समाचार
हाम्रो पात्रोमै अब भिडियो कन्फेरेन्सिङ सुविधा, फेसबुक र युट्युबमा लाइभ स्ट्रिमिङ गर्न सकिने
अब हाम्रो पात्रोबाटै भिडियो कन्फेरेन्सिङ गर्न सकिने भएको छ । त्यसका लागि हाम्रो पात्रोले हाल भिडियो कन्फेरेन्सिङ प्लेटफर्म ‘हाम्रो चौतारी’ को परीक्षण गरिरहेको छ ।
अनलाइन मिटिङ, वेबिनार र कुराकानीका लागि ‘हाम्रो चौतारी’ नामक फिचर बेटाको रूपमा परीक्षण भइरहेको हाम्रो पात्रोकी प्रबन्ध निर्देशक सुदिना गौतमले बताइन् ।
अहिले वेबसाइट मा मात्र उपलब्ध रहेको हाम्रो चौतारी फिचर पछि हाम्रो पात्रो एपमा पनि इन्टिग्रेटेड हुनेछ । हाम्रो चौतारीबाट युट्युब र फेसबुकमा वेबिनार लाइभ स्ट्रिमिङ समेत गर्न सकिने छ । लाइभ स्ट्रिमिङ अहिलेलाई निःशुल्क भएपछि भविष्यमा शुल्क तिर्नुपर्ने उनको भनाइ छ ।
मिटिङमा अहिले १०० जना सहभागी हुन सक्ने छन् । सहभागीको लिमिट बढाउन पनि कम्पनीले काम गरिरहेको छ । २-३ महिनामा हाम्रो चौतारी स्टेबल फिचरको रूपमा आउने उनले आइसिटी समाचारलाई जानकारी दिइन् ।
हाम्रो पात्रो सुपर एप बन्ने दिशामा अगाडि बढेको छ । हाम्रो पात्रोमा अहिले रेमिट्यान्स, गिफ्ट, रिचार्ज, हेल्थ, ज्योतिष, समाचार, रेडियो, म्यासेज, भिडियो, पोडकास्ट, नोट लगायतका सुविधा उपलब्ध छन् ।
हाम्रो पात्रोले गत वर्षनै प्ले स्टोरमा १ करोड डाउनलोड कोसेढुंगा पार गरेको थियो । पात्रो हेर्ने, मिति परिवर्तन फिचरसँगै सन् २०१० मा आईओएसमा तयार भएको यो एप सन् २०१२ मा एन्ड्रोइड प्ले स्टोरमा राखिएको थियो ।
हाम्रोपात्रो एप एन्ड्रोइडका लागि
यहाँ क्लिक
गरी गुगल प्ले स्टोरमा गएर तथा आईओएस एप स्टोरमा
यहाँ क्लिक
गरेर डाउनलोड गर्न सकिने छ ।
समाचार
सनवे कलेजमा निःशुल्क डिजिटल मार्केटिङ एण्ड डाटा साइन्स तालिम
काठमाडौं स्थित आइटी र व्यवस्थापन सम्बन्धि अध्यापन गराउँदै आएको सनवे कलेजले निःशुल्क …
नमस्ते पेबाटै अब टेलिकमको डाटा र भ्वाइस प्याक लिन सकिने
नेपाल टेलिकमको डाटा र भ्वाइस प्याक अब डिजिटल वालेट नमस्ते पे एपबाट लिन सकिने भएक…
४ वर्षपछि गूगल टास्कमा नयाँ अपडेट, अब महत्वपूर्ण टू डूमा स्टार राख्न सकिने
गूगल टास्कमा अब महत्वपूर्ण टू डूमा स्टार राख्न सकिने भएको छ । सन् २०१८ मा रिडिजाइन …
अनुमतिपत्र लिएर मात्र इन्टरनेट सेवा दिन प्राधिकरणको अनुरोध, नत्र कारबाही हुने
नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र लिएर मात्रै इन्टरनेट सेवा सञ्चालन गर्न अनुरोध…
ज्योति लाइफ इन्स्योरन्सको प्रिमियम भुक्तानी गर्दा एक हजारसम्म क्यासब्याक
आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ …
थ्रिडी प्रिन्टबाट प्रिन्ट भयो कार्यात्मक मुटुको टुक्रा, हृदयघात भएपछि प्रयोग गर्न सकिने
वैज्ञानिकहरुले थ्रिडी प्रिन्ट प्रयोग गरेर कार्यात्मक मुटुको टुक्रा प्रिन्ट गरेका छन् । प…
काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणाली स्वचालित बनाइदै
विद्युत् वितरण सेवा प्रभावकारी बनाउन अन्तर्राष्ट्रियस्तरको वितरण कमान्ड तथा नियन्त्रण के…
विद्युतीय मतदानको प्रतिवेदन दिन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा विद्युतीय मतदान मसिन प्रयोग गर्नेबारे गरि…
यूएसबी सी डिभाइसले म्याकओएसमा डेटा पठाउन अनुमति माग्नुपर्ने
यूएसबी सी डिभाइसले म्याकओएसमा डेटा पठाउन अनुमति माग्नुपर्ने भएको छ । यसमा सजिलै …
लक्ष्मी बैंकको ग्रीन सेभिङ बचत खाता खोल्दा मोबाइल र इन्टरनेट बैंकिङ निःशुल्क
५०औं विश्व वातावरण दिवसको अवसर पारेर लक्ष्मी बैंकले आफ्नो वातावरण मैत्री हरित बचत …
१० करोड बढीको कारोबार गर्ने कम्पनीले अब अनिवार्य ईबिलिङ जारी गर्नुपर्ने
दश करोडभन्दा बढी कारोबार गर्ने कम्पनीले अब अनिवार्य विद्युतीय बिजक अर्थात ईबिलिङ जा…
सुदूरपश्चिम प्रदेशका सात जिल्लामा मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द
बैतडीसहित सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला सञ्चारविहीन भएका छन् । अत्तरिया–डडे…
आइएमई पेबाट फुडमान्डुको भुक्तानीमा १५ प्रतिशत क्यासब्याक
‘आइएमई पे’ र ‘फुडमान्डु’ बीच एक सम्झौता भएको छ । सम्झौता अनुरुप जेठ २३ गते देखि …
डिशहोमको रिचार्ज गर्दा एक जना ग्राहकले जिते एक लाख
१ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले १ बर्षको रिचार्ज गर्…
मोबाइल एप र वेबसाइटबाटै कोरियन भाषा परीक्षाको तयारी गर्न सकिने
वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान चाहनेहरुको भाषा परीक्षा यस वर्षदेखि सीब…