कीवर्डहरू -

अपडेट

अर्को हप्ताबाट स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइ शुरू हुने, तीन सिफ्टमा छाप्ने योजना

करिब छ महिनासम्म स्थगित भएको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ सुरु हुने भएको छ । फ्रान्सको सेल्प कम्पनीले सम्झौताअनुसार १४ लाखप्रति कार्ड उपलब्ध गराएपछि छपाइ कार्य सुरु हुने भएको हो ।

यातायात व्यवस्था विभागले कार्ड अभाव भएपछि अति आवश्यक सवारी चालक अनुमतिपत्र मात्र छपाइ गर्दै आएको थियो । विभागले १४ लाखप्रति कार्ड आएपछि छपाइ कार्य तीव्र बनाइने जनाएको छ ।

विभागका महानिर्देशक नमराज घिमिरेले भने, ‘कार्ड आइपुग्यो, छपाइको नमुना परीक्षण गर्छौं । अर्को हप्ताबाट छपाइ सुरु हुनेछ ।’ करिब दुई वर्षदेखि छाप्न बाँकी रहेका सात लाखप्रति सवारी चालक अनुमतिपत्रलाई प्राथमिकता दिइने बताइएको छ ।

उनका अनुसार दैनिक रूपमा आउने मागलाई दैनिक कार्यतालिका अनुसार नै छपाइ गर्न सकिने छ । छपाइ सुरु भए पनि सेवाग्राहीले तुरुन्तै सवारी चालक अनुमतिपत्र पाउने अवस्था छैन ।

विभागले डेढ वर्षअघि ल्याएको नयाँ मेसिनले प्रतिघण्टा ४५० वटासम्म सवारी चालक अनुमतिपत्र छपाइ गर्न सक्छ ।तीन चरणमा दैनिक २१ घण्टा चलाए नौ हजार सवारी चालक अनुमतिपत्र छापिन्छ । जसअनुसार महिनामा साढे दुई लाखप्रति छापिन्छ ।

सात लाखप्रति छाप्न करिब तीन महिना लाग्ने छ । तीन सिफ्टमा छाप्ने योजना रहेको विभागले जनाएको छ । दैनिक रूपमा करिब पाँच हजारप्रति सवारी चालक अनुमतिपत्रको नयाँ माग छ ।

२०७२ सालमा स्मार्ट सवारी चालक अनुमतिपत्र लागूू भएपछि छपाइ काम निकै सुस्त हुँदै आएको छ । ग्लोबल टेण्डर प्रक्रिया नै ढिला गरी खुला गरिएकाले कार्डको अभाव हुन गएको विभागले जनाएको छ । गोरखापत्र

अपडेट

डिजिटल रूपान्तरण र प्रतिभा विकासमा सहकार्य गर्न थाइल्याण्डका प्रधानमन्त्रीको ह्वावेसँग भेटवार्ता

थाइल्याण्डका प्रधानमन्त्री जनरल प्रयुत चान–ओ–चाले ह्वावे टेकनोलोजिजका सिईओ रेन झेङ्फे…

अब अनलाइनबाटै लेखा परीक्षण

महालेखा  परीक्षकको  कार्यालयले  यो  वर्षदेखि  विद्युतीय प्रणाली (अनलाइन) बाटै लेखा…

आईफोन १४ का लागि एप्पलले डिजाइन गर्‍यो फाइभजी मोडेम

आईफोन १४ का लागि एप्पलले फाइभजी मोडेम डिजाइन गरेको छ । सन् २०२३ मा सार्वजनिक हुन…

टेलिकमका प्रयोगकर्ताले ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङ एप अब निःशुल्क चलाउन सक्ने

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई मोबाइल बैंकिङ्ग एप्लिकेसन ‘ग्लोबल स्म…

सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपबाट अब सीआरएन तथा डिम्याट नम्बर विवरण हेर्न सकिने

सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले मोबाइल बैंकिङ्ग मार्फत सीआरएन तथा डिम्याट नम्बर …

सामसङ विन्टर स्किम योजनाको तेस्रो लक्की ड्र सम्पन्न, २१ जना बने विजेता

सामसुङ मोबाइलको विन्टर स्किमको तेस्रो लक्की ड्र सम्पन्न भएको छ । बुधबार राजधानीमा सम्…

इस्लिङटन कलेजमा विद्यार्थीको शोकेसः कन्ट्याक्टलेश पेमेन्ट सिष्टम देखि थ्रिडी प्रिन्टरसम्म

इस्लिङटन कलेजले एफवाईपी शोकेस प्रदर्शनी आयोजना गरेको छ । उक्त पदर्शनीमा अन्तिम वर्षक…

सन् २०२२ मा सार्वजनिक हुँदै एप्पलको डिजिटल आईडी कार्ड, क्रेडिट वा डेबिटकार्ड जस्तै काम गर्ने

एप्पलले सन् २०२२ मा डिजिटल आईडी कार्ड सार्वजनिक गर्ने भएको छ । यो फिचर पहिले सन् २०…

ह्वावेको सिड्स फर द फ्युचर कार्यक्रमको उत्कृष्ट २० घोषणा, को को भए छनोट ? 

ह्वावेले सिड्स फर द फ्युचर कार्यक्रमको उत्कृष्ट २० घोषणा गरेको छ । आएका आवेदन मध्येबा…

सीटीईभीटीको नर्सिङ कार्यक्रमको निःशुल्क छात्रवृत्तिका लागि अनलाइनबाटै यसरी दिनुहोस् आवेदन

प्राविधिक शिक्षा तथा व्यवसायी तालिम परिषद (सीटीईभीटी) ले शैक्षिक शत्र २०७८/७९ मा प्…

नेपाल मेडिकल काउन्सिलले खुलायो लाइसेन्स परीक्षाको फाराम, अनलाइनबाटै यसरी भर्नुहोस् 

नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा आगामी पुस २२ गतेदेखि २४ गतेसम्म हुने भएक…

नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिट कम्पनीबीच सम्झौता

नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिट कम्पनीबीच रेमिट्यान्स(विप्रेषण) सम्झौता भएको छ…

बिटक्वाइनको शहर बनाउँदै एल साल्भाडोर

मध्य अमेरिकाको एक देश एल साल्भाडोरले बिटकोइनमा आधारित शहर बनाउने योजना बनाएको छ…

महानगरीय प्रहरी परिसर ललितपुरमा नवनिर्मित स्मार्ट पुलिस कन्ट्रोल रुमको उद्‍घाटन

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक…

सूचना प्रविधि तथा मिडियालाई एकीकृत रुपमा नियमन गर्नुपर्ने प्रस्ताव, यस्तो छ अध्ययन प्रतिवेदन

दूरसञ्चार, सूचना प्रविधि तथा ब्रोडकास्टिङ सेवाहरुलाई एकीकृत रुपमा नियमन गर्नुपर्ने …