अपडेट
भारतले अनुदानस्वरूप नेपाललाई दिएको खोप ल्याउने प्रक्रिया आजबाट सुरु
भारतले नेपाललाई यही साताभित्र अनुदानस्वरूप खोप उपलब्ध गराउने तयारी थालेको छ । भारतले आज (बुधबार)देखि क्रमिक रूपमा नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान, म्यानमारलगायतका देशलाई खोप अनुदानमा उपलब्ध गराउने प्रक्रिया अघि बढाउने भएको हो ।
भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ आपूर्ति गर्न आज बुधबारदेखि प्रक्रिया अघि बढाइने भारतस्थित विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ ।
भारतस्थित विदेश मन्त्रालयले मंगलबार जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, ‘छिमेकी देशहरूबाट भ्याक्सिन उपलब्ध गराउन आग्रह गरिएको छ । बुधबारदेखि नेपाल, भुटान, माल्दिभ्स, बंगलादेश र म्यानमारलाई खोप आपूर्ति गर्छौं ।’
औषधि व्यवस्था विभागले गत शुक्रबार सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई)ले उत्पादन गरिरहेको कोभिसिल्डलाई आपतकालीन प्रयोगका लागि ससर्त अनुमति दिने निर्णय गरेको थियो ।
कोभिसिल्ड बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरिएको खोप हो । नेपालस्थित भारतीय दूतावासले स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्ने र सुरुमा फ्रन्टलाइनमा रहने स्वास्थ्यकर्मीलगायतलाई यसको डोज दिने सरकारको तयारी छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले नेपालले कोरोनाविरुद्धको खोप छिट्टै प्राप्त गर्ने बताए । उनले भने, आज (बुधबार)सम्म केही हुन्छ कि भन्ने हो । तर खोप कहिले र कति आउने भन्नेबारे टुंगो छैन ।’
स्वास्थ्य मन्त्रालयका अनुसार अनुदानमा खोप आउने भनिए पनि कति आउने भन्ने निक्र्योल भएको छैन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगै स्वास्थ्य सचिव लक्ष्मण अर्याल पनि भारत भ्रमणमा थिए । कोभिड भ्याक्सिन लगाउन महिला स्वास्थ्य स्वयंसेविकासहित विभिन्न स्वास्थ्य संस्थामा कार्यरत २ लाखभन्दा बढी कर्मचारीको सूची स्वास्थ्य मन्त्रालयमा तयारी अवस्थामा छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा आउने कोरोनाविरुद्धको भ्याक्सिन लगाउने फ्रन्टलाइनरको सूची सबै स्थानीय तहबाट माग गरेको थियो । आजको राजधानी दैनिकमा समाचार छ ।
अपडेट
मेगा बैंकको भर्चुअल सहायता सेवा २४ सैं घण्टा लिन सकिने
मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुका लागि अत्याधुनिक भर्चुअल (अनलाइन) सहाय…
काठमाडौंमा एटीएम मेसिन ‘फोड्दा फोड्दै’ युवक पक्राउ
नागार्जुन नगरपालिका-२ ठुलो भर्याङ्गस्थित एनआइसी एसिया वैंकको एटिएम मेसिन फोडी चो…
एनसेलको नयाँ बिजप्लस योजना, १४९ रुपैयाँमा ३० दिन निःशुल्क भ्वाइस तथा एसएमएसको सुविधा
एनसेलले आवश्यकता अनुसारको सम्पूर्ण सेवाप्रवाह गर्न ‘बिजप्लस’ प्लानहरु संचालनमा ल्याएक…
नागरिक एप प्रयोग गर्दा नागरिकता सम्बन्धि देखिएको त्रुटि सच्याउन अनलाइन प्रणालीको सुरुवात
नागरिक एपमा नागरिकता सम्बन्धी कतिपय विवरण मेल नखाएकाले प्रयोगकर्तालाई एप प्रयोग गर्…
दुई लाख ३८ हजारले डाउनलोड गरे ‘नागरिक एप’
“सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार …
बनेपाको आइटी पार्कमा सेक्युरिटी प्रिन्टिङ प्रेस राखिने
दक्षिण एशियामै नमूना बनाउने उद्देश्यले काभ्रेपलाञ्चोकमा निर्मित सूचना–प्रविधि पार्क (…
भूतपूर्व सैनिक सेवा समाजलाई हिमालयन बैंकद्वारा कम्प्युटर सहयोग
हिमालयन बैंक लिमिटेडद्वारा चन्द्रागिरी नगरपालिका–७ बाणस्थली स्थित भूतपूर्व सैनिक से…
बसको टिकटको भुक्तानी अब क्यूआरबाटै
लक्ष्मी बैंकले लोहत्से बहुउद्देश्यीयको सहकार्यमा बस टिकट बुकिङ्ग सेवाको भुक्तानी गर्न …
माइक्रोसफ्ट ३६५ का प्रयोगकर्ताले चाँँडैनै २५० जीबी सम्मको फाइल अपलोड गर्न सक्ने
माइक्रोसफ्ट ३६५ का प्रयोगकर्ताले चाँँडैनै २५० जीबी सम्मको फाइल अपलोड गर्न सक्ने भएका…
अब बोलेरै युट्युबमा भिडियो खोज्न सकिने
अब भ्वाइस कमाण्ड बाटै युट्युबमा भिडियो खोज्न सकिने भएको छ । युट्युबको नयाँ अपडेट अ…
डिजिटल कोभिड—१९ भ्याक्सिन कार्डमा काम गर्दैं माइक्रोसफ्ट र ओराकल
Photo Credit: Associated Press
…
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अब अनलाइनबाटै अपोइन्टमेन्ट लिन सकिने
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र कोजेन्ट हेल्थले नेपालको अग्रणी भुक्तानी सेवा प्रदा…
सामाजिक सञ्जालमार्फत ठगी गर्ने २ जना पक्राउ
सामाजिक सञ्जाल फेसबुक मार्फत ठगी गर्ने २ जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्ने…
काठमाडौंमा एनआईसी एशिया बैंकको एटिएम मेसिन तोडफोड गर्ने ३ जना पक्राउ
काठमाडौं महानगरपालिका-२९ कालिकास्थानस्थित एनआईसी एशिया बैंकको एटिएम मेसिन तोडफो…
एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’
‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ शुक्रबार स…