कीवर्डहरू -

ग्याजेट्स

ओपो ए ७१ (२०१८) सार्वजनिक, एआई प्रविधिको प्रयोग 

सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपोले आफ्नो ए सिरिजको पोर्टफोलियोमा नयाँ उत्पादन ए७१ (२०१८) सार्वजनिक गरेको छ । ओपोको नयाँ उत्पादन ए७१ (२०१८)मा परिस्कृत एआई ब्यूटी प्रविधि र शक्तिशाली क्वालकम स्न्यापड्र्यागन ४५० प्रोशेसर उपलब्ध छ ।

फोनको फ्रण्ट क्यामेरामा ओपोको पृथक सेल्फी प्रविधि उपलब्ध गरिएको यो फोनमा यूवा पुस्तालाई प्रत्यक्ष आकर्षित गर्ने सोचका साथ कम्पनीले आकर्षक स्लिम मेटालिक यूनी बडी डिजाइन अपनाइएको छ । मितब्ययी मूल्यमा उपलब्ध गरिएको ए७१ (२०१८) सुनौलो र कालो गरी दूई भिन्न रंगमा उपलब्ध गरिएको छ । मूल्य रु. १५ हजार ९ सय ९० निर्धारण गरिएको नयाँ फोन कम्पनीको देशभर रहेका विक्रि केन्द्र मार्फत उपलब्ध छन् ।


ए७१ (२०१८)का बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘हामीले ए सिरिज अन्तर्गत नयाँ मोडल, अत्याधुनिक सेल्फी प्रविधि र आकर्षक डिजाइनमा सार्वजनिक गरेका छौँ ।

\"\"
एआई ब्यूटी प्रविधि

ओपो ए७१ (२०१८)मा विशेष ओपोकै लागि निर्मित २ सय भन्दा बढी अनुहारका विशेषताको पहिचान गर्न सक्षम एआई ब्यूटी फञ्सन समाहित गरिएको छ । यसका कारण फोनले अनुहारको पहिचान र ब्यूटी रिटचिङको कार्य थप सटिकतापूर्ण तरिकाले गर्न सक्छ । साथै, ईमेज डाटाबेस र आफैँ सिक्ने क्षमताका कारण यो फञ्सनले विभिन्न छालाका किसिम, रंग, उमेर र लिंगको पहिचान गरी आवश्यकता अनुसार ब्यक्तिगत तवरमा तस्विर परिमार्जनमा सघाउँछ । फोनमै समाहित गरिएको यो फञ्सनका कारण अब प्रयोगकर्ताले तेस्रो पक्षबाट उपलब्ध हुने ब्यूटीफिकेशन ईफेक्ट लगायत आफ्नो फोनमा ईन्ष्टल गरी रहनु पर्दैन ।

\"\"
पर्फमेन्स
नयाँ फोनले सहज परिचालनका लागि तिब्र गतिमा कार्य सम्पादन गर्नुका साथै उर्जा खपतमा समेत न्यूनिकरण ल्याउन सघाउँछ । १.८ जीएचजेडमा क्ल्क्ड गरिएका ६४ बिट प्रोशेसिंग कोर सहितको नविनतम स्न्यापड्र्यागन ४५० प्रोशेसर जडान गरिएको छ । यसले गर्दा फोनमा एकै पटकमा धेरै एप सञ्चालन गर्न सघाव पुग्नुका साथै एप विचमा स्विच गर्नपनि सहजता मिल्छ ।

एप खोल्ने कार्यमा फोनको औशत गति १२ दशमलव ५ प्रतिशत तिब्र ( नुमना परिक्षणमा ) रहेको  छ । फोनमा ३ हजार एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ । यो ब्याट्री कम समयमा चार्ज हुनुका साथै एकै चार्ज मार्फत १ वा बढी दिन सम्म सहजै चलाउन सकिन्छ ।

क्यामेरा
नयाँ फोनमा सेल्फीलाई थप प्राकृतिक र वास्तविक देखाउने सोचका साथ १ दशमलव ४ यूएम पिक्सेल र स्मार्ट अर्थमेटिक अप्टिमाइजेसन सहित ५ मेगापिक्सेल क्षमताको फ्रण्ट क्यामेरा जडान गरिएको छ । त्यसैगरी, कम प्रकाश भएका स्थानमा समेत फोटोमा न्यवाइज न्यूनिकरण तथा स्पष्ट तस्विर खिच्नका लागि मल्टि–फ्रेम डिनोइजिंग प्रविधि सहित १३ मेगापिक्सेल क्षमता सहितको रियर क्यामेरापनि उपलब्ध गरिएको छ ।

\"\"

कम्पनीले फोनमा अल्ट्रा एचडी फिचरपनि उपलब्ध गराएको छ । यसले मल्टिबस्र्ट फोटोलाई एउटै बनाएर १३ मेगापिक्सेल क्यामेराबाट खिचिएको फोटोलाई ३२ एमपीको एफेक्ट दिने क्षमता राख्छ ।

स्ट्रिमलाइन डिजाइन अवधारणा
डिजाइनको कुरा गर्दा ए७१ (२०१८)मा स्लिक यनिबडी डिजाइनमा  ५ दशमलव २ ईञ्चको एचडी स्क्रिन जडान गरिएको छ । यसले फोनलाई निकै आकर्षक र प्रिमियम लुक्स प्रदान गर्नुका साथै बोक्दा समेत आरामदायी अनुभव प्रदान गर्छ ।

कलर ओएस ३.२मा आधारित एण्ड्रोइड ७.१
२ जीबी ¥याम र १६ जीबी रोम सहितको कलर ओएस ३.२ले नयाँ मोबाइल मार्फत तिब्र गतिमा ट्रान्सफर सुविधा, सुरक्षा फिचर्स र सटिक फञ्सनको नयाँ मज्जा उपलब्ध गराउँछ । साथै, फोनमा उपलब्ध स्प्लिट स्क्रिन फिचरले मल्टिटास्किङ, गेम एक्सिलिरेसन, नाइट सिल्ड लगायत सुविधापनि उपलब्ध छन् ।

नोकिया ८ 

ग्याजेट्स

एचटिसी ड्जाइर १० प्रो 

एचटिसी विश्वमा कहलिएको नामुद स्मार्टफोन कम्पनी हो । नेपालमा भने यसले तहल्का पिट्न नसकेपनि ब्राण्ड खोजेर किन्नेहरुको लागि यो राम्रो अप्सन हो । अहिले नया वित…

मिडरेन्ज स्मार्टफोन - हुवावे नोभा टु आइ

चिनियाँ मोबाइल उत्पादक कम्पनी हुवावेले गत महिना अन्तर्रा्ष्ट्रिय बजारमा सार्वजनिक गरेको फोन ‘नोभा टु आइ’ नेपाली बजारमा भित्रिएको छ ।  यसमा प्रयोग भएको हुव…

वानप्लस ५ टि अब नेपालमा, ८ जीबीको र्याम र २० मेगापिक्सलको क्यामेरा

वानप्लसले आफ्नो प्रिमियम फ्ल्यागशिप स्मार्टफोनहरु मध्येको सबैभन्दा पछिल्लो स्मार्टफोन ‘वानप्लस ५ टि’सार्वजनिक गरेको छ । 

‘वानप्ल…

ओप्पोले ल्यायो फेस अनलक फिचर सहितको ५.७ इन्च डिस्प्ले भएको नयाँ मोडेल ओप्पो ए८३

ओप्पोले नयाँ मोडेलको स्मार्टफोन ओप्पो ए८३ चाईनामा लन्च गरेको छ । यो फोनमा फेस अनलक फिचर आकर्षणको केन्द्र रहेको छ र साथमा यसको डिस्प्ले १८:९ एस्पेक्ट रेसियोको …

ओप्पोले सार्बजनिक गर्यो 20 एमपी सेल्फि क्यामेरा सहितको ए ७५ र ए ७५ एस

छोटो समयमानै स्मार्टफोनको बजारमा धेरै राम्रो छवि बनाउन सफल स्मार्टफोन कम्पनि ओप्पोले अहिले सम्म  धेरै फोनहरु सार्बजनिक गरिसकेको छ ।यहि क्रमलाइ निरन्तरता दि…

सामसङले  अब ग्यालेक्सी जे २ (२०१८) सार्बजनिक गर्ने तयारीमा

 केहि समय अघि मात्रै सामसङ ग्यालेक्सी ए ८ (२०१८) र ए ८ प्लस(२०१८ ) जस्ता स्मार्ट फोनहरु सार्बजनिक गरेको सामसङ कम्पनिले अब चाँडैनै&nbs…

अनरले  सार्बजनिक गर्यो चार वटा क्यामेरा सहितको स्मार्टफोन \'अनर ९ लाइट\'

हुवावेको सब-ब्रान्ड अनरले आफ्नो बहुप्रतिक्षित स्मार्टफोन अनर ९ लाइट चीनमा सार्बजनिक गरेको छ । उक्त फोनमा मुख्य आकर्षणको केन्द्रनै २ वटा सेल्फी र २ वटा रियर क्य…

सामसङले लन्च गर्यो नयाँ स्मार्टफोन ग्यालेक्सी ए ८ र ग्यालेक्सी ए ८ प्लस

सामसङ कम्पनिले २०१७ को डिसेम्बर १९ मा  ए सिरिजको बहु – प्रतिक्षित स्मार्टफोन  ग्यालेक्सी ए ८ (२०१८ ) र ग्यालेक्सी ए ८ प्लस  (२०१८ ) लन्च गरेको छ ।नयाँ सामसङ…

शाओमीको एमआइ ए१ अब नेपाली बजारमा

नेपाली बजारमा छोटो समयमानै आफ्नो छबि स्थापना गर्न सफल मोबाइल कम्पनि शाओमीले धेरै प्रकारका स्मार्टफोनहरु सार्बजनिक गरिरहेको छ ।उक्त  क्रमलाई निरन्तरता दि…

नेपाली स्मार्टफोन बजारमा आइभुमी मोबाइल

विश्वको ७ भन्दा बढि देशहरुमा आफ्नो उपस्थिति जनाइसकेको चाइनिज मोबाइल कम्पनी आइभुमिले नेपालमा पनि आफ्नो पाइला राखेको छ । नेपालको प्रसिद्द व्यापारिक घराना श…

ओपोद्वारा ६ जीबी र्यामको \'एफफाइभ रेड एडिशन\' सार्वजनिक

नेपाली बजारमा एफफाइभ सार्वजनिक गरी आफ्नो परिचय सेल्फी एक्स्पर्ट तथा लिडरका रुपमा स्थापित गरेको ओपोले एफफाइभ अन्तर्गत नै पूणः नयाँ मोडल ओपो एफफाइभ सिक्स जी…

विश्वकपको लागि भिभोले ल्यायो \'एक्स २० फिफा एडिसन\' स्मार्टफोन

केहि समय अघि मात्रै  स्मार्टफोन कम्पनी भिभोले रसियामा  २०१८ मा हुन लागिरहेको विश्वकप सहित २०२२ मा कतारमा हुने विश्वकपमा पनि फिफा संग अधिकारिक साझेदार …