कीवर्डहरू -

अटो

याडियाका तीन नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक

काठमाडौं । नेपालका लागि याडिया (YADEA) को आधिकारिक वितरक कुञ्ज नेपाल प्रालिले नयाँ पुस्ताका विद्युतीय स्कुटर GS70, GT70 र GT80 सार्वजनिक गरेको छ । कम्पनीले आधुनिक प्रविधि, उच्च कार्यक्षमता र स्मार्ट फिचरसहितका यी स्कुटरले नेपाली बजारमा विद्युतीय गतिशीलताको नयाँ अध्याय सुरु गर्ने विश्वास व्यक्त गरेको छ ।

कम्पनीका अनुसार विश्वकै अग्रणी विद्युतीय दुईपाङ्ग्रे सवारीसाधन ब्रान्ड याडियाले दैनिक आवागमनदेखि प्रिमियम राइडिङ अनुभव चाहने ग्राहकसम्मलाई लक्षित गर्दै तीन फरक मोडल बजारमा ल्याएको हो ।

GS70 दैनिक प्रयोगकर्तालाई लक्षित गरी डिजाइन गरिएको मोडल हो । यसमा २.१ kWh LFP ब्याट्री, २.४ kW मोटर र एकपटकको पूर्ण चार्जमा १०५ किलोमिटरसम्मको रेन्ज उपलब्ध हुने कम्पनीले जनाएको छ ।

त्यस्तै GT70 लामो दूरीका यात्राका लागि तयार गरिएको मोडल हो । यसमा ५.७ kWh डुअल LFP ब्याट्री प्रणाली, ३.६ kW मोटर र १७० किलोमिटरसम्मको रेन्ज रहेको कम्पनीको दाबी छ । डुअल ब्याट्री प्रणालीका कारण चार्जिङ थप सहज र लचिलो हुने जनाइएको छ ।

प्रिमियम सेग्मेन्टमा राखिएको GT80 मा ३.६ kWh लिथियम ब्याट्री, ५ kW पीक मोटर, ८० किमि प्रतिघण्टासम्मको अधिकतम गति तथा १५० किलोमिटरसम्मको रेन्ज उपलब्ध रहेको कम्पनीले जनाएको छ । उत्कृष्ट प्रदर्शन, आधुनिक डिजाइन र आरामदायी राइडिङ अनुभवका लागि यो मोडल विकास गरिएको कम्पनीको भनाइ छ ।

यी तीनै मोडलमा स्मार्ट कीलेस सिस्टम, ट्र्याक्सन कन्ट्रोल सिस्टम (TCS), क्रुज कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, डुअल डिस्क ईबीएस ब्रेकिङ सिस्टम, टीएफटी स्मार्ट डिस्प्ले, मोबाइल कनेक्टिभिटी तथा याडिया एप सपोर्टजस्ता स्मार्ट फिचर समावेश गरिएको छ ।

कम्पनीले GS70 र GT70 मा ३ वर्ष वा ५० हजार किलोमिटर तथा GT80 मा ३ वर्ष वा ७० हजार किलोमिटर सम्मको ब्याट्री वारेन्टी उपलब्ध गराउने जनाएको छ । कुञ्ज नेपालका अनुसार नयाँ स्कुटरहरू आगामी NAIMA Auto Show मा सर्वसाधारणका लागि प्रदर्शन गरिनेछन् । कम्पनीले परीक्षण सवारी (टेस्ट राइड) र वित्तीय सुविधासहित बिक्रीसमेत सुरु गर्ने तयारी गरेको जनाएको छ ।

अटो

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार

काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले उत्कृष्ट मूल्यसहित बहुप्रतिक्षि…

प्रोटोन ई मास फाइभ सार्वजनिक, सुरुवाती मूल्य २९ लाख ९९ हजार

काठमाडौं । मलेसियन कार ब्रान्ड प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा सार्वजनिक भएको छ । प्रोटोन ई मास फ…

होण्डाले आफ्ना ग्राहकका लागि नि:शुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै

काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि. ले ग्राहकवर्गको सुरक्षा…

किन BAW Brumby को रियर-ह्विल-ड्राइभ प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?

काठमाडौं । सात दशकभन्दा लामो अटोमोबाइल इन्जिनियरिङको गौरवशाली इतिहास बोकेको बेइजिङ अटो वर्क्स (BAW) ले अब …

बजाजको नयाँ अफर, अब कम मासिक किस्तामै बाइक

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायत…

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी …

रियल ड्राइभर्स वान्टेड’ अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

काठमाडौं । स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई ‘Real Drivers Wanted’ …

इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ विजेता प्रोटोन ई. एमएएस ५ अब नेपालमा

काठमाडौं । नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा विश्वस्तरीय पुरस्कार विजेता प्रोटोन ई. एमएएस ५…

नेपाली बजारमा नयाँ प्रविधियुक्त रियर-ह्विल-ड्राइभ इलेक्ट्रिक एसयूभी आउँदै

काठमाडौं । प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नयाँ प्रोटोन ई मास५ नेपाली बज…

बुटवलमा फोटोन मोटर्सको नयाँ शोरुम उद्घाटन : पश्चिम नेपालमा आफ्नो उपस्थितिलाई थप सशक्त बनाउँदै

बुटवल । फोटोन मोटर्स नेपालले असार १५ गते (२९ जुन) बुटवलमा आफ्नो नयाँ शोरुमको औपचारिक उद्घाटन गरेको छ । यो…

नेपालमा टीभीएस अपाचे आरटीआर १६० ४ भीको नयाँ संस्करण सार्वजनिक

काठमाडौं । विश्वप्रसिद्ध सवारी साधन निर्माता टीभीएस मोटर कम्पनीले नेपालमा आफ्नो लोकप्रिय बाइक ‘अपाचे&rs…

जीडब्लुएम ओरा ५ ईभी नेपालमा सार्वजनिक, एकपटकको चार्जमा ५२० किमिसम्म चल्ने

काठमाडौं । विश्वव्यापी अटोमोबाइल ब्रान्ड जीडब्लुएम (Great Wall Motor) अन्तर्गतको प्रिमियम इलेक्ट्रिक एसयूभी ओरा …

नयाँ रंग, नयाँ जोश : टिभिएस एनटर्क १२५ रेस एक्सपि नेपालमा

काठमाडौं ।  नेपालका लागि टिभिएस स्कुटरको आधिकारिक वितरक जगदम्बा माेटर्सले नयाँ टिभिएस एनटर्क १२५ रेस …

टीभीएसको नयाँ स्किम : दुई वर्षसम्म रोड ट्याक्स फ्रि, फटाफट फाइनान्स सुविधा

काठमाडौं । टीभीएसको कुनै पनि मोटरसाइकल वा स्कुटर किन्दा दुई वर्षसम्म रोड ट्याक्स तिर्नु नपर्ने भएको छ । नेपालक…

टीभीएस जुपिटर स्कुटर किन्दा ९ महिनासम्म पेट्रोल फ्रि, सहज फाइनान्स र ईएमआई सुविधा

काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालका लागि टीभीएसको ‘अल न्यु टीभ…