अपडेट
भेहिकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिष्टममा आबद्ध हुन निर्देशन
राजस्व अनुसन्धान विभागले अझै पनि कतिपय कारोबार मालवस्तु ढुवानी साधनको अनुगमन (भेहिकल एन्ड कन्साइनमेन्ट ट्र्याकिङ सिष्टम (भीसीटीएस)मा नआएको भन्दै त्यसमा अनिवार्य रूपमा प्रविष्ट गर्न निर्देशन दिएको छ ।
सरकारले राजस्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले २०७६ साउन १ गतेदेखि भीसीटीएस अनिवार्य गरे पनि अझै कतिपय कारोबार यस प्रणालीमा आबद्ध नगरी वा आंशिक रूपमा मात्र प्रविष्ट गरी वस्तुको ओसारपसार गर्ने गरेको पाइएको छ । विभागले सबै कारोबारलाई अनिवार्य रूपमा प्रणालीमा प्रविष्ट गर्न निर्देशन दिएको हो ।
विभागले अनुगमन गर्दा कतिपय कारोबार वैधानिक तवरबाट पैठारी नभएका वा चोरी पैठारीबाट भित्रिएका मालवस्तुसमेत एकै बिलबिजकबाट ओसारपसार गरेको पाइएको जनाएको छ ।
त्यसलाई नियन्त्रण गर्न विभागले आयातकर्ता वा व्यवसायीलाई आफूले गर्ने कारोबार कानुनबमोजिम भएमात्र वस्तु खरिद बिक्री गर्ने तथा भण्डारण गर्न निर्देशन दिएको छ ।
त्यस्तै, सीमानाका नजिक रहेका कारोबार स्थलबाट मुलुकका अन्य भागमा पैठारी भई जाने मालवाहक सवारीसाधनमा समेत चोरी पैठारीमार्फत भित्रिएका वस्तु बीच बाटोबाट थप गरी गन्तव्य स्थलतर्फ पठाउने गरेको पाइएको जनाइएको छ । त्यस्ता ढुवानी साधन चालक र संलग्न व्यक्तिलाई विभागबाट कारबाही भएको पनि जनाएको छ ।
विभागको अनुगमनमा कतिपय सामान ढुवानी गर्ने ट्रान्सपोर्ट कम्पनीले बुझाउनुपर्ने व्यक्ति वा फर्मलाई नबुझाई अन्य व्यक्तिलाई समेत बुझाएको देखिएको भन्दै सामानको वास्तविक धनी पहिचान गरी बुझ्ने र बुझाउने व्यवस्था गर्नु पनि निर्देशन दिएको छ ।
त्यस्तै, नेपाल राष्ट्र बैङ्कबाट समय–समयमा जारी हुने परिपत्रका आधारमा एकपटकमा व्यक्तिले नगद लिई हिँड्ने सीमाभन्दा अधिक रकमसमेत नगदै बरामद हुने गरेको विभागले जनाएको छ ।
विभागका अनुसार व्यावसायिक कारोबारमा ५० हजार रुपियाँभन्दा माथि चेकबाट मात्र भुक्तानी हुनुपर्नेमा व्यावसायिक कारोबारको रकम हो भनी दाबीसमेत गरेको पाइएको जनाएको छ । गोरखापत्र
अपडेट
जर्मनीमा चिप निर्माण गर्न १९ बिलियन डलर लगानी गर्दै इन्टेल, ३ हजारलाई रोजगारी
इन्टेलले जर्मनीमा चिप निर्माण गर्ने उद्योग खोल्न १९ बिलियन डलर लगानी गर्ने भएको छ । …
१२ ओटा डेटा ब्रिच भएको भन्दै मेटालाई १८.६ मिलियन डलर जरिवाना
मेटालाई १२ ओटा जिडिपिआर सान्दर्भिक डेटा ब्रिचहरुका लागि १८.६ मिलियन डलर जरिवाना …
एनएमबि बैंकमा भिडिओ कलबाट खाता खोल्दा डिम्याट र मेरो शेयर अनलाइनबाटै लिन मिल्ने
एनएमबि बैंकले भिडीयो केवाईसी, भिडियो कलमा आधारित खातासंगै देश वा विदेशमै बसी …
इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स भुक्तानी सेवा अबदेखि इसेवाका एजेण्टबाट पनि पाइने
इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स भुक्तानी सेवा अबदेखि नेपालको अग्रणी भुक्तानी सेवा …
थापाथली क्याम्पसका विद्यार्थीलाई विद्युतीय गाडी बनाउन गोल्छा ग्रुपको आर्थिक सहयोग
गोल्छा ग्रुपले थापाथली क्याम्पसका विद्यार्थीहरुलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग …
अनलाईनबाट ठगी गर्ने एकजना पक्राउ
सामाजिक सञ्जाल वाट्सएप मार्फत पार्सल र चिठ्ठा परेको रकम पाउनको लागि ट्याक्स रकम तिर्न…
स्टार्टअप वा इन्नोभेटिभ आइडियालाई क्यान इन्फोटेकमा सहभागी हुने अवसर, यसरी दिनुहोस् आवेदन
क्यान महासंघले स्टार्टअप तथा इन्नोभेटिभ आइडिया तथा प्रोजेक्टलाई क्यान इन्फोटेक २०२२ म…
क्यान इन्फोटेकको ८० प्रतिशत स्टल बुकिङ
आगामी वैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने आइएमइ पे क्या…
हल्टप्राइज एट एसएमसीको फिनाले समपन्न
हल्टप्राइज एट एसएमसीको फिनाले समपन्न भएको छ । हल्टप्राइज एट एसएमसी कलेजमा ओरियन्टेस…
नेपालमा अब क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर फन्ड, अनलाइन जुवा लगायतका वेबसाइट र एप नचल्ने
क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाईपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैरकानूनी क्रियाकल…
भिभोले उपभोक्ता मैत्री प्राविधिक प्रवृत्ति विकास गर्दै
भिभोका लागि २०२१ आवश्यक परिवर्तन ल्याउने वर्ष सावित भएको छ । आफूलाई गुणस्तरीय उत्पा…
क्लासिक टेकको नयाँ वर्ष अफर, वार्षिक रिचार्जमा ३ हजार ३५७ छुट र ३ महिना बोनस
इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ वर्षको अफर ल्याएको छ । क्लासिक टेकले…
ड्राइभिङ लाइसेन्स लिन सास्ती
सरकारी सेवालाई ‘डिजिटल’ बनाउने भनिए पनि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरणक…
आज विश्व उपभोक्ता अधिकार दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै
आज मार्च १५ अर्थात विश्व उपभोक्ता अधिकार दिवस । नेपालसहित विश्वभर विश्व उपभोक्ता अधि…
भोलिदेखि ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन बन्द हुने
यातायात व्यवस्था विभागले मंगलबारदेखि ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन बन्द गर्ने भए…