डिजिटल पेमेन्ट
फोनपे र एनआईपीयलद्वारा नेपाल र भारतबीच क्रस बोर्डर क्युआर भुक्तानी सुरू गर्ने तयारी
नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक फोनपे र नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय शाखा एनआईपीयलद्वारा नेपाल र भारत बीच पहिलो क्रस बोर्डर क्युआर भुक्तानी सेवा सुरु गर्ने तयारी भएको छ ।
यो ऐतिहासिक साझेदारीको सुरुवात ग्लोबल फिन्टेक फेस्ट २०२३ मा भएको थियो, जहाँ हरेक वर्ष फिन्टेक दूरदर्शीहरू र नवप्रवर्तकहरूको विश्वव्यापी भेटघाट हुने गर्दछन् ।
फोनपे र एनआईपीयल बीचको यस सहकार्यले दुबै राष्ट्रका लाखौं नागरिकहरूलाई दुई नेटवर्कमा आबद्ध मोबाईल एप प्रयोग गरी विभिन्न स्टोरहरूमा क्युआर कोडमार्फत सुरक्षित र सहज रूपमा भुक्तानी गर्न मदत पुग्ने छ ।
उक्त सेवाको लागि दुबै कम्पनीले सञ्चालन तयारी पूरा गरिसकेका छन् र प्राविधिक एकीकरण अन्तिम प्रक्रियामा रहेको छ ।प्राविधिक एकीकरणको समाप्ति पश्चात यी दुई कम्पनीहरू,आफ्नो नेटवर्कमा आबद्ध सदस्यहरुलाई सेवा प्रदान गर्न सक्षम हुने छन् ।
यस अनुरुप लाखौँ उपभोक्ता र व्यापारीहरूले यस सेवाको लाभ लिन सक्नेछन् । दुई कम्पनी बीचको यस रणनैतिक साझेदारीले दुबै देशमा डिजिटल भुक्तानी परिवेशमा उल्लेख्य बढावा दिनेछ र अन्तर्राष्ट्रिय बजारमा फराकिलो पहुँचका लागि एउटा प्रमुख पाइलाको रुपमा साबित हुने जनाइएको छ ।
फोनपेका सभापति तथा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले दुबै देशका नागरिकहरूको हितका लागि प्रविधिको प्रयोग गरी नेपाल र भारतबीचको वित्तीय सम्पर्क अभिवृद्धि गर्ने दिशामा महत्वपूर्ण कदम भएको बताए ।
‘यस पहलले दुई देश बीचको व्यापार, पर्यटन र आर्थिक सम्बन्धको विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ र अन्तत: समृद्धि र विकासलाई बढावा दिनेछ,’ उनले भने ।
सोही अवसरमा बोल्दै एनपीसीआई इन्टरनेशनल पेमेन्ट्स लिमिटेडले फोनपे सँगको साझेदारीलाई वित्तीय समावेशीकरण र आर्थिक समृद्धिको उत्प्रेरक मानेको बताएको छ ।
डिजिटल पेमेन्ट
सिटिजन्स बैङ्कका कार्डबाहकहरूले ओरो प्लस डेन्टल क्लिनिकमा १० प्रतिशतसम्मको छुट पाउने
सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेड र पुल्चोक, ललितपुरस्थित ओरो प्लस डेन्टल क्लिनिकबीच …
इसेवा मनि ट्रान्स्फर र साउदी अरेबियाको इन्जाज पेमेन्ट सर्भिसेज कम्पनीबिच रेमिट्यान्स भुक्तानी सम्झौता
इसेवा मनि ट्रान्स्फर र साउदी अरेबियाको इन्जाज पेमेन्ट सर्भिसेज कम्पनीबिच रेमिट्यान्स भ…
हिमालयन बैंकका कार्डबाहकहरुलाई तायो इको रिसोर्टमा १५ प्रतिशतसम्म छुट
हिमालयन बैंक लिमिटेड र तायो इको रिर्सोट होटलबीच हिमालयन बैंकका ग्राहकहरुलाई रिस…
सिटिजन्स बैंकका ग्राहकले डिजिटल बैंकिङ्गको प्रयोग गरेर भिभान्त डेन्टल हस्पिटलमा छुट पाउन सक्ने
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौं कमलपोखरीस्थित भिभान्त डेन्टल हस्पिटलबीच…
सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई बुटवल स्थित चौराह हस्पिटलमा १० प्रतिशतसम्म छुट
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुटवलस्थित चौराह हस्पिटलबीच सिटिजन्स बैंकका ग्रा…
मुक्तिनाथ विकास बैंकका मोबाइल बैंकिङ्ग ग्राहकहरुले रामनगर समुदायिक हस्पिटलमा २० प्रतिशतसम्म छुट पाउने
मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई…
सिटिजन्स बैंकका मोबाइल बैंकिङ्ग ग्राहकलाई हटपिज रेस्ट्रो र रेगल हेटौडा रिसोर्टमा विशेष छुट
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौँस्थित हटपिज रेस्ट्रो तथा हेटौँडाको रेगल…
ग्लोबल आईएमई बैंकको स्मार्ट अडियो डिभाइसले क्यूआरमार्फत भुक्तानी गर्दा पुष्टि गर्ने
ग्लोबल आईएमई बैंकको स्मार्ट अडियो डिभाइसबाट भ्वाइस मेसेजद्वारा क्यूआर कोडमार्फत गरिन…
‘आइएमई पे’मा कनेक्ट आइपीएसमार्फत बैंक लिङ्क गरी कारोबार गर्न सकिने
‘आइएमई पे’ ले आफ्नो एपमा कनेक्ट आइपीएस मार्फत बैंक खाता लिङ्क गरी भुक्तानी गर्ने सु…
‘आईएमई पे’ बाट टिभी तथा इन्टरनेटको बिल भुक्तानी गर्दा क्यासब्याक अफर
‘आईएमई पे’ ले टिभी इन्टरनेटमा ‘प्रोमोकोडको वर्षा’ अफर सार्वजनिक गरेको छ । यो अफर …
अन्तरदेशीय भुक्तानीका लागि फोनपे र श्रीलंकाको लंका पेबीच सम्झौता
नेपालको सबैभन्दा ठूलो भुक्तानी नेटवर्क फोनपे र श्रीलंकाको राष्ट्रिय भुक्तानी नेटवर्क …
नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी सम्बन्धि सम्झौता
नेपाल र भारतबीच क्रम बोर्डर पेमेन्ट साझेदारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘…
अब क्युआर कोड स्क्यान गरेरै सरकारी दस्तुर र सेवा शुल्क तिर्न सकिने
अब क्युआर कोड स्क्यान गरेरै सरकारी दस्तुर र सेवा शुल्क तिर्न सकिने भएको छ ।
सिटिजन्स बैंकका कार्डबाहकहरूलाई रन्जना सिनेप्लेक्स प्रा.लि. मा विशेष छुट
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र न्युरोड, काठमाडौं स्थित रन्जना सिनेप्लेक्स प्रा.लि…
आइएमई पेमार्फत एयरलाइन्सको टिकट काट्दा क्यासब्याक पाइने
“आइएमई पे” मार्फत विभिन्न एयरलाइन्सको टिकट काट्दा सेवाग्राहीहरुले अब रु १२५+ क्यास…