कीवर्डहरू -

अपडेट

कसरी लिने टेलिकमको नयाँ सिम ? यस्तो छ प्रक्रिया

राष्ट्रिय परिचय पत्र, नागरिक एप, बैंकिङ सेवा तथा सामाजिक सञ्जाल लगायत विभिन्न डिजिटल गतिविधिहरुमा मोबाइल नम्बरको प्रयोग गर्नुपर्ने अत्यन्त जरुरी अवस्था देखिएको छ ।

मोबाइल नम्बर प्रयोगकर्ता ग्राहक स्वयंको नाममा दर्ता भएको खण्डमा मात्र मोबाइल बैंकिङ लगायत सुविधाहरु सुरक्षितसाथ प्रयोग गर्न सकिने अवस्था पनि सिर्जना भएको छ ।

अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल बैंकिङको दुरुपयोग भई अनधिकृत व्यक्तिबाट रकम गुमाउनु पर्नेसम्मको अवस्था तथा सामाजिक सञ्जालको दुरुपयोग भई अनेक कानूनी झमेलामा समेत पर्ने सम्भावना रहन्छ ।

नेपाल टेलिकम सम्पूणर् ग्राहकवर्गमा आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएको/बिग्रिएको खण्डमा सिमकार्ड आफू स्वयं उपस्थित भई प्राप्त गर्न अनुरोध गर्दछ ।

ग्राहकहरुको सुरक्षामा विशेष ध्यान दिंदै सहजै सेवा उपलब्ध गराउनका लागि नयाँ सिमकार्ड लिंदा वा सिमकार्ड परिवर्तन गर्दा निम्न मापदण्डहरु कार्यान्वयनमा ल्याइएको छ ।

नयाँ सिमकार्ड लिनका लागि ग्राहकले आवेदन फाराममा आवश्यक विवरणहरु स्पष्ट रुपमा भरेको तथा ग्राहकको नाम, ठेगाना, परिचय पत्र जारी भएको जिल्ला र मिति तथा आधिकारिक परिचय पत्र नम्बर र सम्पर्क नम्बर स्पष्ट रुपमा लेख्नु पर्दछ ।

स्वयं उपस्थित हुने ग्राहकलाई मात्र सिमकार्ड उपलब्ध गराइने छ र परिचय पत्रको प्रतिलिपीलाई सक्कल परिचय पत्रको नाम, बुवाको नाम, परिचय पत्र नम्बर र जारी भएको मिति र जिल्लाका आधारमा रुजु गरिन्छ ।

सिमकार्ड बिग्रेर, हराएर वा अन्य कारणले सिमकार्ड परिवर्तन गर्नुपर्ने अवस्थामा ग्राहक स्वयं उपस्थित भएमा सिमकार्ड परिवर्तनको फाराम पूर्णरुपमा भरेको/नभरेको जाँच पश्चात ग्राहकको परिचय पत्रको सक्कल र नक्कल लगायतका विभिन्न कागजात रुजु गरी सिमकार्ड उपलब्ध हुन्छ ।

ग्राहक स्वयं उपस्थित नभई अर्को व्यक्तिको नाममा दर्ता रहेको सिमकार्ड लिन आएको अवस्थामा ग्राहक स्वयं उपस्थित हुन नसक्ने कारणसहित ग्राहकको मञ्जुरिनामा र सक्कल परिचय पत्रका आधारमा सिम लिन आउने व्यक्तिको सक्कल परिचय पत्र देखाई सोको प्रतिलिपी रितपूर्वक भरिएको फरामसाथ संलग्न गर्नुपर्छ । कागजात रुजु कार्य सम्पन्न भए पश्चात सिमकार्ड परिवर्तन हुन्छ ।

सिम लिने ग्राहकभन्दा फरक ग्राहकको विवरण दर्ता रहेको अवस्थामा प्रयोगकर्ता र दर्ता रहेको ग्राहकको मोबाइल नम्बर अद्यावधिक गरी लिने र दिने व्यक्ति आ-आफ्नो नागरिकताको सक्कल वा अन्य आधिकारिक परिचय पत्रको सक्कल र तिनका प्रतिलिपी सहित स्वयं उपस्थित भई निवेदन दिन सकिने व्यवस्था रहेको छ ।

कुनै ग्राहक अशक्त भएमा निजको मञ्जुरिनामा पत्र र परिचय पत्रको सक्कल तथा प्रतिलिपी, लिन आउने व्यक्तिको सक्कल परिचय पत्रसहित उपस्थित भएमा तथा कुनै ग्राहकको मृत्यु भएमा नाता प्रमाणित गर्ने कागजात र मृत्यु प्रमाण पत्र सहित हकवाला नातेदार सक्कल कागजात तथा परिचय पत्र सहित उपस्थित भएमा सिमकार्ड उपलब्ध हुन्छ ।

वास्तविक प्रयोगकर्ता भन्दा फरक ग्राहकको विवरण भएको अवस्थामा सिम लिने ग्राहकको कबुलियतनामा पत्र र परिचय पत्रका साथमा ग्राहक आवेदन फाराम भरेपछि थप पुष्ट्याई गरी सिमकार्ड परिवर्तन गर्न सकिन्छ ।

अपडेट

ट्याक्स कम्प्लायन्स क्याटोगोरी अन्तर्गत सर्टिफिकेट अफ एप्रिसियसनद्वारा ह्वावे सम्मानित

ह्वावे नेपालले बुधबार ठूला करदाताको कार्यालयबाट “उत्कृष्ट ट्याक्स कम्प्लायन्स” क्याटोगो…

एनसेलद्वारा रोमाञ्चक विश्वकप फुटबल फाइनलको विशेष लाइभ स्क्रिनिङ

एनसेल आजियाटा लिमिटेडले आइतबार २२ औं फिफा विश्वकप फुटबल २०२२ को फाइनल खेलको वि…

नेपालमा ह्वावे कनेक्ट २०२२ हुँदै, डिजिटल प्रविधिको महत्व बारे छलफल हुने

मंगलबार नेपालमा ह्वावे कनेक्ट २०२२ को कार्यक्रम हुँदै छ । दिउँसो १२ः३० देखि काठमा…

अब खल्तीबाटै चिडियाखानाको टिकट काट्न सकिने

खल्ती प्रयोगकर्ताले अब सदर चिडियाखानाको टिकट काट्न सक्ने भएका छ। यस सुविधाले सदर च…

सफ्टवेरिका कलेजका चार सयबढी विद्यार्थी दीक्षित

काठमाडौं । नेपालमा विगत १२ वर्षदेखि सूचना तथा प्रविधिमा उच्च शिक्षा प्रदान गर्दै आए…

नेपालको पहिलो भर्चुअल वर्कस्पेश लेन्समीअप सार्वजनिक

नेपाली सफ्टवेयर कम्पनीले लेन्समीअपले ‘लेन्समीअप वर्कस्पेस’ सार्वजनिक गरेको छ । उक्त व…

रियलमीको ब्राण्ड एम्बास्डरमा नीति शाह नियुक्त, दुवैलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास

लोकप्रिय स्मार्टफोन ब्राण्ड रियलमीले पूर्व मिस नेपाल निती शाहलाई आफ्नो ब्रान्ड एम्बासडर…

कामना सेवा विकास बैंकद्वारा एससीटी-युपीआई डेबिट कार्ड जारी

समय सापेक्ष ग्राहक महानुभावहरुको चाहना अनुसार नवीनतम प्रविधि मार्फत सेवाहरु प्रवाह…

पुस ९ गते क्यान महासंघको निर्वाचन, इतिहासमै पहिलो पटक विद्युतीय भोटिङ मेसिन प्रयोग हुँदै

सूचना प्रविधिको छाता संगठन कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले इतिहासमै पहि…

मेरो कोडिङ क्लासले ‘कोडिङ किकस्टार्ट’ प्रतियोगिता आयोजना गर्दै, यसरी हुनुहोस् सहभागी

मेरो कोडिङ क्लासले ‘कोडिङ किकस्टार्ट’ आयोजना गर्ने भएको छ । ८ देखि १६ वर्षका बच्चाह…

आईफोन प्रयोगकर्ताले कहिलेदेखि चलाउन पाउँछन् एनसेलको भीओएलटीई सेवा ? 

आगामी मार्चदेखि आईफोन प्रयोगकर्ताले एनसेलको भ्वाइस ओभर एलटीई अर्थात भीओएलटीई सेवा …

विद्यार्थीलाई उद्यमी बन्न सिकाउँदै नबिल बैंक

नबिल बैंकले उद्यमी बन्न चाहेर बाग्मती प्रदेशबाट नबिल सामाजिक उद्यमशीलता कार्यक्रम (न…

महिला हिंसाविरुद्धको सचेतना जगाउन वर्ल्डलिंकको ‘पोडकास्ट’ अभियान

देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले आफ्नो सामाजिक उत्तरायित्व (सीएसआ…

सामसङद्वारा त्रि.वि आइओइको पुल्चोक क्याम्पसमा इनोभेसन क्याम्पसको उद्घाघटन

सामसङले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसमा आफ्नो ग्ल…

वर्ल्डलिंकको महिला हिंसाविरुद्ध सचेतना जगाउन ‘पोडकास्ट’ अभियान सुचारु

वर्ल्डलिंकले आफ्नो सामाजिक उत्तरायित्व (सीएसआर) अन्तर्गत महिला हिंसाविरुद्धको सचेतना …