कीवर्डहरू -

ग्याजेट्स

आईफोन १३ प्रो र प्रो म्याक्समा १२० हर्जको रिफ्रेस रेट, सबैभन्दा बढी चार्ज टिक्ने आईफोन 

एप्पलले मंगलबार साँझ भएको ‘क्यालिफोर्निया स्ट्रीमिङ’ कार्यक्रममा आईफोन १३ सिरिज सार्वजनिक गरेको छ । यसमा अझै प्रिमियम प्रो फ्ल्यागसिप पनि रहेको छ । आईफोन १३ प्रो र प्रो म्याक्समा १२ प्रो र प्रो म्याक्सको तुलनामा छिटो चल्ने स्क्रीन, सानो नच र नयाँ रगंहरु रहेको छ ।

यसमा १२० हर्जको अडाप्टिभ स्क्रीन पनि रहेको छ । एप्पलले १००० निट्सको ब्राईटनेस भएको नयाँ सुपर रेटिना एक्सडीआर डिस्पले पनि ल्याएको छ । यो सबैभन्दा बढि ब्राईटनेस भएको आईफोन हो र पहिलेको तुलनामा २५ प्रतिशतले ब्राईटनेस बढेको छ ।

पहिलो पटक कम्पनीको आईफोनमा प्रो मोसन उपलब्ध रहेको छ । रिफ्रेस दर १२० हर्जको रहेको छ । तपाईले गेम खेल्दा वा केही स्क्रोल गर्दा मात्रै रिफ्रेस दर १२० हर्जको हुनेछ नभए ईमेजमात्रै हेरिरहँदा रिफ्रेस दर १० हर्जको मात्रै हुनेछ । आईफोन १३ र आईफोन १३ मिनीझैँ यस डिभाइसमा पनि कम्पनीको ए १५ बायोनिक चिप प्रयोग गरिएको छ ।

यो ५ न्यानो मिटरको चिप हो र अरु प्रतिस्पर्धी भन्दा ५० प्रतिशत छिटो काम गर्ने कम्पनीको दावी रहेको छ । चिपमा दुईटा नयाँ हाई परफोरमेन्स कोर, चार ओटा एफीसियन्सी कोर, छिटो चल्ने फोर कोर ग्राफिक प्रोसेसर र छिटो चल्ने न्यूट्रल इन्जिन रहेको छ ।

एप्पलले भिडियो पक्षलाई विशेष ध्यान दिदै सिनेम्याटिक मोड पनि ल्याएको छ । यसले भिडियो खिच्दा अझै स्थीरता प्रदान गर्ने गर्दछ । यसमा ससानो कुरालाई पनि फोकस गर्नका निम्ति मेसिन लर्निङको प्रयोग गरिएको छ । प्रो मोडेलमा पाँच ओटा कोर भएको जिपियू प्रयोग गरिएको छ ।

प्रोको क्यामेरा प्रणाली पनि सुधारिएको छ । यसमा ७७ एमएमको नयाँ टेलिफोटो क्यामेरा रहेको छ जसले तीन गुणा सम्म अप्टिकल जूम प्रदान गर्ने गर्दछ । त्यस्तै अल्ट्रावाईड सेटअपमा पनि अटोफोकस रहेको छ ।

ए १५ बायोनिक चिपको सुधारिएको ईमेज सिग्नल प्रोसेसिङले गर्दा म्याक्रो फोटोग्राफीसँगै ६ गुणा सम्म अप्टिकल जूम रहेको छ । यो पानीका लागि आईपी ६८ रेट गरिएको छ ।

आईफोन १३ प्रो म्याक्स गत सालको मोडेल भन्दा २.५ घण्टा बढी चल्ने कम्पनीको दावी छ, जसले गर्दा यो सबैभन्दा बढी चार्ज धान्ने भिाईसको रुपमा चिनिन्छ । आईफोन १३ प्रो पनि गत सालको मोडेल भन्दा १.५ घण्टा बढि चल्ने गर्दछ ।

आईफोन १३ प्रोको ६.१ इन्चको स्क्रीन हुने गर्दछ र प्रो म्याक्सको ६.७ इन्चको स्क्रीनहुने गर्दछ । यी मोडेलहरु शुरूवाती मूल्य ९९९ डलरमा तोकिएको । यो सेप्टेम्बर २४ देखि विक्रीका लागि उपलब्ध हुनेछ ।


ग्याजेट्स

चारवटै रियर क्यामेरामा अप्टिकल स्टाबिलाइजेसन फिचर भएको विश्वको पहिलो फोन

भिभोको एक्स ७० प्रो प्लसले चारवटै रियर क्यामेरामा अप्टिकल स्टाबिलाईजेसन फिचर रहेको …

आफ्नै टिभी सार्वजनिक गर्दै अमेजन

अमेजनले यो वर्ष आफ्नै टिभी सार्वजनिक गर्ने भएको छ । यो टिभी अक्टोबरमा सार्वजनिक हुन…

६ जीबी र्‍यामसहित पोको एमथ्री प्रो फाइभजीको नयाँ भेरियन्ट नेपालमा, कति होला मूल्य ? 

नेपालमा पोको एमथ्री प्रो फाइभजी स्मार्टफोनको नयाँ भेरियन्टमा नेपालमा सार्वजनिक भएको…

सेगवेको घाँस काट्ने रोबोटमा जिपिएसको प्रयोग

सेगवेको रोबोट घाँस काट्ने मेसिनले तपाईकै बारीमा रहेर घाँस काटिरहन जिपिएस प्रयोग…

चेतावनी बिनानै पिक्सेल ३ फोन बन्द भइरहेको प्रयोगकर्ताको गुनासो 

पिक्सेल ३ का प्रयोगकर्ताहरुले चेतावनी बिनानै आफ्नो फोन बन्द भईरहेको गुनासो गरेका छ…

ग्यालेक्सी जेड फोल्डथ्री फाइभजी तथा ग्यालेक्सी जेड फ्लीपथ्री फाइभजीको प्रि-बुकिङ खुल्ला

सामसङले नेपालमा दुई फोल्डेबल स्मार्टफोन ग्यालेक्सी जेड फोल्डथ्री फाइभजी तथा ग्यालेक्सी…

ओप्पो ए १६ नेपाली बजारमा सार्वजनिक, कति होला मूल्य ?

ओपोले नेपालमा आफ्नो लोकप्रिय सिरिज ए—सिरिज अन्तर्गत ए १६ सार्वजनिक गरेको छ । स्टाइल…

ग्यालेक्सी जेड फोल्ड थ्री र फ्लिप थ्रीका फिचर अब पुराना फोल्डेबल फोनमा पनि उपलब्ध हुने

सामसङले ग्यालेक्सी जेड फोल्ड थ्री र फ्लिप थ्रीको फिचर अरु पुरानो फोल्डेबल फोनहरुमा प…

रियलमी सी २१ नेपालमा सार्वजनिक, कति होला मूल्य ? 

नेपाली बजारमा रियलमी सी २१ स्मार्टफोन सार्वजनिक भएको छ । ६.५ इन्च मिनि ड्रप आईपीएस…

८ जीबी र्‍यामसहित पोको एफथ्री जीटी नेपालमा, कति होला मूल्य ?  

नेपाली बजारमा पोको एफथ्री जीटी सार्वजनिक भएको छ । साओमीले सोमबार नेपालमा पोको ए…

साओमीले गर्याे भारतमा एम आई टिभी फाइभ एक्स सिरिज सार्वजनिक

साओमीले भारतमा एमआई टिभी फाइभ एक्स सिरिज सार्वजनिक गरेको छ । यो ४३ इन्च, ५० इन्च …

८ जीबी र्‍याम भएको भिभो वाई ५३ एस स्मार्टफोन नेपाली बजारमा, कति होला मूल्य ? 

भिभोले नेपाली बजारमा वाई ५३ एस स्मार्टफोन सार्वजनिक गरेको छ । यसमा ६४ मेगापिक्सेल…

अब एप्पल वाचले गर्नेछ तपाईको मेटाबोलिजम ट्रयाकिङ

एप्पल वाचमा ल्युमेनको मेटाबोलिजम ट्रयाकिङ एप आवद्ध भएको छ । ल्युमेन भनेको क्राउड फण्…

एप्पल आईओएस १५ मा आउने भनेर घोषणा गरेका यी फिचर तत्काल नआउने

एप्पलले आफ्नो नयाँ मोबाइल आइओएस १५ मा विभिन्न आकर्षक फिचर आउन लागेको भनेर जुन महिनामा वल्र्डवाइड डेभलपर्स कन्फेरेन्सम…

रियलमीको पहिलो ल्यापटप ‘रियलमी बुक’ सार्वजनिक

रियलमीले आफ्नो पहिलो ल्यापटप रियलमी बुक सार्वजनिक गरेको छ । टुके डिस्प्लेसहित रियल…