ग्याजेट्स
ओपो रेनो टेनएक्स जुम ईडिशनका ५ आकर्षक फिचर्स
ओपोले भररखरै नेपालमा रेनो रेञ्जका स्मार्टफोनहरु सार्वजनिक गर्ने घोषणा गरेको छ । नयाँ रेनो टेनएक्स जुम ईडिशनले स्मार्टफोनको जुम क्षमतालाई नयाँ उचाई प्रदान गरेको छ । तर, रेनोको विशेषता यतिमै मात्र सिमित भने छैन । यस लेख मार्फत हामी रेनो टेनएक्स जुम ईडिशनमा रहेका ५ उत्कृष्ट फिचर्स माथि प्रकाश पार्ने प्रयास गर्ने छौँ ।
टेनएक्स हाइब्रिड अप्टिकल जुम
टेनएक्स हाइब्रिड अप्टिकल जुम सेन्सर, रेनो स्मार्टफोनको एक उत्कष्ट फिचर हो । एमडब्ल्यूसीमा यो प्रविधि प्रदर्शित गरे देखि नै यसको ब्यवसायिक उत्पादनका लागि निकै प्रतिक्षा गरिएको छ । स्मार्टफोनमा उपलब्ध यो प्रविधि, अप्टिकल जुम मध्य अहिले सम्मकै सर्वाधिक क्षमता सहितको जुम हो ।
सेन्सरको पेरिस्कोप स्टाइलमा गरिएको डिजाइनले गर्दा यो सम्भव भएको हो । नयाँ फोनमा १६० एमएम फोकल लेन्थको १३ एमपी, एफर३.० क्षमता सहितको टेलिफोटो सेन्सर जडान गरिएको छ । ब्लर फ्रि फोटो तथा भिडियो खिच्न सघाउनका लागि फोनको सेन्सरमा हाईब्रिड ओआईएसपनि समाहित गरिएको छ ।
स्न्यापड्रागन ८५५ एसओसी
ओपो रेनो टेनएक्स जुमको अर्को सटिक पाटो भनेको यसमा समाहित स्न्यापड्रागन ८५५ चिपसेट हो । ८ जीबी ¥याम र २५६ जीबी रोम सहित क्वालकमको यो नयाँ चिपसेट शक्तिशाली हुनुका साथै कार्यसम्पादनका सवालमा पनि निकै छरितो छ । अत्याधुनिक गेम्सका साथै आवश्यक एआई फिचर्स सञ्चालनका लािग स्न्यापड्रागन ८५५ले पर्याप्त शक्ति प्रदान गर्छ । भविष्यमा सार्वजनिक हुने फोनका लागि यो चिपसेटले फाइभजी सपोर्टपनि दिने छ ।
स्न्यापड्रागन ८५५ एसओसीका साथै फोनमा ३.५एमएम हेडफोन सकेट, एनएफसी, डुअल फ्रिक्वेन्सी जीपीएस लगायत अन्य हेर्डवेयर फिचर्सपनि फोनमा उपलब्ध छन् । फोनमा गेम बुस्ट २.० सुविधाका साथै यसले डल्बी एट्मसपनि सपोर्ट गर्छ । त्यसैगरी, यसमा पछिल्लो संस्करणका तुलनमा २३ प्रतिशतले तिब्र मानिएको भोक ३.० प्रविधि ४,०६५ एमएएच ब्याट्रीका साथमा उपलब्ध गरिएको छ ।
शार्क फिन पप्–अप क्यामेरा
पछिल्तिर टेनएक्स अप्टिकल जुम पेरिस्कोप क्यामेराका साथै, ओपो रेनोमा नयाँ पप्–अप क्यामेरापनि उपलब्ध छ । पप्डअप हुँदा शार्कको फिन जस्तो देखिने भएको हुँदा यसलाई कम्पनीले पप्–अप मेकानिजम नाम दिएको छ । यो मोड्यलुले १६ एमपी सेल्फी क्यामेरा र एउटा सफ्ट फ्ल्याशलाई आफु भित्र लुकाउँछ ।
यो मेकानिजमको पछिल्तिर रियर क्यामेराका लागि फ्ल्याशको ब्यवस्थापनि गरिएको छ । ओपोका अनुसार फोनको यो मोटोराइज्ड भाग ५ बर्षभन्दा लामो समयसम्म मज्जाले टिक्छ । साथै, अचानक फोन खसेर हुन सक्ने सम्भावित क्षति न्यूनिकरणका लागि यसमा स्वचालितरुपमा स्वतः बन्द हुने फल डिटेक्सन फिचरपनि उपलब्ध छ ।
ट्रिपल रियर क्यामेरा
सार्वजनिकको तयारीमा रहेको यस फोनमा ट्रिपल रियर क्यामेरा सेटअपको ब्यवस्थापनि गरिएको छ । हामीले माथी नै टेलिफोटो पेरिस्कोप सेन्सरका बारेमा चर्चा गरिसकेका छौँ । बाँकी दूई सेन्सरको कुरा गर्दा यसमा उत्कृष्ट तस्विरका लागि आईओएस सहितको एफर१.७ सहितको प्राइमरी ४८ मेगापिक्सेल सोनी आईएमएक्स सेन्सर जडान गरिएको छ ।
यसले फोरके भिडियो ६० फ्रेम्स प्रति सेकेण्डमा खिच्ने क्षमता राख्छ । त्यसैगरी, यसमा १ सय २० डिग्रि एफर२.२ सुपर वाइड एंगल सेन्सर सहितको ८ एमपी सेन्सर जडान गरिएको छ । यी दूबै क्यामेरामा लेजर अटोफोकसको ब्यवस्थापनि गरिएको छ ।
९३.१ स्क्रिन टू बडी रेसियो सहितको ६.६५ ईञ्च डिस्प्ले
फोनको अघिल्लो भागको चर्चा गर्दा यसमा करिव करिव बेजल लेस, ठूलो डिस्प्लेको प्रयोग गरिएको छ । ओपो रेनो टेनएक्स जुम ईडिशनमा गोरिल्ला ग्लास ६ प्रोटेक्सन सहितको ६.६५ ईञ्चको फुल एचडी+ एमोलेड डिस्प्ले उपलब्ध छ ।
तल्तिर पातला बेजल्स भएको यस उपकरणमा ९३.१ प्रतिशत स्क्रिन टू बडी रेसियो उपलब्ध गराउँछ । साथै फोन अनलकिङका लागि यसमा ईन–डिस्प्ले अप्टिकल फिंगरप्रिन्ट स्क्यानर उपलब्ध गरिएको छ । यो फोन नेपाली बजारमा यही जुन महिनाको अन्त्य सम्म सार्वजनिक हुनेछ ।
ग्याजेट्स
ग्यालेक्सी ए ७० नेपाली बजारमा
काठमाडौं। स्मार्टफोन निर्माता कम्पनी सामसङले नेपाली बजारमा ग्यालेक्सी ए ७० सार्वजनिक गरे…
ओपोद्वारा नेपालमा एफ११ प्रो सार्वजनिक, ४८ मेगपिक्सलको क्यामेराले लो लाइट फोटोग्राफीमा नयाँ आयाम दिने
४८+५एमपी डुअल रियर क्यामेरा सहितको ओपो एफ११ प्रो नवप्रबर्तनात्मक प्रविधि र उत्कृष्ट फिचर्सको सम्मिश्रण
नेपाली बजारमा ओपो एफ ११ प्रो
काठमाडौं। ओपोले नेपालमा एफ सिरिजको ११ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ। कम प्रका…
ड्रोन एक्स प्रो
ड्रोन एक्स प्रो अहिलेसम्मको पहिलो फोल्डेबल ड्रोन हो । ‘ड्रोन एक्स प्रो’ दुई ड्रोन लभर जर्मनले मिलेर निर्माण गरेका हुन् । आँफुहरुले चलाउने ड्रोन ठूलो र …
५ ओटा क्यामेरा भएको विश्वको पहिलो फोन
काठमाडौं। नोकियाले ५ वटा रियर क्यामेर भएको (नोकिया ९ प्युअर भ्यू) फोन सार्वजनिक गरको छ…
ह्वावे वाई सेभेन २०१९ नेपाली बजारमा उपलब्ध
काठमाण्डौ, फागुन २३– ह्वावे कम्पनीको सबैभन्दा सर्वोत्कृष्ट स्मार्टफोन ह्वावे वाई सेभेन २०१९ अब नेपाली बजारमा उपलब्ध भएको छ ।
कम दाममा उत्कृ…
ओपो एफ नाइनको मूल्य समायोजन
काठमाडौं। चर्चित स्मार्टफोन ओपोले नेपालमा ओपो एफ नाइनको मूल्य घटाएको छ। ४ जीबी र्याम रह…
पर्समा बोकेर हिड्न मिल्ने \'पिनकोइ वालेट एसएसडी\'
पिनकोइ मोबोस्ट वालेट एक्सटर्नल स्मार्ट स्टोरेज डिभाईस हो । यो बोक्नलाई सजिलो सानो र हलुका रहेको छ । पर्समा नै बोक्न सकिने भएकोले कम्पनीले वालेट प्रडक्टसगै न…
रेडमी गो मोबाइल नेपाली बजारमा सार्वजनिक
काठमाडौँ। चिनियाँ स्मार्टफोन शाओमीले रेडमी गो नेपाली बजारमा ल्याएको छ। यो फोनमा ५.५ …
हुवावेले सार्वजनिक गर्यो पहिलो फाइभ जी फोल्डिङ स्मार्टफोन
काठमाडौँ। विविन्न स्मार्टफोन कम्पनीले फोल्डीङ मोबाइल सार्वजनिक गर्ने खबर आईरहदा हुवावेले …
ओपोले नेपाली बजारमा मोबाइलको मूल्य घटायो
काठमाडौँ। चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ओपोले नेपालमा ए सेभेन र एथ्रीएस को मूल्य घ…
ओप्पो आर १७ प्रो नेपालमा सार्बजानिक
काठमाडौं । विश्वमा राम्रो बजार ओगटी रहेको ओपोले नेपालमा आर सिरिज अन्तर्गत आर १७ प्रो स्म…
कुबोटको २० हजार मुनिका स्मार्टफोनहरु अब नेपाली बजारमा
काष्ठमण्डप एसिया इन्टरनेशनलले कुबोट कम्पनीको विभिन्न मोडलमा ६ वटा स्मार्टफोनहरु नेपाल बजारमा ल्याएकोे छ ।
१. कुबोट नोभा…
भिवो वाइ ८१ आई अब नेपाली बजारमा
भिवोले २०,००० भन्दामुनिको मूल्य भएको “भिवो वाइ८१आइ” नेपाली बजारमा लन्च गरेको छ । यसको ६.२२ इन्च डिसप्ले रहेको छ । यसमा २ जीबी र्याम र १६ स्टो…
४ वटा रियर क्यामेरा युक्त सामसुङ ग्यालेक्सी ए ९
त्रिपल क्यामेरा भएको सामसुङ ग्यालेक्सी ए७ (२०१८) को सफलता पछि सामसुङ इलेक्ट्रोनीक्स कम्पनीले चार वटा क्यामेरा भएको “सामसुङ ग्यालेक्सी ए९ (२०१८)&rd…