कीवर्डहरू -

डिजिटल पेमेन्ट

इसेवामा थपियो ‘सेक्युर्ड ट्रान्सफर’ सुविधा, नचिनेको मानिसलाई पनि सामान डेलिभरी गर्न सकिने

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले नेपालमै पहिलो पटक ‘सेक्युर्ड ट्रान्सफर’ सेवा  उपलब्ध गराएको छ । यो फिचरबाट नचिनेको मानिसलाई समेत सुरक्षित रूपमा रकम तथा सामान उपलब्ध गराउन सकिन्छ ।

नयाँ फिचरबारे इसेवाका चिफ म्यानेजर आशिष गौतमले बताए ‘अहिले मैले तपाईलाई सामान दिन्छु भन्ने इसेवामा पैसा हाल्न लगाउने तर सामान नदिने काम भइरहेको छ,’ ‘त्यस्तो कामलाई कम गर्न सक्युर्ड ट्रान्सफर फिचर आएको हो, जहाँ सामान डेलिभर भएपछि मात्र रकम रिलिज हुनेछ ।’

यो फिचरबाट इसेवा प्रयोगकर्ताले अर्को इसेवा वालेटमा सुरक्षित रूपमा पैसा पठाउन सक्ने छन् । यो फिचर १ हजारभन्दा माथिको रकम पठाउँदा प्रयोग गर्न सकिने छ ।

यो सेवामा सामान डेलिभर भइसकेपछि पैसा पाउने व्यक्तिले रिक्वेस्ट बटनमा क्लिक गर्नुपर्नेछ, त्यो सूचना पैसा पठाउने व्यक्तिलाई जानेछ । सामान वा सेवा पाएपछि मात्रै पैसा पठाउने व्यक्तिले उक्त रकम रिलिज गर्नुपर्नेछ ।

साथै यदी सामान पठाएको र नपाएको विवाद भएमा प्रमाणसहित कम्प्लेन गर्न सकिने छ । यसले फ्रड कारोबार पनि कम गर्ने इसेवाको विश्वास छ । यो फिचर सःशुल्क उपलब्ध रहेको छ ।

१ हजारभन्दा माथिको कारोबारमा सेक्युर्ड ट्रान्सपर फिचर प्रयोग गर्न सकिने छ । १ हजारदेखि ५ हजारसम्मको कारोबार गर्दा ५ रूपैयाँ शुल्क लाग्ने छ भने ५ हजारदेखि माथिको पैसा पठाउँदा १० रूपैयाँ शुल्क लाग्ने छ  तर यदी सामान नपाएको र पठाएको विवाद भएमा त्यस्तो अवस्थामा सय रूपैयाँ शुल्क लाग्नेछ ।

यो अटो वा म्यानुअल रूपमा प्रयोग गर्न सकिने छ । यदी तपाईले नचिनेको व्यक्तिलाई पैसा पठाउँदै हुनुहुन्छ भने सेक्युर्ड ट्रान्सफर फिचर प्रयोग गर्न इसेवाले आग्रह गर्नेछ ।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४५ लाख नाघेको छ ।

यसैगरी अप्रत्यक्ष रूपमा करिब १ करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख २५ हजार भन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् ।


डिजिटल पेमेन्ट

डिजिटल बैकिङबाट हिमालय दृश्य होटेलमा भुक्तानी गर्दा एमएमबी बैंकका ग्राहकलाई २० प्रतिशत छुट

एनएमबि बैँकका ग्राहक तथा कर्मचारीहरुलाई धुलिखेलस्थित होटल हिमालय दृश्यमा विशेष छु…

आइएमई पे मोबाइल वालेटमार्फत चन्द्रागिरी टिकट बुकिङ्गमा फ्ल्याट ३० प्रतिशत क्यास ब्याक अफर

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्दित ‘आइएमई पे’ ल…

नबिल बैंकको मोबाइल बैंकिङबाट अब खल्ती डिजिटल वालेटमा पैसा राख्न सकिने

नबिल बैंकका ग्राहकहरुले बैंकबाट ‘खल्ती डिजिटल वालेट’मा पैसा राख्न सकिने भएको छ ।…

माई पेको मोबाइल एप डाउनलोड गर्दा १ लाखसम्म जित्ने मौका 

डिजिटल वालेट माई पेको मोबाइल एप डाउनलोड गरेर एक लाखसम्म जित्न सकिने भएको छ । मा…

डिजिटल वालेट खल्तीमा वर्ल्डलिंकको लगानी, दुर्गममा वित्तीय पहुँच पुर्‍याउने लक्ष्य

नेपालको सबैभन्दा ठूलो ईन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले खल्ती डिजिटल व…

नेशनल पेमेन्ट स्वीचमा आवद्ध हुने पहिलो डिजिटल वालेट भयो ‘मोको’

मोको वालेट नेपाल क्लियरिङ हाउसको नेशनल पेमेन्ट स्वीचमा आवद्ध भएको छ । मोको स्वीचमा…

मोबाइल वालेट माई पेबाट पहिलो कारोबार गर्दा २५ प्रतिशत क्यासब्याक

मोबाइल वालेट माई पेबाट पहिलो कारोबार गर्दा २५ प्रतिशत क्यासब्याक पाइने भएको छ । …

खल्तीमा आईफोन १३ अफरः दैनिक एक जनालाई १ लाख खल्ती पोइन्ट, अन्त्यमा १ जनालाई आईफोन १३

नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले फेरि आइफोन जित्ने मौका ‘खल्तीमा आइफ…

खल्तीबाट डिशहोमको रिचार्ज गर्दा क्यासब्याकका साथै स्मार्टवाच जित्ने अवसर

खल्तीबाट डिशहोमको रिचार्ज गर्दा २ प्रतिशत क्यासब्याक पाइने भएको छ । खल्तीबाट डिशहोमक…

स्टार्टअप सक्सेस अवार्डबाट खल्ती सम्मानित

न्यु बिजिनेस एजद्वारा आयोजित न्यु बिज स्टार्ट अप समिट एण्ड अवार्ड २०२१” मा खल्ती (स्प्य…

आईएमई पे मार्फत भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक पाउन सकिने

शुक्रबारदेखि आईएमई पे क्यासब्याक अफर सार्वजनिक भएको छ । आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा…

एनआईबीएल सहभागिता फण्डको खरिद भुक्तानी अब ईसेवाबाटै गर्न सकिने

नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमि…

सेन्चुरी बैंकको खाता खल्तीमा लिंक गर्दा स्मार्टफोन जित्ने मौका

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीको खाता सेन्चुरी बैंक खातासँग लिंक गर्दा स…

समयमै सेवा सञ्चालन गर्न नसकेपछि जीएमई पेको लाइसेन्स खारेज, के अब नयाँले अनुमति पाउला ? 

नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक कम्पनी जीएमई पेको लाइसेन्स खारेज गरेको छ…

द भ्वाइस किड्स नेपालको भोटिङ पार्टनर खल्ती

नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक खल्ती ‘द भ्वाइस किड्स नेपाल’ को भोटिङ पार्टनर …