कीवर्डहरू -

अपडेट

विज्ञान प्रविधिको क्षेत्रमा एकीकृत र समन्वयात्मक प्रयासको खाँचो छः प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का कुलपति शेरबहादुर देउवाले विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ शोध, अध्ययन, अनुसन्धान र आविष्कारका लागि सबैले एकीकृत र समन्वयात्मक प्रयास गर्नुपर्ने खाँचो औँल्याएका छन् ।

नास्टको आज भएको ४५ औँ प्राज्ञसभामा उनले विज्ञान–प्रविधिको क्षेत्रमा मुख्यतया शिक्षित जनशक्तिलाई स्वदेशमै पूर्णरुपमा परिचालन गरी प्रतिभा पलायन हुन नदिने तथा विज्ञान–प्रविधिलाई राष्ट्रको आधुनिकीकरण र उत्पादन प्रणालीसँग जोडेर आर्थिक विकासको गतिलाई उच्च बनाउनेतर्फ जोड दिनुपर्ने बताए ।

यस क्रममा मुलुकभित्रका वैज्ञानिक, अनुसन्धानकर्मीसहित नास्टमा आबद्ध वैज्ञानिक तथा विज्ञहरूको विज्ञताको पूर्ण उपयोग र वृत्ति विकासका लागि ठोस कार्ययोजना तयार गरी अघि बढाउन प्रधानमन्त्री देउवाले सम्बन्धित मन्त्रालय र नास्टका पदाधिकारीहरूलाई निर्देशन दिए ।

मुलुकको विकासलाई सहयोग पुग्ने गरी नयाँ–नयाँ प्रविधिको खोज, अनुसन्धान र विकास गर्ने, अन्य देशमा आविष्कार भई प्रयोगमा आएका समाजोपयोगी नयाँ प्रविधिलाई मुलुकमा भित्र्याउन आवश्यक समन्वय र सहजीकरण गर्न प्रतिष्ठानले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

उनले भने, “प्रतिष्ठानले केही समय अगाडि मात्र नेपालको स्याटेलाइटलाई अन्तरिक्षमा पु¥याउन गरेको सफल प्रयासका लागि यस कार्यमा संलग्न सबै वैज्ञानिक तथा प्राविधिकहरूलाई बधाई दिन चाहन्छु । विगत दुई वर्षदेखि विश्वलाई नै आक्रान्त पारिरहेको कोभिड–१९ महामारीलाई नियन्त्रण गर्ने सन्दर्भमा आवश्यक उपकरण र प्रविधि विकास गर्न नव प्रवर्तकहरूलाई सहयोग गर्दै आइसोलेसन बुथ निर्माण गरी नेपाल सरकारका सबै सुरक्षा निकाय, विभिन्न स्वास्थ्य सङ्घ–संस्था र स्थानीय निकायहरूलाई उपलब्ध गराउन खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गर्दछु ।”

नास्टले नेपालमै अक्सिजन सिलिन्डर उत्पादन गर्न तथा प्रयोगमा आएका सिलिन्डरको परीक्षण गर्न गरेको प्रयासको उनले उच्च मूल्याङ्कन गर्न चाहेको बताए ।

प्रधानमन्त्री देउवाले जीवनस्तरमा गुणात्मक सुधार ल्याउन सबै युवा वैज्ञानिक र विज्ञ प्राविधिकहरूलाई थप लगनशील र जागरुक भई मुलुकको विकास र समृद्धिको लागि उपयोगी हुने नयाँ खोज र अनुसन्धानमा लाग्नका लागि अभिप्रेरित गरे ।

“विज्ञान शिक्षकहरूलाई प्रशिक्षण, सूचना पहुँच केन्द्रको स्थापना, मूर्धन्य वैज्ञानिक÷प्राविधिकहरूलाई पुरस्कृत गर्ने तथा अनुसन्धानकर्मी संस्थाहरूलाई सहयोग गर्नेलगायतका कार्यक्रम पनि प्रतिष्ठानबाट सञ्चालन भएका  छन् । यस्ता कार्यक्रमहरूलाई आगामी दिनमा थप विस्तार गर्दै जान आवश्यक छ भन्ने मलाई लागेको छ”, प्रधानमन्त्री देउवाले भने ।

प्रतिष्ठानले गत आर्थिक वर्षमा सम्पादन गरेका काम–कारबाहीहरूको विस्तृत समीक्षा गरी सम्पादन हुन नसकेका कार्यहरूलाई नयाँ सोच र रणनीतिका साथ चालु आर्थिक वर्षभित्रै यथाशीघ्र सम्पादन गर्न मार्गनिर्देश गर्ने अपेक्षा उनले व्यक्त गरे ।

प्रतिष्ठानलाई कार्य सम्पादन गर्ने सन्दर्भमा भोग्नुपरेका चुनौती र समस्या सम्बन्धमा पनि रचनात्मक छलफल गरी आगामी दिनमा ती समस्या तथा चुनौतीलाई सम्बोधन गर्न आवश्यक उपायहरू पहिल्याउन पनि बैठक सहयोगी हुनेमा प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गरे । रासस

अपडेट

पाँचखालमा स्मार्ट–सिटी निर्माण गर्न सिङ्गापुरको कम्पनीसँग निफ्राको सम्झौता

पाँचखाल नगरपालिकामा विकास गरिने ‘स्मार्ट सिटी’को लागि सिङ्गापुरको निर्माण कम्पनीसँ…

नेपालमै पहिलोपटक एपबाट चरा गणना हुँदै

कञ्चनपुरसहित देशका ६६ जिल्लामा शनिबार (फागुन ७ गते) एकै साथ ‘छिमेकी चरा’ एपको म…

खल्तीको निःशुल्क मेरो शेयर खाता नवीकरण अफर

नेपालमा आईपीओमा लगानी गर्ने उत्सुकता  दिन प्रतिदिन बढ्दै आइरहेको छ । यसैलाई बुझ्दै…

सिभिल बैंक र एफवान सफ्टबीच सम्झौता

सिभिल बैंक र एफवान सफ्ट इन्टरनेसनल बीच सम्झौता भएको छ । ओम्नी च्यानल प्लेटफर्म सुचार…

डिशहोम फाइबरनेटको सहवितरण शोरुम टिकाथलीमा

डिशहोम फाईवरनेटले काठमाण्डौंको टिकाथलीमा सह–वितरण सोरुमको शुभारम्भ गरेको छ । फा…

वैदेशिक रोजगार बोर्ड क्लियरिङ्ग हाउसको एनपिआईमा आबद्ध, अब अनलाइनबाटै भुक्तानीको सुविधा

वैदेशिक रोजगार बोर्डले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको…

जेनेस सोलुसनमा विजनेश अक्सिजन प्रालिको १० लाख अमेरिकी डलर लगानी

विजनेश अक्सिजन प्रालिले जेनेस सोलुसन प्रालिमा १० लाख अमेरिकी डलर बराबरको लगानी ग…

एनसेलको नम्बरबाट पनि अब नमस्ते पेमा खाता खोल्न सकिने

अब एनसेलको नम्बरबाट पनि डिजिटल वालेट …

राष्ट्रिय बीमा संस्थानको पहिलो संस्थागत अभिकर्ता बन्यो मेरो बीमा 

सारथी एजेन्सी प्रालि (मेरो बीमा) र राष्ट्रिय बीमा संस्थानबीच सम्झौता भएको छ । उक्त स…

खल्तीबाटै यसरी तिर्नुहोस् ब्लुबुक नवीकरण शुल्क

खल्ती प्रयोगकर्ताले अब अनलाइनबाटै ब्लुबुक नवीकरण शुल्क तिर्ने सक्ने भएका छन् । बागमती…

साओमीको नयाँ स्टोर इटहरीमा

साओमीले सुनसरीको इटहरीमा आफ्नो आधिकारिक स्टोर खोलेको छ । अरुण एण्ड ब्रदर्स प्रालिसँ…

आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई ‘गण्डकी रत्न’ सम्मान, के के पाइन्छन् सुविधा ? 

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न’…

इमर्जिङ नेपालको आईपीओ बाँडफाँड, अनलाइनबाटै यसरी हेर्नुहोस् नतिजा

इमर्जिङ नेपाल लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्याप…

फेसबुकमा फेक प्रोफाइल बनाएर युवतीको फोटो/भिडियो प्रयोग गरी अस्लिल स्टाटस पोष्ट गर्ने पक्राउ

विदेशमा अध्ययनरत नेपाली युवतीको तस्वीर र भिडियो सामाजिक सञ्जालमा प्रयोग गरी अस्लिल…

जापानमा नेपालीले सुरु गर्दै ‘आन्भी मार्केटप्लेस’, जहाँ नेपाली उत्पादन बेच्न र किन्न सकिन्छ 

इन्टरनेटको व्यापकतासँगै नेपालीहरु स्वदेशी उत्पादनहरुको विश्व बजारिकरण खोजिरहेका छन…