कीवर्डहरू -

अटो

थाईल्यान्डमा नेटा नम्बर वान

चिनीयाँ अटोमोबाईल कम्पनी नेटा अटोले थाईल्यान्डमा २०२४ को न्युइनर्जी भेइकल ब्रान्ड विधामा पहिलो स्थान प्राप्त गर्न सफल भएको छ । यस्तै ग्लोबल ब्रान्ड सेल्समा पनि तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ ।

अन्तराष्ट्रिय बजारमा आफ्नो उपस्थिती बलियो बनाउदैँ आएको नेटा ब्रान्डले आगामी बर्षमा अझ आक्रमक रुपमा आफ्नो उपस्थितीलाई बढाउदै विश्व बजारमा राम्रो स्थान प्राप्त गर्न सक्ने अनुमान पनि गरिएको छ ।

नेपालको सन्दर्भमा पनि नेटाको बिक्रि तुलनात्मक रुपमा बढ्दै गैरहेको छ भने नेपालमा नेटा अटोको ब्रान्डहरुलाई थप गर्दै अझ बढी सेवा सुबिधाका साथ बिक्रि पछिको बजार र सुबिधालाई बिशेष ध्यानमा राखिदै आएको बताइएको छ lनेपालका लागि नेटा ब्राण्डको आधिकारीक वितरक सिजी मोर्टसले नेटाका यी दुबै मोडलका कारहरु नेपालमा पनि बिक्रि वितरण गर्दै आईरहेको छ ।

नेटा भी क्रसओभर वर्गमा इलेक्ट्रिक कार चाहने व्यक्तिहरूको लागि एक महत्वपूर्ण विकल्प हो । यसको ४०.७ किलोवाट ब्याट्रीले राम्रो क्षमता प्रदान गर्दै आएको छ, जबकि ५० किलोवाट मोटरले दमदार प्रदर्शन सुनिश्चित गर्दछ । 

१२० एनएम टर्कले यसको गतिशील ड्राइभिङ अनुभवलाई थप उजागर गर्दछ, जसले तिव्र गतिको सवारी र ह्यान्डलिङलाई सुधार्छ । नेटा भी छिटो २० मिनेटको चार्जमा 30 प्रतिशतबाट 80 प्रतिशतसम्म ब्याट्रीलाई चार्ज गर्न सक्छ ।

यसमा एकल चार्जमा ३८० किलोमिटर किमि दायरा छ र यो सीएटीएलका लिथियम आयरन फस्फेट ब्याट्रीले चल्दछ, जसको ८ वर्ष वा १ लाख ५० हजार  किलोमिटर वारेन्टी छ । नेटा एक्स एकल चार्जमा ५०० किमिसम्म यात्रा गर्न सक्छ । यसमा १८५ मिमि ग्राउन्ड क्लियरन्स रहेको छ ।  
 

अटो

दिपल इभी अब ४.९९ प्रतिशत निश्चित ब्याजदरमै खरिद गर्न सकिने

नयाँ वर्ष २०२५ को अवसर पारेर नेपालका लागि दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले बजारमै सबैभन्दा कम ४.९९ प्रति…

दीपेन्द्र सिंह ऐरी ओमोड एन्ड जेइकोको ब्रान्ड एम्बेस्डर नियुक्त

दीपेन्द्र सिंह ऐरी ओमोड एन्ड जेइकोको ब्रान्ड एम्बेस्डर नियुक्त भएका छन् । ओमोडा र जेइकोको लागि नेपालमा आधिकारिक वितरक एसपीजी अटो…

एमएडब्लु वृद्धि चांगानको प्रतिष्ठित ‘सांग्रिला न्यू इनर्जी नीति अवार्ड’ बाट सम्मानित

नेपालका लागि चांगान तथा दिपलका फ्यूचरिस्टिक इभीको आधिकारिक आयातकर्ता एमएडब्लु वृद्धि अटोकर्प प्रा. लि. चांगानको प्रतिष्ठित सांग्र…

लिपमोटर नेपालले छोटो समयमै बिक्री गर्‍यो १०० वटा सी १० ईभी कार

लिपमोटर नेपालले छोटो समयमै १०० लिपमोटर सी १० कारहरू सफलतापूर्वक बिक्री गरेको छ । यो नेपालको विद्युतीय सवारी साधन क्षेत्रमा क्…

भक्तपुरमा संचालनमा आयो सोकोनको ईभी शोरुम

नेपालमा सोकोन र फोटोन गाडीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि कमर्शियल प्रालिले भक्तपुरमा आफ्नो पहिलो शोरुमको भव्य उद्घाटन गरे…

ओमोडा इफाइभलाई युरो एनक्याप र एनक्यापमा डबल फाइभ-स्टार सेफ्टि रेटिङ

ओमोडा एन्ड जेइकोको पछिल्लो ब्याट्रि इभि ओमोडा फाइभले विश्वव्यापी सुरक्षा मापदण्डहरूमा उत्कृष्ट प्रदर्शन गर्दै युरो एनक्याप र एनक्याप द…

मुस्ताङको ८ हजार ९९९ फिट उचाइमा भिजी मोटर्सको फास्ट चार्जिङ स्टेशन

भिजी मोटर्सले ८ हजार ९९९ फिट उचाइमा कमर्सियल विद्युतीय सवारीसाधनको फास्ट चार्जिङ स्टेसन सुरु गरेको छ । भिजी मोटर्स प्रालि नेपाल…

बीवाईडी एम ६ को बुकिङ खुला, कति छ मूल्य ?

बीवाईडी अटो इन्डष्ट्री कम्पनीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपालमा बीवाईडी एम६ को बुकिङ खुला गरेको छ । नेपाल…

पोखरामा एक्सपेङ ईभी सार्वजनिक

नेपाली विद्युतीय सवारी साधनको वितरक सीजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेङ पोखरामा सार्वजनिक गरेको छ । यससँगै सीजी म…

वीरगन्जमा सार्वजनिक भयो नामी ईभी

नेपालमा डोंगफेंग ईभीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धिले मधेस प्रदेशको वीरगन्जमा नामी ईभी  सार्वजनिक गरेको छ ।

नामी ईभीको मूल्य २५ हजारदेखि १ लाखसम्म बढ्यो

नामी ईभीको मूल्य वृद्धि भएको छ । नामी ईभीको मूल्य २५ हजारदेखि १ लाख रूपैयाँसम्म मूल्य बढेको हो । 

एनपीएलको उत्कृष्ट नेपाली खेलाडीलाई ओमोडा ईभी दिइने

ओमोडा एन्ड जेइकु १५ मंसिरदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को सहप्रायोजक बनेको छ । एनपीएलको पहिलो संस्करणमा ओमोडा …

ललितपुरको बागडोलमा सीजी मोटर्सको नयाँ अत्याधुनिक सर्भिस सेन्टर

नेपाली विद्युतीय सवारी साधन वितरक सीजी मोटर्सले आफ्नो सेवा र सञ्चालनको दायरा विस्तार गर्दै ललितपुरको बागडोलमा अत्याधुनिक सेवा …

नयाँ भेरिएन्टको टिभिएस आईक्युब इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक, कति छ मूल्य ?

नेपालको लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो इलेक्ट्रिक स्कुटर टिभिएस आइक्युबको २.२ किलोवाट–आवर भेरि…

कस्तो छ प्रिमियम इलेक्ट्रिक गाडी जिकर एक्स ?

जीकर एक्स, प्रिमियम कम्प्याक्ट एसयुभी हो, जुन आधुनिक सहरी जीवनशैलीलाई सहज र सुविधाजनक बनाउने गरी डिजाइन गरिएको छ । सबै ड्राइभ…