कीवर्डहरू -

अपडेट

अब इञ्जिनियरलाई परीक्षा लिएर मात्र इजाजत

नेपाल इञ्जिनियरिङ परिषद्ले स्वदेश तथा विदेशमा इञ्जिनियरिङ विषयको अध्ययन पूरा गरेका विद्यार्थीलाई अब परीक्षा लिएर मात्र इजाजत दिने व्यवस्था गर्न लागेको छ ।

यस क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउने जिम्मेवारी पाएको नियामक निकाय परिषद्ले विसं २०५५ को इञ्जिनियरिङ परिषद् ऐनलाई गर्न लागेको संशोधनमा उक्त विषयलाई प्राथमिकताका साथ उल्लेख गरिएको छ ।

विधेयकमा रजिष्ट्रारको नियुक्तिलाई पनि खुला प्रतिस्पर्धाबाट छनोट गरी पूर्णकालीन सेवा लिनेलगायत व्यवस्था गरिएको छ । यसरी नियुक्त हुने उम्मेदवारलाई सहसचिवस्तरको सेवासुविधा उपलब्ध गराइने उल्लेख गरिएको छ ।

इञ्जिनियरिङ क्षेत्रमा काम गर्न आवश्यक इजाजतपत्र वितरण गर्ने परिषद्ले यस क्षेत्रमा देखिएका विकृति सुधार गर्न विज्ञसँगको सुझाव लिएर सङ्कलन गरेका विषयवस्तुलाई विधेयकमा समावेश गरिएको परिषद्का अध्यक्ष डिल्लीरमण निरौलाले जानकारी दिए ।

करिब दुई वर्ष लगाएर निर्मित विधेयक हाल प्रतिनिधिसभामा पठाइएको छ । हालै विघटनले कानून निर्माणमा पनि ढिलाइ हुने देखिएको छ ।

छ । नेपालमा त्रिभुवन विश्वविद्यालयलगायत ६ विश्वविद्यालयका ४५ कलेजले यस क्षेत्रमा अध्यापन गराइरहेका थिए । अहिलेसम्म विद्यार्थीले आफूले अध्ययन गरेका सम्बन्धित संस्थाबाट पढाइ पूरा गरेपछि परिषद्मा निवेदन दिएपछि त्यसको केही दिनमा प्रक्रिया पूरा गरी इजाजत प्राप्त गर्न सक्ने व्यवस्था थियो ।

त्यसैगरी विभिन्न ४१ देशका ७४४ शिक्षण संस्थाका उत्पादन तथा उनीहरुको पढाइको तह निर्धारण भएपछि अध्ययनको समकक्षता जाँच अनुसन्धान गरी परिषद्ले इजाजत उपलब्ध गराउँदै आएको छ ।

नयाँ कानूनको व्यवस्था नहुँदासम्म विद्यार्थीले कार्यालयमा उपस्थित भएर वा अनलाइनमार्फत पनि इजाजतका लागि दरखास्त दिन सक्ने व्यवस्था गरिएको छ ।

विसं २०५६ मा स्थापित परिषद्ले अहिलेसम्म ६० हजार ९३६ इञ्जिनियरलाई इजाजत वितरण गरेको अभिलेख छ । त्यसमा ५२ हजार ८८० पुरुष तथा सात हजार ५६२ महिला छन् ।

समाजमा आकर्षक पेशाका रुपमा स्थापित इञ्जिनियरिङ क्षेत्रमा पछिल्लो समय प्रत्येक वर्ष पाँच हजार जनशक्ति स्वदेशमा उत्पादन हुने गरेका छन् भने करिब तीन हजार जनशक्ति विदेशमा अध्ययन पूरा गरी श्रम बजारमा प्रवेश गर्ने गरेका छन् ।

त्यसैगरी परिषद्ले ५२ विधामा इञ्जिनियरिङ पूरा गरेका जनशक्तिलाई इजाजत दिने गरेको छ भने मुलुकमा विभिन्न १७ विधामा स्नातक तहको अध्यापन गरिने गरेको छ ।

करिब चार दशक अगाडी भारतमा छात्रवृत्ति प्राप्त गरी इञ्जिनियरिङ अध्ययन पूरा गरेका परिषद्का अध्यक्ष निरौलाले ३१ वर्ष सडक विभाग तथा एक दशक अन्य क्षेत्रमा विशेषज्ञ सेवा प्रदान गरी विसं २०७५ भदौ २० गतेदेखि परिषद्को नेतृत्व सम्हालेका हुन् ।

मन्त्रिपरिषद्को निर्णयबाट सो परिषद्मा अध्यक्ष नियुक्त हुने र राज्यमन्त्रीस्तरको सेवा सुविधा प्राप्त गर्ने व्यवस्था छ । उनको नेतृत्वमा परिषद्ले २० वर्ष पुराना इञ्जिनियरलाई प्रोफेशनल इञ्जिनियरको मानार्थ सम्मान उपलब्ध गराउन इन्ष्टिच्यूट अफ सिभिल इञ्जिनियर लण्डनसँग समझदारी गरेको छ ।

यस क्षेत्रमा परीक्षा लिएर इजाजत दिने व्यवस्थाको स्वागत गर्दै इञ्जिनियर दीपेश गौतमले भर्खर पढाइ पूरा गरेका विद्यार्थीलाई समयसापेक्ष विषयवस्तुको अध्ययन गर्न वातावरण बन्ने र थप सिर्जनशील हुने अवसर प्राप्त हुने विचार व्यक्त गरे ।

नीति निर्माणमा योग्य र सक्षम व्यक्तिलाई छनोट गर्न सकेमा त्यसको दूरगामी प्रभाव पार्ने विश्वास गर्नुभएका अध्यक्ष निरौलाले जेहेन्दार विद्यार्थीलाई अर्थाभावका कारण पढाइबाट वञ्चित गर्न नहुने जनाउँदै त्यसका लागि छात्रवृत्तिको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘मुलुकको विकास र समृद्धिका लागि इञ्जिनियरिङ क्षेत्रको ठूलो महत्व छ । सडक विभागले सडक निर्माण गर्छ, विद्युत्, ढल, टेलिकमलगायतले भत्काउने कार्यले सडक गुणस्तर खस्कने, मर्मतका लागि ठूलो धनराशिको चुहावट हुने हुँदा हामीसँग भएका स्रोत र साधनलाई समन्वयात्मक ढङ्बाट प्रयोग गर्नुपर्छ ।’

मीनभवनस्थित हेभी इक्विपमेण्ट डिभिजनको २० आना जमिनमा परिषद्ले आफ्नो भवन निर्माणका लागि प्रक्रिया पूरा गरेको छ ।

रु १७ करोडको लागतमा भवन निर्माणका लागि यही माघ १४ गते बोलपत्र आह्वान गरिनेछ । भवन निर्माणका लागि सरकारले रु ६ करोड र परिषद्ले रु ११ करोड खर्च गर्ने योजना छ । रासस

अपडेट

फेसबुकले बेलायतमा पनि सार्वजनिक गर्याे न्यूज ट्याब फिचर

फेसबुकले आफ्नो न्यूज ट्याब फिचर बेलायतमा पनि सार्वजनिक गरेको छ । यो फिचरलाई फेसबु…

आर्टिफिसियल इन्टेलिजेन्ससहितको एलजीको वासिङ्ग मेसिन नेपाली बजारमा

नेपालमा एल.जी. ब्राण्डका लागि आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गतको सी.जी. इम्पेक्…

लाेकसेवाकाे विज्ञापन आवेदन शुल्क खल्तीबाटै भुक्तानी गर्न सकिने

लाेक सेवा आयाेगले विभिन्न पदका लागि माग गर्ने आवेदनकाे शुल्क खल्ती डिजिटल वालेटबा…

खल्तीको चार वर्ष पुरा, डिजिटल भुक्तानीमा जोड्दै नेपालीलाई  

नेपालको डिजिटल मोबाइल वालेट खल्तीले चार वर्ष पुरा गरेको छ । सन् २०१७ को जनवरीमा …

काठमाडौँ अर्गानिक्सले पायो एपाक इन्साइडर बिजनेस अर्वाड २०२०

काठमाडौँ अर्गानिक्सले एपाक इन्साइडर बिजनेस अर्वाड २०२० पाएको छ । काठमाडौँ अर्गानिक्…

सूचना प्रविधिको विकासका लागि ‘सूचना प्रविधि लगानी सम्मेलन’ आयोजना गर्ने सरकारको तयारी

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले डिजिटल नेपाल फ्रेमवर्क र साइबर सुरक्ष…

नेटफ्लिक्सले एन्ड्रोइड एपमा स्टुडियोको जस्तै साउण्ड क्वालिटी दिने 

नेटफ्लिक्सले आफ्नो एन्ड्रोइड एपमा स्टुडियो जस्तै साउण्ड एफेक्ट सुविधा सहित नयाँ अपग्रेड…

स्पेसएक्सले बनायो रेकर्ड, एकै पटक अर्बिटमा १४३ स्याटेलाइट लञ्च

स्पेसएक्सले अर्बिटमा १४३ ओटा स्याटेलाइट लञ्च गरेर रेकर्ड कायम गरेको छ । कम्पनीले सफल…

एज ब्राउजरमा आयो पासवर्ड मनिटर फिचर, डेटा ब्रिच या सुरक्षामा समस्या आए जानकारी दिने 

माइक्रोसफ्टले एज ब्राउजरका लागी पासवर्ड मनिटर फिचर ल्याएको छ । टेकराडरको रिपोर्ट अन…

काठमाडौँ-तराई/मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन डीपीआर निर्माण शुरु

काठमाडौँ–तराई/मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन सोको डिजाइन कार्य तथा विस्तृ…

नागरिक एप प्रयोग गर्दा खर्च हुने डेटा निःशुल्क गर्ने तयारी

सरकारले नागरिक एप प्रयोग गर्दा खर्च हुने मोबाइल डेटा निःशुल्क गर्ने तयारी गरेको छ …

जनगणनाका लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक माग, अनलाइनबाटै आवेदन दिन सकिने 

राष्ट्रिय जनगणना २०७८ का लागि सरकारले ३९ हजार गणक र आठ हजार सुपरिवेक्षक करारमा न…

मोबाइल सर्चका लागी गूगलले सार्वजनिक गर्याे नयाँ डिजाइन

गूगल सर्चले मोबाइल भर्सनका लागी नयाँ डिजाइन सार्वजनिक गरेको छ । नाइन टू फाइभ गूग…

टेस्लाले एक इन्जिनियरलाई लगायो सफ्टवेयर चोर्न खोजेको आरोप 

विद्युतिय कार निर्माता कम्पनी टेस्लाले आफ्नो कम्पनीमा पहिला काम गर्ने एकजना कर्मचारील…

युट्युबले सार्वजनिक गर्याे ह्यासट्यागको नयाँ फिचर

ट्विटर र इन्स्टाग्रामले ह्यासट्यागको …