कीवर्डहरू -

अपडेट

डिजिटल माध्यमबाट ७.४ अर्ब राजस्व संकलन

भन्सार विभागले अनलाइनबाटै माघ मसान्तसम्म ७.४ अर्ब राजस्व संकलन गरेको छ । डिजिटल माध्यमबाट राजस्व संकलन शुरू भएको पहिलो ७.४ अर्ब बराबरको राजस्व संकलन भएको हो ।

डिजिटल माध्यमबाट राजस्व संकलनको व्यवस्था पुस १ गतेदेखि सुक्खा बन्दरगाह विरगञ्ज भन्सार कार्यालयबाट शुरु भएर गत माघ १२ गते अर्थमन्त्री जनार्दन शर्माले औपचारीक उदघाटन गरी देशभरीका सबै भन्सार कार्यालयहरुमा कार्यान्वयन गरिएको थियो ।

यसरी यसरी भंसार विभागको प्रज्ञापनपत्र सम्बन्धी एनसीएचएल तथा बैंक वित्तीय संस्थाका विभिन्न च्यानलसँग जोडी विद्युतीय माध्यमबाट संकलनको सुरुवात भएसँगै आयतकर्तालाई पनि भुक्तानी गर्न सहज भएको छ ।

नेशनल पेमेन्ट स्वीच अन्तर्गत भन्सार विभागको भुक्तानी संकलनलाई रियल टाईम तथा नन् रियल टाईम दुवै माध्यमबाट संकलन गरिने व्यवस्था हुँदा माघ मसान्तसम्म रिटेल पेमेन्ट स्वीचमार्फत् रियल टाईममा ३.४ अर्ब र एनसीएचएल–आईपिएस मार्फत नन् रियल टाईममा ४ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन भएको छ ।

भुक्तानी गर्नका लागि भन्सार एजेन्ट वा आयातकर्ताले भन्सारको अनलाइन प्रणालीबाट रजिष्ट्रेशन वर्ष, रजिष्ट्रेशन नम्बर, भन्सार विभागको कोड तथा प्रज्ञापनपत्र नं. प्राप्त गरी उपलब्ध कुनैपनि च्यानलमा सो विवरण दाखिलागरी अनलाइन भुक्तानी गर्नसक्दछन् । यसरी भुक्तानी गर्दा कारोबार सीमा भने छनोट गरिएको प्रणाली अनुसारको हुन्छ ।

भन्सार एजेन्ट तथा आयातकर्ताले सोझै आफ्नो बैंक खाताबाट कनेक्ट आइपिएस, कर्पोरेटपे तथा बैंक वित्तीय संस्थाको शाखाबाट भुक्तानी गर्नसक्दछन् ।

यो सेवा एनसिएचएलका विभिन्न सदस्य बैंक वित्तीय संस्थाका मोबाइल÷इन्टरनेट बैंकिङ्ग तथा सदस्य भुक्तानी सेवा प्रदायक (वालेट) हरुमा पनि चाढै नै उपलब्ध हुनेछ । भन्सार विभागका सम्पूर्ण भुक्तानीहरु पहिले नगद वा चेकमार्फत् हुने गर्थ्यो ।

देशभरीका भन्सार नाकाहरुबाट आयात कर, भ्याट, अन्तः शुल्क लगायतका विभिन्न करहरु संकलन हुने कुल राजस्वको ४४ प्रतिशत हिस्सा ओगटेको छ भने सरकारी करको हकमा ५० प्रतिहत योगदान गरेको छ ।

यसरी भन्सार विभागको अनलाइन संकलन सेवाको सुरुवातले विभागको सेवा प्रवाहमा उल्लेखनीय सुधार ल्याई विभागको ‘क्यासलेस र फेसलेस’ सेवा दिने नीतिलाई सहयोग गर्ने अपेक्षा गरेका गरिएको छ ।

आ.व. २०७८/७९ को माघ मसान्त सम्म सरकारी राजस्वको अनलाइन संकलन १३.२ अर्ब रुपैयाँ भएकोमा भन्सार विभागको एक महिनामै ५६ प्रतिशत योगदान रहेको छ ।

सरकारले गत आ.व. २०७७/७८ मा कुल राजस्व संकलनमध्ये १० प्रतिशत अनलाइन माध्यबाट संकलन गरेको थियो ।

आउँदो समयमा सरकारी राजस्व संकलन अनलाइन माध्यमबाट २-३ गुणाले वृद्धि हुने अपेक्षा गरिएको छ भने भन्सार विभागको अनलाइन संकलनले यसमा उल्लेख्य योगदान पुर्याउने विश्वास गरिएको छ ।

अपडेट

विज्ञान प्रविधिको क्षेत्रमा एकीकृत र समन्वयात्मक प्रयासको खाँचो छः प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का कुलपति शेरबहादुर दे…

भोलि दिनभर टेलिकमको भीओएलटीई कल निःशुल्क, रिचार्जमा डेटा बोनस सुविधा

नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेव…

फेब्रुअरी २२ मा ‘डिजिटल लर्निङ डे’, नेपालमा पनि मनाइँदै

आगामी फेब्रुअरी २२ मा अबको परिवर्तन, डिजिटल शिक्षासँगै नारासहित नेपालमा पनि डिजि…

पेटीएम, गुगल पे प्रयोग गरी अब नेपालका बैंक तथा वालेटमा पैसा पठाउन सकिने

गेटवे पेमेन्ट सर्भिस प्रालिले अन्तरआबद्दता तथा मोबाइल फर्स्ट प्रविधिमा आधारित युनीफाई…

पाँचखालमा स्मार्ट–सिटी निर्माण गर्न सिङ्गापुरको कम्पनीसँग निफ्राको सम्झौता

पाँचखाल नगरपालिकामा विकास गरिने ‘स्मार्ट सिटी’को लागि सिङ्गापुरको निर्माण कम्पनीसँ…

नेपालमै पहिलोपटक एपबाट चरा गणना हुँदै

कञ्चनपुरसहित देशका ६६ जिल्लामा शनिबार (फागुन ७ गते) एकै साथ ‘छिमेकी चरा’ एपको म…

खल्तीको निःशुल्क मेरो शेयर खाता नवीकरण अफर

नेपालमा आईपीओमा लगानी गर्ने उत्सुकता  दिन प्रतिदिन बढ्दै आइरहेको छ । यसैलाई बुझ्दै…

सिभिल बैंक र एफवान सफ्टबीच सम्झौता

सिभिल बैंक र एफवान सफ्ट इन्टरनेसनल बीच सम्झौता भएको छ । ओम्नी च्यानल प्लेटफर्म सुचार…

डिशहोम फाइबरनेटको सहवितरण शोरुम टिकाथलीमा

डिशहोम फाईवरनेटले काठमाण्डौंको टिकाथलीमा सह–वितरण सोरुमको शुभारम्भ गरेको छ । फा…

वैदेशिक रोजगार बोर्ड क्लियरिङ्ग हाउसको एनपिआईमा आबद्ध, अब अनलाइनबाटै भुक्तानीको सुविधा

वैदेशिक रोजगार बोर्डले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको…

जेनेस सोलुसनमा विजनेश अक्सिजन प्रालिको १० लाख अमेरिकी डलर लगानी

विजनेश अक्सिजन प्रालिले जेनेस सोलुसन प्रालिमा १० लाख अमेरिकी डलर बराबरको लगानी ग…

एनसेलको नम्बरबाट पनि अब नमस्ते पेमा खाता खोल्न सकिने

अब एनसेलको नम्बरबाट पनि डिजिटल वालेट …

राष्ट्रिय बीमा संस्थानको पहिलो संस्थागत अभिकर्ता बन्यो मेरो बीमा 

सारथी एजेन्सी प्रालि (मेरो बीमा) र राष्ट्रिय बीमा संस्थानबीच सम्झौता भएको छ । उक्त स…

खल्तीबाटै यसरी तिर्नुहोस् ब्लुबुक नवीकरण शुल्क

खल्ती प्रयोगकर्ताले अब अनलाइनबाटै ब्लुबुक नवीकरण शुल्क तिर्ने सक्ने भएका छन् । बागमती…

साओमीको नयाँ स्टोर इटहरीमा

साओमीले सुनसरीको इटहरीमा आफ्नो आधिकारिक स्टोर खोलेको छ । अरुण एण्ड ब्रदर्स प्रालिसँ…