समाचार
मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा
मिदास टेक्नोलोजीले राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौँ र हेटौंडा अस्पतालको सेवा डिजिटलाइज गर्नुको साथै अनलाइन टिकट सेवा सुरु गरेको छ ।
यो सेवापछि अस्पतालमा जचाउँन बिहानै देखि घण्टौँ लाइनमा बसेर पाउने सास्तीबाट बिरामीवर्गले छुटकारा पाउनेछन् । यो सेवा स्वास्थ्य क्षेत्र अन्तर्गत मिदास टेक्नोलोजी सफ्टवेयरमार्फत सुरू गरिएको छ ।
बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र भुक्तानी गर्न सक्षम हुनेहुँदा अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत हुने कम्पनीको विश्वास छ । विश्वमा जारी कोरोना महामारीको समयमा यो सेवा झनै बढी प्रभावकारी हुने विश्वास लिइएको छ ।
यो सेवा हाललाई टिचिङ अस्पताल, बिर अस्पताल, सिभिल सर्भिस अस्पताल, मनमोहन कार्डियो, वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान संगै अरु मिदास टेक्नोलोजीले उपलब्ध गराईएको सफ्टवेर प्रयोगकर्ता माझ अन्य सरकारी तथा निजी अस्पतालहरुले समेत दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ ।
मिदास टेक्नोलोजी स्वास्थ्य सूचना प्रविधिको क्षेत्रमा एक विश्वसनीय कम्पनी हो । विगत दुई दशकदेखि अस्पतालका सेवालाई डिजिटलाइज्ड गर्ने कार्यमा मिदासले अग्रणी भूमिका खेल्दै आएको छ ।
कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) को आधारमा अस्पताल र स्वास्थ्य संस्थाहरूको व्यवस्थापन पूर्ण रूपमा डिजिटलाइज गर्न प्रविधिको विकास गरेको छ । मिदासले देशभरका १ सय ७० भन्दा बढी अस्पतालहरूलाई व्यवस्थापन पद्वतिमा सहयोग गर्दै आइरहेको छ ।
हाल, मिदास टेक्नोलोजीले मेरो डाक्टर मोबाइल एप तथा वेब मेरो डाक्टरमार्फत अनलाइन टेलिमेडिसन सेवा समेत प्रदान गर्दे आइरहेको छ ।
साथै, मेरो डाक्टर मोबाइल एप तथा वेबमार्फत उपलब्ध केही पूणर्कालीन चिकित्सकहरुसँग बिरामीले दैनिक रुपमा बिहान ७ः०० बजेबाट राती ९ः०० बजेसम्मको समयमा तत्काल निः शुल्क परामर्श लिन सक्नुहुनेछ ।
समाचार
कंचनपुरमा डिशहोम फाईबरनेटको सह-वितरण शोरूम उद्घाटन
आक्रामक रूपमा इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले महेन्द्रनगर कंचनपुर…
‘क्याप्चर द फ्ल्याग’ प्रतियोगिता आयोजना गर्दै सफ्टवेरिका कलेज, यस्तो छ सहभागी हुने तरिका
सफ्टवेरिका कलेजले ‘क्याप्चर द फ्ल्याग’ प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी सेप्टे…
नेपालमा एआई एडप्सन एण्ड एआई एजुकेसन बारे वेबिनार आयोजना हुँदै
टेक वेबिनार नेपालले एआई एडप्सन एण्ड एआई एजुकेसन फर जेनेरेटिंग एआई ट्यालेन्ट इन ने…
नेपाल टेलिकम गल्याङ बन्यो पूर्ण एफटीटीएच, करादीबजारमा पनि सेवा सुरू
नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङमा पिएसटिएन टु एफटिटिएच पूणर् माइग्रेसन सफल …
थाइल्यान्डमा सुरु भयो ह्वावेको सिड्स फर द फ्युचर कार्यक्रम
ह्वावेले आसियान फाउन्डेशन र थाइल्याण्डको पर्यटन अथोरिटी (टीएटी) सँगको सहकार्यमा सिड्…
प्रभु क्यापिटलका ग्राहकले ट्रान्क्वीलिटी स्पाबाट सेवा लिँदा ३० प्रतिशतसम्म छूट पाउने
प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । १ भाद्रमा प्रभु …
देवनागरी लिपिमा इम्बोस्ड नम्बर प्लेट लेख्न सकिने
देवनागरी लिपिमा इम्बोस्ड नम्बर प्लेट लेख्न सकिने निर्माण कम्पनी टाइगर डेकाटुर आईटीले…
एटीएम मेसिन फोडेर रकम चोरेको आरोपमा २१ वर्षिय तामाङ पक्राउ
एमएमबी बैंकको एटीएम फोडेर रकम चोरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । …
रिब्राण्डिङ भयो साझाडिल डटकम, नयाँ नाम, स्लोगन, लोगो र वेबसाइट सार्वजनिक
ईकमर्स कम्पनी साझाडिल डटकम रिब्राण्डिङ भएको छ । स्थापना भएको ५ वर्षपछि साझाडिल डटकम…
मंगलबार एआई सम्बन्धि प्यानल डिस्कसन आयोजना हुँदै, यसरी हुनुहोस् सहभागी
भदौ ७ गते आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विषयमा प्यानल डिस्कसन हुने भएको छ । …
एबियू एसिया प्यासिफिक रोबोट कन्टेस्टको सेमिफाइनलमा पुग्यो नेपाली टिम
एबियू एसिया प्यासिफिक रोबोट कन्टेस्ट (एबियु रोबोकन) २०२२ प्रतिस्पर्धामा नेपाली टिम …
क्रिप्टोकरेन्सीलाई कानुनी मान्यता दिन माग गर्दै सर्वोच्चमा रिट
डिजिटल मुद्रा क्रिप्टोकरेन्सीलाई कानुनी मान्यता दिनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट न…
भिडियो कलबाटै अब ग्लोबल आईएमई बैंकमा केवाईसी प्रमाणित गर्न सकिने
ग्लोबल आइएमई बैंकले अनलाइन भिडियो मार्फत ग्राहक पहिचान (भीकेवाईसी) सेवाको सुरुवा…
माइदीयाको एसी नेपाली बजारमा, मोबाइलबाटै चलाउन सकिने
एयर एक्सपर्ट नेपालले माइदीया ब्रिजलेश इ…
एक वर्षमा वर्ल्डलिंकको कमाइ झन्डै ८ अर्ब
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले सन् २०२१ मा करिब ८ अ…