अपडेट
नयाँ युआई र थप सुविधा सहित आयो आइएमई पे एप
आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्धर्तित ‘आइएमई पे’ एप नयाँ सुविधासहित आएको छ ।
यो सुविधासँगै प्रयोगकर्ताहरूले डिजिटल वालेटको प्रयोगमा एउटा छुट्टै एवम् विशिष्ट खालको अनुभव प्राप्त गर्नससकिने आइएमईले जनाएको छ ।
नयाँ अपडेटसँगै प्रयोगकर्ताहरूका लागि एप प्रयोग गर्न अझ सहज र सुविधायुक्त हुने विश्वास गरिएको छ । अध्यावधिक एप इन्टरफेस हुनुका साथै थप सेवाग्राहीमैत्री बनाइएको कम्पनीले जनाएको छ ।
नयाँ र सुधारिएको डिजाइन
विज्ञान र प्रविधिको विकाससँगै आम सेवाग्राहीहरूको सयमानुकुलको मागलाई सम्बोधन गर्नेगरी आइएमई पे एपलाई अहिलेसम्मकै सबैभन्दा राम्रो भर्सनमा डिजाइन गरिएको छ । एपलाई प्रयोगकर्तामैत्री बनाउन युआईसहित थप सेवा सुविधाहरुलाई परिभाषित गरिएको छ ।
चुस्त कार्यप्रणाली, सेवाक्षेत्रको स्पष्टता र पहुँचमा सुनिश्चितता जस्ता मुख्य मुख्य उद्देश्यहरुलाई एपको नयाँ डिजाइनमा विशेष ध्यान दिइएकोले यो एपको प्रयोग सबै डिजिटल वालेट प्रयोगकर्ताहरूको रोजाईमा पर्ने विश्वास कम्पनीले लिएको छ ।
डिजिटल पेमेन्ट उद्योगको फस्टाउँदो अवस्थासँगै आम उपभोक्ताहरु पनि यसको प्रयोगमा अभ्यस्त हुँदै आएको सन्दर्भमा कम्पनी डिजिटल पेमेन्ट उद्योगलाई थप प्रवद्र्घन गर्न प्रतिवद्ध रहँदै आएको छ ।
पैसा बढ्ने सुपर वालेट
बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेको जनसंख्यालाई फाइनान्सियल सेवा उपलब्ध गराउनु आइएमई पे वालेटको मुख्य उद्देश्य हो ।
देशको जुनसुकै भूगोल विशेषतः ग्रामिण क्षेत्र जहाँको ठूलो जनसंख्या बैंकिङ्ग पहुँचभन्दा वाहिर रहन वाध्य छ त्यसलाई फाइनान्सियल सेवामा आकर्षित गर्न सुपर वालेटमा जम्मा हुँदै आएको पैसामा ब्याजको अवधारणा अघि सारेको छ ।
आइएमईका सेवा केन्द्रहरूमा रहँदै आएको आमसेवाग्राहीहरूको अभ्यस्त पहुँचका कारण कम्पनीको त्यो उद्देश्य सहजै पूर्ति हुने आधारहरू पहिला नै तयार भइसकेको छ ।
सामान्यतयाः आइएमई पे वालेटमा कम्तिमा एक हजार नेपाली रुपैयाँ मैजादा रहँदा उक्त वालेट स्वतः सुपर वालेटमा रुपान्तरण हुनेछ ।
पैसा पठाउने सेवा निःशुल्क
नगदरहित आर्थिक कारोबारलाई प्रवद्र्घन गर्नु डिजिटल पेमेन्ट उद्योगको मुख्य उद्देश्य हो । यसर्थ, यहाँ पैसा पठाउने कार्यलाई नगदरहित भनेर नै बुझ्नुपर्ने हुन्छ । पहिलापहिला एक ठाउँबाट अर्को ठाउँमा पैसा पठाउने कार्य त्यति सजिलो थिएन ।
अहिले डिजिटल एपको बढ्दो प्रयोगसँगै एक शहर/गाउँबाट अर्को शहर÷गाउँसम्म पैसा पठाउन सजिलो छ । पैसा पठाउने र भुक्तानी गर्ने सेवाहरू मान्छेले प्रयोग गर्दै आइरहेका फोन फोनमा उपलब्ध छन् । आम उपभोक्ताले कुनै पनि मोबाइल नम्बरमा आइएमई पेमार्फत पैसा पठाउँदा पूर्णतः निशुल्क सेवा प्राप्त गर्न सकिन्छ ।
बैंक ट्रान्सफर शुल्क १ बाट शुरू
आइएमई पेमा आवद्ध ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थामा रहेका खाता नम्बरमा ‘आइएमई पे’ एप प्रयोग गरि कारोबार गर्दा प्रति कारोबार मात्र रू.१ बाट सेवा शुल्क शुरू हुनेछ ।
आर्थिक कारोबारको प्रयोगलाई ध्यानमा राख्दै आम उपभोक्तालाई आर्थिक कारोबार बैंक तथा वित्तीय संस्थाबाट नै गर्न प्रोत्साहित गर्ने मुख्य उद्देश्यका साथ यो सेवा प्रदान गर्न लागिएको हो ।
एउटा ट्रान्जेक्सनको सेवा शुल्क पूर्णतः निःशुल्क
आइएमई पेको मातृ संस्था आइएमईका देशभर रहेको एजेन्टबाट आइएमई एपमा भएको पैसा भुक्तान लिँदा महिनामा एकपटक निःशुल्क हुनेछ ।
यो सेवा आफुलाई पायक पर्ने देशभरका जुनसुकै आइएमई एजेण्टमा उपलब्ध हुनेछ । यो सेवासँगै देशभरका कुनाकाप्चामा मानव एटीएमको सेवा उपलब्ध हुने विश्वास कम्पनीले लिएको छ ।
टपअपमा पाँच प्रतिशत क्यासब्याक
आइएमई पे एपका कारण दैनिक उपभोग्य सेवाहरूको शुल्क भुक्तानी सरल र सहज बन्दै आएको छ । यो सेवालाई थप प्रवद्र्घन गर्ने मुख्य उद्देश्यका साथ आइएमई पेले अंग्रेजी नयाँ वर्ष २०२१ को अवसर पारेर आइएमई पेमा दर्ता भएको आफ्नै मोबाइल नम्बरमा टपअप गर्दा ५ प्रतिशत क्यास ब्याकको सुविधा उपलब्ध गराउँदै आएको छ ।
विश्वव्यापी रूपमा विद्यमान महामारीबाट सुरक्षित रहन सामाजिक दुरी कायम गर्दै आर्थिक कारोबारलाई निरन्तरता दिन डिजिटल भुक्तानी सेवाप्रदायक उद्योगका तर्फबाट आइएमई पेले आफ्नो एपलाई समयानुकुल अध्यावधिक गर्दै आइरहेको छ । यसबाट डिजिटल वित्तीय सेवामा आमसेवाग्राहीहरू छिट्टै अभ्यस्त हुने विश्वास कम्पनीको छ ।
अपडेट
एक्साइड ब्याट्रीमा पेपरलेस वारेन्टी, एपबाटै वारेन्टीको दावी गर्न सकिने
एक्साइड ब्याट्रीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्गले ग्राहकहरुको सहजतालाई ध्यानमा …
भायानेटको इएमआई अफर, वार्षिक ग्राहक बन्दा मासिक किस्ताबन्दीमा शुल्क तिर्न सकिने
भायानेटले ग्राहकहरुलाई किफायती मूल्यमा उत्कृष्ट इन्टरनेट प्रदान गर्नको लागि इएमआई अ…
नेपालमै पहिलोपटक ओ टु ओ कमर्स सुरु गर्दै साथीमार्ट
नेपालमा पहिलो पटक अनलाइन टु अफ्लाइन (ओ टु ओ) इकमर्स लन्च गर्ने लक्ष्यका साथ स्थापित …
कृषि बिकास बैंकको विज्ञापन आवेदन शुल्क खल्तीबाटै भुक्तानी गर्न सकिने
कृषि बिकास बैंकले विभिन्न पदका लागि माग गरेको आवेदनको शुल्क मोबाइलमा खल्ती डिजिट…
सामाजिक सञ्जाल मार्फत ठगी गर्ने गिरोहमा संलग्न एक जना पक्राउ
सामाजिक सञ्जाल मार्फत ठगी गर्ने गिरोहमा संलग्न मध्येका प्रसौनी गाउँपालिका-४ बंजरिया…
सबैभन्दा राम्रो कार्बन क्याप्चर प्रविधिलाई १०० मिलियन डलर दिने एलन मस्कको घोषणा
एलन मस्कले सबैभन्दा राम्रो कार्बन क्याप्चर प्रविधिलाई १०० मिलियन डलर पुरस्कार दिने घो…
ड्राइभिङ लाइसेन्सको अनलाइन फर्म आवेदनमा कोटा सिस्टम हट्यो, यसरी भर्नुहोस् अनलाइन फर्म
यातायात व्यवस्था विभागले शुक्रबार अर्थात आजबाट सवारी चालक अनुमति पत्र लाइसेन्सको आव…
रिङरोडको झण्डै १०.२ किलोमिटर सडक खण्डमा हरियाली निर्माण तथा संरक्षण गर्दै एनसेल
एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत वन तथा भु–संर…
अरुको नाममा रहेको नेपाल टेलिकमको सीम यसरी ल्याउनुहोस् आफ्नो नाममा
हालै नेपाल सरकारले परीक्षणका रुपमा प्रयोगमा ल्याएको नागरिक एप नेपाल टेलिकमका ग्रा…
एनसेलको सीम फोरजीमा अपग्रेड गर्दा २ जीबी डेटा निःशुल्क
एनसेल आजियाटा लिमिटेडले थ्रीजीबाट फोरजी मा सिम अपग्रेड गर्ने ग्राहकका लागि आकर्षक …
नेपाली बजारमा आउँदै सामसङको एस २१ सिरिज, शुक्रबारदेखि प्रि-अर्डर खुल्ला गर्ने तयारी
विश्वको अग्रणी इलेक्ट्रोनिक कम्पनी सामसुङले आफ्नो पछिल्लो फ्ल्यागशिप एस २१ सिरिज नेपाल…
फेसबुकमा हाम्रो कुनै आधिकारिक पेज छैन्: दूरसञ्चार प्राधिकरण
नेपाल दूरसञ्चार प्राधिकरणले हालसम्म फेसबुकमा आफ्नो आधिकारिक पेज र खाता नभएको बताए…
तीन लाख ११ हजारले डाउनलोड गरे ‘नागरिक एप’
“सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार …
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा नियुक्त
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा नियुक्त भएका छन् । विश्वविद्…
म्यासेन्जर मार्फत महिला साथीलाई अश्लिल फोटो तथा भिडियो पठाउने एक जना पक्राउ
फेसबुकको म्यासेन्जर मार्फत अश्लिल भिडियो, फोटो तथा सन्देश पठाई यौन उत्पीडन कार्य गर्न…