कीवर्डहरू -

अपडेट

महामारीको समयमा समेत सेवाप्रवाहमा जुट्दै वल्र्डलिंक

कोभिड १९ को महामारीमा विश्व समुदायले कठिन परिस्थितिको सामना गरिरहेको बेला नेपालमा पनि यसको फैलावटबाट जेगिनको लागि बुद्धिमतापूर्वक लकडाउनको घोषणा गरिएको छ । सबै जना घरमै बस्न विवश परिस्थितिमा विशेषगरी दैनिक कार्य घरबाटै सञ्चालन गर्न, समाचारहरु सुन्न र हेर्न, फेसबुक लगायत अन्य सोसल साइटहरुको प्रयोग गर्न एवं मनोरञ्जनका साथ घरमा समय बिताउनको लगि इन्टरनेट अत्याधिक मात्रामा प्रयोग भईरहेको छ ।


अनलाईन बैकिङ्ग, अनलाईन ऐजुकेसन, कर्पोरेट काम, अनलाईन मेडिकल परामर्श जस्ता चुनैतिपूर्ण कार्यहरु पनि इन्टरनेटको प्रयोग बाट नै सम्भव भईरहेको छ । सबै इन्टरनेट प्रदायक कम्पनीहरुको व्याण्डविथमा आएको समस्याका कारणले ग्राहकवर्गमा भरपर्दो सेवा प्रवाह गर्न केही असहज परिस्थिति समेत सृजना भएको सेवा प्रदायकहरुले बताएका छन् ।

नेपालको सबैभन्दा ठुलो ब्रोडव्यान्ड सर्भिस प्रोभाइडर वल्र्डलिंकले लकडाउनको समयमा भरपर्दो सेवा प्रवाह गर्ने जिम्मेवारी बहन गर्नु अति आवश्यक भए सँगै यस चुनौतीको सामना गर्नको लागि देशभरका प्रत्येक शाखा कार्यालयहरुमा फिल्ड सपोर्टका कर्मचारीहरु रहने गरी आइसोलेटेड समूहको स्थापना गरेको छ ।


नेपालको सबैभन्दा ठुलो ब्रोडव्यान्ड सर्भिस प्रोभाइडर वल्र्डलिंकले लकडाउनको समयमा भरपर्दो सेवा प्रवाह गर्ने जिम्मेवारी बहन गर्नु अति आवश्यक भए सँगै यस चुनौतीको सामना गर्नको लागि देशभरका प्रत्येक शाखा कार्यालयहरुमा फिल्ड सपोर्टका कर्मचारीहरु रहने गरी आइसोलेटेड समूहको स्थापना गरेको छ । महामारीबाट आफ्ना फिल्ड सपोर्टका कर्मचारी एवं उनीहरुका परिवार एवं आफन्तजनमा पर्न सक्ने प्रतिकूल प्रभावलाई मध्यनजर गरी वल्र्डलिंकले शाखा कार्यालयहरुमा नै सपोर्ट टिमको लागि खान बस्नको राम्रो व्यवस्था मिलाई सेवा प्रवाह गराउदैं आएको बताएको छ ।

\"\"
वल्र्डलिंकले यस महान् कार्यमा खटिने फिल्ड सपोर्टका कर्मचारीहरुको स्वास्थ्य सुरक्षालाई ख्याल राखी समय समयमा स्वास्थ्य चेकजाँच गराउने सँगै उनीहरुका लागि पि पि ई सेट र पर्याप्त मात्रामा सेफ्टी किटको प्रवन्ध मिलाएको जानकारी गराएको छ । यस टिमको महत्वपूर्ण सहयोगबाट प्रमुख प्राथमिकतामा रहेका आउटेजहरु ह्याण्डल गर्ने, सिस्टम डाउन भएको अवस्थामा मर्मत गर्ने लगायत इन्टरनेटमा आएका विविध समस्याहरु समाधान गर्न सफल हुँदै साहस अनि आँटले भरिपूर्ण आइसोलेटेड टिमको यस्तो किसिमको कार्यप्रति ग्राहकवर्गबाट कम्पनीलाई धन्यवाद प्रदान भईरहेको वल्र्डलिंकले बतएको छ ।


यतिमात्र नभई, वल्र्डलिंकले कोभिड १९ देखा परेका बिरामीहरुको सम्पर्कमा रहेका मानिसहरु राख्दै आएको केही क्वारेन्टाइन स्थलहरुमा समेत इन्टरनेट सेवा प्रदान गर्न सफल भइसकेको र जसबाट क्वारेन्टाइनमा समय बेतित गर्न र खबरहरुसँग अपडेटमा रहन सहजीकरण भईरहेको क्वारेन्टाइनमा रहेका मानिसहरुले बताएका छन् । साथै, यस चुनैतिपुर्ण घडिमा राष्ट्रलाई आवश्यक परेको खण्डमा अन्य स्थलमा समेत इन्टरनेट सेवा प्रदान गर्न वल्र्डलिंक तयार रहेको बताइएको छ ।

नेपालमा धेरै मात्रामा ग्राहकहरु भएको वल्र्डलिंकले यस विषम् परिस्थितिमा भरपर्दो सेवा सुविधा पु¥याइ देश र जनतालाई सेवा पु¥याउने कार्यमा निरन्तर अविच्छिन्न रुपमा लागि रहने कुराको प्रतिवद्धता समेत जाहेर गरेको छ ।

अपडेट

कोरोनाको लागि गृह मन्त्रालयले सुरु गर्यो \'एकीकृत सूचना तथा क्वारेन्टाइन अनुगमन प्रणाली\'

कोभिड–१९ को बारेमा आधिकारिक सूचना एकै ठाउँबाट जानकारी लिने र मोबाइल एप्समार्फत क्वारेन्टाइन अनुगमन गर्ने सरकारको स्वामित्व रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अनलाइनबाट खाद्यान्…

सरकारले कोरोना ट्रेसिङको लागि छुटै एप ल्याउदै 

सरकारले कोरोना भाइरसबाट सम्भावित संक्रमितको पहिचान गर्न छुटै एप सञ्चालनमा ल्याउने …

राष्ट्रिय परीक्षा बोर्डले गर्‍यो कक्षा ११ र १२ को बार्षिक परीक्षा स्थगित

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को बार्षिक परीक्षा स्थगित गरेको छ । कोरोना भा…

लकडाउनमा डिजिटल प्रविधिको प्रयोग बढ्दो, उपभोत्ताहरुको गुनासो सम्वोधन गर्ने \'एकिकृत गुनासो प्रणाली\' आवश्यक 

यतिखेर विगत १५ दिनदेखि देश लकडाउनमा छ । कोरोना संकटले निम्त्याएको यो विषम परिस्थितीमा अधिकांश कार्यालयहरु बन्द छन । धेरै कम्पनीहरुले घरबाटै काम गरिरहे…

अब १२ जना सम्मले गूगल डिओमा ग्रुप भिडियो कल गर्न सकिने 

गूगल डुओमा अब १२ जना सम्मले ग्रुप भिडिओ क्लिङ गर्न सकिने भएको छ । गूगलले यो भन्दा …

टेस्लाले निर्माण गर्‍यो कारको पार्ट्सबाट भेन्टीलेटर

विश्वमा कोरोना भाइरसले महामारीको रुप लिएको बेला लोकप्रिय कार निर्माता कम्पनी टेस्ल…

राेबाेटिक्स एशाेसियसन नेपाल फारवेस्टले निर्माण गर्‍यो सेफ्टी बुथ

राेबाेटिक्स एशाेसियसन नेपाल फारवेस्टले काेइचाे ग्रुप तथा राष्ट्र आविस्कार केन्द्रकाे …

अनलाइन कक्षा सञ्चालन गर्न सरकार र विश्वविद्यालयहरुलाई सिफ्यानको ध्यानाकर्षण 

कम्प्युटर फ्याकल्टी एसोसिएसन अफ नेपाल(सिफ्यान)ले कोरोना नियन्त्रणको लागि सरकारले गरेको लकडाउनलाई समर्थन गर्दै अनलाइन लर्निङलाई सुचारु गर्ने जनाएको छ । कोरा…

नोकिया फोनको वारेन्टि म्याद थप लम्बियो

नोकिया ले हाल

नेपाली कांग्रेसले सार्वजनिक गर्‍यो कोरोनाको ‘स्व-परीक्षण वेब एप’    

नेपाली कांग्रेसको सूचना संचार तथा प्रचार विभागले विशेषज्ञ चिकित्सहरको परामर्शमा ‘स्…

कोरोना सम्वन्धि नि:शुल्क अनलाइन परामर्श, यसरी लिनुहोस् सेवा

चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसले विश्वमा यतिबेला महामारीको रुप लिएक…

लकडाउनको समयमा घरमा सामान बिग्रियो, यसरी लिनुहोस् अनलाइनबाटै निशूल्क मर्मत सेवा

विश्वमा यतिबेला कोरोना भाइरसले महामारीको रुप लिएको छ । जसको असर नेपालमा पनि पर…

विदेशमा रहेका विद्यार्थीलाई इक्यानले सहयोग गर्ने

नेपाल शैक्षिक परामर्श संघ नेपाल (इक्यान)ले उच्च शिक्षाका लागि विदेशी भूमिमा रहेका …

साईबर सुरक्षा र डेटाको दुरुपयोग सम्वन्धमा इ गभर्नेन्स समाजको ध्यानाकर्षण