Most read
एआईको सुरक्षित विकासका लागि अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य : राष्ट्रसङ्घका महासचिव गुटेरेस
काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को सुरक्षित, जिम्मेवार र पारदर्शी विकास तथा नियमनका लागि समन्वित विश्वव्यापी प्रयास आवश्यक रहेको बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घीय महासभाले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव गुटेरेसले एआईका बढ्दो क्षमतासँगै त्यसबाट उत्पन्न हुन सक्ने जोखिम व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको बताए ।
उनले एआईको सुरक्षित र जिम्मेवार विकासलाई अघि बढाउन विश्वव्यापी साझा समझदारी आवश्यक रहेको उल्लेख गर्दै शक्तिशाली हुँदै गएका एआई प्रणालीलाई सुरक्षित बनाउन तथा सम्भावित जोखिम न्यूनीकरण गर्न वास्तविक अन्तर्राष्ट्रिय सहयोग र समन्वित प्रयास आवश्यक रहेको बताए ।
भूराजनीतिक विभाजनका कारण विश्व एआई सुरक्षाका विषयमा आवश्यक उपलब्धि हासिल गर्नबाट पछि पर्न सक्ने भन्दै गुटेरेसले चिन्ता व्यक्त गरे । उनका अनुसार एआईको प्रभाव, जलवायु सङ्कट र बढ्दो असमानताजस्ता अस्तित्वगत चुनौतीबीच अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकता झन् बढेको छ ।
“विश्वले विश्वास निर्माण गर्न तथा मानवीय मर्यादालाई केन्द्रमा राखेर एआईलाई सुरक्षित, पारदर्शी र जवाफदेही बनाउन आवश्यक मार्गदर्शन तयार गर्नुपर्छ,” उनले भने ।
गुटेरेसले दिगो विकासलाई गति दिन, सिकाइको विस्तार गर्न, स्वास्थ्य प्रणाली सुदृढ बनाउन तथा जलवायु सङ्कट न्यूनीकरणलगायतका क्षेत्रमा एआईमा ठूलो सम्भावना रहेको बताए । तर एआईको असुरक्षित प्रयोग बढ्दै जाँदा त्यसबाट उत्पन्न जोखिम पनि बढिरहेको उनले उल्लेख गरे ।
एआईको विकास मानवले त्यसका जोखिम बुझ्ने र व्यवस्थापन गर्ने क्षमताभन्दा तीव्र गतिमा अघि बढिरहेको भन्दै उनले आवश्यक नियमन र व्यवस्थापनमा जोड दिए । एआई विकासको अग्रपङ्क्तिमा रहेका व्यक्तिहरूले व्यक्त गरेका सुरक्षा तथा जोखिमसम्बन्धी चिन्तालाई बेवास्ता गर्न नहुने उनको भनाइ थियो ।
“सबै राष्ट्रले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । एआईबाट उत्पन्न हुन सक्ने खतरासहित आफ्ना नागरिकको सुरक्षा गर्नु हरेक सरकारको पहिलो जिम्मेवारी हो । यसका लागि विश्वव्यापी समन्वय अपरिहार्य छ,” गुटेरेसले भने ।
पृथक–पृथक, अप्रमाणित र असमान रूपमा लागू गरिएका स्वैच्छिक उपायले एआईजस्ता जटिल विश्वव्यापी चुनौतीलाई पर्याप्त रूपमा सम्बोधन गर्न नसक्ने चेतावनीसमेत उनले दिए ।
Most read
विदेशमा उत्कृष्ट अनुसन्धानदेखि नेपालको भविष्य निर्माणसम्म: डा. विशेष खनालको ‘ठूलो प्रश्न’ खोज्ने यात्रा (भिडियो)
काठमाडौं । नेपालमा विज्ञान तथा प्रविधिको उत्कृष्टताको कुरा गर्दा एउटा प्रश्न बारम्बार उठ्छ, नेपालसँग प्रतिभ…
ओप्पोद्वारा नेपालमा रेनो १६ सिरिज सार्वजनिक
काठमाडौं । ओप्पोले नेपालमा आफ्नो नयाँ रेनो १६ सिरिज औपचारिक रूपमा सार्वजनिक गरेको छ । सिरिज अन्तर्गत ओप्पो र…
हायरको ‘खुसीको पल’ योजना, दशैंमा घरायसी सामाग्री खरिद गर्दा आकर्षक उपहार
काठमाडौं । बहुराष्ट्रिय घरायसी उपकरण निर्माता कम्पनी हायर स्मार्ट होमले नजिकिँदै गरेको नेपालीको महान् चाड दशै…
सरकारी कार्यालयमा स्मार्ट चस्मामाथि रोक लगाउने तयारीमा अस्ट्रेलिया
काठमाडौं । क्यामेरासहितका स्मार्ट चस्माबाट सरकारी सूचना तथा व्यक्तिको गोपनीयता जोखिममा पर्न सक्ने चिन्ताबीच अस्ट्…
'अन्तै भएपनि आफन्तको नजिक' अभियानमार्फत रेमिट्यान्सलाई दैनिक डिजिटल भुक्तानीसँग जोड्दै इसेवा
काठमाडौं । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले विदेशमा रहेका नेपालीहरूलाई लक्षित गर्दै &lsq…
भोटेकोशी बाढी प्रभावितका लागि एनसेल कर्मचारीद्वारा रु ३३ लाख ५० हजार सहयोग
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुन:स्थापनाका लागि एन…
एआई नियमनका लागि नयाँ कानुन आवश्यक छैन : एनभिडिया प्रमुख हुवाङ
काठमाडौं । एनभिडियाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुवाङले आर्टिफिसियल इन्टेलिजेन्स (ए…
इनड्राइभको सेफ ड्राइभिङ अनलाइन कोर्समार्फत १,५०० भन्दा बढी ड्राइभर पार्टनरले पूरा गरे तालिम
काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा सञ्चालन गरेको ‘सेफ ड्राइभिङ अन…
मोबाइलको ब्याट्री छिट्टै सकिन्छ ? अपनाउनुहोस् यो सजिलो उपाय
काठमाडौं । आजको समयमा मोबाइल फोन दैनिक जीवनको अभिन्न हिस्सा बनेको छ । कुराकानी गर्नेदेखि इन्टरनेट चलाउने, …
एआईबारे बिल गेट्सको गम्भीर चेतावनी- ‘विश्वका सरकारहरू अझै तयार छैनन्’
काठमाडौं । माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकासबाट समाजमा आउन सक्ने प…
ओपनएआईले ल्यायो इमेज २.५, अब च्याटजीपीटीमै चित्र कोरेर बनाउन सकिनेछ तस्बिर
काठमाडौं । ओपनएआईले नयाँ फिचरसहितको इमेज २.५ (Image 2.5) सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ मोडल अ…
डिजिटल वित्तीय सेवा विस्तारका लागि राष्ट्र बैंकले बनायो पाँच वर्षे फिनटेक रणनीति
काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय सेवाको विस्तारसँगै फिनटेक क्षेत्रमा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने…
ह्वाट्सएप बिजनेसमा आयो एआई एजेन्ट, सेटअपदेखि व्यवस्थापनसम्म सहज
काठमाडौं । मेटाले नयाँ एआई सब्स्क्रिप्सन प्लानसँगै ह्वाट्सएप बिजनेस व्यवस्थापनमा एआई एजेन्ट प्रयोग गर्न सकिने घोषण…
एआईको भविष्यलाई लिएर अमेरिका-चीन आमनेसामने, चीनले भन्यो- ‘दुर्भावनापूर्ण प्रतिस्पर्धा नगरौँ’
काठमाडौं । चीनले कृत्रिम बुद्धिमत्ता (एआई) को विकास र नियमनलाई लिएर बढ्दै गएको भूराजनीतिक प्रतिस्पर्धाप्रति चि…
बालकृष्ण जोशी: नेपाललाई विश्वसँग जोड्ने उद्यमीको यात्रा (भिडियो)
काठमाडौं । बालकृष्ण जोशीको उद्यमशील यात्रा कुनै पूर्वनिर्धारित व्यावसायिक योजनाबाट सुरु भएको कथा होइन ।…