कीवर्डहरू -

अपडेट

१२ औं एशिया प्रशान्त क्षेत्रीय इन्टरनेट गभर्नेन्स फोरम शुरू

इन्टरनेट गभर्नेन्स इन्स्टिच्यूटको मुख्य आयोजना तथा नेपाल इन्टरनेट फाउण्डेशन, इन्टरनेट एक्सचेन्ज नेपाल र इन्टरनेट सोसाईटी नेपालको आयोजनामा  १२ औं एशिया प्रशान्त क्षेत्रीय इन्टरनेट गवर्नेन्स फोरम २०२१ शुरू भएको छ ।

सेप्टेम्बर ३० सम्म सञ्चालने हुने एशिया प्रशान्त क्षेत्रीय इन्टरनेट गभर्नेन्स फोरममा इन्टरनेट गभर्नेन्सको बहुआयामिक मुद्दाहरुमा छलफल हुनेछ ।

यस फोरममा एशिया प्रशान्त क्षेत्र लगायत विभिन्न मुलुकहरुका अन्तर्राष्ट्रिय/ बहुराष्ट्रिय सूचना प्रविधि कम्पनीहरु, सरकारी तथा गैर–सरकारी प्रतिनीधिहरु समेत ६०० भन्दा बढी व्यक्तिहरुको सहभागिता हुने गर्दछ ।

चार दिन सम्म चल्ने यस सम्मेलनले एशिया प्रशान्त क्षेत्रमा इन्टरनेट गर्वनेन्सको अवस्था, चुनौती, सम्भावना, समाधान आदिका बारेमा व्यापक छलफल गर्ने गर्दछ ।

समावेशी, दिगो तथा विश्वसनीय इन्टरनेटकोलागि पहल मूल नाराका साथ हुन लागेको यस सम्मेलनमा नेपाल दूरसंचार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक संघ नेपाल, फ्रीडम फोरम नेपाल, फोरम फर डिजिटल इक्वालिटि, नेपाल नेटवर्क अपरेटर्स ग्रुप, इन्फर्मेसन सेक्युरीटी रेस्पोन्स टीम (एनपीसर्ट) र सेन्टर फर साइबर सेक्युरीटि रिसर्च एण्ड इनोभेसन समेतको सहकार्य रहेको छ ।

हाल कोभिड–१९ को प्रभाव केही कम भएतापनि पूर्ण रुपमा जोखिम बाँकी नै रहेकोले नेपाली समुदायकोलागि स्वास्थ्य प्रोटोकल कायम राखी भौतिक रुपमा काठमाडौंमा र विदेशी सहभागीहरुका लागि भने भर्चुअल माध्यमबाट नै संचालन हुनेछ ।

कार्यक्रमको औपचारिक उद्घाटन संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले गरेका छन् । उद्घाटन सत्रमा कोभिड १९ः इन्टरनेट एज अ लाइफलाइन शिर्षकमा विज्ञहरु सहभागी प्यानल छलफल भएको छ ।

यस सम्मेलन कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्नको लागि संयुक्त राष्ट्रसंघ इन्टरनेट गभर्नेन्स फोरम, एपीनिक, आइक्यान, इन्टरनेट सोसाईटी, एफवान सफ्ट इन्टरनेशनल, वल्र्डलिंक कम्युनिकेशन, सुबिसु केबलनेट, भायानेट कम्युनिकेशन्स, नेपाल टेलिकम, लेनदेन सेवा वालेट, खल्ती वालेट, विजबजार डट कम, ठकराल वान, डिजिटल नेटवर्क सोलुसन्स, लज्गा डट कमले आर्थिक तथा प्राविधिक सहयोग रहेको छ ।

अपडेट

रेमिट्यान्स वालेट ट्रान्सफर विस्तार गर्दै नेपाल पेमेन्ट सोलुसन, एभरेष्ट रेमिटसँग सहकार्य

नेपाल पेमेन्ट सोलुसन्स्ले रेमिट्यान्स वालेट ट्रान्सफरको क्षेत्र विस्तार गर्दै एभ्रेष्ट रेम…

नेपाल पेमेन्ट सोलुसन्ससँग प्रभु मनी ट्रान्सफर आवद्ध

नेपाल पेमेन्ट सोलुसन्स् प्रालिले केहि दिन अघि सिटी एक्सप्रेस मनी ट्रान्सफरसँगको सहकार्…

दशैंमा वर्ल्ड रेमिटबाट एनआईसी एशिया बैंकको खातामा रकम पठाउँदा ४०० बोनस

एनआईसी एशिया बैंकले दसैँको अवसरमा वर्ल्ड रेमिटबाट एनआईसीको खातामा रकम पठाउँदा ख…

माछापुच्छ्रे बैंकको अफर, २१ प्रतिशत क्यासब्याकका साथमा उपहार

माछापुच्छ्रे बैंकले आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई २१ प्रतिशत क्यास ब्…

दराजको दशैं अफर, निःशुल्क शपिङसँगै स्कुटर जित्ने मौका

दराजले आफ्नो वार्षिक उत्सवलाई अभियानको रुपमा मनाएको छ । जस अन्तर्गत दराजले दसैँ अफ…

सन् २०३० सम्म क्यालिफोर्नियाले न्यून मात्रामा कार्बन निकाल्ने अटोमेटिक गाडीहरु मात्रै चल्न दिने

क्यालीफोर्नियाले सन् २०३० सम्ममा न्यून मात्रामा कार्बन निकाल्ने अटोमेटिक (स्वायत्त) गाड…

डिजिटल रुपान्तरणका लागि नेपाल, मलेसिया, अस्ट्रेलिया, सिंगापुर, जापानका विज्ञसँग अन्तर्क्रिया

कम्प्युटर एशोसिएन नेपाल महांसंघ (क्यान महासंघ)ले नेपालको डिजिटल रूपान्तरणमा सघाउ …

घरमै बसेर बससेवा बाट यसरी बुकिङ गर्नुहोस् बसको टिकट 

दशैंलाई लक्षित गर्दै सोमबारबाट अग्रिम टिकट बुकिङ शुरू भएको छ । नेपाल सरकारको समन्…

प्रहरीको चाडपर्व सुरक्षा योजना, आधुनिक सुरक्षा प्रविधि र उपकरणको प्रयोग गरिने

यस वर्षको बडादशैं दीपावली तथा छठपर्वलगायत स्थानीय चाडबाड अवधिभर शान्तिसुरक्षा प्रभा…

चीनमा क्रिप्टोकरेन्सीलाई प्रतिबन्ध गर्न केन्द्रिय बैंकको सुझाव, क्रिप्टोकरेन्सीको कारोबारलाई गैरकानूनी मानिने

चीनको केन्द्रिय बैंकले क्रिप्टोकरेन्सीको कारोबारलाई अवैध रहेको बताएको छ । यसलाई ब्य…

स्प्राइटको ‘चिलिंगकोस्टार्ट, मोबाइल र स्प्राइटको साथ’ अभियान, हरेक हप्ता बाईक र टिभी जित्ने मौका

साइबरनेटिक्सले दशैं अफर ल्याएको छ । यस अफर अन्तर्गत फोरजी युएसबी डंगोल वा फोरजी ए…

मुलुकमा कति छन् अखबार र अनलाइन ?

मुलुकभर दर्ता भएका पत्रपत्रिकाको सङ्ख्या सात हजार ८७४ रहेको छ । प्रेस काउन्सिल नेपाल…