कीवर्डहरू -

अपडेट

बीवाइडीका विद्युतीय गाडी किन्नेलाई नबिल बैंकले कर्जा दिने

विद्युतीय कार किन्न चाहने ग्राहकको सहजताको लागि नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रीजको आधिकारीक वितरक साइमेक्स इंकले बैंकिङ सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकसँग एक सम्झौँता गरेको छ ।

दुई संस्थाबीच भएको सम्झौंता अनुसार अब बीवाइडीको कुनै पनि गाडी किन्न चाहने ग्राहकले नविल बैंकबाट कर्जा सुविधा पाउने छन् ।

उक्त सम्झौंता एक कार्यक्रमकाबीच बुधबार भएको हो । सम्झौंता अनुसार बीवाइडीले विक्री गर्ने विद्युतीय गाडीमा नबिल बैंकले कर्जा प्रबाह गर्ने उल्लेख छ ।

नेपाल राष्ट्र बैंकले नै विद्युतीय कारमा ८० प्रतिशतसम्म कर्जा दिन सकिने ब्यवस्था गरेको कारण नविल बैंकले पनि त्यहि अनुसार ८० प्रतिशतसम्म कर्जा दिने जनाएको छ ।

सम्झौंता अनुसार अहिले बीवाइडीका गाडी किन्ने ग्राहकले नबिल बैंकबाट १२.९९ प्रतिशत ब्याजदरमा ७ वर्षसम्मको लागि फाइनान्स सुविधा पाउने छन् ।

बैंकसँगको सम्झौंता अनुसार बीवाइडीको कुनै पनि मोडल किन्ने ग्राहकले मूल्यको २० प्रतिशत मात्र डाउन पेमेन्ट गर्दा पुग्छ ।

साइमेक्स इंकले बीवाईडीको एसयूभी एटो ३ र अल न्यू इ–६ ईभी नेपालमा विक्री गर्दै आएको छ । अल न्यू इ–६ नेपालमा उपलब्ध इलेक्ट्रीक भेहिकल मध्ये सबैभन्दा धेरै रेन्ज दिने ईभी हो ।

साइमेक्स इंकले अघिल्लो महिनाबाट नेपालमा विक्री सुरु गरेको नयाँ मोडल एटो– ३ को मूल्य ८९ लाख ९० हजार र अल न्यू इ–६ को मूल्य ५९ लाख तोकेर विक्री गर्दै आएको छ ।


अपडेट

विकल्प डिजिटल हेल्थ इनोभेसन अवार्ड २०२२ बाट जिभि अनलाईन हेल्थ केयर सम्मानित

विकल्प डिजिटल हेल्थ इनोभेसन अवार्ड २०२२ बाट जिभि अनलाईन हेल्थ केयर सम्मानित भएको छ…

यस्ता छन् आइसिटी अवार्ड २०२२ का उत्कृष्ट ५ विद्यार्थीका आईडिया

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एशोसिएसन विथ नेपाल टेलिकम एण्ड जेसनमा उत्कृष्ट …

एयरड्रप फिचरमा सुरक्षा प्रतिबन्ध लगाउँदै एप्पल

आईफोनले चीनमा जसरी आईओएस १६.२ सार्वजनिक गरेर एयरड्रपमा सुरक्षा प्रतिबन्ध लगाउने भए…

सड्का विस्तारका क्रममा अप्टिकल फाइबर काटिँदा सेवा अवरूद्ध भएको होः एनसेल

बिहीबार सडक विस्तारका क्रममा बुटवल-बर्दघाट र दमौली- आंबुसेरेनी जोडने अप्टिकल फाइब…

ब्रोडवे इन्फोसिस र यूनाईटेड एकेडेमीको सहकार्यमा आईटी ओरियन्टेसन कार्यक्रम सम्पन्न

ब्रोडवे इन्फोसिसले यूनाईटेड एकेडेमीसँग सहकार्य गरेको छ । इन्फोसिसले यूनाईटेड एकेड…

नेपाल रेमिटको सीईओमा खनाल नियुक्त, डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिने

नेपाल रेमिट इन्टरनेशनल प्रालिको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चार्टर्ड अकाउण्टेन्…

मलेसियाबाट १४ हजार रकम पठाउने तामाङलाई आईएमईको १० लाख उपहार

आइएमईले दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको अन्त…

टेलिकमको ब्राण्ड एम्बेसडरमा क्रिकेड खेलाडी खड्का र मिस नेपाल जोशी नियुक्त

नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित खेलाडी पारस …

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा मेगा बम्पर विजेतालाई उपहार हस्तान्तरण

सिटी एक्सप्रेस मनी ट्रान्सफरले “विदेशबाट सिटी आयो, दशैँ तिहारलाई गोल्डेन बनायो” यो…

मोबाइल आयातमा लागेको प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय

मोबाइल आयातमा लागेको प्रतिबन्ध फुकुवा हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको …

हल्ट प्राइज पुलचोक क्याम्पसको अभिमुखीकरण कार्यक्रम सम्पन्न

हल्ट प्राइज पुलचोक क्याम्पसले अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । गत शुक्रबार पुलोच…

उपत्यकामा १० वटा विद्युतीय चार्जिङ स्टेशन बनाउँदै सेगवे

सेगवे-नाइनबटले आफ्नो विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवद्र्धन गर्न उपत्यकाभर १० वट…

गूगल होमको नयाँ इन्टरफेस सार्वजनिक

गूगल होमले नयाँ इन्टरफेस सार्वजनिक गरेको छ । गूगल नाइन टू फाइभको रिपोर्ट अनुसार …

नास्टले युवा वैज्ञानिकलाई अनुसन्धानका लागि आर्थिक सहयोग गर्ने, प्रस्ताव पठाउन आह्वान 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले युवा वैज्ञानिकहरूलाई अनुसन्धानम…

नेशनल साईबर ओलम्पियाडको क्वालिफाई चरण सम्पन्न

प्रशिक्षणको आयोजनामा मंसिर १३ गते देखि सुरु भएको नेशनल साईबर ओलम्पियाड-२०७९ का क्…