कीवर्डहरू -

अपडेट

टेलिकमको मोबाइल ब्यालेन्सबाट कारोबार गर्न पाइदैन्ः सीईओ भण्डारी

नेपाल टेलिकमको मोबाइल ब्यालेन्सबाट कारोबार गर्न नपाइने नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णप्रसाद भण्डारीले बताएका छन् ।

बुधबार नेपाल टेलिकमको गण्डकी प्रदेश कार्यालयले आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा भण्डारीले यस्तो बताएका हुन् ।

उनले भने, ‘यो बीचमा पटक पटक मिडियामा उठ्ने गरेको एउटा विषय छ । यो नेपाल टेलिकमको कम्पनी भएको हिसाबले मोबाइलको ब्यालेन्सबाटै कारोबार गर्न पाइने होकी भन्ने खालका जिज्ञासाहरू यताकता आउँछन् । त्यो जिज्ञासालाई यो मञ्चबाटै प्रष्ट पार्न चाहन्छु ।’

नेपाल टेलिकमको मोबाइलको ब्यालेन्सबाट कारोबार गर्न नपाइने उनले प्रष्ट पारे । ‘मोबाइलको ब्यालेन्सबाट खरिददारी गर्न, बिल तिर्न सकिदैन्,’ भण्डारी भने, ‘किनभने मोबाइलको ब्यालेन्स अहिले पनि सेवाको रूपमा रहेको ब्यालेन्स हो । त्यो नगद वा रकमको रूपमा लगेको ब्यालेन्स होइन । त्यो चाहिँ दूरसञ्चार सेवाका लागि मात्रै प्रयोग गर्न भनेर छुट्याइएको चीज हो ।’

त्यसलाई पुनः पैसामा परिवर्तन गरेर अन्य सेवा तथा वस्तु खरिद गर्न नसकिने उनले जानकारी दिए । नमस्ते पे मोबाइल ब्यालेन्सबाट नचल्ने उनको भनाइ छ ।

नमस्ते पेमा बैंक तथा एजेन्टबाट ब्यालेन्स लोड गर्न सकिने उनी बताउँछन् । ‘धेरै जना एजेन्ट, सुपर एजेन्टसँग सम्झौता गरिसकेका छौं । उहाँहरूले छिट्टै काम शुरू गर्नुहुन्छ’ उनले भने ।

नमस्ते पेबाट क्युआर कोड स्क्यान गरी भुक्तानी गर्न सकिने प्रावधान ल्याउने उनले बताए । अहिले स्मार्ट क्युआरसँग साझेदारी गरेर त्यसलाई अगाडि बढाइएको भण्डारी बताउँछन् ।

उनी भन्छन् ‘हाम्रो एपलाई त्यसका लागि तयार गर्ने, अझै परिमार्जन गर्ने कामहरू गर्दैछौं ।’ एप्पलको एप स्टोरमा एक दुई हप्तामा नमस्ते पेको एप आउने आशा गरेको भन्डारी बताउँछन् ।

‘हिजोदेखि यसको शुरूवात मात्रै गरिएको छ । यसमा धेरै सुधारहरू गर्नुपर्ने छ,’ भण्डारीले कार्यक्रममा भने, ‘त्यसका लागि यहाँहरूको सुझाब, सल्लाह र प्रतिक्रियाले ठूलो महत्व राख्छ । त्यसले हामीलाई बजारको आकांक्षाको पनि जानकारी दिन सक्छ ।’

यसमा थप सुधार गर्न र नयाँ सेवा आउन केही समय लाग्ने र त्यसका लागि धैर्य गर्न उनले आग्रह गरे ।


अपडेट

सेञ्चुरी बैंकको नयाँ बचत खाता योजना, मोबाइल र इन्टरनेट बैंकिङ निःशुल्क

सेञ्चुरी कमर्सियल बैंकले नयाँ बचत खाता ‘सेञ्चुरी रेमिट प्रिमियम एकाउन्ट’ संचालन गर…

एप्पललको आजको इभेन्टमा के के हुँदैछन् सार्वजनिक ?

आज साझ एप्पल ईभेन्ट आयोजना गर्दै  छ । एप्पलले वार्षिक रुपमा तीन देखि चार ओटा कार्यक्…

ग्यापु टिकटक हिरोका टप २५ को नाम सार्वजनिक

नेपाली ई-कमर्स कम्पनी ग्यापु टिकटक हिरोजको उत्कृष्ट २५ सहभागीहरूको नाम सार्वजनिक भए…

पेगासस स्पाईवेयर ह्याकबाट बच्न एप्पलले सार्वजनिक गर्‍यो आईफोन र म्याकमा नयाँ अपडेट

एप्पलले पेगासस स्पाईवेयर ह्याकलाई सम्बोधन गर्दै आईओएस १४.८ र म्याकओएस बिग सर ११.६ स…

अब अनलाइनबाटै माछापुच्छ्रे बैंकमा डिम्याट खाता खोल्न सकिने

माछापुच्छ्रे बैंकमा अब अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने भएको छ । डिम्याट लगायत …

डेस्कटपका लागि गूगल सर्चमा डार्क मोड उपलब्ध

गूगल सर्चमा डार्क मोड उपलब्ध भएको छ । गूगल सर्च होमपेजले अहिले सम्म विभिन्न परिवर्तन…

अक्टोबर ४ मा सार्वजनिक हुँदै एन्ड्रोइड १२

एन्ड्रोइड १२ अक्टोबर ४ मा सार्वजनिक हुने भएको छ । अहिले सम्म गूगलले आधिकारिक रुपमा…

ओमानमा हुने ट्राई नेसन्स सिरिजको प्रत्यक्ष प्रशारण डिशहोमले गर्ने

नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडिया नेटवर्क लिमिटेडबीच नेपाल र ओमानमा हुने एक…

बुधबारदेखि मेसिन लर्निङ तथा डेटा साइन्समा राष्ट्रिय वर्कशप हुँदै, यसरी हुनुहोस् सहभागी 

आगामी बुधबारदेखि मेसिन लर्निङ र डेटा साइन्समा चौंथो राष्ट्रिय वर्कशप आयोजना हुने भ…

पठाओको दशैं महोत्सव: राइडरले टिभिएस बाइक र सेवाग्राहीले आइफोन जित्ने मौका 

राइड सेयरिङ सेवा पठाओ नेपालले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा राइडर र स…

पर्सिभेरेन्स रोभरले संकलन गरेको ढुङ्गाले देखायो मङ्गल ग्रहमा पानीको संकेत

पर्सिभेरेन्स रोभरले संकलन गरेको ढुङ्गा नमुनाले मङ्गल ग्रहमा लामो समयदेखि पानी रहेक…

गूगल वानले ल्यायो ५ टेराबाईटको स्टोरेज प्लान

गूगल वानले ५ टेराबाईटको स्टोरेज प्लान ल्याएको छ । अहिले सम्म गूगल वानमा १० डलर प्र…

रेमिट्यान्स वालेट ट्रान्सफरका लागि नेपाल पेमेन्ट सोलुसनले सार्वजनिक गर्‍यो प्लेटफर्म

नेपाल पेमेन्ट सोलुसन प्रालिले सिटी एक्सप्रेस मनी ट्रान्सफरसँग सहकार्य गरेर रेमिट्यान्स…

गूगलले हङकङ अधिकारीहरुसँग प्रयोगकर्ताहरुको डेटा शेयर गरेको खुलासा

गूगलले हङकङ अधिकारीहरुलाई प्रतिबन्ध हुँदाहुँदै पनि डेटा दिएको छ । चिनियाँ सरकार…

मोटरसाइकलको कम्पनले आईफोनको क्यामेरा बिगार्न सक्ने चेतावनी

एप्पलले मोटरसाईकलको कम्पनले आईफोनको क्यामेरा बिगार्न सक्ने चेतावनी दिएको छ । म्याक …