डिजिटल पेमेन्ट
‘कर्पोरेट पे’ द्वारा ७ महिनामै ५५ अर्ब कारोबार फर्स्योट
नेपाल क्लियरिङ हाउस लिमिटेडको ‘कर्पोरेट पे’ प्रणालीले चालू आर्थिक वर्षको सात महिनामै ५५ अर्ब रुपैयाँ बराबर कारोबार फर्छ्यौट गरेको छ । बैंक/वित्तीय संस्थाहरूका साना तथा मझौला व्यवसायिक तथा संस्थागत ग्राहकहरूलाई सहज रूपमा डिजिटल भुक्तानी गर्न सक्ने गरी ‘कर्पोरेट पे’ प्रणाली प्रयोग हुँदै आएको छ ।
उक्त प्रणाालीमा हाल ४८ बैंक तथा वित्तीय संस्थाहरूमार्फत २ हजार ६०० भन्दा बढी व्यावसायिक ग्राहकहरू आबद्ध भइसकेका छन् । प्रणालीमार्फत फण्ड ट्रान्सफर, तलब भुक्तानी, भेण्डर पेमेन्ट र नेपाल सरकारको राजस्वलगायत विभिन्न भुक्तानी गर्न सकिने क्लियरिङ हाउसले जानकारी दिएको छ ।
पछिल्लो समय यस प्रणालीमा नेपाल आयल निगम, भन्सार विभागको प्रज्ञापनपत्र तथा अन्य विभिन्न सेवा सम्बन्धी भुक्तानी थप गरिएको छ । व्यावसायिक ग्राहकहरूलाई भुक्तानी कारोबार सुरक्षित रूपमा गर्नका लागि आवश्यक मल्टी अथोराइजेशन तथा मल्टिपल सिग्नेचरिजसमेत व्यवस्था भएको छ ।
क्लियरिङ हाउसका अनुसार यो प्रणालीमा रियल टाइममा प्रतिकारोबार २० लाख रुपैयाँसम्म र नन–रियल टाइममा प्रतिकारोबार २० करोड रुपैयाँसम्म तथा नेपाल सरकारको भुक्तानी प्रतिकारोबार ३० करोड रुपैयाँसम्म गर्न सकिन्छ ।
साथै, यस प्रणालीमा एउटै प्ल्याट्फर्ममा एकभन्दा बढी बैंक खाताहरू लिङ्क गरी कारोबारहरू गर्न सक्ने व्यवस्थासमेत छ । एनसीएचएलद्वारा संचालन गरिएको उक्त प्रणालीमा आबद्ध हुन ग्राहकले आफ्नो बैंक/वित्तीय संस्थासँग सम्पर्क गर्नुपर्छ ।
डिजिटल पेमेन्ट
खल्तीले ल्यायो आईफोन १३ र १ रूपैयाँमै फ्लाइट टिकट जित्ने मौका
डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीले ‘उडान अब मात्र रू. १’ अफर फेरी ल्याएको …
मोबाइल बैंकिङ, वालेट र क्यूआर कोडमा अन्तरआवद्धता लागु गर्न निर्देशन
मोबाइल बैङ्किङ, डिजिटल वालेट, क्यूआर कोडलगायतका सेवामा अन्तरआबद्धता अनिवार्य हुने …
अब काठमाडौं उपत्यका खानेपानीको बिल अनलाइनबाटै तिर्न सकिने छ, यस्ता छन् माध्यम
अब काठमाडौं उपत्यका खानेपानी लिमिटेडको बिल अनलाइनबाटै तिर्न सकिने भएको छ । अनला…
भारतले आफ्नै क्रिप्टोकरेन्सी बनाउने, डिजिटल एसेटबाट हुने आम्दानीमा ३० प्रतिशत कर
भारतले आफ्नै क्रिप्टोकरेन्सी सार्वजनिक गर्ने भएको छ । आर्थिक वर्ष सन् २०२२/२३ देखि भार…
फोनपेमा आवद्ध भयो खल्ती, अब फोनपेको क्युआर कोड स्क्यान गरेर भुक्तानी गर्न सकिने
फोनपेमा खल्ती डिजिटल वालेट आवद्ध भएको छ । योसँगै अब खल्तीबाट फोनपेको क्युआर कोड स्…
खल्तीले मनायो पाँचौं वार्षिकोत्सव, सीईओ भन्छन्ः खल्तीलाई अझै सरल र उपयोगी बनाउँछौं
सन् २०१७ मा आफ्नो यात्रा सुरुवात गरेको नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले…
‘खल्ती’बाट ज्योती लाइफको भुक्तानी गर्दा एक हजार क्यासब्याक
अनलाइन भुक्तानी सेवा खल्तीले ज्योती लाइफ इन्स्योरेन्सबाट भुक्तानी गर्दा प्रयोगकर्ताहरुल…
इसेवाका यी १३ सेवा, जसले बनाउने छ तपाईको दैनिकी सहज
नेपालको पहिलो पेमेन्ट गेटवे ईसेवाले आज १३ वर्ष पुरा गरेको छ । क्यासलेस अर्थतन्त्रको…
१३ औं वार्षिकोत्सवको अवसरमा इसेवाको अफर, १३ प्रतिशत क्यासब्याक देखि १३० रूपैयाँ बोनससम्म
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी ई-सेवाले आफ्नो १३ वार्षिकोत्सवको अवसरमा …
नेपालमा कतिले प्रयोग गर्छन् मोबाइल बैंकिङ ?
नेपालमा १ करोड ५९ लाख ४१ हजार ५३५ मोबाइल बैंकिङ प्रयोगकर्ता रहेका छन् । नेपाल रा…
वालेट प्रयोगकर्ता १ करोड ४ लाख १९ हजार ६७८, एक महिनामै थपिए करिब २ लाख
नेपालमा मोबाइल वालेट प्रयोगकर्ता १ करोड ४ लाख १९ हजार ६७८ पुगेका छन् । नेपाल राष्…
फोनपे नेटवर्कमा एक महिनामा ५१ अर्ब बढीको कारोबार
भुक्तानी प्रणाली सञ्चालक फोन पे सर्भिस लिमिटेडको नेटवर्क मार्फत पौष मसान्त महिनामा म…
नेपाल बैंकको डिजिटल बैंकिङ्ग साक्षरता अभियान सम्पन्न
नेपाल बैंक लिमिटेडले बुधबार सुदूरपश्चिम प्रदेश अन्र्तगत कञ्चनपुर जिल्लाको भिमदत्त नग…
नमस्ते पेमा अब कामना सेवा विकास बैंकबाट पैसा लोड गर्न सकिने
डिजिटल वालेट नमस्ते पेमा अब कामना सेवा विकास बैंकबाट पैसा राख्न सकिने भएको छ । …