नवीकरण ऊर्जाको जडित क्षमता ४० हजार मेगावाट पुर्याउने, ९५ प्रतिशत घरपरिवारमा उच्च मध्यमस्तरको खानेपानी पहुँच पुर्याउने, औसत आयुलाई ८० वर्षमा पुर्याउने, १५ वर्षमाथिको साक्षरता दर ९९ प्रतिशत पुर्याउने, मानव विकास सूचकांक ०.७६ अंकमा पुर्याउने लगायतका लक्ष्य आयोगले तयार पारेको दीर्घकालीन सोचमा रहेको छ ।
समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य भेटाउन कम्तिमा पनि पाँच आवधिक योजना अर्थात् २५ वर्षसम्म पर्खनु पर्नेछ । सरकारले दीर्घकालीन सोच प्राप्तीमा कुल १० वटा लक्ष्य राखेको छ । जसमा समृद्धि हाँसिल गर्न चार र सुखी नेपाली बनाउन ६ वटा आधार राखिएको छ ।
अपडेट
निजी क्रिप्टोकरेन्सीलाई प्रतिबन्ध लगाउन नयाँ कानून ल्याउँदै भारत, आफ्नै आधिकारिक डिजिटल करेन्सी निकाल्ने तयारी
भारतले बिटकोइन जस्ता क्रिप्टोकरेन्सीलाई प्रतिबन्ध लगाउन नयाँ कानून ल्याउने भएको छ । …
नेपालमा पनि हाइड्रोजन इन्धन उत्पादन हुने
खेर गइरहेको बिजुली प्रयोग गरी नेपालमा पनि ‘हाइड्रोजन इन्धन’ उत्पादन हुने भएको छ ।…
सिटिजन्स बैंक कर्पोरेट पे प्रणालीमा आबद्ध
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बीच कर्पोरेट पे प्…
कुमारी बैंकको आकर्षक डिजिटल इन्सेन्टिभ योजना, मोबाइल रेजिस्ट्रेसन शुल्कमा १०० रुपैयाँ फिर्ता
कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई लक्षित गरी डिजिटल भुक्तानी प्रणालीलाई प्रो…
नेपाल क्लियरिङ हाउसद्वारा १० थप बैंक तथा वित्तीय संस्थाबाट आरटीजीएस प्रणाली सञ्चालन
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले ८ विकास बैंक र २ फाइनान्स कम्पनीहरुलाई नेपाल राष्ट्…
साओमीले ल्यायो रिमोटले चल्ने वायरलेस चार्जर प्रविधि, अर्काे कोठाबाट पनि चार्ज गर्न सकिने
साओमीले नयाँ रिमोटले चल्ने वायरलेस चार्जर प्रविधि बनाएको छ । यो चार्जरले अर्काे को…
राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले खल्ती मार्फत सबै प्रकारका राजस्व तिर्न सक्ने
काठमाडाैं-राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले खल्ती डिजिटल वालेटमार्फत सबै सरकारी कर …
एक्सलट्रिपको मोबाइल एप डाउनलोड गर्दा दुवई भ्रमण गर्ने मौका
नेपालकै पहिलो ओटीए प्लाटफर्म एक्सलट्रिपले नयाँ अफर सार्वजनिक गरेको छ । एक्सलट्रिप ने…
माेरंग अटाेवर्क्सबाट लिएकाे अटाेलाेनकाे भुक्तानी खल्तीबाटै गर्न सकिने
काठमाडाैं-माेरंग अटाेवर्क्सबाट सवारी साधन खरिद गर्ने ग्राहकले अटाेलाेनकाे भुक्तानी…
ब्रोडवे इन्फोसेसले जित्यो अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट आइटी लर्निङ सेन्टर’ अवार्ड
ब्रोडवे इन्फोसेस नेपालले नेपालको बेस्ट आइटी लर्निङ सेन्टरको रुपमा अन्तर्राष्ट्रिय अवार्…
प्रविधिमैत्री बन्दै उपत्यकाको ट्राफिक व्यवस्थापन: थप २ स्थानमा ट्राफिक लाईट जडान
महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउदै आजबाट कृ…
३ अर्ब लगानीमा १४ डेटा सेन्टर निर्माण गर्दैं वर्ल्डलिंक
नेपालको सबैभन्दा ठूलो इन्टनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नेपालका १४ शहरमा डेट…
आइसिटी अवार्डका विजेतासँग सञ्चार तथा सूचना प्रविधि मन्त्रीको भेटघाट, डिजिटल नेपालको अभियानमा सहयोग गर्न आग्रह
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले आइसिटी अवार्डका विजेताहरूसँग भेटघाट…
कोटेश्वर-कलंकी सडकमा ट्राफिक बत्ती जडान गरिने
सडक विभागले चक्रपथको विस्तार भइसकेको खण्डमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । विभाग…
आइएमई पे र इन्द्रपुर खानेपानीबीच सम्झौता
आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘आइएमई पे…