कीवर्डहरू -

अपडेट

लुम्बिनी प्रदेशमा सम्पन्न भयो स्टार्टअप एण्ड आईडिया फेस्ट तथा डिजिटल लुम्बिनी संवाद

लिभिङ विथ आइसिटी र आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको प्रदेश स्तरीय दोस्रो स्टार्टअप एण्ड आईडिया फेस्ट तथा डिजिटल सम्वाद ३.० लुम्बिनी प्रदेशमा सम्पन्न भएको छ ।

बुधबार बुटवल सिटी सेन्टरमा आयोजना भएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका करिब २७ स्टार्टअप तथा आईडियाहरु सहभागि भएका थिए ।

फेस्टसँगै आयोजना भएको आईडिया पिचिङ, मेन्टरिङ तथा एक्सपिरियन्स शेयरिङमा २० ओटा स्टार्टअप तथा इनोभेटर्स कम्पनीहरुले आफ्नो व्यवसाय तथा आईडिया प्रस्तुत गरेका थिए । जसमध्ये पाँचओटा कम्पनी तथा आईडियाहरु ईबाइक, फूड अन वेज, श्री सिता बाबा मल्टि टेक, लुम्बिनी स्टेम एजुकेसन र फरिद डटकमको एम सेक्युरिटी इन्क्युबेसन तथा मेन्टरिङका लागि चयन भएका छन् ।

सो प्रतिस्पर्धामा फरिद डट कमको एम सेक्युरिटी प्रथम भएको छ । एम सेक्युरिटीलाई आगामी आइसिटी अर्वाडमा सम्मान गरिने छ ।

\"\"

सेसनमा बुटवलका टेक उद्यमी तथा योङ माईण्ड्सका एमडी डा. अभिजित गुप्ता, तथा युवा स्टार्टअप व्यवसायी प्रकाश न्यौपानेले प्रदर्शनीमा सहभागी स्टार्टअपहरुलाई मेन्टरसिप प्रदान गरेका थिए ।

साथै गण्डकी प्रदेशबाट थालनी भएको प्रदेश स्तरीय सम्वाद दोस्रो ‘डिजिटल लुम्बिनी संवाद’ पनि सम्पन्न भएको छ ।

संवादमा लुम्बिनी प्रदेशको प्रादेशिक नीति तथा योजना आयोगका उपाध्यक्ष बाम देव शर्मा, देवदह नगरपालिकाका मेयर हिरा बहादुर खत्री, लुम्बिनी प्रदेश सरकारका आईसीटी विज्ञ रेग बहादुर भण्डारी, बुटवलका अग्रणी आईटी व्यक्तित्व दुर्गा प्रसाद पाण्डे र पाइला टेक्नोलोजीका सहसंस्थापक तथा ईडी आयुष कसाजु उपस्थित थिए ।

साथै कार्यक्रममा लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयका मन्त्री टिकाराम शर्मा पनि उपस्थित थिए ।

संवाद सेसनमा लुम्बिनी प्रदेशका सूचना प्रविधि तथा ईगभर्नेन्स विज्ञ मिलन श्रेष्ठ र नेपथ्य कलेज लुम्बिनीका प्रधानाध्यापक सञ्जिब भण्डारीले प्रदेशको डिजिटाइजेसनको अवस्था र कार्यदिशाका बारेमा प्रस्तुती दिएका थिए ।

यसबाहेक कार्यक्रममा लुम्बिनी प्रदेशको सूचना प्रविधिसम्बद्ध निजी तथा सरकारी क्षेत्रका विभिन्न व्यक्तित्वहरुको सहभागिता थियो ।


अपडेट

नेपाल एसबिआई बैंकको एटिएम र पिओएस मेसिनहरुमा रुपे कार्डको प्रयोग गर्न सकिने

नेपाल एसबिआई बैंकले आफ्नो एटिएम र पिओएस मेसिनहरूमा रुपे कार्ड प्रयोग हुने जानकार…

अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा १६ जना पक्राउ

महानगरपालिका-६ बौद्ध प्लाटिङस्थित खाजा घरबाट अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा कागे…

ई-वेस्ट व्यवस्थापन गर्न हिम इलेक्ट्रोनिक्स र डोको रिसाइक्लर्स बीच सम्झौता

हिम इलेक्ट्रोनिक्स प्रालिले डोको रिसाइक्लर्ससँग चैत्र १७ गते एक सम्झौतामा हस्ताक्षर गरे…

कागजात रूजु गरेर मात्र सिम वितरण गर्न प्राधिकरणको निर्देशन, अन्यथा कारवाही गर्ने चेतावनी 

नेपाल दूरसञ्चार प्राधिकरणले नियमानुसार कागजात रूजु गरेर मात्र सिमकार्ड तथा रिमकार्…

मेडिकोज पीडीएफ आईओएसमा पनि उपलब्ध, अब मोबाइलमै निःशुल्क किताब, नोट र स्लाइड पढ्न पाइने

आईओएसमा मेडिकोज पीडीएफ एप उपलब्ध भएको छ । यसअघि वेबसाइट र एन्ड्रोइडमा उपलब्ध भएको…

सामसङका टिभी, रेफ्रिजेरेटर र वासिङ मेसिनमा २५ प्रतिशतसम्म छुट

सामसङ नेपालले नयाँ वर्ष २०७९ को अवसरमा ‘नयाँ वर्षको कोसेली, घर भित्र्याऊँ यसपाली’…

एक वर्षको डिशहोमको रिचार्ज गर्दा २४ महिनासम्म टिभी हेर्न पाइने, हरेक हप्ता १ लाख जित्ने मौका

डिशहोमले आफ्ना ग्राहकहरुको लागि १ बर्षमा २४ महिना नामक नयाँ योजना ल्याएको छ । डिश…

बुटवलमा भोलि स्टार्टअप एण्ड आइडिया फेस्ट हुँदै, यसरी हुनुहोस् सहभागी

लिभिङ विथ आइसिटी र आइसिटी फाउन्डेसन नेपालको सयुक्त सहकार्यमा बुधबार लुम्बिनी प्रदे…

हाम्रो पात्रो रेमिटबाट अब प्रति व्यक्ति १ लाख डलरसम्म पठाउन मिल्ने

नेपालको सर्वाधिक डाउनलोड गरिएको र एक मात्र लोकप्रिय एप हाम्रोपात्रोल…

भायानेटको रिफरल योजना, भायानेट रिफरमा तीन महिनाको इन्टरनेट र डुअल ब्याण्ड राउटर सित्तैमा

भायानेटले नयाँ रिफरल योजना सार्वजनिक गरेको छ । यो योजनामा सहभागी भएर ग्राहकले त…

इसेवा मनी ट्रान्सफर र टेङ्गोपेबीच सम्झौता, सुरूको तीन महिना निःशुल्क पैसा पठाउन सकिने

विश्वका दुई सय भन्दा धेरै मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै स्वदेशमा आन्तरिक रेमिट्यान्…

क्यान इन्फोटेकको तयारी अन्तिम चरणमा, १ रूपैयाँमै अवलोकन गर्न पाइने 

२७ औं संस्करणको क्यान इन्फोटेकको तयारी अन्तिम चरणमा पुगेको छ । आगामी वैशाख ७ गतेद…

डिजी पेको फ्रेन्चाइज योजना, मासिक ४-५ लाख कमाउन सकिने

नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको इजाजत प्राप्त संस्था डिजी पे प्रालिले आ…

७७ जिल्लामै विस्तार भयो क्यान महासंघ, डिजिटल अवेयरनेसमा जोड दिने  

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले ७७ जिल्लामै आफ्नो शाखा विस्तार गरेको छ । …

गण्डकी प्रदेशलाई डिजिटाइज गर्न बाहेक अन्य विकल्प छैन्ः मन्त्री थापा 

काठमाडौं । गण्डकी प्रदेशको विकास र समृद्धिका लागि डिजिटाइजेसनमा जान अपरीहार्य भईस…