गाइड
निःशुल्क उपलब्ध गुगल मिट कसरी प्रयोग गर्ने ?
काठमाडौं । गूगलले आफ्नो भिडियो कन्फेरेन्सिङ सफ्टवेयर गूगल मिट सबैको लागि उपलब्ध गराउने घोषणा गरेको थियो । सोही अनुरुप गूगल मिट सबैको लागि नि:शूल्क उपलब्ध भइसकेको छ ।
गूगल मिटको प्रयोग मोबाइल तथा कम्प्युटर दुबैबाट प्रयोग गर्न सकिने छ । साथै आफ्नो जिमेल अकाउन्टबाट पनि यसको प्रयोग गर्न सकिन्छ । गूगल मिटमा १०० जना सम्म सहभागी हुन सकिन्छ ।
मोबाइलबाट गूगल मिटको प्रयोग गर्न प्ले स्टोरबाट एन्ड्रोइड र एप स्टोरबाट आईओएसको लागि एप डाउनलोड गर्न सकिने छ । कम्प्युटर वा ल्याप्टपबाट गूगल मिटको प्रयोग वेबसाइट बाट गर्न सकिने छ ।
गूगल मिट प्रयोग गर्न गूगल अकाउन्ट हुनुपर्नेछ भने जीसुइट अकाउन्ट भएकाले पनि जीमेलबाट गूगल मिटको प्रयोग गर्न सकिने छ ।
यसरी प्रयोग गर्नुहोस कम्प्युटरबाट गूगल मिट
कम्प्युटरबाट गूगल मिटको प्रयोग गर्न सबैभन्दा पहिले meet.google.com मा जानुहोस । गूगल मिटको वेबसाइटमा गईसकेपछि त्यहाँ तपाईले तीनवटा विकल्प देख्न सक्नु हुनेछ ।
पहिलो मिटिङ सुरु गर्ने विकल्प, दोस्रो मिटिङमा जोइन हुने विकल्प र तेस्रो गूगल क्यालेन्डरको माध्यमबाट मिटिङ सेड्युल गर्ने विकल्प ।
तपाईले मिटिङ सुरु गर्नको लागि ‘स्टार्ट अ मिटिङ’ मा क्लिक गरेपछि जोइन नाओमा क्लिक गर्नुहोस । त्यसपछि गूगल मिटले तपाईलाई एउटा लिङ्क उपलब्ध गराउछ जसको सहयोगले मिटिङमा अरुलाई सहभागी गराउन सकिन्छ ।
त्यसपछि त्यहाँ तपाईले क्याप्सन अन, स्क्रीन शेयर, लेआउट परिवर्तन र च्याट लगायत विविध सुविधा पाउन सक्नु हुनेछ । यसमा तपाईले आफ्नो आवश्यकता अनुसार अडियो तथा भिडियोको प्रयोग गर्न सक्नु हुनेछ ।
त्यस्तै अरुले आयोजना गरेको मिटिङमा सहभागि हुन गूगल मिटको वेबसाइटमा गई मिटिङ कोड राखेर सहभागी जनाउन सकिने छ ।
त्यसैगरी मिटिङ सेड्युल गर्ने अप्सनबाट आफुले आयोजना गर्न चाहेको मिटिङको टाइटल, मिति, समय जस्ता विवरण राखेर मिटिङमा सहभागी हुनको लागि अग्रीम सूचना पठाउन तथा ईमेलको माध्यमबाट गेष्टलाई सहभागीको लागि अनुरोध गर्न पनि सकिनेछ ।
मोबाइल एपबाट यसरी प्रयोग गर्नुहोस गूगल मिट
यसैगरी मोबाइलबाट सहभागी हुनको लागि गूगल मिटको मोबाइल एप डाउनलोड गर्नुहोस । त्यसपछि एप ओपन गरी कन्टिन्युमा क्लिक गर्नुहोस । कन्टिन्युमा क्लिक गरेपछि एपलाई अनुमति दिएर आफ्नो जीमेल अकाउन्ट छान्नुहोस ।
त्यसपछि मोबाइल एपमा २ वटा विकल्प देख्न सकिने छ । पहिलो विकल्प आफैले मिटिङ आयोजना गर्ने र दोस्रो विकल्प भनेको अरुको मिटिङमा सहभागी हुने ।
आफैले मिटिङ आयोजना गर्न सुरुमा ‘न्यु मिटिङ’ मा क्लिक गर्नुहोस । त्यसपछि त्यहाँ एउटा लिङ्क प्राप्त गर्न सकिने छ । उक्त लिङ्कबाट मिटिङमा अरुलाई सहभागी गराउन सकिनेछ ।
यसमा पनि आफ्नो आवश्यकता अनुसार अडियो तथा भिडियोको प्रयोग गर्न सकिनेछ । त्यस्तै अरुले आयोजना गरेको मिटिङ सहभागी हुन एपमा गई मिटिङ कोड राखि सहभागी हुन् सकिनेछ । त्यस्तै गूगल मिटको मोबाइल एपमा स्वीच क्यामेरा, स्क्रीन शेयर, क्याप्सन अन तथा च्याटको पनि सुविधा रहेको छ ।
गूगल मिटको एन्ड्रोइड एप डाउनलोड गर्न यहाँ क्लिक र आईओएसको लागि डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस ।
जीमेलबाट यसरी प्रयोग गर्नुहोस गूगल मिट
जीमेलबाट गूगल मिट प्रयोग गर्न सबैभन्दा पहिले आफ्नो कम्प्युटर वा ल्याप्टपमा जीमेल अकाउन्ट खोल्नुहोस । जीमेल अकाउन्ट खोलेपछि साइडबारमा रहेको ‘मिट’ अप्सन देख्नु हुनेछ ।
त्यसपछि आफैले जीमेलबाट मिटिङ आयोजना गर्न ‘स्टार्ट अ मिटिङ’मा क्लिक गर्नुहोस । त्यसपछि त्यहाँ गूगल मिटको वेबसाइट खुल्नेछ ।
वेबसाइट खुलेपछि जोइनमा क्लिक गरी उपलब्ध भएको लिङ्कको सहयोगले अन्य मानिसलाई मिटिङमा इनभाइट गरेर जिमेलबाटै मिटिङ होस्ट गर्न सकिनेछ ।
यसमा पनि तपाईले क्याप्सन अन, स्क्रीन शेयर, लेआउट परिवर्तन र च्याट लगायत विविध सुविधा पाउन सक्नु हुनेछ । भने तपाईले आफ्नो आवश्यकता अनुसार अडियो तथा भिडियोको प्रयोग गर्न सक्नु हुनेछ ।
त्यस्तै अरुले आयोजना गरेको मिटिङमा सहभागी हुनको लागि जीमेल अकाउन्ट खोलेर ‘मिट’ सेक्सनमा जानुहोस । मिट अप्सनमा गएपछि जोइन मिटिङमा क्लिक गरी मिटिङ कोड राखेर मिटिङमा सहभागि हुन सकिनेछ ।
जीसुइट प्रयोगकर्ताले पनि माथि जानकारी दिए अनुसार जीमेलबाट गूगल मिटको प्रयोग गर्न सक्ने छन् ।
गाइड
गुगलको नयाँ माइग्रेसन फिचर : एपबिनै आइफोनबाट एन्ड्रोइडमा डाटा ट्रान्सफर हुने
काठमाडौं । गुगलले आइफोनबाट एन्ड्रोइडमा डाटा स्थानान्तरण गर्ने प्रक्रियालाई थप सरल र सहज बनाउने नयाँ प्रणाली सा…
व्हाट्सएप ह्याक हुन नदिन यी फिचरहरू अनिवार्य रूपमा प्रयोग गर्नुहोस्
काठमाडौं । व्हाट्सएप विश्वकै सबैभन्दा लोकप्रिय सन्देश आदान–प्रदान गर्ने प्लेटफर्ममध्ये एक हो । यसको व्यापक प्…
गुगलको अटो डिलिट सुविधा : अनावश्यक डेटा आफैं हट्ने, यसरी गर्नुहोस् सेटअप
काठमाडौं । गुगलको Auto Delete सुविधामार्फत प्रयोगकर्ताले आफ्नो सर्च हिस्ट्री, लोकेसन हिस्ट्री तथा अन्य गतिविधिको…
एन्ड्रोइड १७ मा अझ बलियो हुँदै लक स्क्रिन सुरक्षा, गलत पिन धेरै पटक हाल्दा फोन लामो समयसम्म लक हुने
काठमाडौं । गुगलले आफ्नो एन्ड्रोइड १७ अपरेटिङ सिस्टममा लक स्क्रिन सुरक्षालाई अझ शक्तिशाली बनाउँदै पिन…
एन्ड्रोइडमा भ्वाइसमेल कसरी काम गर्छ ? यसरी गर्नुहोस् सुचारु
काठमाडौं । नेपालमा हामी मानिसहरू कुराकानीका लागि व्हाट्सएप, एसएमएस वा मिस्ड कलको बढि प्रयोग गर्छौँ जसल…
किन टिकटकलाई तपाईंलाई के चाहिन्छ, तपाईंले माग्नुअघि नै थाहा हुन्छ ? सिफारिस एल्गोरिदम कसरी काम गर्छ ?
काठमाडौं । साँझ पर्न लागेको छ । भान्साबाट चिया उम्लिएको बासना आइरहेको छ । एकछिन मोबाइल खोल्नुभयो, टिक…
अर्बौं ट्रान्जिस्टरले भरिएको एउटा सानो चिप कसरी बन्छ ?
काठमाडौं । हामी हरेक दिन स्मार्टफोन, कम्प्युटर, जिपिएस नक्सा, कृत्रिम बुद्धिमत्ता (एआई) र इन्टरनेट चलाउँछौ…
तारबिनाको इन्टरनेटको रहस्य : वाइ-फाइले हावामार्फत डेटा कसरी पठाउँछ ?
काठमाडौं । के तपाईंले कहिल्यै सोच्नुभएको छ, तार विना नै हाम्रो मोबाइल, ल्यापटप वा टिभीले इन्टरनेट कसरी…
इन्टरनेटले कसरी काम गर्छ : ब्राउजरदेखि सर्भरसम्मको अदृश्य यात्रा
काठमाडौं । हामीले दैनिक सयौं पटक ब्राउजरको एड्रेस बारमा केही शब्द टाइप गर्छौं र पलभरमै आँखा अगाडि पूर…
एक क्लिकको पछाडि लुकेको डिजिटल जादु : वेब कसरी काम गर्छ ?
काठमाडौं । हामीले दैनिक सयौं पटक ब्राउजरको एड्रेस बारमा केही शब्द टाइप गर्छौं र पलभरमै आँखा अगाडि पूरा पेज…
अनलाइन खाता सुरक्षाको गोप्य हतियार : तपाईंको फोनमा देखिने ६ अङ्कको कोडले कसरी काम गर्छ ?
काठमाडौं । के तपाईंले कहिल्यै सोच्नुभएको छ कि तपाईंले कुनै एप वा वेबसाइटमा लग-इन गर्दा तपाईंको मोबाइलमा आ…
फ्ल्यास मेमोरीको वास्तविक आयु कति ? डेटा सुरक्षामा के छन् जोखिम ?
काठमाडौं । युएसबी फ्ल्यास ड्राइभ (पेन ड्राइभ) मा राखिएको डेटा सामान्य अवस्थामा करिब १० वर्ष वा त्योभन्दा बढी सम…
सार्वजनिक वाइ-फाइमा भीपीएन किन आवश्यक ? यसले तपाईंको डेटालाई कसरी जोगाउँछ
काठमाडौं ।
काठमाडौं । आजकल घरहरूमा एसी, गीजर, फ्रिज जस्ता धेरै हाई-पावर उपकरणहरूको प्रयोग तीव्र रूपमा बढ्दै गएको …
घरको वायरिङमा आगलागी किन हुन्छ ? यी प्राविधिक गल्तीले बढाउँछन् ठूलो जोखिम