अटो
नेपालगञ्जमा दिपाल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज
एमएडब्लु वृिद्धले नेपालगञ्जमा दिपाल र नामीको नयाँ सोरुम उद्घाटन हुने अवसरमा आगामी शनिबारदेखि तीन दिन लामो टेस्ट ड्राइभ र एक्सचेन्ज आयोजना गर्ने भएको छ ।
मंसिर २७ देखि २९ सम्म चल्ने यस कार्यक्रममा आगन्तुकहरूले दिपाल, नामी, सेरेस र अवतार ब्रान्डका अत्याधुनिक र फ्युचरिस्टिक इलेक्ट्रिक सवारी साधनहरूको अनुभव गर्न पाउनेछन् । यी ब्रान्डहरू हाल नेपालमा सबैभन्दा लोकप्रिय र प्रविधिमैत्री इभि ब्रान्डहरूका रूपमा स्थापित भइरहेका छन् ।
नयाँ सोरुमा आयोजना हुने कार्यक्रममा आगन्तुकहरूलाई नवीनतम प्रविधि, डिजाइन र नवप्रवर्तन अनुभव गर्न पाउनेछन् । साथै, रोबोटहरूसँग अन्तक्र्रिया गर्ने अवसर पनि रहनेछ, जसले कार्यक्रममा रमाइलो र भविष्यको अनुभूति दिलाउनेछ । यस कार्यक्रममा हालै सम्पन्न नाडा अटो शोमा धेरै चर्चा भएको दिपाल एस०५ र नामी भिगो जस्ता मोडेलहरूको पनि टेस्ट ड्राइभ गर्न सकिनेछ ।
स्लिम डिजाइन, आधुनिक फिचरहरू र दिगो गतिशीलताको संयोजनका साथ यी सवारी साधनहरूले नेपाली ग्राहकबीच छोटो समयमा नै उच्च लोकप्रियता कमाएका छन् । यी गाडीहरूले उत्कृष्ट रेंज, प्रविधि र ड्राइभिङ अनुभव प्रदान गर्छन् ।
कार्यक्रमको अवसरमा एमएडब्लु वृिद्धले विशेष प्रमोशनल अफरहरू पनि उपलब्ध गराउनेछ, जसमा पुराना गाडी साट्न चाहने ग्राहकका लागि आकर्षक एक्सचेञ्ज बोनस, विशेष नगद छुट, प्रत्येक खरिदमा निःशुल्क एसेसरी र टेस्ट ड्राइभ गर्ने आगन्तुकका लागि उपहार रहेका छन् ।
यदि तपाईं इलेक्ट्रिक सवारी साधनमा रूपान्तरण गर्न सोच्दै हुनुहुन्छ वा केवल भविष्यको यातायात अनुभव गर्न चाहनुहुन्छ भने, नेपालगञ्जस्थित नयाँ दिपाल र नामी सोरुममा हुने एक्सचेञ्ज तथा टेस्ट ड्राइभ क्याम्प तपाईंका लागि उपयुक्त अवसर हुनेछ ।
अटो
देशव्यापी डिलर सञ्जाल विस्तार गर्दै जिली
नेपालका लागि जिली इएक्स–५ का आधिकारिक आयातकर्ता एवं वितरक एलआरआर मोटर्सले देशव्यापी डिलर सञ्जाल विस्तारको योजना सार्वजनि…
विद्युतीय गाडीबारे ५ भ्रम र यथार्थ
विश्वभर विद्युतीय गाडी (ईभी) को लोकप्रियता बढ्दो छ। बीवाईडी,टेस्लादेखि लिएर निसान लिफ, टाटा, एक्सपेङ, चाङ्गनसम्म, बजारमा विभिन्न…
याडिया ओविन नेपाली बजारमा सार्वजनिक, दशैंको अवसरमा २५ हजार छुट
नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपालले बहुप्रतिक्षित याडिया ओविन विद्युतीय स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ…
डोङफेङ मोटर ग्रुपलाई प्राइभेट बनाइने, कम्पनीका सेयरहरू करिब आठ वर्षयताकै उच्चविन्दुमा
डोङफेङ मोटर ग्रुपलाई प्राइभेट बनाउन लागिएको खबर सार्वजनिक भएपछि कम्पनीका सेयरहरू शुक्रबार तीव्रगतिमा बढेका छन्। यो खबरसँगै हङक…
टेस्लाले पावरवाल २ ब्याट्री फिर्ता बोलायो, आगलागीको जोखिम
टेस्लाले अष्ट्रेलियामा बिक्री भएका पावरवाल २ होम ब्याट्रीहरू फिर्ता बोलाएको छ। अष्ट्रेलियन कम्पिटिसन एण्ड कन्ज्युमर कमिसन (ACCC) का …
डोङफेङ मोटरद्वारा इजिप्टमा नौ वटा नयाँ मोडेल सार्वजनिक
डोङफेङमोटरले इजिप्टको कायरोमा आयोजना गरिएको एक विशेष कार्यक्रममा आफ्ना नौ वटा नयाँ मोडेल आधिकारिकरूपमा सार्वजनिक गरेको छ। उक्…
नेपालमा विद्युतीय एसयूभी आइकार भी २३ सार्वजनिक
ओमोडा एन्ड जेइकोका सवारीसाधनको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्सले नेपालमा बहुप्रतिक्षित विद्युतीय एसयूभी ‘आइकार …
नाडा अटो शोमा जिली एक्स फाइभको १८७ गाडी बुकिङ
नाडा अटो शोमा जिली एक्स५ विद्युतीय गाडीको उल्लेखनीय बुकिङ भएको छ ।
‘ड्रिम स्मार्ट …
विजय लामा जेवाई एयर ईभीको ब्राण्ड एम्बासेडर नियुक्त
वरिष्ठ क्याप्टेन विजय लामालाई एलआरआर मोटर्सले नेपालमा ल्याएको जेवाई एयर विद्युतीय सवारीसाधन (ईभी) का लागि ब्राण्ड एम्बासेडर नियु…
इलेक्ट्रिक पिकअप ई-टुनल्याण्ड नेपालमा, यस्ता छन् सुविधा
टुनल्याण्ड जीसेभनको सफलतापछि फोटोनले यस वर्षको नाडा २०२५ मा शक्ति, दक्षता र आधुनिक प्रविधिको उत्कृष्ट संयोजन भएको आफ्नो बहुप्रतिक्…
नाडा अटो शो २०२५: भिन्टेजकारदेखि उड्नेट्याक्सीसम्म हेर्न पाइने
नाडा अटो शो २०२५ मा अवलोकनकर्ताको आकर्षणमा परेको छ । अटो शो प्रदर्शनीको तीन दिनमा ७८ हजार ५१३ जनाले अवलोकन गरेका…
नाडा अटो शो २०२५ मा फोटोन र सोकोन ईभीका आकर्षक अफरहरू
यसपालिको नाडा अटोशो २०२५ अटोप्रेमीहरूका लागि निकै रोमाञ्चक हुने भएको छ। फोटोन टुनल्यान्ड, माउन्टेन ईभीभ्यान, टिएम वान र सोकोन…
दिपलको उड्ने ट्याक्सी नाडो अटो सोमा प्रधानमन्त्रीबाट सार्वजनिक हुँदै
भोलि मंगलबारबाट सुरु हुने नाडा अटो सो २०२५ मा नेपालकै पहिलो इभीटोल दिपलको उड्ने ट्याक्सीलाई सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओ…
एक लाख अवलोकन गरे नेपाल मोविलिटी एक्स्पो २०२५
नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ …
डोङफेङ मोटर ग्रुपद्वारा भोया अटोमोबाइलमा १३७ मिलियन डलर लगानी
चीनको अग्रणी अटोमोबाइल निर्माता कम्पनी डोङफेङ मोटर ग्रुपले आफ्नो इलेक्ट्रिक भेहिकल ब्रान्ड भोया (VOYAH) अटोमोबाइलमा ठूलो ल…