कीवर्डहरू -

डिजिटल पेमेन्ट

फोनपे नेटवर्कमा एक महिनामा ५१ अर्ब बढीको कारोबार

भुक्तानी प्रणाली सञ्चालक फोन पे सर्भिस लिमिटेडको नेटवर्क मार्फत पौष मसान्त महिनामा मात्र ५१ अर्ब बढिको कारोबार भएको छ । पछिल्लो समय विद्युतीय कारोबार तिब्र रूपमा बढिरहँदा फोन पे नेटवर्कले नयाँ रेकर्ड राख्न सफल भएको हो ।

पुस महिनाभर फोनपे नेटवर्कबाट कुल ४४ लाख कारोबार संख्याबाट ५१ अर्ब रूपैयाँ बढिको कारोबार भएको हो । फोनपेको नेटवर्क प्रयोग गरी प्रयोगकर्ताहरुले क्यूआर कोड भुक्तानी, अन्तर बैंक पैसा ट्रान्स्फर, विभिन्न किसिमका अनलाइन मर्चेन्ट भुक्तानी लगायतका कार्यबाट यो रकम कारोबार भएको हो ।

आधा खर्ब भन्दा माथिको आँकडा पुरा गरेपछि सोमबार फोन पेले डिजिटल नेपाल निर्माणको साझा उद्देश्य पुरा गर्न सहयोगी भूमिका खेल्ने फोनपेका सदस्य बैंक, वित्तीय संस्था र डिजिटल वालेटलाई धन्यवाद दिएको छ ।

फोनपे मार्फत कुनै पनि बैंकमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर उल्लेख गरेर रु १० मै सहज रुपमा रकम पठाउन सकिन्छ । साथै मर्चेन्टले निशुल्क क्यूआर प्राप्त गर्न सक्छन् भने ग्राहकले भुक्तानी गर्दा पनि कुनै शुल्क लाग्दैन ।

फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्थाका मोबाईल एप्समा रहेको सेण्ड मनि अप्सनमा गइ फोनपे डाइरेक्ट क्लिक गरि सहजै रकम पठाउन सकिन्छ ।

फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो ।

फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आबछ छन् भने अन्तराष्ट्रिय भुक्तानी पार्टनरमा चाइना युनियन पे र अलि पे आवद्ध छन् । यस्तै फोनपेमा हालसम्म  ५ लाख ७० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् ।  । फोनपेमा इसेवा, आइएमइ पे र सेलपे जस्ता  भुक्तानी सेवा प्रदायक आबद्ध छन् ।

एक करोड ४० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा ६० लाख बढि भुक्तानी सेवा प्रदायकका मोबाइल एप्स मार्फत  यसले सेवा प्रदान गर्दै आएको छ ।

डिजिटल पेमेन्ट

अब इसेवाबाटै प्रेस पासको राजस्व तिर्न सकिने, यस्तो छ तरिका 

अब इसेवाबाटै प्रेस पासको अनलाइन भुक्तानी गर्न सकिने भएको छ । सूचना तथा प्रसारण वि…

इसेवामा ‘सेक्युर्ड ट्रान्सफर’ फिचर, नचिनेको मान्छेलाई पनि सुरक्षित रूपमा पैसा पठाउन सकिने  

डिजिटल वालेट इसेवामा ‘सेक्युर्ड ट्रान्सफर’ उपलब्ध भएको छ । नेपालमै पहिलो पटक इसेवा…

डिजिटल वालेट पे वेलबाट अब एक महिनासम्म निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने

डिजिटल वालेट पे वेलबाट निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने भएको छ सन् २०२१ को पहिलो…

डिजिटल बैकिङबाट हिमालय दृश्य होटेलमा भुक्तानी गर्दा एमएमबी बैंकका ग्राहकलाई २० प्रतिशत छुट

एनएमबि बैँकका ग्राहक तथा कर्मचारीहरुलाई धुलिखेलस्थित होटल हिमालय दृश्यमा विशेष छु…

आइएमई पे मोबाइल वालेटमार्फत चन्द्रागिरी टिकट बुकिङ्गमा फ्ल्याट ३० प्रतिशत क्यास ब्याक अफर

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्दित ‘आइएमई पे’ ल…

नबिल बैंकको मोबाइल बैंकिङबाट अब खल्ती डिजिटल वालेटमा पैसा राख्न सकिने

नबिल बैंकका ग्राहकहरुले बैंकबाट ‘खल्ती डिजिटल वालेट’मा पैसा राख्न सकिने भएको छ ।…

माई पेको मोबाइल एप डाउनलोड गर्दा १ लाखसम्म जित्ने मौका 

डिजिटल वालेट माई पेको मोबाइल एप डाउनलोड गरेर एक लाखसम्म जित्न सकिने भएको छ । मा…

डिजिटल वालेट खल्तीमा वर्ल्डलिंकको लगानी, दुर्गममा वित्तीय पहुँच पुर्‍याउने लक्ष्य

नेपालको सबैभन्दा ठूलो ईन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले खल्ती डिजिटल व…

नेशनल पेमेन्ट स्वीचमा आवद्ध हुने पहिलो डिजिटल वालेट भयो ‘मोको’

मोको वालेट नेपाल क्लियरिङ हाउसको नेशनल पेमेन्ट स्वीचमा आवद्ध भएको छ । मोको स्वीचमा…

मोबाइल वालेट माई पेबाट पहिलो कारोबार गर्दा २५ प्रतिशत क्यासब्याक

मोबाइल वालेट माई पेबाट पहिलो कारोबार गर्दा २५ प्रतिशत क्यासब्याक पाइने भएको छ । …

खल्तीमा आईफोन १३ अफरः दैनिक एक जनालाई १ लाख खल्ती पोइन्ट, अन्त्यमा १ जनालाई आईफोन १३

नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले फेरि आइफोन जित्ने मौका ‘खल्तीमा आइफ…

खल्तीबाट डिशहोमको रिचार्ज गर्दा क्यासब्याकका साथै स्मार्टवाच जित्ने अवसर

खल्तीबाट डिशहोमको रिचार्ज गर्दा २ प्रतिशत क्यासब्याक पाइने भएको छ । खल्तीबाट डिशहोमक…

स्टार्टअप सक्सेस अवार्डबाट खल्ती सम्मानित

न्यु बिजिनेस एजद्वारा आयोजित न्यु बिज स्टार्ट अप समिट एण्ड अवार्ड २०२१” मा खल्ती (स्प्य…

आईएमई पे मार्फत भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक पाउन सकिने

शुक्रबारदेखि आईएमई पे क्यासब्याक अफर सार्वजनिक भएको छ । आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा…

एनआईबीएल सहभागिता फण्डको खरिद भुक्तानी अब ईसेवाबाटै गर्न सकिने

नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमि…