ग्याजेट्स
६ हजार एमएएच ब्याट्री सहित नोकियाको सीथर्टी स्मार्टफोन नेपालमा
नेकियाले नेपालमा आफ्नो सि सिरिज अन्र्तगतको नोकिया सि थर्टी स्मार्टफोन सार्वजनिक गरेको छ । एचडी प्लस रिजोलुसन र ६.८२ इन्च एलसिडी डिस्प्ले सहित सि थर्टी सार्वजनिक भएको हो । डिस्प्लेमा ४०० निट्सको ब्राईटनेस उपलब्ध हुने गर्दछ । यसको अगाडिको क्यामेराको नच भने आशुँ आकारको रहेको छ ।
पछाडि गोलाकारको कयामेरा रहेको छ । स्मार्टफोनको पछाडि पट्टि डुअल क्यामेरा रहेको छ । त्यस्तै २ मेगापिक्सेलको डेप्थ सेन्सरसँगै १३ मेगापिक्सेलको अटोफोकस क्यामेरा रहेको छ । गोलाकार क्यामेराकै बाहिर पट्टि एउटा एलईडी फ्ल्यासलाईट पनि राखिएको छ । आशुँ आकारको अगाडिको क्यामेराको नचमा ५ मेगापिक्सेलको सेन्सर राखिएको छ ।
नोकिया सि थर्टीमा युनिसोकको एससी९८६३ ए चिपसेट प्रयोग गरिएको छ । यसका चार ओटा कोर्टेक्स ए ५५ (१.६ गिगाहर्ज) र चार ओटा कोर्टेक्स ए ५५ (१.२ गिगाहर्ज) कोर भएको अक्टकोर सीपीयू राखिएकोे छ । यसमा तीन जिबी र्याम र ६४ जिबी इन्र्टनल स्टोरेज रहेकोे छ । माईक्रो एसडी कार्ड प्रयोग गरेर इन्र्टनल स्टोरेजलाई बढाउन सकिने कम्पनीले जनाएको छ ।
नोकिया सि थर्टीमा एन्ड्रोईड ११ गो अपरेटिङ सिस्टम राखिएको छ । ६ हजार एएमएच ब्याट्री भएको यसमा यसमा पुरानै माईक्रो यूएसबी पोर्ट प्रयोग गरिएको छ जसले १० वाट पावर सम्म चार्ज गर्नसक्छ । फोनमा फिगंरप्रिन्ट स्क्यानर समेत उपलब्ध छ । कम्पनीका अनुसार सि थर्टीमा दुई वर्षको सुरक्षा अपडेट पनि उपलब्ध हुनेछ ।
नोकिया सि थर्टीको नेपालमा २ जिबी र्याम र ३२ जिबी इन्टर्नल स्टोरेजको भेरियन्टमा उपलब्ध छ जसको मूल्य १४ हजार १९९ रुपैयाँ तोकिएको छ । हरियो र सेतो रगंमा उपलब्ध यो फोन कम्पनीका आधिकारिक खुद्रा स्टोरबाट खरिद गर्न सकिनेछ ।
ग्याजेट्स
साओमीले सार्वजनिक गर्दै पहिलो चोटि स्न्यापड्रागन ८९८ प्रयोग गरिएको स्मार्टफोन
चिनियाँ स्मार्टफोन निर्माता साओमीले ‘साओमी १२’ सार्वजनिक गरेर क्वालकम स्न्यापड्रागन ८…
रियलमीले चाँडै नेपाली बजारमा ‘जीटी नियो २’ सार्वजनिक गर्दै
सामसङको नयाँ फोल्डेवल फोनले नेपालमा नोट सिरिजको बिक्रीलाई उछिनेको छ । हालै लन्च …
लेनोभोको दुई नयाँ ट्याब्लेट नेपाली बजारमा सार्वजनिक
लेनोभोको दुई नयाँ ट्याब्लेट नेपाली बजारमा सार्वजनिक भएको छ । लेनोभोको नेपालस्थित …
नेपालमा आइफोन १३, मूल्य १ लाख ३८ हजारदेखि २ लाख ६ हजारसम्म
एप्पलले १३औ संस्करणको आइफोन सार्बजनिक गरेपछि विश्वभर प्रि प्रि-बुकिङ र खरिद गर्ने होडबाजी नै चलेको छ । नेपालमा पनि आइफोन १३ सिरिजका विभिन्न मोडलहरुको प्रि-…
बजारमा ‘अनर एक्स थर्टी म्याक्स’ चााँडै सार्वजनिक हुने, फोनमा ६००० एमएएच ब्याट्रीको क्षमता र २२.५ वाटको फास्ट चार्जिङ उपलब्ध
आईफोन थर्टिनमा प्रयोग भएको चिपसहित आईफोनको सस्तो मोडल आउने भएको छ । एप्पलको आईफोन…
रियलमी एट आई आकर्षक मूल्यमा, एक पटकको चार्ज ४० घण्टा टिक्ने
रियलमी एट सिरिजले पाइरहेको भारी सफलतामा थप प्रयास हेतु रियलमीले अर्को सफलताको उ…
नेपाली बजारमा सामसङको ‘ग्यालेक्सी एम ५२ फाइभजी’ उपलब्ध
सामसुङले नेपाली बजारमा ग्यालेक्सी एम५२ फाइभजी स्मार्ट फोन भित्र्याएको छ । यो फोन सा…
भीभोले गर्याे वाई २१ सार्वजनिक, फोनमा अत्याधुनिक ब्याट्री तथा र्याम उपलब्ध
मोबाइल स्मार्ट फोन निर्माता भीभो कम्पनीले नयाँ स्मार्ट फोन ब्राण्ड भीभोे वाई २१ आज दे…
शाओमीले गर्याे शाओमी ११ लाइट एनई फाइभजी सार्वजनिक
शाओमी नेपालले सबैभन्दा पातलो र हल्का ‘शाओमी ११ लाइट एनई फाइभजी’को सार्वजनिक गरेक…
नेपाली बजारमा ए सिरिज अन्तर्गतको ग्यालेक्सी ए ५२ एस ५ जी सार्वजनिक
सामसङ्ले ए सिरिज अन्तर्गतको ग्यालेक्सी ए ५२ एस ५ जी नेपाली बजारमा सार्वजनिक गरेको छ…
नेपाली बजारमा सामसङको नयाँ ग्यालेक्सी एओ थ्रीएस सार्वजनिक
सामसङले हालै नेपाली बजारमा ए सिरिज अन्तर्गत नयाँ ग्यालेक्सी एओ थ्रीएस सार्वजनिक गरे…
रियलमी सी २१ वाई सार्वजनिक
विश्वमा तिव्र गतिमा बजार विस्तार गर्दै गएको स्मार्टफोन कम्पनी रियलमीले टीयूभी राइनल्य…
एस पेन स्लटका साथ सामसङको ग्यालेक्सी एस २२ अल्ट्रा सार्वजनिक हुने
सामसङ्को ग्यालेक्सी एस २२ अल्ट्रामा नोटको एस पेन स्लट पनि रहेको छ । सामसङ्ले हालैमा …