अपडेट
उपत्यकाका ट्राफिक बत्ती ‘स्मार्ट’ प्रणालीमा लैजाने
काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका ट्राफिक बत्तीलाई ‘स्मार्ट’ व्यवस्थापनका लागि सडक विभागले ‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ जडानको तयारी अघि बढाएको छ ।
यो प्रणालीमा कुनै पनि स्थानमा त्यहाँको सवारी चापका आधारमा उपकरणबाटै बत्तीको व्यवस्थापन हुने सडक विभागले जनाएको छ ।
अहिलेसम्म हरेक चोकको फरक-फरकरूपमा व्यवस्थापन हुँदै आएकामा त्यसले एउटै व्यवस्थापनमा ल्याउने विभागका सवारी तथा ट्राफिक व्यवस्थापन शाखाका प्रमुख कृष्णनाथ ओझाले बताए । अहिलेसम्म कु-कुन समयमा कुन रङका बत्ती कतिबेर बल्ने भन्ने निर्धारण ट्राफिक प्रहरीले गर्दै आएका थिए ।
उनले भने, “अहिलेसम्म ट्राफिकले सवारी चाप हेरेर कतातिरको सडकमा हसरयो कतिबेर र रातो कतिबेर बाल्ने भन्ने निर्धारण गर्दथे भने यही काम अब उपकरणले गर्नेछ ।”
विभागले नेपलमा पहिलोपटक ‘स्मार्ट’ ट्राफिक बत्ती व्यवस्थापन शुरु गर्न लागेको हो । चालु आर्थिक वर्षभित्रै यो डिजाइनमा जाने प्रमुख ओझाको भनाइ छ । उनले भने, “डिजाइन भइसकेपछि खरिद प्रक्रिया अघि बढाइनेछ ।”
एक दशक पहिले काठमाडौँ उपत्यकाका केही चोकमा बत्ती जडान भए पनि तीनले काम गरेका थिएनन् । विभागले गत दुई वर्ष पहिलेदेखि सवारी चाप बढी भएका सडकमा बत्ती जडान गर्दै आएको छ । चालु आवमा पाँच चोकमा र आगामी आवमा सात ठाउँमा बत्ती जडानको तयारी गरिएको छ ।
उपत्यकाका पालिकाले पनि आवश्यक स्थानमा बत्ती जडान गरिरहेका छन् । ट्राफिक प्रहरीले हेरेर व्यवस्थापन गर्दा कतिपय चोकमा सवारी चाप कम भएका सडकतर्फ बढी समयसम्म हरियो बत्ती र कम चाप भएका सडकतर्फ बढी समयका लागि बलेको देख्न सकिन्छ ।
चोक-चोकमा हुने सवारी चाप व्यवस्थापनका लागि अहिले ट्राफिक बत्तीले सहयोग गरेकामा स्मार्ट प्रणालीले थप व्यवस्थापन हुने अपेक्षा गरिएको छ । रासस
अपडेट
नेपालको आफ्नै स्याटेलाइट: नौ कम्पनीको आवेदन
अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट राख्न आवश्यक प्रक्रियागत परामर्शका लागि विभिन्न दे…
क्लासिक टेकका ग्राहकलाई रिचार्जमा विशेष छुट अफर
नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले सेवाग्राही लागि विश…
एनआईसी एशिया बैंकको एटिएम मेसिन तोडफोड गर्ने युवक पक्राउ
धरान उपमहानगरपालिका-१२ स्थित एनआईसी एशिया बैंकको एटिएम मेसिन तोडफोड गर्ने प्रयास…
टेस्लाको बजार मूल्य पहिलो पटक ८०० बिलियन डलर नाँघ्याे
टेस्लाको बजार मूल्य पहिलो पटक ८०० बिलियन डलर नाँघे्को छ । यो बिचमा टेस्लाको शेयर ५.६ प्रतिशतले बढेको छ ।
टेस्लाको सेयर मूल्यमा वृ…
विद्यार्थीका लागि ‘एनसेल अडियो क्लास’, १ देखि ४ कक्षा सम्मका विद्यार्थी फोन गरेरै पढ्न सक्ने
निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको सिमकार्ड भएका विद्यार्थीले अब आफ्नो…
स्मार्टच्वाइस टेक्नोलोजिज र सप्तकोशी डेभलपमेण्ट बैंकबीच सम्झौता
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोल…
कोरोना विरुद्धको खोप फागुनसम्म आउने
कोरोना विरुद्धको खोप लगाउन १६ हजार खोप केन्द्रलाई उपयोगमा ल्याउने सरकारको तयारी र…
प्रविधिको प्रयोगले स्थानीय तहको सेवा प्रभावकारी बन्दैं
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि बहाल भएको तीन वर्ष पूरा भएको छ । यो अवधिमा स्था…
आन्तरिक राजस्व कार्यालयको कर इसेवाबाट भुक्तानी गर्न सकिने, यस्तो छ तरिका
करदाताहरूले आन्तरिक राजस्व कार्यालयहरू Inland Revenue Department(IRD) को राजस्व इ…
विकास बैंक र फाइनान्स पनि अब आरटीजीएस प्रणालीमा आवद्ध
बैंकिङ प्रणालीमा हुने ठूला कारोबारका लागि प्रयोग गरिने रियल टाइम ग्रस सेटलमेन्ट (…
इलेक्ट्रिकल भेहिकल निर्माण गर्न एप्पल र हुन्डाईले सहकार्य गर्ने
इलेक्ट्रिकल भेहिकल निर्माण गर्न एप्पल र हुन्डाईले सहकार्य गर्ने भएका छन् । हाल यो प्रार…
विन्डोज टेनको टास्कबारमा नयाँ फिचर थप्दै माइक्रोसफ्ट
माइक्रोसफ्टले वीन्डोज टेनको टास्कबारमा नयाँ फिचर थप्ने भएको छ । कम्पनीले टास्कबारमा …
डेलले सार्वजनिक गर्यो ४० इन्चको अल्ट्रावाइड मनिटर
डेलले आफ्नो पहिलो ४० इन्चको अल्ट्रावाइड मनिटर सार्वजनिक गरेको छ । यो कर्भ आकारको रह…
इन्स्टाग्रामले डेक्स्टपको स्टोरीका लागी नयाँ डिजाइन परीक्षण गर्दै
इन्स्टाग्रामले डेक्स्टपको स्टोरीका लागी नयाँ डिजाइन परीक्षण गर्दै छ । यसले स्टोरीको फि…
अब कालिमाटीमा तरकारी किन्दा क्यूआर कोडबाटै पैसा तिर्न सकिने
प्रभु बैंकले कालिमाटी फलफूल तथा तरकारी बजारमा कारोबार गर्दा क्यूआर कोडमार्फत भुक्त…