कीवर्डहरू -

अपडेट

फागुन १३ गतेदेखि चितवनमा नेपाल एग्रिटेक एक्सपो हुँदै

कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचर ट्रेड फेयर एण्ड इभेन्ट्सले विगतका वर्षहरु झैं यसवर्ष पनि कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी आयोजना गर्ने भएको छ ।

फागुन १३, १४ र १५ गते बागमती  प्रदेश अन्तर्गत चितवनको चितवन प्रदर्शनी केन्द्र, भरतपुरमा आयोजना हुनेछ । आयोजना हुन गइरहेको प्रर्दशनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहने छन् ।

उक्त प्रर्दशनीमा कृषिका विभिन्न विधाहरु जस्तै कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिचाई, बिषादी रहित कृषि इत्यादीका बारेमा जानकारी प्राप्त गर्न सकिने कुरा कम्पनीका प्रबन्ध निर्देशक श्रीजल भट्टराई बताउनु हुन्छ ।

उक्त प्रर्दशनीमा देश भरीबाट बढी भन्दा बढी उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत आम कृषकहरुले प्रर्दशनीमा आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने कुरामा विश्वास लिइएको छ ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्‍याउने साना साना औजार, मेशिनदेखी लिएर डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठूला- ठूला उपकरणहरुको प्रदर्शनी लगायत डेमो पनि गरिने तथा नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पुर्‍याउन यो प्रदर्शनी कोशे ढुंगा सावित हुने आयोजक कम्पनीको बिश्वास छ ।

उक्त प्रर्दशनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्तहुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्धारा कृषि उत्पादन बृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ ।

नेपाल एग्रिटेक अन्तरास्ट्रिय प्रदर्शनीसंगै नेपाल फुड एण्ड वेभरेज एक्स्पो पनि आयोजना हुन गैरहेको छ । यस प्रदर्शनीमा फुड एण्ड वेभेरेज एक्स्पो अन्तर्गत होटेल तथा रेस्टुरेन्ट, होस्टेल, क्याफे, क्याटेरिंग लगायतका व्यवसायमा प्रयोग हुने विभिन्न खाद्यान्न सामग्री तथा उपकरणहरु समावेश रहने छन् ।

समस्त कृषि तथा पशुपन्छी क्षेत्रको विकास र समृद्धिको लागि हुन गैरहेको यस प्रदर्शनीमा देशभरि बाट आउनु हुने कृषकहरुलाई कृषि प्रविधि, कृषिका विभिन्न विधाहरुका बारेमा जानकारी गराउने कार्यक्रम समेत रहेको छ ।

प्रदर्शनी अवधिमा पर्यटन, होटल तथा यातायात सेवा मार्फत देशको आर्थिक कारोबार बढ्ने हुँदा रोजगार तथा आय आर्जनमा सहयोगी भइ दुई वर्षदेखि कोभिड १९ ले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन समेत सहयोग पुग्नेछ ।

यस प्रदर्शनीलाई बागमती प्रदेश कृषि मन्त्रि बसुन्धरा हुमागाईले फागुन १३ गते बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

यस प्रर्दशनीलाई सफल बनाउनका लागि कृषि तथा पशुपन्छी विकाश मन्त्रालय, कृषि विभाग, पशु सेवा विभाग, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, राष्ट्रिय कृषक समुह महासंघ, नेपाल कृषि सहकारी केन्द्रिय संघ लि., नेपाल पोल्ट्री महासंघ, चितवन उद्योग संघ लगायतका विभिन्न संघ संस्थाहरुले सहयोगीको भुमीका निभाई रहनु भएको छ ।

साथै यस प्रदर्शनीमा भारतीय स्टलहरुलाई समावेश गर्न द एशोसिएटेड च्याम्बर्स अफ कमर्स एण्ड इण्ड्रष्टी अफ इन्डियाले सहयोगी भुमिका निर्वाह गरेको छ ।

अपडेट

एनएमबी बैंकको ‘एनएमबी यू–वाह ! डिजी सेभिङ्स’ बचत योजना, यस्ता छन् निःशुल्क सुविधा

एनएमबी बैंक लिमिटेडले युवाहरूलाई डिजिटाइजेसन, बचत र लगानीतर्फ प्रोत्साहित गर्न नय…

एनसेलको अफर, अब डेटा प्रयोग गर्दा क्यास ब्याक पाइने

एनसेलका ग्राहकले अब डेटा प्रयोग गर्दा आकर्षक क्यास ब्याकको फाइदा लिन सक्ने भएका छन् ।…

२७ औं संस्करणको क्यान इन्फोटेक वैशाख ७ गतेदेखि १२ गतेसम्म आयोजना हुने 

२७ औं संस्करणको क्यान इन्फोटेक वैशाख ७ गतेदेखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा…

ओपोद्वारा मोबाइल इमेजिंगका लागि ह्यासलबाल्डसंग साझेदारीको घोषणा

ओपोले प्रख्यात क्यामेरा निर्माता ह्यासलबाल्डसंग ओपोको फ्ल्यागशिप फाइण्ड सिरिजका लागि औ…

ब्याट्रीमा लाग्ने कच्चा पदार्थको भन्सार शुल्क एक प्रतिशत कायम गर्न माग

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले भन्सार सहजीकरणका लागि सरकारसँग माग…

एकैदिन काठमाण्डौंमा डिशहोम फाइबरनेटका चारवटा शोरुम उद्घाटन

काठमाण्डौंमा एकैदिन डिशहोम फाइबरनेटला चारवटा शोरुम उद्घाटन भएका छन् । छुट्टा छुट्ट…

साना रेस्टुराँ तथा खाजा घरका परिकार समेट्दै सुरु भयो ‘पठाओ लोकल’

साना रेस्टुराँ तथा खाजा घरहरुलाई डिजिटल प्लाटफर्ममा जोडेर उनीहरुको व्यवसाय वृद्धि …

इसेवाले फेरि ल्यायो रिफर एण्ड अर्न अफर, नजिकका व्यक्तिलाई रिफर गरि थप आम्दानी गर्न सकिने

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले पुःन रिफर एण्ड अर्न अफर सार्बजनिक गरेक…

इसेवाको कर्मचारी भन्दै ७ लाख ठगी गर्ने २ जना पक्राउ

इसेवाको कर्मचारी भन्दै ठगी गर्ने २ जना पक्राउ परेका छन् । महानगरी अपराध महाशाखाले …

एनएमबि बैंकका एटीएम कार्ड होल्डरलाई हाम्रो अस्पतालमा छुट

एनएमबि बैंकले विराटनगरस्थित हाम्रो अस्पतालसँग सम्झौता गरेको छ । उपचारको लागि आएका…

काठमाडौंमा सुरु भयो दोस्रो डिजिस्टोर, आइटीका मल्टिब्राण्ड सामान उपलब्ध हुने

हाइटेक इन्जिनियरिङ प्रालिले काठमाडौंमा डिजिस्टोरको दोस्रो मल्टिब्राण्ड स्टोर सुरुवात …

नास्टले विश्वविद्यालयसँग सहकार्य गरी थप अनुसन्धान बढाउनु पर्छः शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्…

हल्ट प्राइज एसएमसीको ‘सेपिङ योर आन्टरप्रेनरसीप जर्नीः बिजनेश लाइफ कोचिङ’ सेसन सम्पन्न

हल्ट प्राइज सरस्वती बहुमुखी कलेज (एसएमसी) ले आयोजना गरेको ‘सेपिङ योर आन्टरप्रेनरसी…