कीवर्डहरू -

डिजिटल पेमेन्ट

बागमती प्रदेशको सबै खाले सवारी कर, दर्ता र नवीकरण शुल्क इसेवाबाट तिर्न गर्न सकिने

बागमती प्रदेशमा दर्ता भएका सबै खाले सवारी साधनको कर तथा राजस्व, सवारी दर्ता तथा नविकरणको शुल्क इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ ।

वागमती प्रदेश सरकार र इसेवाको सहकार्यमा सवारी साधनको कर, दर्ता र नविकरण अनलाइनबाटै  गर्न सकिने सेवाको सुरूवात भएको हो ।

यो सँगै अब सवारी साधनको कर तिर्न, सवारी दर्ता तथा नविकरण तथा इन्स्योरेन्स्को भुक्तानी गर्न यातायात कार्यालयमा गइ लामो लाइन लाग्नुपर्ने झञ्झटबाट मुक्ति मिलेको छ ।

दई पांग्रे, चार पांग्रे, ठ्ला तथा हेवी सावारी, निजी तथा सार्बजनिक कुनै पनि किसिमका सवारी साधनको कर, दर्ता र नविकरण इसेवाबाटै  गर्न सकिनेछ ।

इसेवा एकाउन्ट भएका प्रयोगकर्ताले आफ्नो मोबाईलबाटै  कर भुक्तानी, दर्ता र नविकरण  गर्न सकिन्छ भने इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकको इसेवा जोन तथा पोइन्टबाट सेवा लिन सकिन्छ ।

सवारी करको सेवा सुरूवातबारे इसेवाका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछानेले भने ‘इसेवाले जहिले पनि आम मानिसको दैनिक जीवनलाई सहज बनाउने उदेश्य राखेको हुन्छ । सवारी कर अनलाइनबाट भुक्तानी गर्दा धेरै सहज हुनेछ भन्ने हाम्रो विश्वास छ । हामीले अन्य प्रदेशमा पनि यो सेवा विस्तार गर्दै जानेछौँ ।’

मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ४५ लाख रहेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् ।

हाल इसेवाका देशभर करिब एक लाख ३० हजार  एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या तीन लाख नाघिसकेका छन् ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकमजम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

डिजिटल पेमेन्ट

फोनपेमा मर्चेन्टको संख्या ५ लाख पुग्यो, दैनिक कारोबार ३० करोड माथि

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लि.मा मर्चेन्टको संख्या ५…

मोबाइल बैंकिङबाट अब प्रतिदिन २ लाख रूपैयाँ सम्म कारोबार गर्न सकिने, वालेटबाट कति ? 

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङबाट प्रतिदिन हुने भुक्तानीको सीमा बढाएको छ । रा…

‘नमस्ते पे’ आज सार्वजनिक हुँदै, इन्टरनेट नभए पनि रकम पठाउन सकिने

बहुप्रतिक्षित मोबाइल वालेट ‘नमस्ते पे’ मंगलबारदेखि सुरु हुने भएको छ । नेपाल टेलि…

एभरेष्ट रेमिटबाट पठाएको पैसा अब खल्ती बाट सजिलै प्राप्त गर्न सकिने

खल्ती वालेटले विदेश बाट एभरेष्ट रेमिट मार्फत पठाएको पैसा खल्ती बाट …

भोलिदेखि ‘नमस्ते पे’ सुरु, टेलिकम र वाणिज्य बैंकका ग्राहक तान्ने योजना

बहुप्रतिक्षित मोबाइल वालेट ‘नमस्ते पे’ भोलि मंगलबारदेखि सुरु हुने भएको छ । नेपाल टेलिकमले विशेष कार्यक्रमसहित यसक…

अब खल्तीबाट आफ्नो बैंक खातामा नि:शुल्क रकम पठाउन सकिने

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी, खल्ती डिजिट…

अब ५ लाख सम्मको बिजुली बिल खल्तीबाट सजिलै तिर्न सकिने 

अब खल्तीबाट ५ लाख रूपैयाँसम्मको विद्युत महशुल तिर्न सकिने भएको छ । यसका लागि खल्ती…

१२ वालेट तथा बैंकबाट अब विद्युत महशुल तिर्न सकिने, ५०० बढीको महशुलमा ५ रूपैयाँ सेवा शुल्क

अनलाइनबाट विद्युतको महशुल तिर्दा अब सेवा शुल्क लाग्ने भएको छ । नेपाल विद्युत प्राधि…

देशभरका सबै पालिकामा शुरु भयो विद्युतीय भुक्तानी प्रणाली

देशभरका ७५३ वटै पालिकामा विद्युतीय माध्यमबाट वास्तविक समयमा नै भुक्तानी तथा लेखाङ्…

खल्तीबाट रु. १ मा हवाई टिकट खरिद गर्न सकिने

खल्ती डिजिटल वालेटले खल्तीमा उपलब्ध जुनसुकै एयरलाइन्सको टिकट बुक गर्दा मात्र रु. १ …

जेएलपीटी आवेदन फारम शुल्क खल्तीबाटै तिर्न सकिने 

खल्तीले जाल्टानसँगको सहकार्यमा जापानी भाषा प्रवीणता परीक्षणको आवेदन फारम शुल्क खल्ती…

इसेवाबाट नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्दाआइफोन १२ जित्ने अवसर

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्…

नेपाल टेलिकमको ४२ प्रतिशत रिचार्ज डिजिटलबाट

मुलुकमा कोरोना संक्रमणले डिजिटल भुक्तानी वृद्धि भइरहेको बेला मोबाइल टपअपमा पनि यसको प्रभाव परेको छ।

‘नमस्ते पे’बाट इन्टरनेट नभए पनि रकम पठाउन सकिने, मंगलबारदेखि परीक्षण

बहुप्रतिक्षित मोबाइल वालेट ‘नमस्ते पे’ यही महिनाको अन्तबाट व्यवसायिक रुपमा सञ्चालनमा ल्याउने तयारी स्वरुप मंगलबारदेख…

नेपाल विद्युत प्राधिकरणकाे विभिन्न पदको आवेदन फारम शुल्क खल्तीबाट तिर्न सकिने

खल्ती डिजिटल वालेटले नेपाल विद्युत प्राधिकरणले विभिन्न पदका लागि माग गरेकाे आवेदन…