ग्याजेट्स
रियलमी ८ औँ सिरिजमा १०८ मेगापिक्सेल क्यामेरा
चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले सातौँ सिरिजको स्मार्टफोनको व्यापक सफलता पछि ८ औँ सिरिजको फोन सार्वजनिक गर्ने तयारी गरेको छ ।
कम्पनीले यस सिरिजमा पहिलोपटक मोबाइल फोटोग्राफीका क्षेत्रमा नेतृत्व लिन सक्ने गरी १०८ एमपी क्यामेरा यस सिरिजमा राख्न लागेको जानकारी दिएको छ ।
कम्पनीले आज एक भर्चुअल कार्यक्रम मार्फत आठौँ सिरिजमा मोबाइल फोटोग्राफीलाई उच्च प्राथमिकतामा राखेर निर्माण गर्न लागिएको उक्त फोनमा प्रयोग हुने १०८ एमपीको क्यामेराबारे जानकारी दिएको छ । ८ औँ सिरिजको यस मोबाइलले स्मार्टफोन क्षेत्रमा नयाँ ट्रेन्ड निर्माण गर्ने दावी कम्पनीको छ ।
रियल ८ प्रोको क्यामेरा सामसङको पछिल्लो उत्पादनमा प्रयोग गरिएको १०८ एमपी क्यामेराको स्वरुप अनुसार १÷१.५२ सेन्सरर १२०००÷९००० पिक्सेलमा केन्द्रित भएर निर्माण गरिएको छ ।
यसमा रहेको ठूलो एकल–पिक्सेल साइजले गुणस्तरीय तस्वीरको सुनिश्चितता गरेको छ । यसैगरी ‘एचएम२’ ले ‘नाइन–इन–वानपिक्सेल बिन्निङ’, ‘आइएसोओ सेल प्लस’ र ‘स्मार्ट आइएसोओ’मोबाइल तस्वीर सेन्सरका कारण यो फोन स्पष्ट र उत्कृष्ट तस्वीरका लागि सक्षम छ ।
रियलमी ८ प्रोमा प्रयोग गरिएको १०८ एमपीको क्यामेराले उज्यालो र अँध्यारो दुबैमा हरेक विवरण स्पष्ट देखिने गरी तस्वीर खिच्न सक्दछ । जुम गरेर हेर्दा फोटो फाट्ने समस्या यसमा छैन, अझ राम्रोसँग फोटोको विवरण हेर्न सकिन्छ ।
रियलमी राखिएको सेन्सरसहितको १०८ एमपीको यस आधुनिक क्यामेराले सेवाग्राहीलाई थुप्रै अनुकूल र उत्साहजनक सुविधाहरु प्रदान गर्नेछ ।
‘इन–सेन्सर’जुम, झनै बढि स्पष्ट
यसमा प्रयोग गरिएको ‘इन–सेन्सर’जुम प्रविधिका कारण फोटो जुम गर्दा थप स्पष्ट भएर देखिन्छ र फोटो फाट्दैन । इन सेन्सर जुममा थ्रि–एक्स मोड सक्रिय हुने र यसले १२ मेगापिक्सेलसम्म फैलिएको तस्वीरको विवरण देखाउनेछ ।
१२ एमपी आकारसम्मको सानो फोटोका कारण यसको इमेजिङ प्रक्रिया तीव्र छ । स्पष्टता बढाउने एल्गोरिथमको विशेषताका कारण तस्वीर झनै स्पष्ट देखाउन क्यामेरा सबल भएको छ ।
यसमा प्रयोग गरिएको ३ एक्स अप्टिकल टेलिफोटोको लेन्स बाट खिचेको तस्वीर भन्दा पनि यसको क्यामेरा बाट खिचेको तस्वीर उत्कृष्ट ठहरिएको छ ।
स्मार्टफोनमा पहिलोपटक ‘टाइम लाप्स’ स्टारी मोड
रियलमीले यस सिरिज मार्फत पहिलोपटक स्मार्टफोनको दुनियाँमा टाइम लाप्स स्टारी मोड समेत सार्वजनिक गरेको छ ।
विशेषतः स्टारी टाइम लाप्स पेशेवर क्यामेरा हुने विशेषता हो, जसमा दुई वा दुई भन्दा बढी भिडियो क्लिप गरिन्छ र भिडियो सम्पादन मार्फत तिनलाई संकलन गरेर जोडिन्छ । फोटो संश्लेषण एवं संयोजनका लागि टाइम लाप्स स्टारी मोड एकदमै चुनौतीपूर्ण मानिन्छ ।
रियलमी टाइम लाप्स भिडियो अल्गोरिथम विशेषताका साथ आउने तयारीमा छ, जसमा ४८० सेकेण्डमा ३० वटा तस्वीर खिच्न सकिनेछ र यो मोडमा संश्लेषण गरी संयोजन गरिसके पश्चात् ती तस्वीरलाई ४८० गुणा बढी स्पीडका साथ १ सेकेन्डमा हेर्न सकिनेछ ।
टिल्ट–शिफ्ट फोटोग्राफी
महँगो टिल्ट शिफ्ट लेन्सको प्रयोग गरेर यसमा टिल्ट शिफ्ट फोटोग्राफीको विशेषता पनि प्रदान गरिएको छ, जसले फोटोको केबल एक भागलाई फोकस गरेर स्पष्ट देखाउँछ र अन्य भाग ब्लर गरेर सूक्ष्म संसारको अनुभूति दिलाउँछ ।
रियलमी ८ औँ सिरिजको फोन टिल्ट शिफ्ट तस्वीर खिच्नका अलावा १० औँ गुणा तीव्र टिल्ट शिफ्ट टाइम लाप्स भिडियो खिच्न समेत सक्षम छ । दृश्यहरू फरक र नयाँ तरिकाले हेर्नका लागि यो विशेषता उत्तम छ ।
स्मार्टफोनको दुनियामा यो फिचरको प्रयोग गर्ने रियमली ८ प्रो नै पहिलो हो । यसमा ब्लर र स्पष्ट दुबै क्षेत्रतर्फ आकार, कोण, स्थिति, अवस्था लगायतलाई थपघट गर्न सकिने विशेषताहरु पनि राखिएको छ, जसले दृश्यलाई अझ शानदार बनाउने विश्वास गरिएको छ ।
नयाँ प्रोट्रेट फिल्टर
अचेल अधिकांश स्मार्टफोनहरुले तस्वीरको फोकसिङ क्षेत्र बाहेकलाई ब्लर गर्ने फिचरहरु सार्वजनिक गरेका छन् । नयाँ ट्रेन्ड स्थापना गर्न रुचाउने रियलमीले ८औँ सिरिजको यस मोबाइल फोनमा आइकोनिक, नियोन, डायनामिक र एआई कुल फिल्टरहरु राखेको छ ।
प्राथमिकतामा क्यामेरा, मोबाइल फोटोग्राफीको नयाँ युग
विभिन्न सिरिजका मोबाइल फोनहरुको उत्पादनका क्रममा रियलमीले क्यामेरालाई प्राथमिकता दिँदै नयाँ र विशेष फिचरहरु राख्दै आएको छ । रियलमी नयाँ प्रविधि र फिचरहरुका साथ विशेषगरी युवाजमातका क्षेत्रमा नेतृत्वदायी उपस्थिति जनाइरहेको छ ।
यसै क्रममा १०८ एमपीको क्यामेरा राखिएको यस सिरिजको मोबाइलमा थप नयाँ ट्रेन्ड स्थापना गर्न सक्ने फिचरहरु राखिएका छन् ।
ग्याजेट्स
स्न्यापड्रयाग्न प्रोसेसर सहित रियलमी सी १५ स्मार्टफोन नेपालमा
रियलमीले क्वालकम संस्करणको सी १५ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पन…
५ हजार एमएएच ब्याट्री सहित नेपाली बजारमा सार्वजनिक भयो कुलप्याडको नयाँ फोन
नेपाली बजारमा कुलप्याड कुल १० स्मार्टफोन सार्वजनिक भएको छ । ६.५३ इन्च इनसेल डिस्प्ले…
सामसङले अरु डिभाइसहरुमा पनि एसपेन सपोर्ट दिने
सामसङले एसपेन सपोर्ट अरु डिभाइसहरुमा पनि उपलब्ध गराउने भएको छ । हालसम्म एसपेन सपोर्ट ग्यालेक्सी नोट सिरिजहरुका लाग…
स्मार्टवाचले कोरोनाको लक्षण देखिनु अघि नै रोग पत्ता लगाउन सक्ने
स्मार्टवाच र फिटनेस वेयरेबलले कोभिड—१९ को लक्षण देखिनु भन्दा पहिले नै रोग रहेको प…
नेपाली बजारमा सार्वजनिक भयो ओप्पो ए १५ स्मार्टफोन, यस्तो छ मूल्य अनि फिचर
ओप्पोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन ओपो ए १५ सार्वजनिक गरेको छ । ओपो ए १५ ले प्रय…
ओप्पो ए १५ स्मार्टफोन नेपालमा छिटै सार्वजनिक हुने
ओप्पो ए १५ स्मार्टफोन नेपालमा छिटै सार्वजनिक हुने भएको छ । ओप्पो ए १५ फोनमा ६.५२ इ…
कुलप्याड कुल एस स्मार्टफोन नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर
नेपाली बजारमा कुलप्याडको कुल एस स्मार्टफोन सार्वजनिक भएको छ । ६.५३ इन्च फुल एचडी प्…
सस्तो फोनहरुका लागि क्वालकमले ल्यायो फाइभजी प्रोसेसर
सस्तो फोनहरुका लागि क्वालकमको स्न्यापड्रयाग्न ४८० फाइभजी प्रोसेसर सार्वजनिक भएको छ । …
नेपाली बजारमा ओप्पो ए १२ स्मार्टफोनको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्य
ओपोले केही समय अगाडी मात्र सार्वजनिक गरेको ओपो ए १२ ३ जीबी र्याम भएको फोनको मूल्…
बंगलादेशको नम्बर १ ब्राण्ड सिम्फोनीका मोबाइल फोनहरु नेपालमा, यस्ता छन् विशेषता
छिमेकी मुलुक बंगलादेशको चर्चित मोबाइल फोन ब्राण्ड सिम्फोनी नेपाली बजारमा भित्रिएको…
नेपाली बजारमा सार्वजनिक भयो पोको एक्स ३ एनएफसी, ३० मिनेटमै ६२ प्रतिशत चार्ज
पोको स्मार्टफोन ब्राण्डले ‘पोको एक्स ३ एनएफसी’ नेपालमा सार्वजनिक गरेको छ । यो फोन य…
सामसङको ग्यालेक्सी एम ५१ स्मार्टफोन नेपालमा, यस्तो छ मूल्य अनि फिचर
सामसङले नेपालमा एम सिरिज अन्तर्गत ग्यालेक्सी एम ५१ स्मार्टफोन सार्वजनिक गरेको छ । ग्य…
नोकियाको सस्तो फोन सीवान प्लस नेपालमा, यस्तो छ मूल्य अनि फिचर
नेपाली बजारमा नोकिया सीवान प्लस स्मार्टफोन सार्वजनिक भएको छ । नोकियाको सस्तो स्मार्ट…
मोटोरोलाका दुई नयाँ स्मार्टफोन नेपाली बजारमा, यस्ता छन् फिचर तथा मूल्य
मोटोरोलाले मोटो जि नाइन प्ले र मोटो इ सेभेन प्लस दुई नयाँ स्मार्टफोन सहित नेपाली …
नोकियाको नयाँ स्मार्टफोन ‘नोकिया ३.४’ नेपालमा, यस्तो छ मूल्य अनि फिचर
नोकियाले नेपाली बजारमा ‘नोकिया ३.४’ स्मार्टफोन सार्वजनिक गरेको छ । प्रिमियम डिजाइ…