Most read
दराजले सुरू गर्यो लजिष्टिक एकाई दराज एक्सप्रेस, दराजमा नभएका सामान पनि डेलिभरी हुने
दक्षिण एशियाकै अग्रणी ई–कमर्स प्लेटफर्म दराजले आफ्नो लजिस्टिक इकाई दराज एक्सप्रेस (DEX) मार्फत नयाँ सुविधा लास्ट–माइल डेलिभरी सोलुशन औपचारिक रूपमा सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएको यस नयाँ सेवा, दराजको प्लेटफर्ममा नहुँदा पनि आफ्ना उत्पादनहरू बिक्री गर्ने ब्रान्ड र विक्रेताहरूका लागि छिटो, भरपर्दो र प्रविधिमुखी वितरण समाधानका रूपमा प्रस्तुत गरिएको हो ।
यसका माध्यमबाट दराज एक्सप्रेसले नेपालभरका व्यवसायहरूका लागि चुस्त, सुरक्षित र विश्वासिलो वितरण सञ्जाल प्रदान गर्दै आफ्ना उत्पादनमा केन्द्रित रहँदै व्यवसाय विस्तार गर्न अझ सशक्त बनाउने उद्देश्य लिएको छ ।
बजारमा विद्यमान सेवा प्रदायकहरूले प्रदान गर्न नसकेको गति, सन्तुष्टि र पारदर्शिताको आवश्यकता पूरा गर्ने सोचका साथ दराज एक्सप्रेसले यो समाधान उपलब्ध गराएको हो ।
कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित रुट–प्लानिङ प्रणाली र रियल–टाइम पार्सल ट्रयाकिङ प्रविधिको प्रयोगबाट स्थानीय अर्डरहरू २४ घण्टाभित्र, र अन्तर–सहर डेलिभरीहरू ४८ घण्टाभित्र सम्पन्न गर्ने क्षमता बोकेको छ ।
यसले औसत डेलिभरी समय १.५ दिनभन्दा कममा झार्न उल्लेख्य सहयोग पु¥याएको छ । साथै, ९० प्रतिशतभन्दा बढी सफल नतिजा सहित सबै मूल्यका पार्सलहरूको वितरण सुनिश्चित गर्ने एकिकृत समाधान प्रदान गरिरहेको छ ।
यी सबै सुधारहरूले सञ्चालन दक्षता बढाउने र ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने कार्यमा महत्वपूर्ण योगदान दिएका छन् । यसको प्रमाणका रुपमा डीईएक्सलाई प्राप्त ४.६÷५ ग्राहक मूल्याङ्कन लाई लिन सकिन्छ ।
हालसम्म डीईएक्सले नेपालका १०८ प्रमुख सहरहरूमा सेवा विस्तार गरिसकेको छ । त्यसैगरी, आगामी ११.११ अभियानअघि थप ७० सहरहरूमा आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको छ । यसले दराज एक्सप्रेसको देशव्यापी पहुँच र ‘सबैका लागि छिटो र भरपर्दो ई–कमर्स सेवा’ को प्रतिबद्धता झल्काउँछ ।
डीईएक्सले विक्रेताहरूका लागि सुगम नगद प्रवाह (क्याशफ्लो) र पारदर्शी वित्तीय व्यवस्थापनमा पनि विशेष ध्यान दिएको छ । यस अन्तर्गत, विक्रेताहरूलाई हप्तामा धेरैपटक क्यास–अन–डेलिभरी रकम सेटलमेन्टको सुविधा मिल्नेछ ।
यसले तत्काल पुनः लगानी गर्ने सहज वातावरणको सुनिश्चितता प्रदान गर्ने कम्पनीले विश्वास लिइएको छ । साथै, असफल डेलिभरीमा कुनै शुल्क नलाग्ने व्यवस्था गरेर डीईएक्सले व्यवसायीहरुको जोखिम घटाउँदै बढी आम्दानी गर्न सहयोग पु¥याउने लक्ष्य लिएको छ ।
“डीईएक्सले दक्षिण एसियाभरकै ‘लास्ट–माइल डेलिभरी’ प्रणालीलाई पुनःपरिभाषित गरिरहेको छ,” दराज ग्रुपका मुख्य लजिस्टिक अधिकृत अहमद तनवीरले भने, “ठूला स्तरका अनलाइन खुद्रा व्यवसायीहरू होऊन् वा तिव्र गतिमा वृद्धि उन्मुख स्वतन्त्र विक्रेताहरु, डीईएक्सले सबैका लागि सरल, छिटो, भरपर्दो र तथ्याङ्कमा आधारित डेलिभरी सुविधा तथा उत्कृष्ट प्रदर्शनीको सुनिश्चितता प्रदान गर्छ । हाम्रो उद्देश्य लजिस्टिक्सलाई अझ सरल बनाउँदै, ग्राहक अनुभवलाई थप सुदृढ पार्ने र ई–कमर्स उद्योगमा दिगो वृद्धि ल्याउने डेलिभरी पारिस्थितिकी तन्त्रको निर्माण गर्नु हो ।”
यस समाधानमार्फत डीईएक्सले नेपालका ब्रान्ड र विक्रेताहरूलाई विस्तारित बजार पहुँच, सजिलो व्यवसाय सञ्चालन, र मजबुत क्षेत्रीय ई–कमर्स इकोसिस्टम निर्माण गर्न सहयोग पु¥याउने लक्ष्य लिएको छ । व्यवसाय गर्न सजिलो बनाउने यी पहलहरूले दराजको “वाणिज्य शक्ति मार्फत समुदाय उत्थान” गर्ने उद्देश्यलाई अझ सबल बनाएको छ ।
Most read
स्टार्टअप तथा इन्नोभेटरहरूका लागि आर्किटेक्चर एज ए सर्भिसमा भोलिदेखि २ दिने तालिम हुँदै
आइसिटी अवार्ड २०२५ को प्रि-इभेन्टको रूपमा शनिबारदेखि दुई दिने तालिम सुरू हुने भएको छ । स्टार्टअप तथा इन्नोभेटरहरूलाई लक्षित गर्…
ट्रम्पको गोल्डेन डोमका लागि उपग्रह विकास गर्न स्पेसएक्सलाई २ अर्ब डलरको ठेक्का दिने तयारी
अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले अमेरिकी सरकारका लागि उपग्रह विकास गर्न करिब २ अर्ब अमेरिकी डलरको ठेक्का पाउने भएको छ…
स्किल स्पार्क च्यान्पियनसीप २०२५ का उत्कृष्ट १४ टोली सार्वजनिक
स्किल स्पार्क च्यान्पियनसीप २०२५ का उत्कृष्ट १४ टोली सार्वजनिक गरिएको छ ।
आईटी ट्रेनिङ प्रदा…
राष्ट्रिय सुरक्षाको कारण देखाउँदै टीपी-लिंक राउटरमा प्रतिबन्ध लगाउने अमेरिकाको तयारी
राष्ट्रिय सुरक्षाको जोखिम देखाउँदै अमेरिकी वाणिज्य विभागले टीपी-लिंक राउटरहरूमा प्रतिबन्ध लगाउने सम्भावित कदमको बारेमा जानकारी…
आफ्नो डिजिटल फुटप्रिन्ट मेटाउने पाँच सरल उपाय
आजको डिजिटल युगमा हाम्रा हरेक जानकारी ट्र्याक हुन्छन् । इन्टरनेटमा हामी के सर्च गर्दैछौं, त्यो जानकारी गूगल, फेसबुक र युट्यु…
यूट्यूबको नयाँ एआई फिचरले पुराना भिडियोहरूको क्वालिटी अपग्रेड गर्ने
यूट्यूबले केही महिनाहरूमा धेरै एआई-पावर्ड फीचरहरू प्रस्तुत गरिसकेको छ, र अब कम्पनी भिडियो क्वालिटीमा पनि आर्टिफिसियल इंटेलिजेन्…
यस्ता छन् आइसिटी अवार्ड २०२५ का उत्कृष्ट १२ प्रडक्ट
आइसिटी अवार्ड २०२५ का उत्कृष्ट १२ प्रडक्ट छनोट भएका छन् । प्राप्त आवेदन मध्येबाट अवार्डको जुरी समिति र सल्लाहकार समितिको विभिन्न चर…
देशव्यापी डिलर सञ्जाल विस्तार गर्दै जिली
नेपालका लागि जिली इएक्स–५ का आधिकारिक आयातकर्ता एवं वितरक एलआरआर मोटर्सले देशव्यापी डिलर सञ्जाल विस्तारको योजना सार्वजनि…
कात्तिक २१ र २२ गते नास आईटी एक्सपो २०२५ हुँदै, दिगाे टेक इकाेसिस्टम विकासमा सघाउने विश्वास
नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनिज (नास आईटी) ले आउँदो कात्तिक २१ र २२ गते ‘
                                  
                                   
                                             ह्वाट्सएपले ब्याकअपका लागि पासकी सुविधा विस्तार गर्न थालेको छ । प्रयोगकर्ताहरूका लागि सुरक्षा थप सुदृढ बनाउने कम्पनीले नयाँ कदम …
                                          
                                          
                                            ह्वाट्सएपले सुरू गर्यो ब्याकअपका लागि पासकी सुविधा
                                          
                                      
                                      
                                      
देशभरका ३७ विमानस्थलमा फ्री वाईफाई सेवा सञ्चालन गर्दै नेपाल टेलिकम
नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत फ्री वाईफाई इन्टरनेट सेवा कार्तिक ११ गतेदेखि त्रिभुवन अन्…
गत हप्तामा हेरेको रील खोज्दै हुनुहुन्छ? इन्स्टाग्राममा वाच हिस्ट्री जाँच गर्ने तरिका
सामाजिक मिडिया प्लेटफर्म इन्स्टाग्रामले नयाँ हेर्ने इतिहास फिचर सार्वजनिक गरेको छ । यसबाट प्रयोगकर्ताले हालै हेरेको रीलहरू सहज र…
थ्रेड्सका दैनिक प्रयोगकर्ता १५ करोड पुगे
मेटाको सामाजिक सञ्जाल थ्रेड्सले दैनिक रूपमा १५ करोड सक्रिय प्रयोगकर्ताको नयाँ कीर्तिमान बनाएको छ । यो तथ्यांक मेटाका प्रमुख कार्य…
१३ वर्षको प्रतीक्षापछि ‘रुटिन’ गेम डिसेम्बर ४ मा रिलिज हुने
एक दशकभन्दा बढीको प्रतीक्षापछि लुनार सफ्टवेयर र रअ फुरीले विकसित गरेको साइ-फाइ डर खेल ‘रूटिन’ अब अन्ततः रिलीज हु…
स्कुल, कलेजलाई डिजिटल बनाउने सफ्टवेयर ‘सीपालु कनेक्ट’ सार्वजनिक
सीपालु सोलुसनले ‘सीपालु कनेक्ट’ शैक्षिक सफ्टवेयर सार्वजनिक गरेको छ । सीपालु कनेक्ट एक अत्याधुनिक शैक्षिक सफ्टवेयर ह…