अपडेट
डिशहोमका ग्राहकलाई अब १० एमबीपीएसको फाइबर इन्टरनेट निःशुल्क
डिशहोमले ग्राहकहरुलाई १० एमबीपीएसको इन्टरनेट निःशुल्क दिने भएको छ । डिशहोमले लाइफ स्टाइल एचडी प्याकेज अन्तर्गतका ग्राहकहरुलाई १० एमबीपीएसको डिशहोम फाइबर नेट निःशुल्क दिने भएको हो ।
डिशहोमको लाइफ स्टाइल एचडी प्याकेज लिएका ग्राहकले १० एमबीपीएसको इन्टरनेट सेवा निःशुल्क पाउने डिशहोमका जनरल म्यानेजर रमेश सापकोटाले बताए ।
‘लाइफ स्टाइल एचडी प्याकेजका ग्राहकले १० एमबीपीएसको इन्टरनेट निःशुल्क पाउने छन्,’ उनले आइसिटी समाचारसँग भने, ‘ग्राहकले शुरूमा रिफन्डेबल, तार र राउटरको वानटाइम शुल्क तिर्नुपर्छ । त्यसपछि टिभीको रिचार्ज गर्दासम्म मासिक शुल्क तिर्नु पर्दैन ।’
सापकोटाका अनुसार डिशहोम नभएका ग्राहकले डिशहोम राखेर लाइफस्टाइल एचडी प्याकेज लिएमा १० एमबीपीएसको डिशहोम फाइबर नेट निःशुल्क पाउने छन् । डिशहोम फाइबर नेटको पहुँच भएको ठाउँमा लाइफ स्टाइल एचडीका ग्राहकले १० एमबीपीएसको इन्टरनेट निःशुल्क पाउने छन् ।
डिशहोमको लाइफ स्टाइल एचडी प्याकेजको मूल्य मासिक ६ सय रूपैयाँ तोकिएको छ । डिशहोमले अहिले ३०,४०, ६० र १०० एमबीपीएसको इन्टरनेट उपलब्ध गराइरहेको छ ।
लाइफ स्टाइल एचडी प्याकेजमा डिशहोमका सबै एचडी तथा एसडी च्यानल हेर्न सकिन्छ । अहिले काठमाडौं उपत्यकाको ९० प्रतिशत ठाउँमा डिशहोम फाइबर नेट पुगिसकेको र २ महिना भित्र उपत्यकाका सबै ठाउँमा पुग्ने सापकोटाले आइसिटी समाचारलाई जानकारी दिए ।
साथै हेटौडा, इटहरी, इनरूवामा पनि डिशहोम फाइबर नेट उपलब्ध रहेको छ । सन् २०२१ भित्रमा देशका प्रमुख शहरहरुमा डिशहोम फाइबर नेट विस्तार हुने उनले बताए ।
डिशहोम प्रयोग गरिरहेका सबै ग्राहकहरुलाई डिशहोम फाइबर नेट उपलब्ध गराउने कम्पनीको योजना रहेको छ । डिशहोम जस्तै गरेर भविष्यमा स्याटेलाइटबाट इन्टरनेट सेवा उपलब्ध गराउने कम्पनीको उद्देश्य रहेको सापकोटाले बताए ।
साथै डिशहोमले लाइफस्टाइल एचडी प्याकेजका ग्राहकलाई मासिक २३३ रूपैयाँ २५ एमबीपीएसको डिशहोम फाइबर नेट प्रदान गर्ने भएको छ । २३३ रूपैयाँमा इन्टरनेट सेवा डिशहोम फाइबर नेट पुगेको ठाउँमा मात्रै उपलब्ध हुनेछ ।
अपडेट
भारतमा फाइभजीको लागि स्पेकट्रम बाँडफाँड, मिड व्यान्डको प्रयोग गरिने
भारतको दूरसञ्चार विभागले दूरसञ्चार सेवा प्रदायकहरुलाई फाइभजी प्रयोगका लागि स्पेकट्र…
असार १२ गतेदेखि प्रोभाथन आयोजना गर्दै सिएसआईटी एसोसिएसन अफ नेपाल
सिएसआईटी एसोसिएसन अफ नेपालले असार १२ गते देखि प्रोभाथन आयोजना गर्ने भएको छ । प्र…
२३ लाख ८५ हजार ९ सय २९ कित्ता आईपीओ जारी गर्दै डिशहोम
सर्वसाधारणका लागि डिशहोमले १०० रूपैयाँ मूल्यको २३ लाख ८५ हजार ९ सय २९ कित्ता शेय…
महिला उद्यमीलाई सशक्त बनाउँदै खल्ती
युएनसीडीएफ र युएनइएससीएपीसँग सहकार्य गरी खल्तीले महिलाद्वारा संचालित घरेलु, साना…
एउटै एपमा सबैथोक भएको ‘मेरो कुन्डली’
नेपाली बजारमा ‘मेरो कुन्डली’ मोबाइल एप सार्वजनिक छ । मेरो कुन्डली एप केही महिना …
डिशहोमले शुरू गर्यो ‘मेरो मनको दोस्रो देश’ अभियान, यसरी हुनुहोस् सहभागी
डिशहोमले ‘मेरो मनको दोस्रो देश’ नामक नयाँ अभियान शुरू गरेको छ । नजिक आइरहेको य…
फुडिप्लेसले ल्यायो नौलो तरिकाले फुड अर्डर गर्न मिल्ने एफएनबी प्रणाली
फुडीप्लेसले रेस्टुरेन्टमा नौलो तरिकाले फुड अर्डर गर्न मिल्ने एफएनबी प्रणाली ल्याएको छ…
गरिमा विकास बैंकका ग्राहकले आफ्नो बैंक खाता अब कनेक्ट आईपीएसमा सेल्फ भेरिफाई गर्न सक्ने
गरिमा विकास बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाइ…
‘अनर अफ किङ्ग्स’ मोबाइल गेममा ‘अनुपयुक्त’ सामग्री राखेपछि टेन्सेन्टलाई मुद्दा
चिनियाँ कार्यकर्ताले टेन्सेन्टलाई ‘अनर अफ किङ्ग्स’ नामक मोबाइल गेममा ‘अनुपयुक्त’ साम…
यसरी अन्य ग्यास सिलिन्डरलाई अक्सिजन सिलिन्डर बनाउँदै छ राष्ट्रिय आविष्कार केन्द्र
राष्ट्रिय आविष्कार केन्द्रले विभिन्न ग्यासको लागि प्रयोग भइरहेका सिलिन्डरलाई अक्सिजन भर्…
इन्टरनेट पनि अत्यावश्यक सेवामा, यी २५ सेवामा हड्ताल गर्न नपाइने
सरकारले इन्टरनेट सेवालाई पनि अत्यावश्यक सेवामा समावेश गरेको छ । सरकारले यही जेठ …
एनआईसी एशिया बैंकका ग्राहकले आफ्नो बैंक खाता अब कनेक्ट आईपीएसमा सेल्फ भेरिफाई गर्न सक्ने
एनआईसी एशिया बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनला…
उज्वल थापा जसले सुरु गरेका थिए ‘आन्टरपेनर फर नेपाल’
विवेकशिल पार्टी निर्माण गरेपछि उज्वल थापा युवाहरुबीच लोकप्रिय बने । जब उनले मुलुकको राजनीतिको आमूल परिवर्तन गर्नुप…
सूचना प्रविधि उद्यमी उज्वल थापाको निधन
कोरोना संक्रमणबाट गम्भीर बिरामी परेका विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थाप…