समाचार
भाइबरबाटै अब पैसा पनि तिर्न सकिने, बैंक अकाउन्ट र भिजा कार्ड पनि लिंक गर्न सकिने
भाइबरबाटै अब पैसा तिर्न पनि सकिने छ । भाइबरले एपमै पेमेन्ट सर्भिस सुरु गर्न तयारी गरिरहेको छ । पेमेन्ट सेवा उपलब्ध भएपछि भाइबरमै डिजिटल वालेट सिर्जना गर्न सकिने छ ।
भाइबरको प्रमुख कार्यकारी अधिकृतको पदमा भर्खरै नियुक्ती पाएका ओफिर इयालले भाइबरलाई अब फिनटेक श्रेणीमा पनि ल्याउने बताएका हुन् ।
पेमेन्ट सेवाबाट बिल तिर्न, सामान खरिद गर्न र अन्य व्यक्तिहरूलाई पैसा ट्रान्सफर गर्नका लागि भाइबरको ‘पेमेन्ट सर्भिस’ बैंक अकाउण्ट एवम् भिजा र मास्टरकार्डसँग लिङ्क गर्न सकिनेछ ।
भाइबरले सुरुमा प्रयोगकर्ताहरूलाई निःशुल्क उपलब्ध ‘पियर-टू-पियर’ ट्रान्सफर सार्वजानिक गर्नेछ । उक्त सेवा यस गर्मीयामको अन्त्यतिर जर्मनी र ग्रिसमा उपलब्ध हुनेछ ।
सुरूवातमा अन्य ठाउँमा सार्वजनिक गर्नुभन्दा पहिले सेवालाई थप परिमार्जन गर्न आवश्यक कुराहरूबारे भाइबरले आफ्ना प्रयोगकर्ताहरूबाट सल्लाह-सुझाव लिने जनाएको छ ।
‘प्रयोगकर्ताको अनुभवलाई सुधार गर्न र अन्ततः एक सुपर एप बन्नका लागि एप सञ्चालन र विस्तार गर्ने कुरामा हामी भाइबरको उच्च मापदण्ड र नवीन भावना कायम राख्न चाहन्छौँ,’ इयालले भने ।
गत वर्ष अगस्टमा भाइबरको सिइओमा नियुक्ति पाएका इयालले कम्पनीसँग गरेको ७ वर्षको यात्रामा कम्पनीको विकासमा र भाइबरलाई प्रयोगकर्ताहरूको थप नजिक ल्याउन अत्यन्तै महत्वपूर्ण योगदान दिएका छन् ।
सिइओमा नियुक्ति हुनअघि राकुटेन भाइबरमा भाइस प्रेसिडेन्ट अफ प्रडक्टको पदमा रहेका इयाल प्रयोगकर्ताको अनुभव, ग्राहकको सफलता, कण्टेण्ट र स्थानीयकरणजस्ता क्षेत्रहरू सम्हाल्दै आइरहेका थिए ।
हालै, भाइबरले गरिरहेको प्रगतिहरूले प्रयोगकर्ताहरूलाई एकअर्कासँग कम्यूनिकेट गर्न प्रोत्साहित गर्नुका साथै व्यापार र मनोरञ्जन दुवैमा उनीहरूको अनुभवलाई नयाँ उचाइमा पुर्याउन मद्दत गर्ने सुविधाहरू प्रदान गरेको छ ।
कम्पनीको सबैभन्दा उच्च पद सम्हालिरहेका इयालले कम्पनीको महत्वाकांक्षी उत्पादन विकास र बजार विस्तारका लागि गरिने प्रयासहरूको निरीक्षण गर्दछन् ।
यसका साथै, भाइबरले आफूलाई विश्वकै अग्र स्थानमा कायम राखिरहँदा, इयाल कम्पनीको विकासमा थप सहयोग पुग्ने नयाँनयाँ अवसरको अन्वेषणमा पनि लागि परेका छन् ।
एसीया प्यासिफिक,पछिल्लो दिनहरूमा, भाइबर सबैभन्दा तिब्र गतिमा विकास भइरहेको क्षेत्रहरूमध्ये एक हो । यस क्षेत्रमा भाइबरको प्रयोगकर्ताहरू प्रत्येक वर्ष २० प्रतिशतको दरले बढिरहेका छन् र साझेदारी योजनाहरूलाई आफ्नो क्षेत्रमा नविन ढङ्गबाट निरन्तर सञ्चालन तथा कार्यान्वयन गर्दै आइरहेको छ ।
यस कुरालाई मध्य नजरमा राख्दै, एसीया प्यासिफिक क्षेत्रमा भाइबरको लगानी जारी छ थप देश-विशेष साझेदारहरू उत्पादन गर्दै, रणनीति र अफरहरूलाई स्थानीयकरण गर्दै र भाइबर प्रयोगकर्ताहरूलाई फाइदाहरू उपलब्ध गराउँदै अझ शीघ्र गतिमा आफ्नो युजर वेश फैलाउन राकुटेन भाइबर पूर्ण रूपमा तयार भइसकेको छ ।
नेपालमा ग्रुप च्याटमा ३८ प्रतिशत, ग्रुपमा पठाइएको मेसेजमा २६ प्रतिशत र कम्यूनिटी भ्यूवरमा ३९ प्रतिशत वृद्धिको साथ, नेपालमा भाइबर सबैभन्दा विशिष्ट र सर्वाधिक विश्वास गरिने एपमा पर्दछ ।
एपले नेपालमा व्यक्तिगत प्रयोगकर्ता लगायत ठूला-साना व्यवसाय र शैक्षिक संस्थाहरूबाट उल्लेखनीय रूपमा विश्वास र इमान्दारिता बटुलिसकेको छ ।
कोभिड-१९ को महामारीको बखत, आफ्नो आयमा २०-५० प्रतिशतसम्मको घाटा बेहोरिरहेका साना र ठूला व्यवसायहरूलाई गम्भीर रूपमा असर पारिरहेको थियो । र यी व्यवसायहरूको पुनरागमन गराउनका निम्ति राकुटेन भाइबरको अत्यन्तै महत्त्वपूर्ण भूमिका रहेको छ ।
उक्त व्यवसायीहरूलाई प्रभावकारी वान-टू-मेनी (कम्यूनिटी र च्यानलमार्फत्) र वान-टू-वान कन्भर्शेसनल कमर्स ( कम्यूनिटी र च्यानलमा कुरा गरिसकेपछि प्राइभेट मेसेजिङमार्फत् ) को माध्यमबाट आफ्ना व्यवसाय डिजिटल्ली लैजान मद्दत गर्दै भाइबरले उनीहरूलाई ज्यादै प्रभावशाली अवसरहरू प्रदान गर्यो ।
यसका अतिरिक्त, राकुटेन भाइबरले विद्यालय र शैक्षिक संस्थाहरूलाई आफ्ना शैक्षिक गतिविधिहरू सुदृढ गर्न मद्दत गरेर महत्त्वपूर्ण भूमिका खेलेको छ । एपले विभिन्न स्ट्रीमहरूमा अनेकन् अग्रणी च्यानलहरू लञ्च गरेको थियो ।
साथै, विभिन्न स्कुलहरूसँग मिलेर बनेको टीमले भर्खरै शैक्षिक वेबिनार पनि सफलतापूर्वक सञ्चालन गरेको छ, जहाँ सहभागीहरूलाई शैक्षिक गतिविधि र सिकाईमा भाइबरको विभिन्न सहयोगात्मक सुविधाहरूबारे विस्तृत प्रशिक्षण दिइएको थियो ।
भाइबरलाई अब कहाँ लैजाने भन्ने स्पष्टताको साथ, इयलको नेतृत्वले उत्पादन र सेवाको विकासमा भाइबरको निरन्तर वृद्धि र नयाँ बजारहरूमा विस्तार गर्नका साथै विश्वव्यापी मेसेजिङ र एप लेण्टस्केपमा भाइबरलाई एक प्रमुख र नवीन दावेदारको रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।
समाचार
आईफोन, म्याक ह्याक गर्ने जिरो डेज समाधानका लागि एप्पलको नयाँ अपडेट
आईफोन, म्याक ह्याक गर्ने जिरो डेजका लागि एप्पलले सुरक्षा अपडेट सार्वजनिक गरेको छ । …
नेपाल टेलिकमबाट अब ५९ रूपैयाँमा १७ मिनेट भारतमा कल गर्न सकिने
नेपाल टेलिकमले ग्राहकहरुको सहजताका लागि भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक उपलब्ध …
ई-लर्निङ प्लेटफर्म तयार गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सिद्धार्थ बैंकले फोकसवान पेमेण्ट सोलुसन्सको मोको डिजिटल वालेटसँग भिसा डेबिट र क्रे…
अनलाइन फुड डेलिभरी कम्पनी भोजमाण्डूको नयाँ लोगो सार्वजनिक
अनलाइन फुड डेलिभरी कम्पनी भोजमाण्डूको नयाँ लोगो सार्वजनिक भएको छ । रिब्रान्डिङ गर्न…
सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ बैंक स्मार्ट एक्स्पी’, ठगी नियन्त्रण गर्न सकिने
सिदार्थ बैंक लिमिटेडले आफ्नो मोबाईल बैंकङ्ग एपलाई सिदार्थ बैंकस्मार्टएक्स्पीमा स्तरोन्त…
ह्वावेको सीड्स फर द फ्युचर प्रोग्राम अन्तर्गत नेपालबाट छानिए यी सात विद्यार्थी
ह्वावेको सिड्स फर फ्युचर कार्यक्रम अन्तर्गत नेपालबाट सात जना विद्यार्थी छनोट भएका छन् ।…
हाम्रो पात्रो हेल्थबाट डाक्टरसँग अपोइन्टमेन्टसँगै कुराकानी पनि गर्न सकिने
हाम्रो पात्रो एपको ‘हाम्रो पात्रो हेल्थ’ सेवाको नयाँ संस्करणमा विभिन्न सुविधाहरू थपि…
चालु आर्थिक वर्षका लागि साइबर सेक्युरिटी अडिटरको रोष्टर बनाउँदै प्राधिकरण
नेपाल दूरसञ्चार प्राधिकरणले चालु आर्थिक वर्ष २०७९/८० का लागि साइबर सेक्युरिटी अडिट…
नेपालको पहिलो हाइ अल्टिट्युड बलुन पिको ह्याबको सफल परीक्षण
काठमान्डौं विश्वविद्यालयको स्कुल अफ इन्जि…
नबिल बैंकको फोनलोन क्युआर मर्चेन्ट सेवा, व्यवसायीले बिना धितो एक लाखसम्मको ऋण लिन सक्ने
नबिल बैंकले नेपालमा पहिलो पटक आफ्ना क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा सुभारम्भ ग…
सिद्धार्थ बैंकको मोबाइल बैंकिङ्ग सेवा ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति
सिद्धार्थ बैंकले मोबाइल बैंकिङ्ग सेवालाई ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति गरेको छ । …
क्युआर कोडसहितको विद्युतीय खोप कार्ड आउन ढिलो भए ? त्यसो भए यसो गर्नुस्
क्युआर कोडसहितको विद्युतीय खोप कार्ड आउन ढिलो भएमा स्थानीय तहको स्वास्थ्य शाखामा सम्प…
सिड्स फर द फ्युचर कार्यक्रमको अन्तिम प्रतिस्पर्धाका लागि सात जना विद्यार्थी थाईल्याण्ड जाँदै
दोस्रो सिड फर द फ्युचरको अन्तिम कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागी भएको विद्…
अवैध मोबाइल चल्न नदिने प्रविधि भदौ ३० गतेदेखि औपचारिक रूपमा लागु हुने
आउँदो भदौ ३० गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) औपचारिक रूपमा …