कीवर्डहरू -

अपडेट

इजेड रेमिट र ईसेवा मनि ट्रान्सफरबीच सम्झौता, ५५ हजारभन्दा बढी नेटवर्कबाट पैसा पठाउन सकिने

इसेवा मनि ट्रान्सफर र  बिएफसी बैंक अन्तरगत रहेको इजेड रेमिटबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यो  सम्झौतासँगै अब इजेड रेमिटको सेवा उपयोग गर्दै बिएफसी बैंकका शाखाहरु तथा विश्वका ४० भन्दा बढी मुलुकमा रहेका ५५ हजारभन्दा बढी नेटवर्कको माध्यमबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा पैसा पठाउँन सकिने भएको छ ।

सम्झौतामा इसेवा मनी ट्रान्सफरका तर्फबाट सि.ई.ओ, अजेस कोइराला र इजेड रेमिटका तर्फबाट चिफ फाइनान्स अफिसर समेत रहेका कार्यबहाक सि.ई.ओ, मुजाहिद मलिकले हस्ताक्षर गरे ।

सि.इ.ओ, अजेस कोइरालाले इजेडसँग रेमिट्यान्स साझेदारी गर्न पाउँदा खुसी लागेको बताए । ‘यस रेमिट्यान्स सम्झौता मार्फत इसेवा मनी ट्रान्सफरले नेपालीहरुलाई आफ्नो परिवारसँग जोड्ने कुरामा हामी विश्वस्त छौँ र यसैगरी सकेसम्म धेरै विदेश गएका नेपालीहरुलाई डिजिटल रेमिट्यान्सको माध्यमबाट सस्तो, छिटो र भरपर्दो सेवा प्रदान गर्दै आफ्नो घर–परिवारसम्म जोड्न हामी निरन्तर लागि रहने छौँ’, उनले भने ।

इसेडसँगको यो सहकार्यसँगै इजेड रेमिटको सेवा उपलब्ध रहेका मुलुकमा बसोवास तथा काम गर्दै आएका नेपालीहरुले नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई पैसा पठाउँदा, सोझै पाउने व्यक्तिको बैंकको खातामै डिपोजिट गर्न मिल्नुका साथै इसेवा वालेटमा तुरुन्तै पैसा लोड गर्न सकिनेछ ।

त्यस्तै इजेड रेमिटको शाखाहरुबाट पठाएको रेमिट्यान्स नेपालभरी रहेका इसेवा मनी ट्रान्सफरका १२ हजार बढी भुक्तानी केन्द्र र इसेवाका मुलुकभरी रहेका १ लाख ३० हजार बढी एजेण्ट नेटवर्कबाट  पनि तुरुन्तै रकम प्राप्त गर्न सकिने छ ।

साथै,पाउने व्यक्तिले पठाएको रेमिट्यान्स भुक्तानी केन्द्रमा नगई सोझै इसेवा वालेटमा प्राप्त गरेर अतिरिक्त रु. ७७ बोनस रकम समेत प्राप्त गर्न सकिनेछ । सातै इसेवा मनि आर्फत आएको रकम प्रभु भ्यानेजमेन्ट अन्तरगत रहेका सहकारी संस्थाहरुबाट समेत भुक्तानी लिन सकिनेछ ।

सन् २००३ मा स्थापना भएको इजेड रेमिट लन्डनमा रहेर विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको सस्तो, छिटो र भरपर्दो रेमिट कम्पनी हो । यो बहराइनमा रहेको बिएफसी गु्रप होल्डिङ्कस् (बिएफसी) गु्रपको मातहतमा रहेर रहेर संचालन हुँदै आएको छ ।  यो रेमिट कम्पनी हाल संसारका ४० भन्दा बढी मुलुकमा विस्तार भएका ५५,००० बढी नेटवर्कका माध्यम हुँदै संसारका अधिकांस मुलुकमा रेमिट्यान्स सेवा प्रदान गरि रहेको छ ।

इसेवा मनी ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यम मार्फत २०० भन्दा बढि देशहरुबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६० भन्दा बढी बैक खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ ।

इसेवा मनि ट्रान्सफरले आफ्ना सेवाग्राहीहरुलाई १०, ००० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवा वालेटका १ लाख भन्दा ३० हजार भन्दा बढी एजेण्ट/क्यास प्वाइन्ट मार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवा मनी ट्रान्सफर, देशभरका एक करोड दश लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।


अपडेट

काठमाडौं, पोखरा र चितवनमा वर्ल्डलिङ्कको कन्सर्ट, निःशुल्क प्रवेशको सुविधा

इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले कीर्तिमानी आरोही तथा च…

पटक पटक राहदानी विभागको सर्भरमा समस्या, ई-पासपोर्ट लिन सेवाग्राहीलाई सास्ती 

राहदानी विभागको सर्भरले काम नगर्दा हजारौ सेवाग्राहीले सास्ती पाएका छन् । ४ दिनदेखि…

भोलि बिहानसम्म यातायात कार्यालयबाट प्रदान गरिने सेवा बन्द

यातायात कार्यालयबाट प्रदान गरिने सेवाहरू भोलि बिहानसम्म बन्द हुने भएका छन् । याताय…

विदेशबाट आईएमई मार्फत पैसा पठाउँदा मिदासको निःशुल्क अनलाइन कक्षा

आइएमई ग्रुपद्वारा प्रवर्धित आइएमई र मिदास एजुकेसनले ई‐लर्निङ प्रवर्द्धन अभियान सुरु ग…

हेल्थटेक स्टार्टअप कम्पनी वाइजयाकमा टिम भेञ्चर्सको ३ करोड लगानी

वाइजयाक नामक एआई आधारित हेल्थटेक कम्पनीले टिम भेन्चर्सबाट ३ करोड ३ लाख ८८ हजार ५०…

एप्पलको आईओएस १५.४ अपडेटले ब्याट्री ड्रेन गर्दै

एप्पलको आइफोन प्रयोगकर्ताहरुले आईओएस १५.४ अपडेटले धेरै ब्याट्री ड्रेन गरिरहेको गुना…

फेसबुकको क्रेडेन्सियल चोर्ने एप, के तपाईले पनि डाउनलोड गर्नुभएको छ ?

एन्ड्रोइडको पासवर्ड चोर्ने मालवेयरले एक लाख गूगल प्ले प्रयोगकर्ताहरुलाई संक्रमित गरेक…

अब अनलाइनबाटै बीमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरण गर्न सकिने

अब अनलाइनबाटै बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण गर्न सकिने भएको छ । मंगलबारदेखि ब…

क्यूआर कोड र डिजिटल उत्पादनहरू प्रवर्द्धन गर्न टेवानसँग नबिल बैंकको साझेदारी

महिला र युवाहरूमा क्यूआर कोड र डिजिटल उत्पादनहरू प्रवद्र्धन गर्न नबिल बैंकले पर्यटन …

ई-पासपोर्ट वितरणलाई प्रभावकारी बनाउन कर्मचारी अभाव

विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सेवालाई थप प्रभावकारी बनाउन विभिन्न जिल्लाका …

नास्टको विज्ञान मेला सुरु

बागलुङमा विज्ञान मेला सुरु भएको छ । वैज्ञानिक संस्कारको महत्व बुझाउनका लागि बागलु…

लेभल फिफ्टीवान नेपालले आविष्कार केन्द्रलाई दियो ५ वटा नयाँ ल्यापटप

लेभल फिफ्टीवान नेपालले राष्ट्रिय आविष्कार केन्द्रलाई ५ वटा नयाँ ल्यापटप दान गरेको छ …

विगत १५ मिनेटको गूगलको सर्च हिस्ट्री अब अब एक क्लिकमै डिलिट गर्न सकिने

अब एक क्लिक र वाइपमै गूगलको विगतको १५ मिनेटको सर्च हिस्ट्री डिलिट गर्न सकिने भएको …

युट्युब, टिकटक, स्पोटिफाईमा बज्ने नेपाली गीतले पनि अब रोयल्टी पाउने, सम्झौता गर्ने तयारी

युट्युब, टिकटक, स्पोटिफाईमा बज्ने नेपाली गीतले पनि अब रोयल्टी पाउने भएका छन् । त्यस…