कीवर्डहरू -

अपडेट

ऋण प्रक्रियालाई डिजिटाइज गर्न महालक्ष्मी विकास बैंक र एसबी सोलुसन्सबीच सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंकले लोन म्यानेजमेन्ट सिस्टम सफ्टवेयरमार्फत आन्तरिक ऋण प्रक्रियालाई डिजिटाइज र स्वचालित गर्न एसबी सोलुसन्स प्रालिसँग सम्झौता गरेको छ । विकास बैंकका जनरल सर्भिस डिपार्टमेन्ट प्रमुख रघुनाथ कोइराला र एसबी सोलुसन्सका प्रमुख बिपुल ढकालले सो सम्झौतामा हस्ताक्षर गरे ।

लोन म्यानेजमेन्ट सिस्टम मार्फत् बैंकले इन्टर्नल लोन र लोन फाइलको अप्रुभल प्रोसेसलाई अटोमेट र डिजिटाइज गर्न सक्नेछ । यसबाट बैंकलाई ग्राहकको लोन फाइलसम्बन्धी कामको अप्रुभ र विश्लेषण गर्न प्रत्यक्ष फाइदा पुग्नेछ । बैंकले चाँडै नै अनलाइन लोन इलिजिबिलिटी सर्भिस समेत सुरुवात गर्ने जानकारी दिएको छ । यसबाट ग्राहकले अनालइनबाटै ऋणका लागि आवेदन दिन सक्नेछन् ।

नेपाल राष्ट्रबैंकबाट ‘ख’ वर्गको वित्तीय संस्थाको इजाजत पाएको महालक्ष्मी विकास बैंकले आफूलाई बलियो र विश्वसनीय विकास बैंकको रुपमा स्थापित गरेको छ । यो बैंकका एक लाखभन्दा बढी ग्राहक र एक सयभन्दा बढी देशभर शाखाहरु रहेका छन् ।

सन् २०१६ मा स्थापना भएको एसबी सोलुसन्स प्रालिले डिजिटाइजेशन र अटोमेसन बैंकिङ प्रडक्टहरु जस्तै लोन अप्रुभिङ सिस्टम, अनलाइन लोन इलिजिबिलिटी, अनलाइन अकाउन्ट ओपनिङ, डकुमेन्ट म्यानेजमेन्ट सिस्टम, भेन्डर्स म्यानेजमेन्ट सिस्टम, मेमो म्यानेजमेन्ट, बजेट म्यानेजमेन्ट, मोबाइल एप्लिकेशन आदि प्रदान गरिरहेको छ । हाल १० भन्दा बढी फाइनान्सियल इन्स्टिच्युट र कर्पोरेट हाउसहरुले यो कम्पनीका प्रडक्ट प्रयोग गरिरहेका छन् ।

अपडेट

काठमाडौंमा आर्टिफिसियल इन्टेलिजेन्स सम्वन्धी अन्तराष्ट्रिय सम्मेलनको आयोजना 


ब्रिटिश कलेजले इन्स्टिच्यूट अफइन्जिनियरिङ (आइओइ), पुलचोक क्याम्पस र ईन्स्टिच्युट अफ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इञ्जिनियर्सकोे साझेदारीमा काठमाडौंमानोभे…

क्यान महासंघमा बढ्याे चुनावी माहाेल, कस्तो छ, नवराज र सुनैनाको प्यानल ?

काठमाडौं । सन् १९९२ मा केही कम्प्युटर व्यवसायीहरुले स्थापना गरेको कम्प्युटर एशाेसिएसन अफ नेपाल (क्यान) अहिले महासंघको रुप…

डिजिटल नेपाल फ्रेमवर्क मन्त्रिपरिषदबाट स्वीकृत, पारित गर्नै लाग्यो १५ महिना !

सरकारले डिजिटल नेपाल फ्रेमवर्क मन्त्रीपरिषदबाट पारित गरेको छ । कार्तिक ८ गते जारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रेस विज्ञप्तीमा डिजिटल नेपालको फ्रेम…

भरतपुरमा \'वर्डक्याम्प २०१९\' आयोजना हुदै, एक दर्जन बढी कार्यपत्र प्रस्तुत हुने  

चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय आईटी सम्मेलन ुवर्डक्याम्प २०१९ु हुने भएको छ । नोभेम्बर ९ मा आयोजना हुने कार्यक्रममा ३०० जना भन्दा बढीको सहभागितामा हुने जना…

ओपो र एरिक्सनद्वारा संयुक्तरुपमा फाइभजी ल्याब सञ्चालन

ओपोले भरखरै अग्रणी सूचना तथा सञ्चार प्रविधि सेवा प्रदायक कम्पनी, एरिक्सनसंग संयुक्त फाइभजी ल्याबोरेटोरी सञ्चालनमा ल्याएको छ । यो सहकार्यले फाइभजी क्षेत्रमा दूई…

एनआईसी एसिया युनियन पे \'भर्चुवल कार्ड\'को सुरुवात

एन आई सी एशिया बैंक लिमिटेडले UnionPay International को  सहकार्यमा NIC ASIA UnionPay Virtual Card  को प्रयोगबाट भुक्तानी गर्ने गरी भुक्तानी प्…

आरबीबी मोबाइल बैंकिङ मेला सम्पन्न 

राष्ट्रिय वाणिज्य बैंकले गरेको आरबीबी मोबाइल बैंकिङ मेलामा विजयी भएका पाँच जनालाई पुरस्कृत गरिएको छ । बैंक र एफवान सफ्टको सहकार्यमा भएको मेलामा ७३ हजार …

रुसमा आयोजित बैज्ञानिक सम्मेलनमा नेपाली युवा वैज्ञानिकले जिते स्वर्णपदक 

रुसमा सम्पन्न ‘आठौँ एशिया प्यासिफिक योङ्ग साइन्टिस्ट कन्फ्ररेन्स’मा सहभागी नेपाली युवा वैज्ञानिकले स्वर्णसहित तीन पदक जितेका छन् । कूल २३ राष्ट्रका प्…

सगुन लाइटले सार्बजनिक गर्यो \'स्मार्ट कोइन्स\'

सगुन लाइटले कनेक्ट, शेयर र अर्न लक्ष्य बोकेको स्मार्ट कोइन्स सार्वजनिक गरेको छ। आज एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना प्रयोगकर्ताले सामान खरिद गर्न, उपहार दिन र …

काठमांडौमा अन्तराष्ट्रिय युवा बैज्ञानिक सम्मेलन

काठमांडौमा ३ दिने अन्तराष्ट्रिय युवा बैज्ञानिक सम्मेलन आयोजना भएको छ । कार्तिक ४, ५ र ६ गते होटल र्याडिसनमा आयोजना भैरहेको कार्यक्रममा ५०० सय बढि युवा…

महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रको औपचारिक उद्घाटन, २० प्रोजेक्ट सञ्चालनमा

काठमाडौ । वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनको अग्रसरतामा शुक्रबार काठमाण्डौको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय…

पहिलो ३२ मेगापिक्सेल ड्यूल पप-अप सेल्फी क्यामरा सहितको \'भिभो भी १७प्रो\' सार्बजनिक

भीभो, विश्वव्यापी इनोभेटिभ स्मार्टफोन ब्राण्ड, भी सिरिजको पोर्टफोलियोमा नयाँ सदस्यको रुपमा आज आफ्नो फ्ल्यागशिप डिभाइस भी १७प्रो सार्बजनिक गरेको छ । यो डिभाइस…

ह्वावेको सन् २०१९ को तेस्रो त्रैमासिकको व्यापार आय २४.४ प्रतिशतले वृद्धि

ह्वावेले सन् २०१९ को तेस्रो त्रैमासिक (जुलाईदेखि सेप्टेम्बर महिनासम्म) को व्यापार आय विवरण सार्वजनिक गरेको छ । यस वर्षको पहिलो तीन त्रैमासिकमा ह्वावेले ६१०.८ …