अपडेट
जेनेस र युकेएड सीपको सहकार्यमा आईओईमा शुरू भयो अमेजन वेब सर्भिसेज एकेडेमी
अमेजन वेब सर्भिसेज एकेडेमीको सुरुवात त्रिभुवन विश्व विद्यालयको इन्जिनियरिङ प्रतिष्ठान पुल्चोक क्याम्पसमा शुरू भएको छ । यसको सुरुवात यूकेएडको रोजगारीका लागि सीप कार्यक्रम सीप र जेनेस सोलुसनले गरेका हुन् ।
नेपालमा पहिलोपटक सुरुवात भएको एडब्लुएस एकेडेमीले हजारौँ विद्यार्थीहरुलाई क्लाउड कम्प्युटिङका विधाहरूका उदीयमान र तीव्र गतिले वृद्धि भइरहेका रोजगारीका पदहरूमा सीप विकास तथा प्रमाणीकरणको अवसर प्रदान गर्नेछन् ।
सन् २०१९ देखि बजारमा आधारित तरिकाहरूको उपयोग गरी यूकेएडले निजी तथा सार्वजनिक क्षेत्रहरूसँग रूपान्तरणकारी साझेदारीहरू स्थापित गराउन सहजीकरण गरिरहेको छ ।
यसले प्राथमिकता तोकिएका क्षेत्रहरूमा रोजगारी तथा उद्यमशील अवसरहरूको वृद्धि हासिल गर्नको लागि जीनीस सोलुसन लगायतकाहरूसँग काम गरिरहेको छ ।
यस एकेडेमीको सुरुवात भर्चुअल माध्यमबाट गरिएको थियो जसमा इन्जिनियरिङ प्रतिष्ठान, यूकेएड सीप तथा जीनीस सोलुसनका उच्च अधिकारीहरू सहभागी थिए ।
कार्यक्रममा देशमा हाल भैरहेका सीप विकास तथा रोजगारी सिर्जनालाई विस्तार गर्ने, द्रूत गतिमा बढाउने बारेमा भएको भविष्यमुखी छलफलमा विभिन्न शैक्षिक संस्था, उद्योग, दातृ निकाय, सञ्चार माध्यमका विविध नेतृत्व तथा पेशाकर्मीहरू र रोजगार अपेक्षीहरूको सहभागिता थियो ।
यूके एडका टिम लिडर बलजित भोराले भने, ‘यूकेएड सीपको जीनीस जस्ता संस्थाहरूसँगको साझेदारीले आर्टिफीसीयल इन्टेलिजेन्स्, क्लाउड कम्प्युटिङ, ई-मोबिलिटी सोलुसनलाई एकीकृत गर्ने स्थानीय क्षमता अभिवृद्धि गरी विभिन्न उद्योगहरूमा उत्पादकत्व वृद्धि गर्ने तथा नयाँ रोजगारीका अवसरहरू सिर्जना गर्न मद्दत गर्दछ ।’
यूकेएड सीपको सहयोगमा जेनेस सोलुसनले सीप विकासको पहलको नेतृत्व गर्दै आएको छ जसलाई शिक्षकहरूको थप क्षमता विस्तार गर्न तथा विद्यार्थीहरूको रोजगारी पाउने योग्यतालाई वृद्धि गरिएको छ । यस पहल अनुसार एडब्लूएस तथा क्लाउडमा आधारित अन्य समाधानहरूको प्रयोग, नेपाली उद्योगहरूले गरेका छन् ।
जीनीस सोलुसनका प्रमुख विश्व प्रविधि अधिकृत अन्जनी फुँयालले भने, ‘जीनीसको सहयोगले सस्तोडिल, सानिमा बैंक, सिटिजन बैंक, एपीसीए नेपाल, लिपफ्रग तथा बुद्ध एयर जस्ता नेपालका नेतृत्वदायी संस्थाहरूले क्लाउडमा आफ्ना व्यवसायका तथ्याङ्क तथा जानकारीहरू सारेका छन् ।’
यूकेएड सीप र जीनीसको साझेदारीले नेपालभरका ५० साझेदार कलेजहरूको क्षमतामा सुदृढीकरण भएको छ र २,१०० भन्दा बढी विद्यार्थीहरूलाई भविष्यमा पनि रोजगारी पाइराखिने सीपको विकास गराएको छ ।
आफ्ना तथ्याङ्क तथा जानकारीहरूलाई क्लाउडमा उपलब्ध समाधानहरूमा सार्ने नेपाली तथा विश्वभरका उद्योगहरूको गतिलाई कोभिड-१९ को महामारीले तीव्र बनाएको छ ।
त्यो भनेको क्लाउड कम्प्युटिङको विज्ञता माग गर्ने बदलिँदो रोजगारी बजारमा उपलब्ध अवसरहरूलाई ग्रहण गर्न तथा प्रतिक्रिया जनाउन सक्ने मानव संसाधनको बढ्दो आवश्कयता भएको अमेजन वेब सर्भिस एकेडेमीका दक्षिण एसियाका नेतृत्व लोकेश मेहराले भने ।
अपडेट
चन्द्रमामा परिवर्तन हुने खालको रोबोट बल पठाउँदै जापान
जापानले चन्द्रमामा परिवर्तन हुने खालको रोबोट बल पठाउने भएको छ । जापानको एरोस्पेस …
बिद्यालयमा ब्रोडव्यान्ड इन्टरनेटः स्थानीय तहलाई १५ दिनभित्र सम्पर्क गर्न प्राधिकरणको अनुरोध
सरकारले मुलुकभरका आधारभूत बिद्यालयहरुमा ब्रोडव्यान्ड इन्टरनेट पुर्याउने योजनालाई अगाडि बढाएको छ ।
…
मेरो डाक्टरबाट स्वास्थ्य सम्बन्धि अनलाइन भिडियो परामर्श लिन सकिने, यसरी लिनुहोस् सेवा
कोभिड–१९ महामारीको समयमा स्वास्थ्य परीक्षणका लागि अस्पताल वा चिकित्सकको सम्पर्कमा आउन…
विश्वकै सबैभन्दा ठूलो थ्रीडी म्याप बनाउने एआई सुपरकम्प्युटर : पर्लम्युटर
नयाँ एआई सुपरकम्प्युटर पर्लम्युटरले विश्वकै सबैभन्दा ठूलो थ्रीडी म्याप बनाउन मद्दत पुर्…
अपरिचित व्यक्तिसँग भिडियो तथा भ्वाइस कल नगर्न साइबर ब्यूरोको आग्रह
नेपाल प्रहरीको साइबर ब्यूरोले अपरिचित व्यक्तिले भिडियो कल गरेमा सचेत रहन आग्रह गरे…
‘विश्व बैंक समुह युवा सम्मेलन २०२१’ मा युवा वैज्ञानिक बानियाँ नेपाली प्रतिनिधि
विश्व बैंक समुह युवा सम्मेलन २०२१ को नेपाली प्रतिनिधिमा युवा वैज्ञानिक निश्चल बानि…
बजेटमा सूचना तथा सञ्चार प्रविधि : यस्ता छन् समावेश भएका कार्यक्रम
सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रूपैयाँको बजेट ल्याएको…
अब घरबाटै जग्गा दर्ता, नामसारी लगायतका जग्गा प्रशासनसँग सम्बन्धित कार्य गर्न सकिने
अब सेवाग्राहीले अनलाइनबाटै जग्गा दर्ता, नामसारी लगायतका जग्गा प्रशासनसँग सम्बन्धित क…
यी हुन संचार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत बजेटमा उल्लेख कार्यक्रमहरु
सरकारी निकायबाट प्रदान गरिने सबै प्रकारका सेवालाई नागरिक एपसँग अन्तरआवद्धता गरिने…
हुलाकबाट ई-कमर्श चलाउन अध्ययन गरिने
आगामी आर्थिक वर्षमा हुलाक सेवालाई आधुनिक प्रविधिमा जा्ड्दै सेवालाई व्यवस्थित हुलाक स…
स्टार्टअपलाई ५ वर्षसम्म कर छूट
सरकारले स्टार्टअपलाई ५ वर्षसम्म कर छूट दिने भएको छ ।
सरकारले नेपाल टेलिकमको २२ प्रतिशत सेयर ग्राहकको स्वामित्वमा हस्तान्तरण गर्ने भएको छ …
हुलाकबाट इकमर्श चलाउन अध्ययन गरिने
आगामी आर्थिक वर्षमा हुलाक सेवालाई आधुनिक प्रविधिमा जा्ड्दै सेवालाई व्यवस्थित हुलाक सेवा विस्तार गरिने भएको । हुलाक मार्फत इकमर्श सञ्चालन गर्न सम्भाव्यता अध्ययन ग…
आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड
आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड हुने भएको छ ।