कीवर्डहरू -

डिजिटल पेमेन्ट

इसेवाले सुरू गर्‍यो इसेवा लाइफ केयर, ७ सयमा ५ लाख ३० हजारसम्मको आर्थिक सुरक्षा सुविधा

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले इसेवा केयरको सफलतासँगै इसेवा लाइफ केयर योजना सार्वजनिक गरेको छ । यसअघि दुर्घटना तथा बिरामी पर्दाको अवस्थालाई मध्यनजर गर्दै सार्वजनिक गरिएको इसेवा केयरलाई ग्राहकले अत्याधिक मन पराएपछि अहिले जीवनकै बीमा हुने गरि इसेवा लाइफ केयर योजना सार्वजनिक गरिएको हो ।

इसेवा लाइफ केयर एक टर्म लाइफ जीवन बीमा प्याकेज हो, जसले ५ लाख ३० हजार सम्मको जीवन बीमाको ग्यारेन्टी गर्दछ । यो जीवन बीमा योजना सन लाइफ इन्स्योरेन्स् र हिमालयन एभरेष्ट इन्स्योरेन्स्सँगको सहकार्यमा सञ्चालन गरिएको हो । यस योजनामा इसेवा केयरमा जस्तै विभिन्न स्वास्थ्य सम्बन्धी सेवाहरूमा अफर तथा छुटहरू समेत समावेश गरिएको छ । यस योजनामा वार्षिक रू ७ सयमा देखि सुरुवाती मूल्यमा ५ लाख ३० हजार रूपैयाँको लाइफ केयर प्रदान गर्दछ ।

यस योजनाले सस्तो मूल्यमा १८ देखि ४५ बर्ष उमेर सम्मको बिमाका साथै अन्य स्वास्थ्य सुविधाहरू प्रदान गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ । यस योजनामा उमेर अनुसार प्रीमियम रकम पनि फरक हुनेछ । यसअघि दुर्घटना तथा बिरामी पर्दाको अवस्थालाई मध्यनजर गर्दै सार्वजनिक गरिएको इसेवा केयरलाई ग्राहकले अत्याधिक मन पराएपछि यसमा जिबन बीमा पनि समाबेश गरि इसेवा लाइफ केयर योजना सार्वजनिक गरिएको हो ।

इसेवा लाइफ केयर योजनामा टर्म लाइफ कभरेज २ लाख ५० हजार, दुर्घटना उपचार खर्च एक लाख, अस्पतालको बेड चार्जमा १० हजार, दुर्घटनाबाट भएको मृत्युमा एक लाख २० हजार, गम्भिर रोगको ५० हजार र ३० भन्दा बढि स्वास्थ्य र सौन्दर्य सम्बन्धित सेवामा ३५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिन्छ । इसेवा प्रयोगकर्ताले यो सेवा लिन सुरुमा इसेवाको मोबाइल एप्स् अथवा वेबपेजमा जानुपर्नेछ । 

इसेवा लाइफ केयर खरिद कसरी गर्ने?

  • इसेवा केयर अप्सनमा क्लिक गर्नुपर्नेछ । 
  • त्यसपछि त्यहाँ इसेवा केयर र इसेवा लाइफ केयरको अप्सन देखिनेछ ।
  •  ​​​इसेवा लाइफ केयरमा क्लिक गरि मागिएका विवरण भरेर भुक्तानी गरेपछि यो सेवा लिन सकिनेछ । 
  • यस योजना खरिद गर्नका लागि प्रयोगकर्ता इसेवामा केवाइसी प्रमाणित हुनुपर्नेछ भने खरिद गरेको २४ घन्टामा यो योजना लागू हुनेछ । 
  • प्रयोगकर्ताले बीमा सेवाको उपभोग गर्न बीमा गरेको प्रमाण साथमा राख्नुको साथै दाबीका लागि आवश्यक कागजात बोक्नुपर्नेछ । इसेवा प्रयोगकर्ताले दुर्घटना, अस्पताल भर्ना, मृत्यु दाबीका लागि हिमालयन एभरेष्ट इन्स्योरेन्स्मा सम्पर्क गरि आवश्यक कागजात पेश गरि भुक्तानीका लागि दाबी गर्नुपर्नेछ । 

हाल देशभर इसेवाको मोबाइल एप्स् डाउनलोड गर्नेको संख्या १ करोड २ लाख भन्दा बढि पुगेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ९० लाख जनसङ्ख्याले इसेवा मार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब २ लाख २० हजारको संख्यामा एजेन्ट नेटवर्क रहेको छ ।

इसेवाले केन्द्रिय कार्यालय सहित सातै प्रदेशबाट सेवा दिइरहेको छ । इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब ४ लाख मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।

डिजिटल पेमेन्ट

सहकारी र लघुवित्तको मोबाइल बैंकिङबाट टपअप गर्दा स्मार्ट टिभीदेखि इयरबड्ससम्म जित्ने अवसर

इन्फोडेभलपर्सले आफ्नो मोबाइल बैंकिङ्ग एपको नयाँ  योजना अन्तर्गत ‘अब टपअपमा उपहार’ सुरू गरेको छ । यस  यो…

एनसीएचएल सिस्टमबाट एकै दिन ८४ अर्ब भन्दा बढीको कारोबार

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो विभिन्न प्रणालीहरू मार्फत पौष मसान्तको अन्तिम दिन रु.८४ अर्ब भन्दा बढीको भुक्तानी…

वैदेशिक रोजगारमा जानेलाई आईएमई पेबाटै बिना धितो डेढलाखसम्म कर्जा सुविधा

वैदेशिक रोजगारीमा जानेले अब डिजिटल वालेट आईएमई पेबाटै डिजिटल कर्जा लिन सक्ने भएका छन् । ग्लोबल आईएमई बैंकसँगको सहकार्यमा आईए…

बढ्यो डिजिटल वालेटबाट हुने कारोबार

डिजिटल वालेटबाट हुने कारोबारमा वृद्धि भएको छ । २०८० मंसिर महिनामा वालेटबाट २३ अर्ब १८ करोड १० लाख कारोबार भएको छ ।  …

इसेवामा प्राविधिक समस्या आउँदा सम्पूर्ण सेवा अवरूद्ध

डिजिटल वालेट कम्पनी इसेवाका सेवाहरू अवरूद्ध भएका छन् । प्राविधिक समस्या आउँदा इसेवाका सेवाहरू अवरूद्ध भएको इसेवाले जानकारी दि…

हिमालयन जाभामा हाम्रो पेबाट भुक्तानी गर्दा २०० रुपैयाँसम्म क्यासब्याक पाइने

हाम्रो पात्रोले हिमालयन जाभासँगको सहकार्यमा क्याशब्याक अफर सार्वजनिक गरेको छ । कम्पनीले हिमालयन जाभाका विभिन्न दश ओटा शाखामा हा…

पूर्ण अटोमेशनमा पृथ्वी यातायात, यात्रुले अब अनलाइनबाट टिकट काट्न सक्ने

गण्डकी प्रदेश मात्र नभएर देशकै अग्रणी यातायात संस्था मानिएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालि पूर्ण अटोमेशनमा गएको छ । पछि…

फोनपेको ‘फोनपे गर्ने हो’ अभियान, डिजिटल भुक्तानी गर्दा स्मार्टफोन जित्ने मौका

नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालकले फोनपेले ‘फोनपे गर्ने हो’ नामक नयाँ अभियानको घोषणा गरेको छ । 

नेपालको सबैभन्दा धेरै डिजिटल कारोबार गर्ने  भुक्तानी  सेवा  प्रदायकको रुपमा खल्ती सम्मानित

एनसीएचएल (नेपाल क्लिअरिङ्ग हाउस लिमिटेड) को १५ औं वार्षिकोत्सवको अवसरमा नेपालको अग्रणी डिजिटल वालेट खल्तीलाई सबै भन्दा धेरै डि…

इसेवाले ल्यायो १ लाखको छात्रवृत्ति योजना, कसरी हुने सहभागी ?

भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले ‘शिक्षामा छात्रवृत्तिः एक लाख पुरस्कार’ ल्याएको छ। यस अभियानका माध्यमबाट एक भाग्…

खल्तीले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा फिनटेक कोर्ष पढाउने

खल्तीले पुल्चोक इन्जिनियरिङ क्याम्पससँगको सहकार्यमा स्नातक तहका विद्यार्थीहरूलाई ‘अप्लाइड फिनटेक इन्जिनियरिङ् कोर्स ’ अध्…

नगदरहित कारोबारलाई प्रोत्साहन गर्न नियामक निकाय र सार्वजनिक संस्थानलाई अख्तियारको सुझाव

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नगदरहित कारोबारलाई प्रोत्साहन गर्न सुझाव दिएको छ । 

डिजिटल वालेट आइएमई पे ‘भिजा पार्टनरसिप’ अवार्डबाट सम्मानित

डिजिटल वालेट आइएमई पे ‘भिजा पार्टनरसिप’ अवार्डबाट सम्मानित भएको छ । काठमाण्डौंमा म‌ंगलबार आयोजित भिजा लिडर…

इसेवा र नागरिक स्टक डिलरबीच सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानीको लागि सहकार्य

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा देखि नागरिक स्टक डिलर मार्फत हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी गर्न …

खल्तीबाट अब ब्रोकर पेमेन्ट र कोलेटरल लोड पनि गर्न सकिने

खल्तीले नेप्से सँगको सहकार्यमा टिएमएस अकाउन्टमा कोलेटरल लोडका साथै ब्रोकरको भुक्तानी गर्न मिल्ने  सुविधा उपलब्ध गराएको छ । …