कीवर्डहरू -

फिनटेक

नबिल बैंकको मोबाइल बैंकिङबाट अब हाम्रो पेमा रकम लोड गर्न सकिने

नेपालकै लोकप्रिय मोबाइल एप हाम्रो पात्रोको आफ्नै डिजिटल वालेट “हाम्रो पे” र अग्रणी बैंकिङ सेवा प्रदायक नबिल बैंक बीच प्रयोगकर्ताहरूका लागि अब थप सुविधा हुनेगरि सहकार्य भएको छ । अबदेखि नबिल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी हाम्रो पे वालेटमा सजिलै रकम लोड गर्न सकिने सुविधा उपलब्ध भएको हो ।

यो सुविधा अन्तर्गत अब नबिल बैंकका ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङबाटै केही सेकेन्डमा हाम्रो पे वालेटमा पैसा पठाउन सक्नेछन् र “हाम्रो पे”ले प्रदान गर्दै आइरहेको क्यासब्याक र अफरहरूको लाभ उठाउन सक्नेछन् । यो सहकार्यले डिजिटल भुक्तानीलाई अझ सरल, द्रुत र सुरक्षित बनाउने विश्वास लिइएको छ।

हाम्रो पेमा नबिल बैंक लिङ्क गर्ने सुविधा पनि शीघ्र सुरु हुँदैछ। यस सुविधाबाट प्रयोगकर्ताहरूले आफ्नो बैंक खाता सिधै हाम्रो पेमा लिंक गरी रकम स्थानान्तरण तथा अन्य वित्तीय कारोबार गर्न सक्नेछन्। यसले डिजिटल वालेट र बैंक खाताबीचको सम्बन्धलाई अझ सहज बनाउनेछ।

त्यसबाहेक, नबिल बैंकका ग्राहकहरूका लागि हाम्रो पेबाट कार्डरहित रूपमा रकम बैंकको एटीएमबाट निकाल्न सकिने सुविधा पनि चाँडै सुरु गरिँदैछ। यसले प्रयोगकर्तालाई फिजिकल कार्डको आवश्यकता बिना मोबाइल एपबाटै रकम झिक्न सक्ने सुविधा दिनेछ।

“हाम्रो उद्देश्य नेपाली प्रयोगकर्ताहरूको दैनिक भुक्तानी अनुभवलाई सरल, सुरक्षित र सर्वसुलभ बनाउनु हो। नबिल बैंकसँगको यो सहकार्य हाम्रो लागि डिजिटल नेपाल अभियानतर्फको एउटा महत्वपूर्ण पाइला हो”हाम्रो पात्रोको संस्थापक शंकर उप्रेती भन्छन् ।

हाम्रो पेमा आफूले गरेको खर्चको विश्लेषण गर्ने सुविधा पनि उपलब्ध छ, जसले प्रयोगकर्ताहरूलाई आफ्नो खर्च कहाँ र कसरी भइरहेको छ भनेर सतर्क बनाउँदै अनावश्यक खर्चलाई कम गर्न मद्दत पुर्‍याउने छ । 

फिनटेक

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको सैद्धान्तिक सहमति, साउनदेखि एकीकृत कारोबार

नेपाल राष्ट्र बैंकले डिजिटल वालेट आईएमई पे र खल्तीलाई मर्जरका लागि सैद्धान्तिक सहमति दिएको छ । राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति …

इसेवा बैंक तथा सहकारीमा रकम ट्रान्सफर गर्दा १ लाख रुपैयाँ जित्ने अवसर

इसेवाले 'झ्याप्पै ट्रान्सफर–च्याप्पै बोनस' अफर सार्वजनिक गरेको छ । डिजिटल भुक्तानी प्रणालीलाई थप सहज र सुलभ बनाउन …

मास्टरकार्ड प्रयोगकर्ताले अब नेपालपे क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) र  मास्टरकार्डबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो समझदारी अन्तर्राष्ट्रिय पर्य…

नबिल बैंकको दिगो बचत खाता, एनबैंक आजीवन निःशुल्क प्रयोग गर्न सकिने

नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण र नियन्त्रणलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकिङ क्षेत्रमा नौलो र प्रभावकारी किसिमको खाता ‘नबिल दिग…

कर्पोरेट पेमा २० हजार भन्दा बढी संस्थाहरु आबद्ध

व्यावसायिक भुक्तानी प्रणाली, कर्पोरेट पेमा २० हजार भन्दा बढि संस्थाहरु आवद्ध भइसकेका छन् । नेपालमा हुने व्यावसायिक भुक्तानीमा डिज…

नबिल बैंकका पाँच भिसा कार्डवाहकले जिते भिसा कार्ड इन्टरनेसनलबाट विदेश भ्रमण उपहार

भिसा कार्ड इन्टरनेसनलले २०८१ सालको दशैंलाई लक्षित गरी सञ्चालन गरेको ‘Best 25 Visa Spender Campaign’ मा नबिल बैं…

एनसेल नेपाल सुपर लिगको टिकेटिङ पार्टनरमा खल्ती र आइएमई पे

देशको पहिलो र एकमात्र फ्रेन्चाइजमा आधारित फुटबल लिग, एनसेल नेपाल सुपर लिग (एनएसएल) आफ्नो बहुप्रतिक्षित तेस्रो सिजनको लागि खल्ती…

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टल सार्वजनिक

एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ्ग सम्पत्तिहरु, बैंकको नाममा रहेको गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेत…

भिसा कार्ड प्रयोगकर्ताले अब फोनपे क्युआर स्क्यान गरेर पैसा तिर्न सक्ने, अन्तर्राष्ट्रिय पर्यटकलाई सहज हुने

अब भिसा कार्ड प्रयोग गर्ने अन्तर्राष्ट्रिय पर्यटकहरूलाई फोनपेको क्युआर स्क्यान गरेर पैसा तिर्न सक्ने भएका छन् । भिसाले फोनपेसँगको सहक…

हिमालयन बैंकको मोबाइल बैंकिङबाट अब इसेवामा रकम लोड गर्न सकिने

डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र हिमालयन बैंकबिच विद्युतीय कारोबारसम्बन्धी साझेदारी भएको छ । यस साझेदारी पश्चात् अब …

भुक्तानी प्रणाली सञ्चालक संस्था अनिवार्य रूपमा पब्लिक कम्पनी हुनुपर्ने, कति छ समयसीमा ?

भुक्तानी प्रणाली सञ्चालक संस्था अब अनिवार्य रुपमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको हुनुपर्ने छ । नेपाल राष्ट्र बैंकले भुक्त…

ग्लोबल आईएमई बैंक र इन्फोडेभलपर्सबीच सम्झौता

ग्लोबल आईएमई बैंक लिमिटेडले इन्फोडेभलपर्स प्राइभेट लिमिटेडले विकास गरेको बजेट सूचना व्यवस्थापन प्रणाली ‘बजेट ३६०’ …

खल्तीको आठौं वार्षिकोत्सव, ८ रूपैयाँमै कफी, स्वास्थ्य बीमादेखि फ्लाइट टिकेटसम्मको अफर

नेपालको अग्रणी डिजिटल वालेट खल्तीले ८ औँ वर्ष पूरा गरेको छ । २०१७ बाट नेपालीहरू माझ मोबाइल टपअप अनि बिल भुक्तानी जस्ता सुविध…

१७औं वर्षमा प्रवेश गर्‍यो डिजिटल वालेट इसेवा

नेपालको पहिलो डिजिटल वालेट इसेवा १६ वर्ष पूरा गरी १७ औं वर्षमा प्रवेश गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २०…

आइएमई पेबाट अब धरहरा प्रवेशको टिकट शुल्क भुक्तानी गर्न सकिने

डिजिटल वालेट आइएमई पेबाट अब धरहरा भ्रमणको टिकट शुल्क भुक्तानी गर्न सकिने भएको छ । नव निर्मित धरहरामा गत  संविधान दिवसको…